२०८२ माघ १०

खाद्य तथा गुण नियन्त्रण विभागले गर्यो अनुगमन

काठमाडौं पुस ३०, खाद्य तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यका र बाहिरका खाद्य स्टोर, मिठाई पसल, होटल, विभिन्न खाद्य उद्योगहरुमा गरेको अनुगमनका क्रममा भेटिएका कैफियतहरुमा गुणस्तर ऐन २०८१ अनुसार कारवाही अगाडि बढाइएको जनाएको छ ।
यस क्रममा विभागबाट मिति २०८२ मंसीर १६ गते काठमाडौं उपत्यका भित्र खाद्य पदार्थहरूको उत्पादन तथा बिक्री वितरण हुने स्थलहरूमा निरीक्षण अनुगमन तथा कारबाही गरिएको प्रेस नोट जारी गरि जानकारी दिइएको छ ।
१.हरमन हेल्मर बेकरी., ललितपुर(३ सरसफाई सन्तोषजनक रहेको, कीरा नियन्त्रणको व्यवस्था सामान्य रहेको, प्रशोधन कक्षको स्टोरमा खाद्य पदार्थ प्रत्यक्ष भुईमा राखेको, स्टोर कक्षमा उपभोग्य मिति गुज्रेका दुई थान केक मिसाइएको भेनिला पाइएको, अनुमतिपत्र लिएका खाद्य उद्योगबाट मात्र उत्पादन भएका खाद्य पदार्थहरु बिक्री कक्षबाट बिक्री वितरण गर्ने, प्रशोधन तथा स्टोर कक्षको थप व्यवस्थापन गर्ने, उपभोग्य मिति गुज्रेका दुई थान केक मिसाइएको भेनिला नष्ट गरिएको जनाएको छ ।
२.डाँफे फुड्स इण्डष्टिूज प्रा. लि., तार्केश्वर(०६, सरसफाई सामान्य रहेको, कीरा नियन्त्रण व्यवस्था सन्तोषजनक नभएको, केहि मैदाको बोराहरु प्रत्यक्ष भूईमा भण्डारण गरेको पाइएको, खाद्य स्वच्छता कायम गर्ने, कीरा नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउने, खाद्य पदार्थ प्रत्यक्ष भुईमा भण्डारण नगर्न निर्देशन गरिएको, अनुगमन गरिएको छ ।

१.कृष्ण पाउरोटी भण्डार प्रा. लि., काठमाडौँ(१, कमलपोखरी, उद्योगको सरसफाई सन्तोषजनक रहेको,
कीरा नियन्त्रणको व्यवस्था सन्तोषजनक रहेको, खाद्य पदार्थहरुको भण्डारण व्यवस्थित रहेको, बेकरी सर्टेनिङ र कुकिजको खाद्य सर्भिलेन्स अन्तर्गतको नमूना संकलन गरिएको, खाद्य स्वच्छता कायम र व्यवस्थित गर्ने साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रावधानहरु पूर्ण रुपमा पालना गरी उत्पादन तथा विक्री वितरण गर्ने ।
२.कृष्ण बेकरी एण्ड कन्फेक्सनरी., काठमाडौँ(१, कमलपोखरी, उद्योगको सरसफाई तथा कीरा नियन्त्रणको व्यवस्था सन्तोषजनक नभएको, मिति नाघेको खाद्य पदार्थहरुको भण्डारणको व्यवस्था छुट्टै नभएको, डस्टविन खुल्ला रहेको, उपभोग्य मिति गुज्रेका पाँच थान केक मिश्रण भेनिला (१ के. जि.), एक थान अगर (७५ ग्रा.) र आठ थान एसदी डुगनट मिसिएको (१ के.जि.) पाइएको, बेकरी सर्टेनिङ ( र कुकिजको खाद्य सर्भिलेन्स अन्तर्गतको नमूना संकलन गरिएको, उल्लेखित उपभोग्य मिति गुज्रेका खाद्य पदार्थहरु नष्ट गरिएको, देखिएको कैफियतहरु सुधार गरि ५ दिन भित्र सम्बन्धित सम्पूर्ण कागजातहरु सहित विभागमा उपस्थित हुन निर्देशन गरिएको जनाएको छ ।
३.नाङ्लो बेकरी प्रा.लि गोदावरी,१४ ललितपुरमा सरसफाई सामान्य रहेको, उद्योगमा ब्रेड, क्रोसन. पफ र डोनट उत्पादन भैरहेको अवस्थामा पाइएको, उद्योगको स्टोर कोठामा उत्पादन भएका क्रोसन, पफ र बन राखिएको, उद्योगको कोल्ड स्टोरबाट पूर्णरुपमा लेबल विवरण भएको प्याकेटबाट करिब ५०० ग्राम बटर आयल सबस्टिच्युट वटर आयल सबस्टीच्यूट, क्रोसन र पफको खाद्य सर्भिलेन्स अन्तर्गतको नमूना संकलन गरिएको, नियमित सरसफाई गर्ने निर्देशन गरिएको जनाएको छ ।

१.हट लाइभ बेकरी, का. म.न.पा.(३१, काठमाण्डौं, सरसफाई सन्तोषजनक नभएको, उपभोग्य मिति समाप्त भएका ५०० ग्रामको दुई थान आँप र सुन्गन्धित ५०० ग्रामको एक थान भूइकटहर सुगन्धित ५०० मि.लि.को एक थान रातो चेरीको रंग ५०० ग्रामको एक थान सुगन्धित भेनिला धुलो र १ थान हरियो चेरी पाइएको जनाएको छ ।
फ्रिजको प्रयोग अव्यवस्थित भएको, बेकरी सर्टेनिङको प्रयोग गरेर ब्रेड र कुकिज बनाउने गरेको,
उपभोग्य मिति समाप्त भएका उल्लेखित गरेका सुगन्ध तथा रंग जफत गरि नष्ट गरिएको,
ब्रेड र बेकरी सर्टेनिङको खाद्य सर्भिलेन्स अन्तर्गतको नमूना संकलन गरिएको, प्रशोधन कक्ष र स्टोर कक्षको व्यवस्थित गर्ने, लेवल विवरण पुर्ण भएका खाद्य पदार्थहरुको मात्र खरिद तथा बिक्री वितरण गर्ने, उल्लेखित कैफियतहरु सुधार गरि १५ दिन भित्र यस कार्यालयमा पेश गर्न निर्देशन गरेको उल्लेख छ ।
१.क्वालिटी हस्पीटालिटी सर्भिस (शान्ति विद्यागृह माध्यमिक विद्यालयको चमेना गृह), काठमाडौं म.न.पा.–२६, लैनचौर, सरसफाई सन्तोषजनक नभएको, तयारी खाद्य पदार्थहरु नछोपी राखेको,
खाद्य पदार्थहरुको भण्डारण अव्यवस्थित रहेको, फोहोर फाल्ने डस्टविन नछोपी राखेको, प्रशोधित पिउने पानीको एमोनिया परिक्षण गर्दा मापदण्ड अनुरुपको रहेको, उपभोग्य मिति गुज्रेको १ प्याकेट ब्रेड पाइएको, नियमित सरसफाई गर्ने, उल्लेखित सम्पूर्ण कैफियतहरु सुधार गर्न सुझाव दिइएको छ ।
उपभोग्य मिति गुज्रेको १ प्याकेट ब्रेड नष्ट गरिएको, खाद्य स्वच्छता कायम गरी व्यवसाय संचालन गर्न निर्देशन गरिएको,
२.जनक नाथ मा. वि. चमेना गृह, काठमाडौँ म.न.पा.(२६, लैनचौर, सरसफाई सामान्य रहेको, तयारी खाद्य पदार्थहरुको नछोपी भण्डारण गरेको, फोहोर फाल्ने डस्टविन नछोपी राखेको, कामदार कर्मचारीहरुको व्यक्तिगत सरसफाई सन्तोषजनक नभएको, प्रशोधित पिउँने पानीको एमोनिया परिक्षण गर्दा मापदण्ड अनुरुपको रहेको, खाद्य स्वच्छता कायम गरी व्यवसाय संचालन गर्ने, उल्लेखित सम्पूर्ण कैफियतहरु सुधार गर्ने, तयारी खाद्य पदार्थहरुमा सिधै सम्पर्क हुने गरि मसिजन्य पत्रपत्रिका प्रयोग नगर्न निर्देशन गरिएको छ ।

३.गाँउले कटेज, तारकेश्वर, (अमृत क्याम्पसको चमेना गृह, काठमाडौं म.न.पा.(२६, लैनचौर), सरसफाई सन्तोषजनक नभएको, खाद्य पदार्थहरुको भण्डारण अव्यवस्थित रहेको, खाना पकाउने र भाँडा माझ्ने ठाउँ सँगै भएको, तयारी खाद्य पदार्थहरु नछोपी राखेको, उपयुक्त किट नियन्त्रण (एभकत ऋयलतचय)ि विधिहरूको पालना नगरेको, स्थानिय तहमा व्यवसाय दर्ता नभएको, उल्लेखित सम्पूर्ण कैफियतहरु सुधार गर्ने, खाद्य स्वच्छता कायम गरी व्यवसाय सञ्चालन गर्न निर्देशन गरिएको छ ।
१.संगम फुड प्रोडक्ट प्रा. लि., ललितपुर म.न.पा.(१५, पाटन औद्योगिक क्षेत्र, सरसफाइको अवस्था सन्तोषजनक रहेको, कीरा नियन्त्रणको व्यवस्था सामान्य पाइएको, खाद्य अनुमतिपत्रको नवीकरण २०८४ असोज २९ गते सम्म भएको, केही पूर्ण लेवल विवरण नभएका कच्चा पदार्थहरू पाइएको, खाद्य स्वच्छता कायम गर्ने सुझाव दिएको छ ।
कीरा नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउने, पूर्ण लेवल विवरण भएका खाद्य वस्तु मात्र प्रयोग गर्ने साथै लेबल विवरण उल्लेख गरेर मात्र भण्डारण गर्ने निर्देशन दिएको, कुकिज र बेकरी सर्टनिंगको खाद्य सर्भिलेन्स अन्तर्गतको नमुना संकलन गरिएको छ ।

फिर्ता गर्न निर्देशन ः
प्रकाशित मिति ः २०८२ मंसीर २५,विभागबाट बजार अनुगमनको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको तपसिल बमोजिमको खाद्य पदार्थको नमुना प्रयोगशालामा परिक्षण गर्दा देहायको आयातकर्ताले आयात गरी बिक्रीवितरण गरेको चिकमास ब्राण्डको धुलो मिक्स मसलामा कुल भष्मको अधिकतम सीमा १०.०% भन्दा नबढेको हुनुपर्नेमा सो भन्दा बढी पाइएकोले उक्त खाद्य पदार्थ न्यूनस्तरको खाद्य पदार्थ हुन गएको हुँदा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) प्रावधान बमोजिम उक्त ब्याच नं. का सबै खाद्य पदर्थ बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा (४) बमोजिम बिक्री वितरण नगर्न÷नगराउनु हुन विभागीय निर्णय अनुसार यो आदेश जारी गरिएको छ ।

यस विभागबाट २०८२ मंसीर २६ रातीदेखि २७ गते बिहान ४ः०० बजे सम्म जगाती नाका भई भित्रिएर काठमाडौंका विभिन्न फलफूल तथा तरकारी बजारमा बिक्री वितरण हुने कुल ९ वटा सवारी साधनबाट फलफूल तथा ताजा तरकारीको नमुना संकलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादीको अवशेष परीक्षण गर्दा तपसिल बमोजिम पाइएको व्यहोरा सबैको जानकारीका लागि यो प्रेस नोट जारी गरेका छन् ।
१.जगाती, भक्तपुर ः टमाटर, सुन्तला, फर्सी, हलुवाबेद, हरियो मटर कोसा, स्कुस, धनियाँ, रायो साग र आलु पाँचखाल, काभ्रे, रामेछाप, दोलखा र रोशी, कालीमाटी, जडिवुटि, ग्वार्को, वानेश्वर, बागबजार र बल्खु फलफूल तथा तरकारी बजार अनुगमन गरेको जनाएको छ ।
विभाग तथा नागार्जुन नगररपालिकाका प्राविधिक कर्मचारी सहितको संयुक्त टोलीले मिति २०८२ पुस ९ गते नागार्जुन नगरपालिका( वार्ड नं. ६ र ७ रामकोट स्थित ५ वटा तरकारी फार्ममा उत्पादन भएका रायोको साग र टमाटरको कुल १४ वटा नमुना संकलन गरी मोवाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादीको अवशेष परीक्षण गर्दा तपसिल बमोजिम पाइएको व्यहोरा सबैको जानकारीका लागि प्रेस नोट जारी गरेको छ ।
१.सम्पन्न कृषि फार्म, नागार्जुन (६, रामकोट रायो साग मापदण्ड भित्र पाइएको,
२.नागार्जुन (६, रामकोट स्थित कृषि फार्म, रायो साग मापदण्ड भित्र पाइएको,
३.नागार्जुन (७, रामकोट स्थित कृषि फार्म, रायो साग मापदण्ड भित्र पाइएको,
४.नागार्जुन (७, रामकोट स्थित कृषि फार्म, रायो साग र टमाटर, मापदण्ड भित्र पाइएको
५.सक्रिय कृषि तथा पशुपन्छी फार्म,
नागार्जुन (७, रामकोट रायो साग र टमाटर टमाटरमा मापदण्ड भित्र पाइएको भने रायोको सागको नमुनामा कार्वमेट वर्गको विषादी मापदण्ड भित्र पाइएको तर अर्गानो फोसफोरस वर्गको विषादी मापदण्ड भन्दा बढी (९९.५२९% इन्हिविशन) पाइएको, तसर्थ, उक्त सागलाई हाल टिपेर बिक्री वितरण नगराउन हुन र बिक्री वितरण गर्नु पूर्व यस विभागको प्रयोगशालाबाट पुनः विषादीको परिक्षण गराएर मात्र बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।

विभागबाट मिति २०८२ पुस ४ गते काठमाडौं उपत्यका भित्र खाद्य पदार्थहरूको उत्पादन तथा बिक्री वितरण हुने स्थलहरूमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तपसिलका व्यवसायहरूको निरीक्षण अनुगमन तथा कारबाही गरिएको व्यहोरा सबैको जानकारीका लागि यो प्रेस नोट जारी गरेको छ ।
१.पोखरेली लुम्बिनी तन्दुरी एण्ड रेष्टुरेन्ट, काठमाडौं म.न.पा.(२६, सामाखुसी, सरसफाई सामान्य रहेको,
फ्रिजरमा खाद्य वस्तुहरू नछोपी भण्डारण गरेको, फोहोर फाल्ने मगकतदष्ल नछोपी राखेको, किचेनमा काम गर्ने कामदारको सरसफाइ सामान्य रहेको, उल्लेखित सम्पूर्ण कैफियतहरू सुधार गर्ने, पकाउने खाद्य वस्तुहरूमा कृत्रिम खाद्य रङ्ग सिन्थेथिक खाद्य रंग प्रयोग नगर्ने निर्देशन दिएको छ ।
२.फ्रेस टप क्वालिटी मःम एण्ड फास्ट फुड सेन्टर, टोखा न.पा.(९, काठमाडौं, सरसफाई सामान्य रहेको, फ्रिजरमा तयारी खाद्य वस्तुहरूको अव्यवस्थित भण्डारण गरेको तथा नछोपी राखेको, डस्वीनहरु नछोपी राखेको, कामदारहरूको व्यक्तिगत सरसफाई सन्तोषजनक नरहेको, किचेनमा खाना बनाउने र भाँडा सफा गर्ने ठाउँ सँगै रहेको, किचेनको झ्यालमा जाली नरहेको, उल्लेखित सम्पूर्ण कैफियतहरू सुधार गर्ने, तयारी खाद्य वस्तुहरूमा कृत्रिम खाद्य रङ्ग प्रयोग नगर्ने निर्देशन दिएको छ ।
३.मिराकल रेष्टुरेन्ट एण्ड क्याफे, टोखा न.पा.(९, काठमाडौं, किचेनको सरसफाई सामान्य रहेको, पकाउने ठाउँ र भाँडा धुने ठाउँ सँगै रहेको, खाद्य पदार्थको भण्डारण अव्यवस्थित रहेको, किचेनमा कामदारहरूको व्यक्तिगत सरसफाइमा कमी देखिएको, उल्लेखित सम्पूर्ण कैफियतहरू सुधार गर्ने साथै खाद्य स्वच्छता कायम गर्ने निर्देशन दिएको,
४.मड्का बिर्यानी प्रा. लि., टोखा न.पा.(९, काठमाडौं, सरसफाईको अवस्था सामान्य रहेको, फ्रिजरमा खाद्य वस्तुहरूको भण्डारण अव्यवस्थित रहेको, फोहोर फाल्ने मगकतदष्ल नछोपी राखेको, किचेनमा रहेको झ्यालमा जाली नरहेको, कामदारहरूको व्यक्तिगत सरसफाइ सामान्य रहेको, खाद्य स्वच्छता कायम गर्ने, पकाउने खाद्य वस्तुहरुमा कृत्रिम खाद्य रङ्ग प्रयोग नगर्ने निर्देशन दिएको छ ।
५.लड्डु गोपाल फुड्स प्रा. लि., काठमाडौँ म.न.पा.(१६, नयाँ बजार,सरसफाइको अवस्था सन्तोषजनक रहेको, किचेनमा रहेको फोहोर फाल्ने डस्वीन नछोपी राखेको, फ्रिजरमा खाद्य वस्तुहरूको अव्यवस्थित भण्डारण गरेको, कीरा नियन्त्रणको व्यवस्था नभएको, खाद्य अनुमतिपत्र नरहेको, उल्लेखित सम्पूर्ण कैफियतहरू सुधार गर्ने र ३ दिन भित्र विभागमा उपस्थित भई खाद्य अनुमतिपत्रको लागि आवेदन दिई प्रमाण पेश गर्ने निर्देशन दिएको जनाएको छ ।
त्यसैगरि विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङले २०८२ पुस ७ गते घोराही उप–महानगरपालिकामा अवस्थित खाद्य पदार्थहरूको उत्पादन तथा बिक्री वितरण हुने स्थलहरुमा अनुगमन तथा निरीक्षण गरिएको जनाएको छ ।
१.स्वर्गद्वारी घरेलु चकलेट एण्ड फुड उद्योग घोराही –६ दाङलाई खाद्य अनुमतिपत्र नलिई खाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गरेको भनि खाद्यवस्तु उत्पादन स्थल खाद्य स्वच्छताको दृष्टिकोणले उपयुक्त नरहेको, सहायक प्रमुख जिल्ला अधिकारी श्रीमान् सावित्रा पुन सहितको संयुक्त अनुगमन टोलीको रोहोवारमा उत्पादित खाद्य बस्तु मिठाई १५० डब्बा अर्को निर्णय नहुञ्जेलको लागि बिक्री वितरण नगर्ने, खाद्य वस्तु उत्पादनको लागि उपयुक्त संरचना बनाउने, खाद्य अनुमती पत्र लिएर कार्यालयलाई जानकारी गराउने तथा खाद्य अनुमतिपत्र लिएर मात्र खाद्य बस्तु उत्पादन तथा विक्री वितरण गर्ने निर्देशन दिएको जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विरेन्द्रनगर, सुर्खेतबाट २०८२ मंसीर १५ गतेको उजुरीको सम्वोधन गर्न मिति २०८२ मंसीर १६ गतेका दिन जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रतिनिधि सहितको अनुगमन टोलिले विरेन्द्रनगरमा अवस्थित खाद्य पदार्थहरूको उत्पादन तथा बिक्री वितरण हुने स्थलहरूमा खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण अनुगमन तथा कारबाही गरिएको व्यहोराको जानकारीका लागि यो प्रेस नोट जारी गरेको छ ।
१.तिला कर्णाली पानी प्रशोधन उद्योग, बिरेन्द्रनगर–२, सुर्खेत, फिलिङ च्याम्बरको कभर टुटफुट भएको पाइएको, माइक्रो फिल्टरमा लिकेज रहेको, पानी प्रशोधन कक्षमा अनावश्यक सामाग्रीहरु राखिएको, उपयुक्त किट नियन्त्रण विधिहरूको पालना नगरेको, एकै ठाउँबाट वहने प्रणाली पालना नगरिएको, उत्पादित प्रशोधित पिउने पानीको उपभोगबाट मानव स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने हुँदा प्रशोधित पिउने पानीको उत्पादन तथा बिक्री वितरणमा रोक लगाएकोमा निर्देशन पालना गरि÷गराई गुणस्तरिय तथा स्वच्छ प्रशोधित पिउने पानीको उत्पादन सुनिश्चित गर्नु गराउनु पर्ने देखिएको, १४ थान कुच्चिएका जार (१९ लि.) नष्ट गरिएको, फिलिङ च्याम्बर र माइक्रो फिल्टर मर्मत गर्ने, पानी प्रशोधन कक्षमा अनावश्यक सामाग्रीहरु हटाइ सरसफाइमा सुधार गर्ने, उपयुक्त किट नियन्त्रण विधिहरूको अवलम्बन गर्ने, प्रशोधित पिउँने पानी उत्पादन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain