२०८२ माघ १७

नेपालमा वैकल्पिक कृषिको मोडल आवश्यक छ : डा.विष्णु भण्डारी

बैकल्पिक कृषिको मोडल तथा पर्यावरणीय कृषिका ज्ञाता तथा सिमसार विज्ञ डा.विष्णु भण्डारीसँग कृषि जर्नलका लागि धनबहादुर मगरले गरेको कुराकानीको प्रस्तुत अंश :
कृषिमा वैकल्पिक मोडल कृषि भनेर भनिरहनु भएको छ । वैकल्पिक मोडलको अवधारणा कसरी आयो ?
मैले पढेको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट मेरो क्यारिएर शुरु भयो र मैले पछि कृषिमा एमएस्सी गरेपछि म सोसोलोजीमा रुपान्तरित भएँ । म त्रिभुवन विश्वविद्यालयको सोसोलोजी डिपार्टमेन्टमा काम गरेँ । त्यसपछि मैले केही अन्तर्राष्टिूय संस्थाहरु आइयूसीएन, इसीमोड र जापानको आइएसी इनस्टीच्यूट फर ग्लोवल इन्भाइरोन्मेन्ट स्टडी पनि गरेँ । अहिले म सामाजिक संस्थामा लागेको छु । मेरो विचारमा सिमसार क्षेत्रको संरक्षण गर्नु पर्छ भन्ने एक किसिमको अभियानमा पनि लागेको छु र आधारभूत रुपमा म समाज सेवा मै बढी केन्द्रित छु ।
यहाँले धेरै समय कृषिका विद्यार्थीलाई पढाउनु भयो । त्यसपछि त्रिविको सोसोलोजी अन्तर्गत एग्रेगेरिएन पनि जानु भयो । जानुको कारण बताई दिनुहोस् ?
वास्तवमा यो जान्नु पनि राम्रो भयो । मैले सोचेको नि थिएन । किनकी रामपुर क्याम्पसमा अमेरिकन सहयोग थियो । त्यो अमेरिकन सहयोगबाट विभिन्न किसिमका छात्रवृत्तिहरु प्रदान गरेका थिए । एउटा चाहीँ के थियो भने सोसोलोजीमा पनि कृषि सोसोलोजी भनेर आएको थियो । त्यसैले मैले यो छात्रवृति पाएँ । म पढ्दै जाँदा जुन युनिभसिटीमा कृषि समाजशाश्त्र नभएको हुनाले मैल यसमा विद्यावारिधी नर्ने मौका पाएका हुन् ।
अरुका भन्दा अलि फरक अथवा अरुले गर्ने भन्दा अलि फरक खेती मोडेलको कुरा विकसित गर्नु भएको छ ।

हामीले सुनेका छौं कृषि भूमि क्रान्ति वा एग्रेगेरिएन रिभोलुसन भन्ने रहेछ । यसले यो मोडल किन ल्याउनु भयो वा कसरी यो मोडल आयो ? हाम्रो देश नेपालको कृषि आत्मनिर्भर बनाउन सकिन्छ भनेर यो मोडल ल्याएको जस्तो लाग्छ ?
विलकुलै यो वैकल्पिक मोडल नै हो । यहाँले जुन प्रश्न गर्नु भयो ठीक कुरो हो । वास्तवमा यो मोडेल एग्रेगेरिएन रिभोलुसन भनेको कृषि भूमिको क्रान्ति भन्ने कुरा हो । यो खास गरि ल्याटिन अमेरिकातिर प्रचलित छ । हामीहरुको देशमा यसलाई भूमि सुधार भनेर भन्थ्यौं । र यो भुमिसुधारले खासगरि जमीनको हदवन्दी, मोहीयानी हकका कुराहरु गर्छ भने, यो एग्रेगेरिएन रिभोलुसन भनेर कृषि भूमि क्रान्ति भनेर भनिन्छ । यसले भूमि मात्र होइन, भूमिलाई सदुपयोग गर्ने किसान र त्यसको साथै प्रविधि यो ३ वटै स्रोतलाई सँगैसँगै लैजाने हो । यसले मात्र कृषिको कायपलट गर्न सकिन्छ भन्ने सोँचबाट आएको चिन्तन हो ।
वास्तवमा यो चिन्तन भन्दा इतिहासमा पृथ्वीनारायण शाहको याद आउँछ । पृथ्वी नारायण शाहको दिव्योपदेशमा गह्रा भएको ठाउँमा अन्न फलाउने, घर छन् भने घर भत्काई अन्यत्र सारी कुलो बनाई सिँचाईको व्यवस्थापन गर्ने किसिमको उपदेश दिएका छन् । त्यो नै एग्रेगेरिएन रिभोलुसनको शुरुवात हो । त्यसकारण यो हाम्रो देश नेपालमै पनि यो रिभोलुसन भएको थियो । शब्दमा मात्र फरक(फरक भएको हुनाले यो भयो ।
सिमसार भन्ने जुन शब्द प्रचलनमा ल्याउनु भयो । अथवा धेरै काम गर्दा शब्दकोषमा सिमसार भन्ने शब्द थिएन भन्ने कुरा आएको छ । बिच बिचमा कता(कता तर यहाँ जुन यो शब्दको निर्मातानै हुनुहुन्छ । सिमसार शब्दको, यो शब्द बनाउँदा कसरी फु¥यो ? यो विषय सिमसार भनेको के हो अलिकति बताइदिनुहोस् ?
वास्तवमा सिमसार भनेको अँग्रेजीमा वेटल्यण्ड भन्छ र बेटल्याण्ड जहिले पनि वेटल्याण्डलाई रुपमा लिने गरेको छ । म जब आइयूसिएनमा केही समय काम गरेँ । यो वातावरणका संरक्षण जैविक विविधताका लागि कसरी जैविक विविधतालाई संरक्षण गर्न सक्छौं ? कसरी वुद्धिमतापूर्वक यसको प्रयोग गर्न सक्छौं भन्ने कुरामा गएको हुनाले हामीले अध्ययन गर्दै जाँदा सिमसार पनि यो वेष्ट ल्याण्ड बट, इट इज भेरी इम्पोटर््यान्ट ल्याण्ड भन्ने कुरा आएको हुनाले अब के भन्ने त्यसलाई नामाकंरण गर्ने विषयमा मैले धेरै विज्ञहरुसँग सोधी शब्दकोष हेर्दै गर्दा सिमसार शब्द पहिलेको किनारमा प्रयोग गरें । जब सिमसार शब्द मैले प्रयोग गरेको थिएँ त्यो यति लोकप्रिय शब्द भयो कि त्यो सबैको जिब्रोमा भए । यो सिमसार भन्ने शब्द पहिले थिएन । अहिले भनेर मैले यो शब्द छनौंट गर्न सक्ने थिएन जस्तो लाग्छ ।
हामी कृषिकै विषयमा अगाडि बढौं, अब अलिकति हाम्रो कृषिलाई पछाडि फर्किनु भन्दा नि अगाडिको कृषिलाई कोट्याउनु पर्छ । यहाँलाई सोध्न मन लाग्यो । कस्तो थियो हजुरको नेपाली कृषिको अनुभव । किन भन्दा अहिले अन्तिम मोडेलबाट वैकल्पिक मोडेल भनेर आउनु भएको छ । पक्कै पनि पूरानो कृषिलाई अध्ययन नगरीकन वैकल्पिक मोडल ल्याउन सक्दैन । त्यसकारण हिजोको कृषिलाई अलिकति सम्झनु होस् ?
वास्तवमा हाम्रो देश कृषि प्रधान देश हो । ८० प्रतिशत भन्दा बढी मानिसहरु कृषिमा निर्भर देखिन्छ । जनसंख्या धान, मकै, गहुँ इत्यादि बालीहरु निर्यात गर्ने गथ्यौं । । पहिलो कुरा, विचमा आएर हाम्रो निर्यात भएन, आयतमा परिवर्तन भयो । दोस्रो कुरा कुल ग्राहस्थ उत्पादन झण्डै ४०÷४५ प्रतिशत थियो घट्दै–घट्दै अहिले २ वर्ष अगाडि सम्म तथ्याङ्क अनुसार २४ प्रतिशत भएको छ । हाम्रो गरिबी पनि हट्न सकेको छैन । धेरै जसो किसानहरु गरिबीबाट हट्न सकेको छैन । नेपालमा किसानहरु छन् । र शहरी क्षेत्रमा भूमिहिनहरु छन् । त्यसो भएको हुनाले मैले के सोच भने अहिलेको चाहीँ कृषिको मोडल त्यो मोडलबाट नेपालमा गरिबी निवारण गर्न सकिदैन र गरिबी उत्थान पनि गर्न सकिदैन भन्ने सोँचमा मैले के भने । अब हामी कृषिबाट बाहिर जान पनि सकिदैनौं ।
८० प्रतिशत बढी मानिसहरु कृषिमा निर्भर देखिन्छ । हामीले कृषिमा धान, मकै, गहुँ, इत्यादि कुराहरु निर्यात गर्ने गथ्र्यौंं । धेरै जसो किसानहरुनै छ । शहरी क्षेत्रमा भूमिहिनहरु छन् । त्यसो भएको हुनाले मैले के सोचे भने अहिलेको कृषिको जुन मोडल हो । त्यो मोडलबाट नेपालमा गरिबी निवारण गर्न सकिदैन र गरिबहरुको उत्थान पनि गर्न सकिदैन भन्ने सोँचमा अब हामी कृषिबाट बाहिर जान पनि सक्दैनौं र कृषि मै जाने भएकाले नयाँ किसिमको सोँच हाम्रो परिवर्तन आउने पारासाइट सिफ्ट भन्ने जुन कुरा छ । हाम्रोमा जुन सोच परिवर्तन आएन भन्ने हुँदैन । मैले यो एगे्रगेरिएन रिभोलुसनले कृषि भुमि क्रान्ति गर्न सक्छ भन्ने किसिमबाट मेरो सोच हो । र यसले धेरै देशहरुमा अभ्यास गरिसकेको छ । प्रश्न के आउँछ भने मानिसहरुले ल्याण्ड रिफर्म भयो भने मोहियानी हकका कुराहरु धेरै जग्गा हुनेलाई मिलाउने । २०५४ सालको कानुनले त्यो मोहियानी हक लाग्छ । हाम्रो जग्गा भएर मात्र भएन । त्यसलाई सदुपयोग गर्ने मान्छे चाहियो । हामीसँग जतिसुकै धन, दौलत भएपनि जति पैसा भएपनि आखिर खाना त खानु प¥यो । अहिलेको यो प्रविधि र विज्ञानले हरेक चिजलाई विस्थापित गर्दै गईराखेको छ । जस्तो हामी पहिले घोडा चढ्थ्यौं, वयलगाडा आयो त्यसपछि साइकल, मोेटरसाइकल, मोटर अनि रेल, हवाइजहाज र अहिले रकेट आयो । विभिन्न खालका प्रविधि आयो हुन् । तर खाने कुरालाई कसैले पनि विस्थापित गर्न सकेको छैन । कृषि प्रधान देश भएको हुनाले ३ वटा कुरा किसान, कृषि भूमि र प्रविधिमा गयौं भने कायापलट हुनसक्छ भन्ने मरो सोँच हो ।
यहाँले असाध्ये महत्वपूर्ण वैज्ञानिक तर्क सहित आफ्नो विचार प्रस्तुत गर्नु भयो । यहाँलाई थाहा छ देशको वर्तमान कृषि कृषि बिग्रीसक्यो, वर्वाद भयो, भनिसकेको अवस्था छ । हुन पनि हो, हेर्दा जमीन हे¥यौं । प्लटिङ्ग गरेर धरै(घर भएको छ । अर्को महत्वपूर्ण कुरा छ । नेपाल रासायनिक मल ल्याएर किसानलाई बाँडेको अवस्था छ ।

वातावरण संरक्षण विद् पनि हुनुहुन्छ । हाम्रो देशमा, वातावरण ह्रास भईराखेको छ । अहिले अर्बौंको विषादी भित्र्याएको अवस्था छ । हाम्रो, यो ३ वटा पाटोलाई हेर्दा यहाँले अहिलेको परिवर्तनमा नेपालको कृषिको अवस्था कसरी सुधार गर्न सकिन्छ ?
धन्यवाद, एउटा कुरा के हो भने कस्तो दुःखको कुरा हामीले पहिले चामल निर्यात गथ्र्यौं । पछि गएर २०७२ सालको तथ्याङ्क हेर्ने हो भने करिव करिव ५२ हजार मेटिूक टन धान भित्र्याएका रहेछौं । अब ३५÷३६ गुण माथि भयो । ७ लाख ८८ हजार मेट्रिक टन भयो । त्यसो भएर हाम्रो दुर्दशा आयो । अब यो हुनुको कारण विभिन्न कारण छन् । धान खेती गर्न लागेको छ । मल छैन । मल आएको छ । खेती गर्ने बेला भएको छैन । तारतम्य पनि मिलेको छैन । दोस्रो कुरो हाम्रो इण्डिजियस टेक्नोलोजी सबै ध्वस्त भईसक्यो । वातावरणमा समेत ह्रास गराइदियो । अहिले गण्डकी गाउँपालिका गोर्खामा अहिले समयले दिए अनुसार ५३ जनालाई क्यान्सर भएको छ । अनि कति जनाको किड्नी गएको छ । कारण के हो थाहा छैन । तर उनीरु तरकारी खेतीमा धेरै विषादी प्रयोग गरेको हुनाले भन्ने कुरा आएको छ । त्यसो भएको हुनाले अलि होसियार हुनुपर्छ । गाउँघरमा गाईभैंसी पाल्नै छोडे । गाउँका ६० लाख युवाहरु बाहिर छन् । खेती गर्ने मान्छे छैन । खेती ग¥यो बाँच्न मात्र सकिन्छ । र त्यो भन्दा सस्तो बजारमा गएर किन्यो भने पाइन्छ । हामीलाई त्यसले खेताल लगाउन पनि पुग्दैन । त्यसो भएको हुनाले यो हामीले परिवर्तन नगरी हुँदैन ।
हामीले यिनै कुराहरु गर्दै गर्दा नेपालको कृषि पक्कै पनि परिवर्तन खोजेको जस्तो छ
विलकुल,
यहाँ त एउटा कृषि भूमि क्रान्तिको वैकल्पिक मोडलको ज्ञाता हुनु हुन्छ । यस कारण नेपालको कृषिले आउने दिनमा आमूल परिवर्तन गरेर नेपाललाई कृषिबाट आत्मनिर्भर बनाउने सकिन्छ । अब यो भविष्यको कुरो हो । हामीले विगतको कुरा ग¥यौं । आजको कुरा गर्न र भविष्यको लागि हुने कुरा गर्दछौं । यस कारण यस विषयमा यहाँको आफ्नो मोडल सहितको थोरै विचारहरु राखिदिनहोस ?
हजारले मलाई ज्ञाता भन्नु भयो । वास्तवमा यो एगे्रगेरिएन रिभोलुसनको विषय हाम्रो विषय विज्ञहरुको विचमा आएको कुरो हो । हामीले भविष्यको कुरा गर्दा खेती हामी भविष्यमा जहिले पनि सकारात्मक हुनु पर्छ ।
त्यसो भएर हामीसँग जे मोडल छ । त्यसलाई नै कसरी सदुपयोग गरेर लाने भन्ने कुरा हो । ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । अब यो क्रमश घट्दै गएको छ । अब यसलाई हामीले कसरी लानु पर्छ भन्ने मानिसहरुको संलग्नता र सहभागीताले हुन्छ भन्ने कुरो साझा स्रोत हुन सक्छ । भन जमीन नै हो । यो कृषि भूमि नै हो । त्यो कृषि भूमिलाई नै सदुपयोग गर्नु पर्छ । यदि हामीले कृषि भूमिलाई सदुपयोग गर्न सकेनौं भने हाम्रो जीवन, भविष्य छैन । किनभने ६६ प्रतिशत जनसंख्या कृषिमा सहभागी छ । यदि हामीले त्यसो गर्न सकेनौं भने हाम्रो भविष्य हुँदैन । दोस्रो कुरो कृषि भूमिलाई प्रयोग गर्ने मान्छे भन्नाले खेती किसान इन्टेन्सीभ दिनुप¥यो । कसरी अड्याउने हो । अब मान्छेहरु खेतीमा उनीहरको इन्टूेस नै छैन । किसान छैन भने बाँच्न सकिन्न । परिवार पाल्नु सकिदैन । हामीले खेती किसानलाई हामीले बीमाको व्यवस्था, स्वाथ्य सम्बन्धी बीमा, भविष्यमा गएर भवितव्य हुन सक्छ । प्राकृतिक विपद पर्न सक्छ । नष्ट हुन्छ आगलागि हन्छ । त्यसका लागि एउटा व्यवस्था नगरिकन हुँदैन र त्यसका साथै जुन किसिमको प्रविधि छ । इण्डिजिनियस प्रविधि कहाँ गए । हाम्रा खेतमा झुल्ने मनसरा धान छैन । त्यो बेला रोग पनि लाग्दैन । अहिले छुस्स रोप्यो २ महिना पछि अर्को पेस्टिसाइट ल्याएर छर्नु पर्ने भयो । त्यस्तो बालीको उत्पादन त होला तर त्यसले वातावरणमा ह्रास ल्याउछ । त्यसले मलाई ह्रास गरिसक्यो । त्ससो भएको हुनाले अब हामीले प्रविधिलाई सँगै लानु पर्छ । यसको इन्पुटको कुरा हन् । मलको कुरा यहाँले गरिहाल्नु भयो । बोराको बोरा रसायनिक मल ल्याएर हामी कहाँसम्म आत्मनिर्भर छौं त ?

हाम्रो गाईभैंसीको मल कहाँ गए ? अब गाउँ जंगल नै जंगल छ । अब घर(घरमा बाघ आउन थाले । त्यसो भएको हुनाले यी सबै कुराहरु गर्नु पर्छ र त्यसको साथ(साथै हामीले के कुरा गर्नु पर्छ भने कृषियोग्य भूमिलाई ल्याण्ड पुलिङ्ग गर्नु पर्छ । ल्याण्ड युज गर्नै पर्छ । कुनै एउटा गाउँमा कति कृषि योग्य भूमि छन् । कुन ठाउँमा आवास क्षेत्र राख्ने, कुन ठाउँमा स्कुल राख्ने, कुन ठाउँमा कम्युनिटी हल राख्ने, कुन, कुन ठाउँबाट रोड लाने भन्ने किसिमको कुरो नगरिकन हामीले जथाभावी ग¥र्यौ भने हाम्रो भविष्य अन्धकार नै हुन्छ भन्दा हुन्छ । यसले गर्दा हाम्रो राष्ट्र, राष्टिूयता, राष्ट्रिय अखण्डतालाई बचाउन गाह्रो पर्छ ।
एकदम सान्दर्भिक र महत्वपूर्ण विचार दिनु भयो । यहाँलाई धन्यवाद दिन चाहन्छु । हामीले कृषि क्रान्तिको विषयमा जति पनि कुराकानी ग¥यौं । यो अपुग नै हुन्छ यहाँले भनिसक्नु भयो । अहिले आदिवासी प्रविधिहरु रैथाने विउबिजनहरु हराइसकेको अवस्था छ । हराएको चिज हराईसेको छ गईसकेको छ । तर अब यसलाई सुधार गर्ने अवस्था छ कि छैन ?
यहाँले शुरुमा वातावरणको कुरा गर्नु भयो । कृषिको विकाससँगै वातावरण संरक्षणमा पनि महत्व दिनुपर्छ । त्यो वातावरण संरक्षण भनेको के भने आदिवासी समुदाय, परम्परागत ज्ञान पनि सँगसँगै लैजानु पर्छ । अहिलेको परिस्थितिमा आदिवासी प्रविधिका कुराहरुले मात्र हामीलाई आत्मनिर्भर गराउने नसक्ला तर यसले के गर्न सक्छन् भने वायोडाइभरसिटी जैविक विविधता संरक्षणमा टेवा दिन सक्छ । मलाई के लाग्छ भने हाम्रो देशको दक्षिणतिर २२ गुणा ठूलो राष्ट्र भारत छ । उत्तरपट्टि ६६ गुणा चिन छ । यि देशहरुले जुन किसिमले कृषि गरेका छन् त्यो भन्दा हामी अलिकति फरक हुन सकौं भन्ने हो । त्यो मुलुकमा उच्च मूल्यको बाली जिम्मु खेती भनौं अथव अलैँची खेती भनौं त्यस्तै किसिमको बालीमा जानु पर्छ । धान, मकै, गहुँ मात्र ध्यानदिएर मात्र आर्थिक रुपमा सजिलो हुँदैनौं । खानको लागि होला तर हामी अगाडि बढ्न सक्दैनौं । त्यसैले उच्च मूल्य श्रृँखला पर्ने बालीमा जानु पर्छ भन्ने मलाई लाग्छ ।
धेरै विद्यार्थीहरुलाई पढाईसक्नु भएको छ । त्यसमा पनि महत्वपूर्ण विषय कृषिका विषय पढाइसक्नु भएको छ । समाजशाश्त्र विभागमा जानु भएपनि यहाँले कृषिमै योगदान दिनुभयो । यहाँको अवधारणा पनि कृषिकै छ । यो अवस्थामा हाम्रो देशमा कृषि पढेका हजारौं युवा विद्यार्थीहरु

नेपाल छोडेर विदेशमा गएका छन् । उहाँहरुले नेपालको लागि कतिको योगदान पु¥याउनु भएको छ ?
तपाईले सरल भाषामा कठिन प्रश्न सोध्नु भयो । यसको उत्तर मलाई त्यति थाहा छैन । तैपनि, मलाई लाग्छ उत्तर दिने कोशिष गर्नेछु । हो, हामीले कृषि विषयक पढाएर कृषि स्नातकोत्तरहरु उत्पादन गरेका छौं । तर त्यही अनुसार उनीहरुलाई रोजगारी दिन सकेका छैंनौं । पहिलो कुरो रोजगारी, दोस्रो कुरो कृषि पढ्नेले कृषि उत्पादन गर्नु पर्ने स्थिति हो । पहिलो कुरा हामीले कृषि पढेका विद्यार्थीहरुलाई त्यति अवसर दिएको जस्तो लाग्दैन । कसैले मलाई ऋण दिन्छ भने आफै गर्न सक्ने सक्षम हुनुप¥यो । तर त्यो कुरो अहिले यस्तो व्यवस्था छैन । अवसर पाएर केही विद्यार्थीहरु विदेशमा गएका छन् । जानु पनि दिनुपर्छ । किनभने यो ग्लोवल सोसाइटी हो । विदेशमा गएर उनीहरुले राम्रो काम पनि गरेका छन् । कसैकसैले नराम्रा पनि ग¥यो होलान् । कतिपय कृषि पढेका विद्यार्थीहरु विश्व बैंकमा काम गरेका छन् । एडीबीमा काम गरेका छन् । ठूला(ठूला युनिभर्सिटीमा प्रध्यापक भएका छन् । उनीहरुले त्यहाँ बसेर पनि नेपालको नाम राखेका छन् । उनीहरुले त्यहाँ बसेर पनि अरुले जस्तो राम्रो काम गरेका छन् । नेपालमा हामीले ति ग्राजुयटहरुलाई अड्याउन विभिन्न किसिमका अनुसन्धानका कार्यक्रम ल्याउनु पथ्र्यो सकेनन् । व्यवहारमा दिन विशेष जोड दिनु पर्छ जस्तो लाग्छ । यो कृषि भनेको खाली रोजगारीको लागि मात्र होइन् । स्वरोजगार पनि हो । यो स्वरोजगारी मात्र होइनकि रोजगारी प्रदायक पनि हुनुपर्छ । सिर्जनशील, उद्यमी हुनुपर्छ भन्ने किसिमको शिक्षा दियो भने उनीहरुलाई रिटर्न गर्न सक्छौं ।
युवा विद्यार्थी पलायन कसरी रोक्न सकिन्छ ?
रोक्ने सकिन्छ कि भन्ने मेरो यो उत्तर हो । ग्लोवल एजमा प्रतिस्पर्धा उच्च हुन्छ । अब त झन् इमेल लगायत सामाजिक सञ्जालले यति नजिक बनाइदियो कि, अहिले बोलिराखेको कुरा भोली भनेर कुरिरहनु पर्दैन । हामीले अलिअलि गर्दै सुधार गर्दै काम गर्नु पर्छ ।

अन्तम केही छुटेको कुरा छ भने भनिदिनुहोस् ?
तपाईले जुन टिम छान्नु भयो आज मलाई अति सान्दर्भिक लाग्यो । किन अति सान्दर्भिक छ भने हामीले कृषि क्षेत्रमा मात्र काम ग¥यौं । त्यसको विकास अपूर्ण हुन्छ । अपर्याप्त हुन्छ । हामीले के गर्दा समष्टिगत रुपमा पहुँच राख्न सक्छ र हाम्रो देशको भौगौलिक अवस्था हेरेर मैले जुन एग्रेगेरिएन रिभोलुसन भनेको छु त्यसमार्फत काम गर्नु पर्छ । त्यसले हामी नेपालीहरुको भाग्य सुधार्न सक्छ । नेपालको अनुहार हँसिलो, रसिलो, पोषिलो बनाउने सक्छ भन्ने कुरामा मलाई आत्मविश्वास छ ।
यसका लागि मुख्य काम सरकारले हो । जनताहरुको सक्रिय सहभागीता चाहिन्छ । उनीहरुको सहयोग र सहकार्य विना सम्भव छैन । त्यसमा राजनीतिक निर्णय भयो भने काम गर्न सक्छौं ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain