२०८२ जेष्ठ ५

काजु खेती र यसको प्राविधिक, तरिकाहरु

आँप जस्तै एनाकार्डिएसि (Anacardiaceae) परिवार अन्तर्गत पर्ने बिरुवा हो काजु । यसको वैज्ञानिक नाम एनाकार्डिएम अक्सिडेन्टल (-Anacardium occidentale L=_ ) हो । यस फलको आकार मुटुको उल्टो आकारसँग मिल्दो भएकोले यसलाई उल्टो मुटो जस्तो फल भनिएको हो । यसको बिरुवा सदावहार प्रकृतिको १०–१२ मिटरसम्म अग्लो हुन्छ । पातहरु ४–२२ सेन्टिमिटर लामो र २–१९ सेन्टिमिटर चौडा यसो हेर्दा चिउरीको पात जस्तो देखिन्छ । यसको फेदले खास कुनै निश्चित आकार लिएको हुँदैन ।
संसारको सबैभन्दा ठूलो एउटा काजुको बोटले ७५०० वर्ग मिटर क्षेत्र ओगटेको कुरा काजु वर्णनमा पाइन्छ । यसको फल यसो हेर्दा अण्डाकार वा नास्पति आकारको हुन्छ । फल पाक्दा पहेलो वा कलेजी रङ्गको ५–११ से.मि. लामो हुन्छ । पाकेको फलको स्वाद गुलियो हुन्छ । फल भित्रको बीउफल अथवा गुदि फल मिर्गौला अथवा वक्सिड । को ग्लोव आकारको हुन्छ । दक्षिण अमेरिकाको आद्रतायुक्त उष्ण प्रदेशिय क्षेत्र (खास गरी व्राजिल) यसको उत्पत्ति स्थान मानिन्छ र यो फल त्यस क्षेत्रको रैथाने प्रजाति हो । हाल आएर संसारका धेरै देशहरुको उष्ण प्रदेशिय हावापानीयुक्त क्षेत्रमा व्यवसायिक खेतिको रुपमा र वैदेशिक मुद्रा आर्जनको प्रमख स्रोतजन्य कृषि बालीको रुपमा विश्व वजारको ठुलो हिस्सा ओगटेको फलफूल मानिन्छ ।
विश्वमा सन् २०१० को काजुको उत्पादन तथ्याङ्कलाई हेर्दा नाईजेरिया ६,५०,००० मे.टन (१.९७ मे.टन प्रति हेक्ट), भारत ६,१३,००० मे.टन (०.६६मे.टन प्रति हेक्टर), भियतनाम २,८९,८४२ मे.टन.(०.८५ मे.टन प्रति हेक्टर), व्राजिल १,०४,३४२ मे.टन (०.१४ मे.टन प्रति हेक्टर) उत्पादन भएको देखिन्छ ।
सन् २०१० को विश्व बजारलाई हेर्दा नाइजेरिया प्रमुख उत्पादक राष्ट्रको रुपमा लिन सकिन्छ । प्रति ईकाइ उत्पादनको हिसाबले पेरुमा विश्वको सबैभन्दा बढि काजु (सन् २०१०) ५.२७ मे.टन प्रति हेक्टर उत्पादन भएको देखिन्छ । काजुको स्थानीय जातहरु १४ मिटरसम्म अग्लो हुने ३ वर्ष पछि मात्र फल्न शुरु गर्छ भने नयाँ विकास गरिएका प्रजातिका बिरुवा भने ६ मिटर अग्लो र पहिलो वर्षबाट नै फल्न सुरु गर्दछन् । काजुको स्थानीय जातको उत्पादन ०.२५ मे.टन प्रति हेक्टर छ भने उन्नत जातको उत्पादन १ मेट्रिक टन प्रति हेक्टर हुने गर्दछ
नेपालमा काजु खेतिको सम्भावनाः
नेपालमा काजुखेतिको सम्भावनालाई हेर्दा तराइको उष्ण प्रदेशिय क्षेत्र खासगरी पूर्वदेखि पश्चिम तराइको मैदानी भागमा यसको खेति गर्न सकिने सम्भावना देखिन्छ । काजु खेतिको लागि उपयुक्त हावापानी ः यो उष्ण प्रदेशिय क्षेत्रमा मात्र हुने फलफुल बिरुवा हो । तुषारो पर्ने क्षेत्रमा यसको खेति गर्न सकिदैन । समुन्द्र आसपासको तटिय क्षेत्र तथा सो सरहको हावापानी पाइने क्षेत्र, सापेक्षिक आद्रतायुक्त उष्ण (Tropical and sub tropical zone) युक्त समन्द्र सतहवाट ७०० मिटर उचाइ सम्मको वार्षिक वर्षा ६०० मि.मि.हने क्षेत्रमा गर्न सकिन्छ ।
यो गर्मी हावापानी, वढि सूर्यको प्रकाश (Sun loving plant) मन पराउने बिरुवा भएकोले छाँयादार ठाँउमा यसको बिरुवा सप्रन सक्दैन । यसको फलको वृद्धि विकासको लागि लामो समयसम्म २० डिग्री सेल्सियस भन्दा न्युन् र ४२ डिग्री सेल्सियस भन्दा माथिको तापक्रम हुनु उपयुक्त मानिदैन र फल झर्ने समस्या आउन सक्दछ । अत्यधिक वर्षा तथा लामो समयसम्म वादली आकाश भई रहनाले काजुको फल उत्पादनमा प्रतिुकुल असर पर्दछ ।
माटो ः यसको जराहरु लामोभई टाढा टाढासम्म फैलिने हुँदा खाद्य तत्व संकलनमा सहयोग पुग्दछ । तसर्थ काजुको बिरुवा अन्य बाली लगाउन नसकिने वा नसप्रिने खालको रुखो जमिनमा (धबकतभ बिलम या यिध ाभचतष्ष्तिथ) मा पनि गर्न सकिन्छ । वलौटे दोमट रातो माटो, नदि ताल तलैयाबाट निर्मित अल्का बलौटे दोमट माटो काजु बिरुवाको वृद्धि विकासको लागि उपयुक्त मानिन्छ ।
माटोमा बढि चिस्यान भइ रहने अवस्था तथा वर्षादमा पानीको राम्रो निकास नभई पानी जम्ने प्रकृतिको जमिनमा काजुखेति गर्न सकिदैन । त्यसैगरी तराइको सिँचाई सुविधा नभएको सिराहा, सप्तरी, धनुषा, सुनसरी, उदयपुरका समथर फाँटहरु तथा सामुदायिक वन क्षेत्रहरुमा यसको खेति विस्तार गर्न सकिएमा सिमान्तकृत जनताको आयआर्जनको उपयुक्त विकल्प हुने सम्भावना देखिन्छ ।
उपयोग ः यो सुखा फलफुलमा सबैभन्दा स्वादिष्ट एवम् पौष्टिक फलफुल मानिन्छ । यसको ताजा फलमा ५.९ प्रतिशत चिस्यान, प्रोटिन २१.२ ५ , चिल्लो पदार्थ ४६.९, कार्वोहाडूेड २२.३, फसफोरस ०.४५ प्रतिशत, क्याल्सियम ०.०५ प्रतिशत, फलाम ५ मिलिग्राम तथा खनिज र अन्य पौष्टिक तत्व जस्तो अमिनो एसिडहरु २.४ प्रतिशत पाइन्छ ।
काजुको फलमा सुन्तला फलफुलमा भन्दा ५ गुणा वढि भिटामिन “सि” पाइन्छ । त्यसैगरी काजु फलको उपयोग विभिन्न प्रकारको मिठाइ, स्न्याक्स (क्लबअपक) खाद्य सामग्री (केक, पाउरोटी), पेय पदार्थ ‘जुस, अल्कोहल’, अचार, चटनी आदि बनाउन उपयोग गरिन्छ ।
जातहरु ः भारतमा खेति गरिने प्रमुख जातहरुमा निम्न जातहरुको व्यवसायिक खेति हुने गरेको पाइन्छ । भेन्गुर्ला (१, भेन्गुर्ला (२, भेन्गुर्ला (३, भेन्गुर्ला (४, भेन्गुर्ला (५ आदी रहेका छन् ।
बिरुवा रोपण ः काजुको बगैँचा स्थापना गर्नको लागि जग्गाको छनौंट गरि सकेपछि जमिनको लेआउट गरेर बिरुवाको दूरी ८ (७ मिटर हुनेगरी काठको किलो गाड्दै जानुपर्दछ । बिरुवा लगाउनुभन्दा ६ महिना अगाडि नै १ मिटर गहिराई १ मिटर चौडाई र १ मिटर लम्वाई भएको खाडल खन्नु पर्दछ । खाडल खन्दा प्लान्टिड बोर्डको सहायता लिएर खन्नु उपयुक्त हुन्छ । खाडल खन्दा निस्केको १ फिट सतहको माटो बेग्लै र त्यो भन्दा गहिराइको बाँकी माटो बेग्लै थुप्रोमा राख्नुपर्दछ । माथिल्लो १ फिट सतहको माटोमा २५–३० किलोग्राम पांङ्गारिक मल, ५० ग्राम डर्सभान विषादि मोलेर सतह भन्दा १ फिट अग्लो हुनेगरी खाल्डो पुर्नु पर्दछ ।
मनसुन शुरु भएपछि मात्र काजुको बिरुवा रोप्ने कार्य गर्नु पर्दछ । बिरुवा नर्सरीबाट निकाल्दा माटोको डल्लो सहित जरा नखल्वलाई निकाल्नु पर्दछ र त्यस माटोको डल्लोलाई राम्ररी सम्हाली राख्नु पर्दछ । माटोको डल्लो फुटेमा मसिना जराहरु चुँडिने हुँदा बिरुवा मर्ने सम्भावना हुन्छ । बिरुवा लगाउँदा प्लाटिड बोर्डको सहायताले खाडलको बिचमा पर्ने गरी लगाउनुपर्दछ । ग्राफटिङ गरेको जोर्नी जमिन माथि रहने गरी बिरुवा लगाउनु पर्दछ ।
विरुवा लगाउँदा सकभर बादल लागेको दिन वा दिनको ३ बजे पछिको समयबाट शुरु गर्नु पर्दछ । बिरुवा लगाई सकेपछि तुरुन्तै हल्का सिँचाई दिनु पर्दछ र माथिवाट सुकेको खर वा पराल वा कालो प्लाष्टिकको छापो दिनु पर्दछ । छापोले माटोको चिस्यान जोगाई राख्नुको साथै झारपात पलाउनबाट रोक्दछ ।
मलखाद्य ः काजु बिरुवा कम उर्वर माटोमा पनि हुर्कन बढ्न सक्ने भएता पनि मलखाद्यको प्रभाव भने तुरुन्तै देखिन शुरु गर्दछ । मलखाद्यको प्रयोगले गर्दा बिरुवा छिटो बढ्ने, फल चाँडो लाग्ने, चाँडो तयार हुनुको साथै उत्पादनमा पनि वृद्धि हुन
जान्छ ।
बोटको वरिपरि गोडमेल गरी झारपात हटाई काण्डको २ मिटर परिधिमा २५–३० से.मि.गहिरो र चाक्लो कुलेसो बनाई त्यसमा माटो र २५–३० के.जी. प्राङ्गारिक मल मिलाउनु पर्दछ । काजु कोटमा मल दिदा मनसुन शुरु हुनुभन्दा अगाडि बैशाख(जेष्ठमा र मनसुन समाप्तीसँगै भाद्र(आश्विनमा दिनु उपयुक्त हुन्छ ।
सिँचाई तथा गोडमेल व्यवस्था ः काजुको बिरुवालाई शुरुको अवस्थामा २ वर्षको उमेरसम्म सुख्खा मौसममा ७ दिनको फरकमा हल्का सिँचाई दिनु पर्दछ । ३(४ वर्षको उमेर पछि यसको जरा जमिनमा तलसम्म जाने हुँदा सिंचाई नभएमा पनि खास नराम्रो असर पर्दैन । तर बिरुवामा फूल फुल्ने तथा दाना लाग्ने अवस्थामा सिँचाई गर्नाले फल झर्ने समस्या कम भएर जान्छ । बगैँचामा कोशेवालीहरु अन्तरवालीको रुपमा लगाउनाले माटो हल्का हुनुको साथै माटो मलिलो पनि बन्दछ ।
वर्षादको शुरु र अन्तमा मल दिनु भन्दा अगाडि बगैँचामा गोडमेल गरि झारपात हटाई बगैँचा सफा सुग्घर बनाउनु पर्दछ । काजु बिरुवा बढेर छाँयादार हुन थालेपछि भने अन्तरवाली लिन सकिदैन ।
बाली उत्पादन तथा व्यवस्थापन कार्य ः काजुको बिरुवा रापेको ३–४ वर्ष पछि मात्र उत्पादन दिन शुरु गर्दछ । बिरुवा (मंसिर पौष) मा फुल्न शुरु गर्दछ । त्यसपछि ५०(५५ दिनमा टिप्नको लागि तयार हुन्छ । सुख्खा फलको टिप्ने कार्य तथा संकलन कार्य १०(१२ हप्तासम्म गर्न सकिन्छ । काजुको फल टिप्ने कार्य माघ, फागुन महिनाबाट शुरु भई जेष्ठसम्म टिप्न सकिन्छ ।
फललाई २(३ दिनसम्म घाममा सुकाएर सुख्खा बनाएर ओभानो ठाउमा थन्काउनु पर्दछ । काजुको उत्पादन सरदर प्रतिबोट ८–१५ के.जी.सम्म हुने गर्दछ । उन्नत जात जस्तो भेन्गुलर ३, भेन्गुलर ४, भेन्गुलर ५ को उत्पादन क्रमशः २० के.जी., २७ के.जी., र ३१ के.जी.सम्म हुने गरेको तथ्याकवाट देखिन्छ

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain