२०८२ जेष्ठ ५

कृषिमा आधारित शिक्षा लागु गर

नेपाल कृषि प्रधान देश हो । यहाँको सम्पूर्ण भू–भागको १५ प्रतिशत हिमाल, ६८ पतिशत पहाड, १७ पतिशत तराई क्षत्रले ओगटेको छ । यस देशका करिव ६५ प्रतिशत जनता कृषिमा आश्रित रहेका छन् । देशको सम्पूर्ण जनसंख्या ३ करोड रहेकोछ । ति जनसंख्या मध्ये ३५–४० लाख युवाहरु भारतीय भूमिमा रोजगारीका लागि भौतारि रहेका छन् । ४० लाख युवाहरू खाडी र यूरोपका देशहरुमा पुगेका छन् ।
विगतमा कृषि प्रधान भनेर चिनिएको देश, २ देशक देखि सस्तो श्रम बजारको देशको रुपमा चिनिएको छ । देशमा रोजगारीका लागि विदेशिएका छन् । यसरी हेर्दा विगतलाई हेर्ने हो भने देश भित्र रोजगारी रुपामा हेर्दा ८० प्रतिशत रोजगार कृषि क्षेत्रले दिएको थियो । हामीसँग भएको भौगोलिक बनावटले कृषि, पयटन, जलविद्यत, यातायात लगायतका क्षेत्र मात्र व्यवसायका लागि उपुयुक्त देखिएको छ ।
हामीले हाम्रो परम्परागत ज्ञान, शिपको उपयोग गर्दै कृषि क्षेत्रको भरपुर सदुपयोग गर्नमात्र सक्यौं भने देश आर्थिक उन्नतिको बाटोमा जानेछ । तर, दुर्भाग्य हामीले देश भित्र ६५ प्रतिशत जनातले आर्जेको कृषि पेशा व्यवसायबाट खान नपुग्ने अवस्था सिर्जना भएको छ । हामीले वार्षिक रुपमा अनुमानित खर्बौं रुपैयाँको कृषिवस्तु विदेशबाट आयत गरी खानु परेको छ ।
राज्यले आफ्नो पहुँच गाउँपालिकासम्म सेवा केन्द, उपकेन्द्र मार्फत, पु¥याई रहेको छ । राज्यकोतर्फबाट कुल बजेटको ३ प्रतिशत बजेट छुट्याएर कृषि क्षेत्रलाई न माथि उठ्ने न तल झर्ने बिचमा ल्याएर छोडेको छ । देशको बढ्दो जनसख्या अनि घट्दो कृषि उत्पादनले देशलाई कमजोर अर्थतन्त्रमा दरिन सहयोग पु¥याएको छ । देश विकासको लागि कर्म गर्ने युवा जो ४५ प्रतिशत कुल जनसंख्या करिव १५ प्रतिशत युवा जनशक्ति विदेशी भूमिमा रोजगारी र अध्ययनको लागि पुगेको छ । आज कतार, दुवही, साउदी अरब, मलेशिया लगायत यूरोप र अमेरिकामा काम गरिरहेका छन् मित्र राष्ट्र भारतको कुरा त धेरै नजिक पानी पँधेरो जस्तै हो । देशमै बसेर केही गर्ने वातावरण सरकारबाट गरिनु पर्छ । त्यसका लागि वृहत युवा लक्षित कार्यक्रमहरू लागु गर्न सके युवाहरु विदेश पलायनबाट रोक्न सकिन्छ । अनुभूति हुने गरी विभिन्न क्षेत्रको व्यवसायमा आत्मस्वाभिमानका साथ काम गरेर खाने वातावरण बन्नु पर्छ ।
राज्यले युवाहरूका लागि वैदेशिक रोजगारको विकल्प दिन सकेन भने देशको अवस्था पहिलो त युवा विहिन हुन पुग्छ भने अर्कोतिर देशको अर्थतन्त्र झनै कमजोर बन्दै जान्छ ।
देशलाई आत्मनिर्भर बनाउने सबैभन्दा सम्भावना बोकेको क्षेत्र भनेको नेपालको लागि कृषि नै हो । अझै पनि हामीसँग कृषि गर्ने भमि बाँकी छ । देशको उत्पादित कृषिजन्यवस्तु आफ्नै देशमा खपत हुने र बढी भएको विदेशमा पैठारी गर्न सक्ने सम्भावना अधिक छ । यसले नेपालको अर्थतन्त्रलाई आफ्नै देशमा खेल्न अवसर मिल्छ । त्यसरी दिने क्षेत्र भनेको कृषि नै हो । धेरै देशले विकासको उन्नतिको शुरुवात कृषिलाई पहिलो प्राथमिकता दिएर व्यवस्थित गरेको देखिन्छ । नेपालको कृषि विश्वमै अब्वल छ भनेर चिनाउने काम हामीसँग प्रशस्त आधारहरु छन् ।
