२०८२ जेष्ठ ५

विश्व चिनीको माग बढ्दो

विश्वनाथ खरेल
पृष्ठभूमि :
देशको समग्र आर्थिक विकासको लागि कृषि क्षेत्र अगुवाई क्षेत्रको रुपमा रही आएको छ । यस अनुरुप योजनावद्ध विकासको थालनी देखिनै यस क्षेत्रकोे विकासको लागि आवश्यक लगानीका साथै विभिन्न कार्यक्रमहरु कार्यान्वयन भई आएका छन् । आर्थिकरुपले क्रियाशिल नेपाली जनतामध्ये अधिकांशले कृषि पेशा अङ्गाली जीवन निर्वाह गरिरहेका छन् । हाल देशको ६५.७ प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न भए तापनि कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान भने केवल ४० प्रतिशत मात्र रहेको छ र निर्यात व्यापारको ८० प्रतिशत हिस्सासंग सम्वन्ध राख्ने कृषि क्षेत्र हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड नै हो ।
विषय वस्तु :
नेपालमा खेती गरिने विभिन्न नगदेबालीहरु मध्ये उखु पनि एक प्रमुख बाली हो । देशको प्रमुख नगदे बालीहरुमा खास गरीकन आलु, तेलहन, सूर्ति, जुट र उखु रहेका छन । यसर्थ हाम्रो निर्यात व्यापारमा कृषि उत्पादनको अंश महत्वपूर्ण रहेको छ । देशमा रोजगारीको अवसर सृजना गरी, आम्दानी बढाउन र विदेशी मुद्रा आर्जन लगायत देशको दिगो आर्थिक विकासका लागि कृषि क्षेत्र मेरुदण्डका रुपमा रहेको छ । अर्थतन्त्रमा करिब ४० प्रतिशत को हिस्सा रहेको कृषि क्षेत्रको विकासको अभावमा हाम्रो आर्थिक बृद्धिदर दिगो हुन नसक्ने भएकोले नेपाल सरकारले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । प्रमुख कृषि बालीहरु खासगरी खाद्यान्न र नगदे बालीको उत्पादन र उत्पादकत्व बढाउने अभिप्रायले सिँचाईको सुविधा विस्तार गर्न प्रशस्त लगानी गरिसकिएको छ । कृषिको दोश्रो महत्वपूर्ण उत्पादनको सामग्री रासायनिक मल शुपथ मूल्यमा समयमै उपलव्ध होस भन्ने अभिप्रायले निजी क्षेत्रलाईसमेत सहभागी गराइएको छ ।
उखु उत्पादन हुने विभिन्न मुलुकहरू :
विश्वमा चिनी उखु (क्गनबचअबलभ) तथा चुकन्दर (द्यभभत) बाट बन्दछ । उष्ण जलवायु भएको मुलुकमा उखुबाट र शीत जलवायु भएका देशहरुमा चुकन्दरबाट चिनी उत्पादन गरिन्छ । उखुबाट चिनी उत्पादन गर्ने प्रमुख राष्ट्रहरुमा भारत, क्युवा, ब्राजील, थाइलैण्ड, फिलिपिनस, इण्डोनिशिया, मोरिसियस आदि छन भने चुकन्दरबाट युरोेपेली मुलुकहरू र तत्कालीन सोभियत संघबाट पनि चिनी उत्पादन गर्दछन । विश्वका सम्पूर्ण चिनी उत्पादनको ६५ प्रतिशत उखुबाट र ३५ प्रतिशत चुकन्दरबाट हुने गर्दछ ।
नेपालमा उखु खेतीको विस्तार एवं विभिन्न योजनागत उपलव्धीहरू :
नेपालको जलवायु अनुसार उखु मार्ग देखि पाक्न शुरु हुने र चैत्र देखि विस्तारै सुक्न थाल्ने हुंदा मार्ग देखि उखुको रसमा चिनीको मात्रा क्रमशः बढ्दै गई माघ फागुनको आधा आधी सम्ममा अधिकतम पुगी त्यसपछि फेरी विस्तारै घट्दै जान्छ । यस प्रकार उखु रसमा चिनीको मात्रा अधिकतम हुने समयमा चिनीको प्रतिलव्धी वेसी प्राप्त हुन्छ ।

समग्रमा हेर्ने हो भने कुल कृषि उत्पादनमा आर्थिक वर्ष २०७३÷०७४ मा पशुजन्य र मत्स्यको योगदान १४ दशमलव ३२ प्रतिशत, दलहनको योगदान १ दशमलव ७४ प्रतिशत, खाद्यान्न बाली २९ दशमलव ४७ प्रतिशत, फलफूल ४ दशमलव ८९ प्रतिशत, तरकारी १७ दशमलव ६३ प्रतिशत र नगदे बालीको योगदान २९ दशमलव ४७ प्रतिशत रहेको अनुमान छ । त्यसरी नै नगदे बालीहरुको मात्र केकति योगदान छ भनि हेर्ने हो भने तेलहन, आलु, सुर्ती, उखु, जुट र कपासमा क्रमशः ३.५०, ४३.२०, ०.०४, ५१.१६, २.१० र ०.००२३ प्रतिशत रहेको अनुमान गरिएको छ । त्यस्तै गरी कुल ग्राहस्थ उत्पादनमा (न्म्ए) को अवलोकल गर्दा नगदे बालीको अंश ८.१ प्रतिशत, खाद्यान्न बाली ३८.९ प्रतिशत, अरु बाली १९.३ प्रतिशत, पशुपंक्षी ३२.३ प्रतिशत र मत्यस्य १.५ प्रतिशत अंश प्राप्त भएको कुरा सम्बन्धित क्षेत्रको दावी रहेको अनुमान छ । हाम्रो निर्यात व्यापारमा कृषि उत्पादनको अंश महत्वपूर्ण रहेको छ । देशमा रोेजगारीको अवसर सृजना गरी, आम्दानी बढाउन र विदेशी मुद्रा कमाउन लगायत देशको दिगो आर्थिक विकासका लागि कृषि क्षेत्र मेरुदण्डका रुपमा रहेको छ । अर्थतन्त्रमा करिव ४० प्रतिशत को हिस्सा रहेको कृषि क्षेत्रको विकास विना हाम्रो आर्थिक वृद्धिदर दिगो हुन नसक्ने भएकोले नेपाल सरकारले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रमुृख कृषि बालीहरू खासगरी खाद्यान्न र नगदे बालीको उत्पादन र उत्पादकत्व बढाउने अभिप्रायले सिँचाईको सुविधा विस्तार गर्न प्रशस्त लगानी गरिसकिएको छ । देशको प्रमुख कृषि उपजमा ३५ प्रतिशत हिस्सा नगदेबालीले ओगटेको छ भने कुल कृषि बालीले ढाकेको क्षेत्रफल मध्ये करिव ११ प्रतिशत मात्र नगदेबालीको खेती गरिएको छ । अतः कुल नगदेबालीको १५ प्रतिशत क्षेत्रफलमात्र उखुले ढाकेको भएतापनि नगदेबालीबाट प्राप्त हुने उत्पादनमा यसको योगदान ५८ प्रतिशत रहेको अनुमान छ । आठौं पञ्चवर्षीय योजनाको तुलनामा नवौं पञ्चवर्षीय योजनामा उखुको उत्पादन करिव ४१ प्रतिशत ले वृद्धि भएको छ । यद्यपि उत्पादकत्वमा करिव ६ प्रतिशत ले वृद्धि हुन सकेको छ । अहिलेसम्म पनि प्रचलित परम्परागत खेती प्रणालीले यस्को उत्पादकत्वमा जति विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन । यद्यपि लगानीको अनुपातमा प्रतिफल निराशाजनक स्थिति देखापर्दछ । प्राप्त एक तथ्याङ्क अनुसार विगत २० वर्षको अवधिमा कृषि क्षेत्र ४३ प्रतिशत ले विस्तार भएको र कृषि उत्पादन विन्दुगत वृद्धिदर २४ प्रतिशत मात्र रहेको देखिन्छ ।
नेपालमा उखुको उत्पादकत्व कम हुनका मुख्य कारणहरू :
– नेपालमा ७० प्रतिशत भन्दा बढी उखु खेती आकाशे पानीको आधारमा सिंचाई गरिन्छ । यसरी आकाशे भरमा उखु खेती गर्नाले उखुको उत्पादकत्व धेरै कम भएको अनुमान गर्न सकिन्छ ।
– हाम्रो देशमा कुल उखु खेतीको ४०–४५ प्रतिशत क्षेत्रफल खुट्ठी बालीले ढाकेको छ । यसले गर्दा उखुको औसत उत्पादकत्व धेरै कम भएको पाइन्छ ।
– उखु लामो अवधि सम्म खेतमा रहने भएकोले उखुलाई अन्य बालीको तुलनामा बढी कम्पोष्टमल पनि राख्नु पर्दछ । तर हाम्रो देशमा यो हुन सकेको छैन । यसले गर्दा नै प्रति इकार्इृ उत्पादकत्वमा कम हुन गएको अनुमान स्वत सिद्ध भएको छ ।
– कृषकहरुले राम्रो मलिलो जग्गा खाद्यान्न बाली, तरकारी बाली, दाल बाली आदिलाई प्रयोग गर्ने र कम मलिलो , पानी नलाग्ने, माथि उल्लेखित बालीहरू राम्रो नहुने जग्गामा उखु खेती गर्ने चलनले पनि उखुको उत्पादकत्व कम भएको पाइएको छ ।
द्घ उखुमा धेरै प्रकारका रोग तथा कीराहरु वेर्ना अवस्था देखि ठूलो भई सकेको अवस्था सम्म लाग्ने गर्दछ । किसानहरूले रोग तथा कीरा नियन्त्रणको उपाय अपनाएको देखिदैन
– उखुको उत्पादकत्व कम हुनुमा उन्नत उखु खेती प्रविधि नअपनाउनु तथा धेरै जसो किसानहरुमा नयाँ उखु खेती प्रविधिको जानकारी नहुनु आदि पनि हुन ।
– उखु खेतीको लागि सिंचाईको सुविधा नहुनु । प्राप्त स्रिचाई पनि आवश्यक मात्रामा प्रयोग नहुनु ।
– कृषकहरुमा उन्नत जातको प्रमाणिक वीउको महत्व बारे जानकारीको कमी हुनु आदि ।
चिनी मिलको स्थिति :
उखु एउटा प्रमुख औद्योगिक बालीभएको हुँदा यसको माग उद्योगहरूबाट हुन्छ । उखुको मुख्य क्रेता चिनीमिलहरु हुन । सर्वप्रथम सन् १९५० मा मोरङ चिनी मिलबाट नै नेपालमा चिनी मिलको इतिहास सुरुभएको मान्न सकिन्छ । हाल मुलुकमा १८ वटा चिनी मिलहरु स्थापना भए पनि चालु अवस्थामा हाल १० वटामात्र रहेको छ । देशमा सरकारी स्वमित्वमा रहेका लुम्विनी चिनी कारखाना र वीरगंज चिनी कारखानासहितका अन्य निजी चिनी
कारखानाबाट वार्षिक १ लाख ३० हजार मे.टन चिनी उत्पादन हुनेगर्दछ भने हाल चिनीको वार्षिक माग दुई लाख मे.टन भन्दा बढी रहेको अनुमान गरीएको छ । यी मिलहरु पनि नियमित चल्न नसकि सिजनल रुपमा मात्र चलेका छन । किसान र चिनी मिलहरुले उखु रोेप्नुभन्दा अगाडीदेखिनै सम्झौता गरी उखु उत्पादन गर्ने परम्परा भएता पनि केहीले यसलाई त्यति ध्यान नदिएको देखिएको छ । चिनीमिलले मौकाको फाइदा उठाउनको लागि किसानहरुसँग सक्दो रुपमा बारगिनिङ्ग गरेको पाइन्छ । चिनी उत्पादक संघ तथा उखु उत्पादक संघको वीचमा भएको सम्झौताको आधारमा उखुको मूल्य निर्धारण हुन्छ । यो मूल्य विगत वर्षको भन्दा कम छ । छिमेकी
राष्ट्रको मूल्यलाई हेर्ने हो भने पनि यो मूल्य कम देखिन्छ । जबकी भारतमा प्रान्तीय
सरकारले दिने अनुदान समेत जोडेर दिने प्रचलन रहेकोे पाइन्छ ।
नेपालमा उखुको उत्पादन स्थिति :
हाम्रो देशमा खेती गरिने विभिन्न औद्योगिकबालीहरु मध्ये उखु पनि एक प्रमुख बाली हो । देशको प्रमुख नगदे बालीहरुमा खास गरीकन आलु, तेलहन, सूर्ति, जुट र उखु रहेका छन । यसर्थ हाम्रो निर्यात व्यापारमा कृषि उत्पादनको अंश महत्वपूर्ण रहेको छ । देशमा रोजगारीको अवसर सृजना गरी, आम्दानी बढाउन र विदेशी मुद्रा आर्जन लगायत देशको दिगो आर्थिक विकासका लागि कृषि क्षेत्र मेरुदण्डका रुपमा रहेको छ । अर्थतन्त्रमा करिब ४० प्रतिशत को हिस्सा रहेको कृषि क्षेत्रको विकासको अभावमा हाम्रो आर्थिक वृद्धिदर दिगो हुन नसक्ने भएकोले नेपाल सरकारले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । प्रमुख कृषि बालीहरु खासगरी खाद्यान्न र नगदे बालीको उत्पादन र उत्पादकत्व बढाउने अभिप्रायले सिँचाईको सुविधा विस्तार गर्न प्रशस्त लगानी गरिसकिएको छ । कृषिको दोश्रो महत्वपूर्ण उत्पादनको सामग्री रासायनिक मल शुपथ मूल्यमा समयमै उपलव्ध होस भन्ने अभिप्रायले निजी क्षेत्रलाईसमेत सहभागी गराइएको छ । नेपालमा चिनी दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग भैरहेको सर्वविदितै छ ।

चिनी उत्पादनको लागि चाहिने हाम्रो देशको एकमात्र प्रमुख कच्चा पदार्थ उखु नै भएकोले यसले मुख्य औद्योगिक तथा नगदे बालीको स्थान ओगटेको छ । यसको खेती औद्योगिक दृष्टिकोणले धेरै तराईमा गरिन्छ । यो खेती लगाउने जिल्लाहरुमा रुपन्देही, नवलपरासी, कपिलबस्तु, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, सिराहा, बारा, कञ्चनपुर आदि हुन् । देशकै प्रमुख नगदेबालीहरुमध्ये दोश्रो स्थानमा रहेको उखु तीन लाखभन्दा बढी किसानहरुको आर्यआर्जनको श्रोत हो । ६ देखि ८ महिनासम्म किसानहरू उखुको सिजनल काममा व्यस्त रहन्छन । कृषि अनुसन्धान परिषद्को एक अध्ययनअनुसार सन् १९९८÷०९९ मा उखुबालीबाट मात्र दुई अर्व ७६ करोड रुपियाँ आर्जन भएको थियो । यहि अनुपातमा आर्जन हुने हो भने किसानहरुको जीवनस्तरमा नै आमूल परिवर्तन हुनसक्छ । देशभर प्रतिवर्ष एक लाख ६० हजार मे.टन. चिनी खपत हुने गरेको भए तापनि आन्तरिक उत्पादकहरुले एक लाख २० हजार मे.टन.मात्र चिनी आपूर्ति गर्न सकेका छन् , जवकि उनीहरुको कुल क्षमता दुई लाख मे.टन. रहेको छ । आन्तरिक मागका लागि अपुग हुने चालीस हजार मे.टन. चिनी भने आयात हुने गरेको छ ।
निष्कर्ष ः
नेपालमा खेती गरिने विभिन्न नगदेबालीहरु मध्ये उखु पनि एक औद्योगिक बालीको रुपमा रहेको छ । प्रमुख औद्योगिक बालीको रुपमा रहेको उखुको क्षेत्रफल चालु आर्थिक वर्ष २०७८÷०७९ मा १ दशमलव २ प्रतिशतले बढ्न गई ६७ हजार ४ सय हेक्टर रहन जाने अनुमान गएको छ । त्यस्तै गरी उत्पादनलाई मध्यनजर गर्ने हो भने पनि आर्थिक वर्ष २०७९÷०८० को उत्पादनमा समेत २ दशमलव ८ प्रतिशतले बृद्धि भई करिब ३१ लाख ४८ हजार मे.टन. पुग्ने अनुमान छ । चिनीको बढ्दो खपत तथा मूल्यमा वृद्धि भएका कारण कृषकहरू पुनः उखु खेतीतर्फ आकर्षित हुन थालेका छन् । उखुखेती गर्ने कृषकहरुले चिनीको मूल्यको दाँजोमा उखुको मूल्य पाउन सकेका छैनन् । तर, यतिखेर चिनीको मूल्य मा उचार चढाव आइनै रहेको छ, जस्ले गर्दा कृषकहरूले आफूले पाउनु पर्ने मूल्य पाउन सकेका छैनन् । यसरी चिनीको मूल्य बढ्ेर जादा उखुको मूल्य विगत वर्षहरूमा तल माथि भई रहेकोे छ । यो कृषकहरुको लागि पीडादायक अवस्था हो । त्यसैले गर्दै कृषकहरूले उखुको उचित मूल्य पाउन नसक्दा पूर्वि तराईका मोरङ, झापा, सुनसरी, सप्तरी र सिराहामा कुनैवेला १० हजार भन्दा बढी कृषक उखुखेतीमा संलग्न भएपनि हाल मुष्किलले चार पाँच हजारले मात्र यो खेती गरेको अनुमान छ एकातिर छ भने अर्कोतिर हेर्ने हो भने चिनीको मूल्यको वृद्धि दाँजोमा उखुको मूल्य कायम हुन नसक्दा कृषकहरु उखु खेतीबाटै विमुख हुने अवस्था आएको छ । उखुको मूल्य निर्धारण गर्न एउटा छुट्टै राष्ट्रिय समिति निर्धारण गरियोस् भनेर कृषकले जतिसुकै आवाज उठाए पनि हालसम्म कुनै व्यवस्था हुन सकेको छैन । जवकी उखुको फसल कटानको अवस्थामा कृषकको फसललाई तत्काल खरिद गर्र्न ढिलासुस्ती भएको खण्डमा उखुको रस सुकि उखुको तौल कम हुन जान्छ । जस्लेगर्दा चिनी मिललाई यसबाट बढी फाइदा हुन जान्छ । सो उखुबाट जति उत्पादन हुनु पर्ने हो त्यो अंश यसबाट पुरापुर आउंछ । यस्तो अवस्थामा नोक्सानको भागिदार केवल किसानहरुलाई मात्र हुने गर्दछ । बजारमा चिनीको भाउ दिनप्रतिदिन आकासिदो छ । यसको मुख्य कारण चिनी मिलहरुले उत्पादन गरे पनि पर्याप्त मात्रामा बजारमा चिनीको माग बमोजिमको आपूर्ति नगरेको कारणले गर्दा यसो हुन गएको छ । देशको कुल चिनी मागको ७० प्रतिशत यीनै मिलहरुबाट उत्पादन हुन्छ भने बाँकी ३० प्रतिशत अन्य वैदेशिक मुलुकहरूबाट आयात गर्नुपर्ने स्थिति हाल विद्यमान रहेको छ ।

अन्त्यमा के भन्न सकिन्छ भने किसानहरूसँग उखु रोप्ने बेलैमा सम्झौता गरी किसानहरूको वास्तविक लागत अनुपातको मूल्य तोेकि दिएमा यस्ता किसीमका समस्याहरु हट्ने अपेक्षा राख्न सकिन्छ । तर चिनी उत्पादकहरुको पनि आ(आफनै किसिमका समस्याहरु विद्यमान छन् । तसर्थ उखु खेतीमा रोग लाग्येो भने चिनी मिलहरूले उखुको अभावमा आफ्नो मिलमा ताला मार्नु पर्ने स्थिति नहोला भन्न सकिन्न । यसको लागि कृषि वैज्ञानिकहरुको ध्यान उखु रोग प्रति आकृष्ट हुनु आवश्यक छ । यसको फलस्वरुप आज उखुका जतिपनि जातहरूको सिफारिस गरिन्छ तिनमा रोगको परीक्षण गरेर, रोगप्रति के कस्तो जातिय सम्बन्ध छ सो पत्ता नलगाइकन सिफारिस गर्न सकिदैन । मनन योग्य कुरा के छ भने एउटा कुनै जात कुनै खास रोग रहित छ भने त्यो जातमा अरु कुनै रोग लाग्दैन भन्नु हुंदैन त्यसकारण विभिन्न जातहरुलाई रोग सहने क्षमता अनुसार रोग निरोधक, मध्य स्तर निरोधक एवं रोग ग्राही वर्गीकृत गरी हरेक जातलाई रोग निरोधक टेष्टबाट सफल भएपछि रोग निरोधक र मध्यम स्तर निरोधक पाएको खण्डमा मात्र खेतीको लागि सिफारिस गरिन्छ ।

यसबाट कृषकहरुलाई हौैसला प्राप्त भई यस उखु बालीप्रति उनीहरूको जागरण एवं लगनशिलतामा बृद्धि हुँदै जानेकुरामा कसैको दुईमत नहोला । देशलाई आवश्यक पर्ने चिनी मागको २५% नपुग विदेशबाट आयात गर्ने परिपाटीलाई क्रमिकरुपमा घटाउदै लान सकिन्छ । अतः माथि उल्लेखित कमी तथा कमजोर निम्न वर्णन गरे बमोजिम नयाँ प्रविधि अपनाई उखु खेती गरेमा उखुको उत्पादकत्वमा बृद्धि भई उखु किसानहरुलाई बढी फाइदा हुनाका साथै राष्टूलाई नै आर्थिक दृष्टिकोणले सवल बनाउनमा मद्दत पुग्ने छ । यदि एक लाख साठी हजार मे.टन. चिनी उत्पादन हिसाव गर्ने हो भने जनगणना वि.सं. २०६८ अनुसार २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जना जनसंख्यालाई भाग लगाउने हो भने पनि प्रति व्यक्ति प्रति वर्ष ६ के.जी. पर्न आउने अनुमान लगाउन सकिन्छ । तर दुई लाख मे.टन. चिनी हालको जनसंख्यालाई आवश्यक पर्ने देखिन्छ, यसको उक्त जनसंख्यालाई हिसाव गर्दा प्रति व्यक्ति प्रति वर्ष साँढे ७ के.जी. पर्न आउँछ ।
यसरी चिनीको उत्पादनमा आत्मनिर्भर हुन सकेको खण्डमा चिनीको लागि गरिएको लगानीलाई अरु क्षेत्रमा लगाउन सकिनेछ । यसबाट देशको अर्थतन्त्रलाई मजवुत हुने आशा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain