केशवराज काफ्ले
कृषि प्राविधिज्ञ
काठमाडौं पुस ३०, नेपालको परिप्रेक्षमा बालीमा प्राङ्गारिक मलको प्रयोग घट्दो छ, र भएका प्राङ्गारिक मलका स्रोतहरुको समुचित प्रयोग हुन नसक्दा माटोको उर्वराशक्तिमा सुधार हुन सकेको छैन । यसैलाई मध्यनजर गर्दै गोठ तथा भकारो सुधार र पशु मल मुत्र संकलन तथा व्यवस्थापनका लागि सम्बन्धित कार्यालयहरुले यो कार्यविधि तयार गरि लागु गर्न जरुरी छ ।
यस कार्यविधिको नाम “गोठ तथा भकारो सुधार र पशु मल–मुत्र व्यवस्थापन कार्यविधि” हुने छ ।
सञ्चालन विधि
क्रियाकलाप ः
१ उपयूक्त प्रविधिको गोठ तथा भकारो निर्माण तथा सुधार ।
–भैसीका लागी ७ फिट लम्बाई र ५ फिट चौडाई तथा गाई गोरुका लागि ६ फिट लम्बाई ४ फिट चौडाई प्रति पशुका दरले थलोको एकीन गरि ढु्ङ्गा वा इटाले सोलिङ गर्ने ।
–सोलिङ माथी सिमेण्ट १ भाग, वालुवा २ भाग र ४ गिटि भागको अनुपातले ४ प्रतिशत स्लोपको पि सि सि ढलान गर्ने ।
–ढुंगाको छपनी तथा काठ राखेको अवस्थामा ढुंगाको चर तथा बिच बिचमा सिमेन्ट हालेर थलोमा पिसाब जम्न नदिई बाहिर सहजै निस्कने बनाउने ।
२पशुमुत्र संकलन र व्यवस्थापनः
–गोठमा काम गर्ने व्याक्तिको खुट्टा तथा पशुहरुको खुट्टा नपसोस् भन्नका लागी भकारोबाट मंगालमा जाने ठाउँमा ४ इन्चीको कालो कडा पाइप स्लोप प्रसस्त हुनेगरी दुबै साइड खुल्ला राखी बिछ्याउने र पशुमुत्र सहज तरिकबाट जाने ३ देखी ४ ठाउँ वा आवश्यकता अनुसार कम्तीमा पनि २ इन्ची डायमीटरको प्वालहरु पार्ने र त्यस माथी खस्रो पि भि सि जालीघोप्टो पारी राख्ने ।
–थलो ढलान गरेको छैन भने थलो ढलान गर्दानै गोठको खामा वा पिलर भित्र बाटै पशुले पिसाब गर्ने मुख्य ठाउँलाई मध्यनजर गरेर ४ इञ्चीको पाइप पिसाब सजिलैसँग बाहिर निस्कने गरि स्लोप मिलाएर पाइप अण्डरग्राउण्ड गरि गाड्ने र वस्तुको संख्या अनुसार पाइपमा कम्तीमा २ इञ्चीको प्वाल बनाई वस्तुको खुट्टाले सहजै नभेट्ने गरि अरु ठाउँ भन्दा केही गहिरो बनाएर वरपरको पिसाब त्यहाँ प्वालमा आउने गरि पिभिसीको ४ इञ्चीको जाली घोप्टो पारी राख्ने ।
–कुनैबेला पाइप जाम भएमा खोल्नका लागि सहज बनाउन पाइपको माथिल्लो भागमा बोरा वा ढुङ्गाले बुझो लगाएर चाहिएको बेला खोलेर पानीको फोहरा पठाउन मिल्ने गरि बनाउने ।
भकारोबाट निस्केको पिसाबमा गोबर, पात पतिंगर मंगालमा जानबाट रोक्न र भकारो पखाल्दा वा वस्तु नुहँदाको पानी मंगालमा जान नदिनका लागी क्याव (खबुल्टो)को व्यवस्था गर्ने र वस्तु नुहुँदा वा भकारो पखाल्दाको पानी मिश्रण ड्रममा छानेर पठाउने, जुन पानी सिँचाइका लागि प्रयोगमा आउँछ । पखालेको पानी बाहिर जान क्यावको पीँधमा कम्तीमा १÷५ इञ्चीको पाइप जडान गर्ने र पिसाबका मंगालतिर पठाउनका लागी क्यावको माथिल्लो सतहमा १÷५ इञ्चीको पाइप जडान गरि मंगालमा गोवर र कसिंगर जानबाट रोक्न पाइपको मुखमा जाली राख्ने ।
–पशु मुत्र बग्न राखिएको पाइप नजिकै बनेको पक्की मंगल भित्रीभाग १ फिट लम्बाई र १ फुट चौडा र गहिरो १.५ फुट को बनाउने र त्यस मंगालमा कम्तीमा २० लिटर पशुमुत्र स्वचालित रुपमा जम्मा हुने र भरिए पछि मंगल बाहिर राखिएका बाल्टीन वा ड्रमहरुमा जानका लागि मंगलको माथिको भागबाट १ इञ्ची तलबाट १ इञ्चीको गार्डेन पाइप जोडी पाइपको मुखमा मसिनो जाली राखी पिसाब बाहिर ड्रममा जाने व्यवस्था गर्ने ।
–मंगालमा अनिवार्य रुपमा ढकन वा छपनीको व्यवस्था गर्ने ।
–मंगालमा पिसाब आउने र मंगालबाट बाहिर निस्कने पाईपको मुखमा पि भि सि को मसिनो जाली राख्ने जस्ले गर्दा पिसाबसँगै आएका गोबर, पराल तथा अन्य घास पातका टुक्राहरु पशुमुत्र पिशाब संकलन गर्ने मंगाल तथा ड्रमहरुमा नजाने बनाउने । मंगाल भरिए पछिको पूरानो पिसाब स्वचालित रुपमा पाइपबाट ड्रम वा बाल्टिहरुमा जम्मा हुँदै जाने बनाउने ।
–संकलन गरिएको पिसाब कति पूरानो हो भनेर चिन्नका लागि ड्रम भरिए पछि भरिएको मिति लेख्ने र पिसाब १५ दिन भन्दा बढी पूरानो भए पछि यी साना ड्रम वा ग्यालेन वा बाल्टिनहरुबाट मिश्रण ड्रममा जानका लागि पीँधमा आधा इञ्चीको प्लाष्टिकको धारा टुटी जडान गर्ने र ति धाराबाट पूरानो भएको पिसाब मिश्रण ड्रम वा पिसाब भण्डारण ठूलो टंकीमा जानका लागि गार्डेन पाइप जोड्ने ।
३) मिश्रण ड्रमः
–उद्देश्य अनुसार पिसाब र पानीको आवश्यकता अनुसारको अनुपात बनाएर विरुवामा छर्नका लागि संकलन ड्रम भन्दा कम्तीमा १० गुणा ठुलो मिश्रण ड्रमको व्यवस्था गर्ने ।
–ड्रममा पहिला पशुमुत्र हाल्ने र त्यस पछि अनुपात मिलाउन पानी हाल्ने ।
–मिश्रण ड्रमको पीँधमा थोपा सिँचाई वा पाइप सिँचाई वा स्प्रेयरबाट छर्न मिल्ने गरि ०.५ इञ्चीको पाइप, टुटी वा गेटभल्भहरु राख्ने ।
४) सिँचाई वा मिश्रण स्प्रेः
–बाली बिरुवाका मुख्य शत्रु कीराहरुलाई मार्न, धपाउन वा नआउने बनाउन १ भाग पशुमुत्रमा ५ देखी ६ भाग पानीको मिश्रण छर्ने ।
–तरकारी तथा फलफूल बालीमा पाउडरी मिल्ड्यू जस्ता घातक रोगहरु व्यवस्थापनका लागि १ भाग पूरानो पशुमुत्रमा ७ भाग पानीको मिश्रणबाट हरेक ३ देखी ४ दिनको फरकमा ३ पटकसम्म प्रयोग गर्ने ।
–बालीका लागी खाद्यवस्तुको रुपमा प्रयोग गर्न १ भाग पशुमुत्रमा १० भाग पानीको मिश्रण बनाई सिँचाई गर्ने ।
–धानँबाली तथा गहुँ, मकै जस्ता बालीमा कुलोबाट सिँचाई गर्ने भएमा मिश्रण ड्रमलाई भण्डारण ड्रमको रुपमा रुपान्तरण गरि भण्डारण ड्रमबाट सिँचाई गर्ने पानीको मात्राको आधारमा कूलाको पानीमा ड्रमबाट पिसाब पठाउने व्यवस्था गर्ने र सो पानीबाट आवश्यकता अनुसार सिँचाई गर्न सकिन्छ ।
–जम्मा भएको पिसाब प्लाष्टिक पोखरी वा सिँचाइका लागि पानी जम्मा गरेको पोखरीमा पनि हाल्न सकिन्छ ।
–सकेसम्म सो पोखरीमा केही मात्रामा इएम हाल्न राम्रो हुन्छ ।
५) मलखाद व्यवस्थापनः
वस्तुको गोबरमल तथा भेडा–बाख्राको जुतो (वर्किम्ला)को गुणस्तर बढाउन वा त्यसमा भएको खाद्यतत्वलाई नास हुन नदिनका लागि मलखाद व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनु परेको हो ।
–मलखाद बनाउदा गोठमा भएका वस्तुलाई घाम पनि नछेक्ने, गोबर सोतर पनि फाल्न सजिलो हुने र पिसाब संकलनका लागि पनि सहज हुने ठाउँ छनौंट गर्ने ।
–मलखादलाई घाम पानीबाट जोगाउन २५० (जिएसएम) यू भी प्लाष्टिकले वा जस्ता आदीले पशुलाई घाम न छेक्ने गरि छानो व्यवस्था गर्ने । छाना अड्याउनका लागि साइडको खाँबा बलियो काठ वा जि आइ पाइप वा फलामको राख्न सकिन्छ । खाँबाको तल्लोभाग वस्तुको पिसाबले खिया लाग्न नदिन इनामेल लगाउने वा अरु उपाय गर्ने ।
–मलखादलाई एकीकृत गरि थोरै ठाउँमा धेरै अटाउन, छानो हाल्न सजिलो बनाउन, साइड साइडमा हावा खेल्ने चारैतिर प्वाल भएको सके २ वटा नसके कम्तीमा १ वटा इटाको पर्खाल भएको आँखीझ्याले च्याम्बर बनाउने । २ वटा च्याम्बर बनाउँदा पहिलो च्याम्वर केही उचाइमा र दोस्रो च्याम्बर केही तल हँुदा मल फर्काउन सहज हुन्छ ।
–च्याम्वर बनाउँदा मल फर्काउन सहज बनाउन सकेसम्म पहिलो च्याम्बर केही माथी र दोस्रो च्याम्वर केही तल हुने गरि बनाउने ।
–च्याम्वर बनाउँदा ४ इञ्चीको इटाको गारो लगाउने र ४ फुट अग्लो मात्र बनाउने र जमीन सतहमा, बिचमा र टपमा रड र सिमेन्टको टाइबिम राख्ने ।
–च्याम्बरको साइज चौडाई ७ फिट र लम्बाई १० फीटसम्मको बनाउने पशु धेरै भएमा च्याम्बर संख्या बढाउने वा च्याम्बरको लम्बाई बढाउने चौडाई नबढाउने की न की चौडाई बढी भएमा मलखादको भित्रसम्म हावा सञ्चार हुन नपाई मल गलाउने जिवाणुहरुको सक्रियता कम हुने हुन्छ । १० फीटको लम्बाई छ भने बिचमा ९ इञ्चीको इटाको पिलर राख्ने र सुर सुर र मल निकासका लागि बनाइएको १ मिटर चौडा ढोकामा पनि ९ इञ्चीको पिलर बनाउने ।
–गोबरमा जैविक गतिविधि बढाएर चाँडो गलाउनका लागि ४० प्रतिशतको चिश्यान भएमा राम्रो हुने र जैविक गतिविधिका लागि भित्रसम्म वायू सञ्चारको प्रबन्ध मिलाउने । सोतर स्याउला कम हुने र दाना पानी धेरै खुवाएर पालिएका पशुहरुको गोबर धेरै गिलो हुने हुँदा पानीको मात्रा चाँडो उडाउनका लागी विचमा प्लाष्टिकको पाइपमा ठाउँ–ठाउँमा प्रसस्त प्वालहरु पारि मलखाद राख्दानै बिच बिचमा राख्ने व्यवस्था गर्ने ।
–वजेट कम भएको अवस्थामा स्थानीय सामानको प्रयोग गरि मल जताततै छरिन नदिनका लागि काठ बाँस स्याउलाको बारको व्यवस्था पनि गर्न सकिन्छ ।
–मलखाद फर्काउदा मललाई गलाउने जिवहरु (ईएम) जस्ता डिकम्पोजर अनिवार्य प्रयोग गर्ने ।
–गाई–भैसीको मलखादमा भेडा बाख्राको मल पनि सँगै मिसाउँदा झनै राम्रो हुने भएकाले मिलेसम्म मलखाद एउटै बनाउने ।
–मलखाद तयार भएपछि वा खेतबारीमा लैजाने बेला मललाई घाममा नसुकाउने र खेतबारीमा लैजाना साथ मल फिजाएर जोती हाल्ने व्यवस्था अनिवार्य गर्ने जसले गर्दा मलखादमा भएको खाद्यतत्व घाम पानीबाट उडाएर र बगाएर नष्ट हुन नदिने ।
व्यवसायीक रुपमा पशुपालन गरिने गोठ तथा भकारोको डिजाइन ः
१ नम्बर वस्तुकोलागि २ नम्वर वस्तुका लागि ३ नम्बर वस्तुका लागि
अगाडिको बाटो ४ फीट चौडा
अगाडीको बाटो र खान दिने ठाउँको बिचको गार्हो २४ इन्ची उचाई
खाना दिने ठाउँ ३ फिट चौडा
भकारो र खान दिने ठाउँको गारो २० इञ्ची उचाई
वस्तु बस्ने ठाउँ ६ फिट लम्बाई र प्रति वस्तु ४ फिटका दरले चौडाई ४ प्रतिशत स्लोपको ढलान –गाई– भैंसीको भकारोमा बिछ्याउने म्याट ४ फिट चौडाई ६ फीट लम्बाईको हुन्छ र वस्तुले ५.५ फिटमा दिशा गर्ने हुँदा यो साइज ठिक हुन्छ ।
पिसाब बग्ने गटर १५ इञ्ची चौडा गटरमा आकाशको पानी पर्न हुँदैन गटरको सट्टामा ४ इञ्चीको पाइपमा ठाउँ–ठाउँमा प्वाल पारेर पिसाब क्यावसम्म लैजाने ।
क्याव
पछाडीको बाटो ३ फिट , पिसाब संकलन टंकी मंगाल
मलखाद व्यवस्थापनका लागि वस्तुलाई घाम नछेक्ने गरि ७ फीट चौडा ४ फीट उचाई लम्बाई १० फीट वा आवश्यकता अनुसार २ भन्दा बढि आँखी झ्याले इटाको गारोको कोठाहरु बनाउने । स्थल वा ठाउँ अनुकुल केही दायाँ वायाँ पनि गर्न सकिन्छ । तर मलखाद ओसारपोसारका लागि सहज हुने ठाउँ चाहिन्छ ।
अगाडिको बाटो, दाना दिने डुँड, वस्तु बाँध्ने ठाउँ, पिसाब बग्ने ठाउँ र पछाडिको बाटोसमेत गरेर कुल कम्तिमा १७ फिट लम्बाइको आवश्यकता पर्दछ र चौडा प्रती वस्तु ४ फिटका दरले वढाउँदै लैजानु पर्दछ । यदि व्यवसायिक पशुपालन गर्ने हो भने र ठाउँ अनुसार हेड–हेड वा टेल–टेल टु तरिकाबाट गोठ बनाउँदा ठाउँको केही वचत हुने र काम गर्न पनि केही सहज हुने हुन्छ ।
क्यूरीङ ड्रम १ क्यूरीङ ड्रम २, मिश्रण टंकी, सिँचाई पाइप ः
भकारो पखाल्दा वा पशुलाई नुहाउँदाको पानी पिसाब संकलन टंकी वा ड्रममा नजानका लागि नालाबाट गएको पानी पिसाब संकलन गर्ने टंकीमा नगई अलग्गै पोखरी वा टंकीमा जाने व्यवस्थाका लागि क्याव वा खबुल्टोको व्यवस्था गरिएको हो ।
लागत सारंश ः
कतिपय व्यवसायिक रुपमा पशुपालन गर्ने तथा खेती गर्नेहरुले पूरानो तरिकाबाट भकारो सूधार गरि सकेका हुन सक्छन् भने केही व्यवसायिक कृषकहरुलाई नयाँ बनाउनु पर्ने हुन्छ । केही कृषकहरुले ठूलो स्केलमा पशुपालन गरेका होलान भने केहीले सानो स्केलमा । सबैले गोठ तथा भकारो सूधार तथा मल मुत्र व्यवस्थापन अति गर्न जरुरी भएका कारण सबैका लागि मिल्नेगरि सानो तथा ठूलो स्केलका लागि हुनेगरि लागत अनुमान गरिएको छ । यो लागत ठाउँ र उपलब्ध सामाग्रीको प्रकार अनुसार फरक पर्ने हुन्छ । स्थानीय स्तरमा उपलव्ध हुने ढुङ्गा, गिटी, वालुवा र अन्य सामान तथा अदक्ष ज्यामीको खर्च आदी सहभागी कृषकले बेहोर्न पर्ने हुन्छ ।
स्तर अनुसारको लागत सारंश ः
क्र.सं स्तर, श्रेणी, कार्य विवरण, पशु संख्या, कम्पोनेण्ट अनुसार लागत, कुल जम्मा रु
थलो ढलान तथा सुधार पशुमुत्र संकलन र मिश्रण मल खाद व्यवस्थापन
१उच्च स्तर
–क ठुलो स्केलमा थलो ढलान र मल मुत्र व्यवस्थापन समेत (२ कोठाको) (४ देखी ५ वटा ठुला पशु ) १९००० १९००० ६२००० २ कोठा १,००,०००।
–ख ठुलो स्केलमा थलो ढलान भइ सकेका को लागि मल मुत्र व्यवस्थापन (२ कोठाको) (४ देखी ५ वटा ठुला पशु) – १९००० ६२००० २ कोठा ८१,०००।
२. मध्यम स्तर
–क मध्यम स्केलमा थलो ढलान र मल मुत्र व्यवस्थापन समेत (१ कोठाको) (२ देखी ३ वटा ठुला पशु ) १०००० १९००० ३८००० १ कोठा ६७,०००।
–ख मध्यम स्केलमा थलो ढलान भइ सकेका को लागि मल मुत्र व्यवस्थापन (१ कोठाको) (२ देखी ३ वटा ठुला पशु ) – १९००० ३८००० १ कोठा ५७,०००।
३ सामान्य स्तर ः
–क मध्यम स्केलमा थलो ढलान र मुत्र व्यवस्थापन, मलखाद व्यवस्थापन स्थानिय तरिकावाट (१ देखी २ वटा सम्म ठुला पशु ) १०००० १२००० सानो मिश्रण ड्रम ३००० स्थानिय सामाग्रीको प्रयोग २५,०००।
ख् स्थानिय तरिकावाट थलो सुधार, मुत्र व्यवस्थापन र स्थानिय सामाग्री को प्रयोग वाट र मलखाद व्यवस्थापन (१ देखी २ वटा सम्म ठुला पशु ) ५००० थलो ढुङ्गाको छपनीमा टिकटप ७००० मिश्रण ड्रम वाहेक ३००० स्थानिय सामाग्रीको प्रयोग १५,०००।
गोठ तथा भकारो सुधार र पशु मल‐मुत्र व्यवस्थापनका सुधार्ने तरिका हरुको केही नमुनाहरु
पहिला भकारो सूधार गरिसकेको अवस्थामा गोठ तथा भकारो सुधार र पशु मल‐मुत्र व्यवस्थापनमा नयाँ तरिकामा रुपान्तरण गर्ने तरिकाः
पशुमुत्र बगेर मंगालमा जान बनाइएको नालामा कालो कडा पाइप विछ्याएर पिसाब आउने मुख्य–मुख्य ठाउँमा प्वाल पारी जाली घोप्टोपारी पिसाब पाइपबाट जाने बनाउने तरिका ः
(वे रो २ जोगी डाडा धादिङ २०७५)
मंगाल पिसाबले भरिए पछी बाल्टीनले उवाएर बारीमा हाल्न पर्ने अवस्थामा मंगाल भरिएपछि पाइपबाट वाल्टीन वा ड्रममा जानका लागि मंगालको माथिल्लो भागबाट १ इञ्ची तल एक इञ्चीको पाइप र मंगालमा ढकन राख्न बनाइएको संरचना (वे रो २ जोगी डाडा धादिङ २०७५)
पहिला ढलान भइसकेको भकारो वा थलोलाई सूधार गरि पशुमुत्र संकलन सहज बनाउने तरिका
पाइपको प्रयोग गर्दा पाइपमा प्वाल पारि ४ इञ्चको पि भि सी जाली घोप्टो गरि राख्ने तरिका ।
(वेनीघाट रोराङ ९ फचिमटार धादिङ २०७५)
नयाँ संरचना वनाउदा अपनाउने प्राविधिक कुराहरु
भकारोको लागी नयाँ ढलान पशुले पिसाब गर्ने मुख्य–मुख्य ठाउँमा पर्ने गरि गोठको खाँबा भित्रैबाट ४ इञ्चको कडा पाइप अण्डरग्राउण्ड गरि गाड्न र ठाउँ–ठाउँमा कम्तिमा २ इञ्चीको डाएमीटरको प्वालहरु बनाई त्यसमाथी पि भि सी जाली घोप्टो पारी राखी त्यस ठाउँमा वरपरको पशुमुत्र सहज तरिकाले एकीकृत बनाउन साना–साना मसिना कुलेसो बनाउने तरिका मंगल भरिएपछि छानिएको पशुमुत्र स्वचालित तरिकाबाट पशुमुत्र संकलन ड्रम तथा बाल्टिनमा जम्मा गर्ने बेला मंगालबाट पिसाब बाहिर निकाल्ने पाइपको मुखमा पि भि सि जाली राख्ने तरिका । यसले मंगालमा भएका गोबर तथा फोहर बाहिर बाल्टीन वा ड्रममा जानबाट रोक्दछ । यो मंगालमा पिसाब आउनु अगाडि एकवटा खवुल्टो बनाइएको हुन्छ जसले पशु नुहाउँदाको पानी मंगालमा नआई बाहिर पठाउन मिल्ने र अरुबेलाको पिसाब मंगालमा पठाउने गरि बनाइएको हुन्छ ।
समथर जमीन भएको अवस्थामा मंगालमा जम्मा भएको पिसाब ड्रम तथा बाल्टिनको सहयोगबाट आवश्यकता अनुसारको अनुपातको मिश्रण बनाउनका मिश्रण ड्रममा राख्ने तरिका ः
व्यवसायिक रुपमा पशुपालन गरेकाहरुका लागि भिरालो स्थानमा ठूलो स्केलमा पशुमुत्र संकलनका लागि मंगालबाट ड्रमहरुमा पशुमुत्र संकलन गर्ने तरिका ः
पशु मुत्र संकलनका लागि मंगाल बनाइएको छ । यस तरिकामा मंगाल भरिएपछि बाल्टिनले उठाएर ड्रममा हाल्ने व्यवस्था मिलाइएको छ । तर यस तरिकामा ड्रममा राखिने पिसाब फोहर हुने मंगाल भरिएपछि ड्रममा नहालेमा बाहिर खेर जाने, भिरालो ठाउँमा गोठ भन्दा तल मंगालमा पाइप जोडी पाइपको मुखमा जाली राखी मंगाल भरिएपछि पाइपबाट संकलन ड्रमहरुमा जाने व्यवस्था गरेमा पशुमुत्र खेर जाँदैन ।
ठूलो स्केलमा पशुमुत्र संकलन र क्यूरीङ गर्ने तरिका ः
१ दायाँ तर्फवाट मंगालवाट छानिएर आएको पिसाव एक वटा ड्रम भरिएपछी अर्कोमा जम्मा गर्ने गरि बनाइएको संचरना फरक हुन्छ ।
२ पहिला भरिएको बाल्टीन वा ड्रमको पिसाबलाई पहिला मिश्रण ड्रममा लगी सिँचाइका लागि जोडीएका संरचना, यो तरिकामा पिसाब भरिएपछि भरिएको मिति पनि लेख्न मिल्ने भएकाले पूरानो छुट्याउन मिल्ने र मात्रा मिलाउन सहज हुनेछ ।
मल व्यवस्थापन गर्ने तरिका ः
नयाँ प्रविधिवाट वनाइएको मल व्यवस्थापन संरचना ः
१ मलखादलाई घामपानीबाट जोगाउन र गोबर मल फर्काउने गराउनका लागि २ वटा च्याम्वर बनाएको अवस्था ।
२ गोबर जहाँ तहाँ फैलिएर जान नदिन मलखादमा हावाको सञ्चार हुनका लागि ईटाको आँखीझ्याले पर्खाल लगाइएको र मल भरिदै गर्दा मल छेक्नका लागि फलेक वा अन्य चिजलाई अड्याउनका लागि गारोको बिच भागमा खाँच बनाउने तरिका ।
३ मल निकाल्ने बेला वा फर्काउने बेला फलिका वा अन्य चिजलाइ उचालेर निकाल्दा मललाई ढोकाबाट निकाल्न सहज हुने ।
४ ईटाको गारो ४ इञ्चको बनाउँदा ४ वा ५ फीटको फरकमा बिच–बिचमा ९ इञ्चको इटाको पिलर बनाउने र सोही पिलरको टपमा छानाको लागि फलामको खाँबा फीट गर्ने तरिका ।
५ गारोको उचाई ४ फिटभन्दा अग्लो नबनाउने, मल धेरै भएमा चाङ लगाउन पनि सकिने ।
६ घामपानीबाट जोगाउन पर्खालबाट तीनफिट जति माथी २५० गेजको प्लाष्टिक ओडाउन मिल्ने बनाउने ।
७ गारो लगाउँदा कम्तिमा २ फीटको जग बनाउने र जमीनको सतहमा र जमीनको सतहबाट २ फिट माथी र टपमा टाइ विम राख्ने ।
८ मल राख्ने कोठाको चौडाई ७ फीटको राख्ने र लम्बाई १० फीट वा आवश्यकता अनुसार बढाउन सकिन्छ र यस प्रकारको कोठा २ वटा हुँदा राम्रो हुन्छ ।
नयाँ प्रविधिवाट मल व्यवस्थापन संरचनाको अवस्थाः
–इटाको गाह्रोमा मलखादमा हावा सञ्चारका लागि आँखीझ्याल बनाउने तरिका,
–पहिलो कोठा भरिएपछि दोस्रो कोठामा मललाई घामपानीबाट जोगाएर राख्ने तरिका ।

प्रतिक्रिया दिनुहोस्