त्यसमा पनि हामी जलस्रोतको दोस्रो धनीदेश भनेर चिनिन्छ । नेपालको जसस्रोतलाई मात्र राम्ररी सदुपयोग गरे मात्र पनि नेपालले प्रशस्त फाइदा लिन सकिन्छ । यसका आधारहरु पनि हामीसँग प्रशस्त छ ।
कृषि भनेपनि हामीले कृषि क्षेत्रलाई उठाउन सकेको अवस्था छैन । झण्डै ४ दशक देखि नेपालको कृृषि क्रमशः उह्रालो लाग्दैन आएको छ । कृषि प्रधान देश भएर पनि कृषि अझ माथि उठ्नु पर्ने हो । तर त्यस्तो हुने सकेन । राज्यले कृषि क्षेत्रलाई माथि उठाउने प्रयास गरेको देखिन्छ । तर आज कृषि परिणाममूखी बन्न सकेको छैन । कुनै पनि क्षेत्रको राम्ररी विकास गर्न कम्तीमा १ दशको अवधि चाहिन्छ । तर हामीले ४ दशक पार गरिसक्दा पनि कुनैपनि क्षेत्रको विकास हुन सकेको देखिदैन ।
भौतिक रुपमा शहरी क्षेत्रमा घर, बाटो घाटो, पुलपुलेसामा धेरै नै विकास भएको छ । तर ति आधारभूत तहमा हुनु पर्ने
उपरी संरचनाहरु हुन सकेन । वर्ग, क्षेत्र, लिङ्गको आधारमा सामाजिक रुपमा जनचेतनाको विकास भएको छ । हेर्दा धेरै कुरामा प्रगतिउन्मूख छ । तर फेरि गहिराइमा पुगेर अध्ययन गर्दा भनेर त्यो निकै कमजोर धरातलको रुपमा स्थापना भएको छ ।
विकास सबै क्षेत्रको हुने गरि बन्नु पर्छ । तर विकास शहरी क्षेत्र जहाँ सुविधान छ त्यही मात्र विकासहरु भएको छ । त्यसमा पनि खेती योग्य जमिन मासेर गरिएको विकासलाई कसरी मापन गर्ने भन्ने विषय हुनसक्छ ।
खेतीयोग्य जमिन, प्रकृषिसँग सम्बन्धित पर्यावरणीय क्षेत्रको विनाश गरेर गरिने क्षेत्र जो सम्पूर्ण प्राणीका लागि जन्मदेखि मृत्युसम्म आवश्यक छ । त्यतातिर वेवास्ता गरेको छ । योजना बनाउने योजनाकारहरु आज नेपालको सन्दर्भमा असफल सावित भएको छ । योजना र विकास गर्दा आफ्नो देशको अवस्था हेरेर गर्नु पर्छ भन्ने छ । तर त्यसो नभई विकास ठीक उल्टो मानवीय सभ्यता र मूल्य मान्यतालाई विकास गर्ने गरि बनेको छ । यसले योजनाकारहरुको अध्ययन कस्तो भयो भन्ने विषयमा पूर्णविराम लाग्न सक्छ । देशमा आयातित वस्तुहरु अर्थात उपभोग्य वस्तुहरुबाट मात्र देशको अर्थतन्त्र बलियो बन्दैन । आफ्नै देशमा उत्पादन गर्नु पर्छ पहिलो आवश्यकता देशको जनताको आधारभूत आवश्यकतासँग जोडेर हेरिनु पर्छ भन्ने प्रमुख उद्देश्य हुनुपर्छ । आफ्नै देशमा उत्पादनले पुगेन भने मात्र अन्यदेशबाट आयत गर्न पर्ने हुन्छ । त्यसरी सुक्ष्म ढंगले सोच्ने निकाय कोही पनि भएन ।
सकेसम्म देशको अर्थतन्त्र कमजोर बनाउने र आवश्यक वस्तुहरु आयात् गरेर कमीशन खानु, दलालीकरण गर्नु, आम जनताको हित भन्दा व्यक्तिगत स्वार्थलाई बढावा दिनु प्रमुख उद्देश्य रहेको देखिन्छ । देशमा गर्नु पर्ने काम एउटा हुनु व्यवहारले अर्को काम गर्नु, आफ्नै देशलाई समेत मुखले रामराम बगलीमा छुरा, एउटा कुरा भन्ने र अर्को काम गर्ने, हुनाले देशको अवस्था कमजोर पार्दै, सँधै भिख मागेर बस्नु अवस्था लामो समयको निरन्तरता बन्दै आएको छ ।
त्यसकारण शिक्षामा पुनर्विचार गर्नु आजको आवश्यकता बनेको छ । शिक्षाको जगलाई कृषिमूखी बनाउँदै गुमेको कृषि फेरि फर्काउनु पर्छ । कृषि शिक्षालाई दह्रोगरि पक्डन सक्यौंभने मात्र देशको अवस्था माथि उठ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain