धनबहादुर मगर
काठमाडौं पुस २१, चारदशक अघि नेपालमा समेत लोकप्रिय खेतीको रुपमा रहेको रेशम खेती करिब करिब लोप नै हुन लागेको अवस्था थियो ।
रेशम खेतीलाई पुनर्जीवित पार्ने उद्देश्य लिएर गैरसरकारी संस्था ह्यान्डलुम फ्याव्रिक्स मेकर्श अफ नेपाल र रेशम विकास केन्द्र, खोपासी (काभ्रेपलाञ्चोक)को संयुक्त आयोजनामा रेशम सम्मेलन–२०८२ घोषणा गरेको छ ।
उक्त सम्मेलन यही पुस २६ गते काठमाडौंमा आयोजना हुन गइरहेको जनाएको छ ।
उक्त सम्मेलन रेशम खेतीको उद्योग पुनर्जागरणको रुपमा हुने आशा गरेको छ । सम्मेलनको मुख्य उद्देश्य नेपालको रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगको रूपमा पुनःस्थापित गर्नु हो । सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लगानीकर्ता, गैरआवसीय नेपाली संघ (एनआरएन), विकास साझेदार, किसान, सहकारी, उद्यमी तथा निर्याकर्ताहरूलाई एउटै राष्ट्रिय मञ्चमा एकत्रित गरिनेछ ।
ह्यान्डलुम फ्याविक्स् मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलका अनुसार “नेपालमा रेशम उद्योग सञ्चालनमा छैन । यसको कारण सम्भावनाको अभाव होइन, दीर्घकालीन उपेक्षा, विखण्डन र
लगानीको कमी हो । विश्व बजारमा दिगो तथा प्राकृतिक बढ्दो माग बढिरहेका बेला रेशमलाई वेवास्ता गर्न सकिदैन ।’’ भन्नुभयो ।
नेपालको रेशम उद्योगको सम्भावना, रेशम विश्वकै उच्च मूल्य हुने कृषि–औद्योगिक उत्पादनहरूमध्ये
एक हो । रेशम उत्पादनले किसानहरुलाई उच्च आम्दानी, न्यून कार्वन उत्सर्जन, महिलामुखी तथा ग्रामीण रोजगारी, कच्चा पदार्थभन्दा मूल्य अभिवृद्धि भएको निर्यात जस्ता फाइदा प्रदान गर्दछ ।
यथार्थपरक उत्पादन र मूल्य अभिवृृद्धि मोडल अनुसार, २२,००० हेक्टर क्षेत्रफलमा किम्बु (मुलबेरी) खेती, त्यससँगै रेशम किरा पालन, धागो उत्पादन, बुनाई र वस्त्र–परिधान निर्माणलाई एकीकृत रूपमा विकास गर्नसकेमा, वार्षिक पाँच खर्ब रुपैयाँ बराबरको आर्थिक मूल्य आर्जन गर्नसक्ने सम्भावना रहेको जनाएको छ ।
रेशम उद्योगका प्रमुख समस्याहरू ः
एकीकृत मूल्य श्रृँंखलाको अभाव, नीतिगत प्राथमिकताको कमी, वित्तीय पहँुच र बीमाको अभाव,
प्राविधि तथा सीपको कमी, बजार तथा निर्यात संयन्त्रको कमजोरी मुख्य रहेका पत्रकार सम्मेलनमा जनाएको छ ।
राष्ट्रिय रेशम सम्मेलन–२०८२ ले निम्न विषयमा केन्द्रित छलफल र सम्भावना खोज्नेछ ।
नेपाल रेशम विकास ढाँचा (२०२६–२०३५) को अवलम्बन, क्लस्टरमा आधारित किम्बुखेती र रेशम किरा पालन, विशेष वित्तीय, व्यापारिक तथा बीमा संयन्त्र, प्रविधि हस्तान्तरण र सीप विकास, आदि रहेका छन ।
एकीकृत “नेपाल सिल्क” ब्राण्डिङ र बजार पहँुच अपेक्षित उपलब्धिहरू हुने र
सम्मेलनको अन्त्यसम्म निम्न उपलब्धिहरु हासिल हने अपेक्षा गरिएको छ ।
रेशमलाई रणनीतिक राष्ट्रिय उद्योगको मान्यता, सरकारलाई नीतिगत सिफारिस, लगानी तथा वित्तीय प्रतिवद्धता, किसान, सहकारी, लगानीकर्ता र निर्यातकर्ताबीच नयाँ साझेदारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडिया मार्फत जनचेतना अभिवृद्धि गर्ने पनि सम्मेलनको मुख्य उद्देश्य रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्