
काठमाडौं चैत्र १९, नेपाल कफी व्यवसायी महासंघले विज्ञाप्ति प्रकाशित गरि कफि फेस्टिभल मनाएको छ । आगामी नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना गरेको उक्त कार्यक्रममा कफी उद्योगको मूल्य श्रृँखला अनुरुप कार्य गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई अवसरहरुको खोजी गर्न, ज्ञान बाँडन र नेपालको कफी क्षेत्र विकास प्रर्वद्धन गर्न, एकीकृत गर्ने यो एउटा महत्वपूर्ण कार्यक्रम हो । यो नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१, चैत्र २१ देखि २३ सम्म ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा भएको छ ।
नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ मा कफीको आन्तरिक एवं वाहय बजार प्रर्वद्धन गर्ने, कफी क्षेत्र विकास प्रवद्र्धन गर्ने, उद्यमी व्यवसायीको आफ्ना उत्पादनहरु, सेवाहरुको प्रर्दशनी, कफीको राष्ट्रिय विद्यागत प्रतिस्पर्धा र पुरस्कार ९क्याफे वारिस्ता, लाते अट र ब्रुइङ्ग० लगायत कफीको मूल्य श्रृँखला अनुरुप विविध विषयका वर्तमान अवस्था र वस्तुस्थितिलाई सम्बोधन हुने गरि लगानी मैत्री वातावरण तय गदै सरोकार सम्वद्ध सम्पूर्ण मन्त्रालयहरु, राष्टिूय चिया तथा कफी विकास बोर्ड र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग सहकार्य एवम् समन्वय गरि यस कार्यक्रमको आयोजना गरेको बताएको छ ।
नेपाल कफी फेस्टिवल २०२५
२०८१ नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन वोर्ड, युरोपियन युनियन तथा कफी क्षेत्र उद्योग सम्बन्धित व्यवसायहरुको सहकार्य एवम् समन्वयमा आयोजना भएको हो ।
नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ का मुख्य आकर्षणहरु :
१। प्रदर्शनी : प्रदर्शनीले कफी उत्पादकहरु, उपकरण निर्माताहरु, निर्यातकर्ताहरु र अन्य कफी क्षेत्र उद्योग सम्बन्धित व्यवसायहरुलाई आफ्ना उत्पादनहरु प्रदर्शन गर्ने अवसर प्रदान रहेको थियो । आगन्तुकहरुले कफीका परिकारहरु, कृषि तथा क्याफे स्थापनाका लागि आवश्यक मेसिनरीहरु, रोस्टिङ प्रविधिहरु, प्याकेजिङग समानहरु अवलोकन गर्ने अवसर पाएका थिए ।
२। कफीको स्वाद र प्रतियोगिताहरु ः सहभागीहरुले नेपाली कफीको स्वादहरु लिएका थिए । जहाँ उनीहरुले नेपालमा उत्पादित स्पेस्यिालिटि कफीको स्वादका साथै, सम्मेलनले कफीको विभिन्न प्रतिस्पर्धालाई प्रोत्साहन गर्दै विभिन्न विधाहरुमा ९क्याफे वारिस्ता, लाते अट र ब्रुइङ्ग० उत्कृष्टताको पहिचान र पुरस्कृत गर्न कफी प्रतियोगिताहरुको आयोजना
गरेका थिए ।
३। नेटवर्किङ अवसरहरु ः कफीको मूल्य श्रृँखला अनुरुप विविध विषयका वर्तमान अवस्था र वस्तुस्थितिलाई सम्बोधन हुने गरि लगानी मैत्री वातावरण तय गर्न यस सम्मेलनले महत्वपूर्ण भुमिका खेलेको थियो । यसले कफी उत्पादकहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्यमी व्यवसायीहरुसँग सम्पर्क स्थापित गर्न र बजार पहुँच विस्तार गर्न अवसरहरु सिर्जना गरेको जनाएको छ ।
नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ ले नेपालको कफी वृद्धिलाई बढावा दिने, नेपाली कफीको अन्तर्राष्ट्रिय मान्यतालाई बलियो बनाउने र कफी उत्पादक क्षेत्रहरुमा आर्थिक विकास र सामाजिक उत्थानका लागि अवसरहरु सिर्जना गर्नसक्ने सम्भावना बढेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्