२०८२ मंसिर १७

नेपालमा अपाङ्गता–समावेशी कृषि–खाद्य प्रणाली प्रवद्र्धन कार्यक्रम सम्पन्न

धनबहादुर मगर
काठमाडौं कार्तिक २१, नोभेम्वर ७, संयुक्त राष्ट्र संघ कृषि संगठन र कृषि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा कृषि–खाद्य प्रणाली प्रवद्र्धनमा नेपालको अपाङ्ता भएकाहरुको सहभागीता विषयक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम कृषि संगठन नेपाल–भुटान प्रमुख केन सिमिजुको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा कृषि क्षेत्रमा आवद्ध अपाङ्गता भएका व्यक्तिहरुलाई समाजेले हेने दृष्टिकोण कृषिमा उनीहरुको सहभागीता, समाज, सरकार, अविभावकको सहयोगको अवस्था बारेमा गहन छलफल भएका थिए ।
विभिन्न समूह बनाई गरेको छलफलमा कृषि खाद्य प्रणालीमा अपाङ्गता भएका व्यक्तिहरुलाई आवद्ध बनाउने, आवश्यकता र चुर्नौतीहरु के के रहेका थिए भन्ने विषयमा कार्यक्रम केन्द्रीत भएका थिए ।

उक्त कार्यक्रममा समूहगत छलफलका क्रममा कृषिमा समावेश अपाङ्ता भएका किसानहरु प्रति विभेद गर्ने गरेको, छोरा जन्मे खुशी, छोरी जन्मे वेखुशी हुने नेपाली समाज अझै पनि भएको, कृषिका विषयमा छलफल गरिरहँदा अपाङ्गता भएका व्यक्तिहरुलाई स्तरीय पोषणयुक्त खाना व्यवस्था नभएको, कतिपयको राम्रो खानामा समेत पहुँच नभएको विषय छलफलमा उठेका थिए ।
संविधानको धारा ३६ मा नेपालको संविधानले खाद्य अधिकार, दिगो कृषि विकास रणनीति, समावेशीकरण, आपाङ्गता भएका व्यक्तिहरुको जमीन माथिको अधिकार स्थापित हुनु पर्ने कुरामा जोडदिएको छ ।

अपाङ्तामैत्री बिक्री वा खरिद केन्द,्र होचा पुड्काले किन्न वा बेच्न सक्ने सहज संरचना, आवाज युक्त तौल मेशिन, आवाज युक्त पैसा तिर्ने वा लिने प्रणाली, प्याकेजिङ्ग गरिएका वस्तुहरुमा ब्रेल लिपी र चित्रात्मक संकेतको व्यवस्था, अपाङ्गता भएका व्यक्तिहरुको कृषि उत्पादनमा विशेष अनुदानको व्यवस्था, कृषकको फर्मबाटै प्रत्यक्ष खरिद गर्ने व्यवस्था, मलखाद, बिउ–विजन, कृषि औजार र प्राविधिक सेवामा अनुदान, बजार व्यवस्थापन समितिमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व हुनु पर्ने कुरामा जोड दिएको छ ।

बदलिदो परिस्थितिमा डिजीटल बजार, अपाङ्गता भएको किसानहरुलाई इन्टरनेटमा सहज र सुलभ पहुँच सुनिश्चित, विद्युतीय बजारीकरण सम्बन्धी तालिमको व्यवस्था, वित्तिय व्यवस्थापन तथा वित्तीय साक्षरता सम्बन्धी तालिमहरु सञ्चालन, अपाङ्गताको प्रकृति अनुसार सहायक उपकरण तथा प्रविधिको उपलब्धता सुनिश्चित आदि कुरामा सरकार र सम्बन्धित निकायले जोडदिनु पर्ने कुरा उठाएका थिए ।

कृषि-खाद्य प्रणालीमा मूल्य श्रँृखलामा युवाहरुको सहभागीता, महिलाहरु र अपाङ्गता भएका व्यक्तिहरुमा भएका अवरोधहरु पहिचान, हुनु पर्ने कुरामा जोडदिएका थिए ।

सह–सिर्जित समाधान विकासका मुख्य चुनौंती र अवरोधहरुलाई पार गर्न शिक्षामा पहुँचको कमी, समाज र परिवारबाट बन्देज, सञ्चार र सूचनामा अवरोध, कृषि व्यवसायीहरुका लागि ऋण, बीउ विजन, मलको कठिनाई, बजारमा उत्पादन बेच्न व्यापारीसँगको पहुँचमा सीमितता, युवाहरुका लागि कृषि तालिमको अभाव, सामाजिक–सांस्कृतिक पूर्वाग्रह, अपाङ्ग मैत्री बैंकिङ स्रोतको अभाव, स्रोत, समुदाय र परिवारबाट विश्वासको कमी, अपाङ्गतामैत्री कृषि उपकरणको अभाव, आदिवासी जनजातिको आ–आफ्नै भाषा, संस्कृति र ज्ञान, सीप रहेपनि शिक्षा रोजगार र बसाई सराइको कारण लोप हुँदै गएको विषयमाथि छलफलमा उठाएका थिए ।

कार्यक्रममा उठाएका सम्भावित समाधानहरु भित्र निम्न विषयमाथि ध्यान पु¥याउन सके समस्याको समाधानको निष्कर्षमा पुग्न सकिने छलफलमा सुझाव दिएका थिए ।
जसमा कृषिमा सहुलियत ऋणका्े व्यवस्था, सहकारी तथा गैर–सरकारी संस्थाबाट ऋण सुविधा, गुणस्तरीय वस्तु उत्पादनमा जोड, मल हाल्ने मौसम अघि तालिम, बीउ अनुदानको व्यवस्था, अपाङतामैत्री तालिम र उपकरणको विकास, परम्परागत रैथाने खेतीको संरक्षण, स्थानीय सरकारसँग समन्वय र पैरवी, स्थानीयस्तरको संयन्त्र सडक–अपाङ्गमैत्री सवारी साधान, स्थानीय खानाको लागि हाट बजार, व्यवहारिक शिक्षाको सिद्धान्त, शिक्षा, जागरुकता, लैङ्गिक एकता, सूचना तथा सञ्चार प्रविधि सहजीकरण आदि रहेका थिए ।

अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण र अर्थपूर्ण सहभागिताका लागि स्थानीय मञ्च र फोरमहरुको सक्रिय सञ्चालन अर्थपूर्ण सहभागीता हुनुपर्ने कुरामा जोडदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain