२०८२ फाल्गुन १०

राष्ट्रिय रेशम सम्मेलन २०८२ सम्पन्न

धनबहादुर मगर
काठमाडौं पुस २४, हायण्डलुम कपडा निर्माता संघ नेपाल र रेशम विकास केन्द्र खोपासी काभ्रेको सयुक्त आयोजनामा राष्ट्रिय रेशम सम्मेलन २०८२ सम्पन्न भएको छ ।
सम्मेलनका प्रमुख अतिति कृषि तथा पशुपन्छि विकास मन्त्रालयका माननीय मन्त्री मदन परियारले आर्थिक विकासको लागि आधारभूत रुपमा विस्वासका साथ दीर्घकालीन संयोजन सहकार्यको लागि जरुरी भएको बताउनु भयो । उत्पादन प्रणाली, प्रभावकारी बनाउने, लगानीको वातावरण बनाउने, उत्तरदायिता वातावरण बनाउन जरुरी छ । यो प्रविधि सत्र हो । प्राविधिक सत्रबाट अगाडि बढ्नुहोला । सरकार रेशम खेतीलाई अगाडि बढाउन सहकार्य गर्ने तयार भएको र प्राप्त सुझावहरुलाई सिरोपर गरि रेशम खेती अध्ययन गरेर अगाडि बढाउने बताउन प्रतिवद्धता समेत जनाउनु भएको छ ।
सम्मलेनमा सरकारको सहयोग विना अगाडि बढ्न नसक्नै पूर्व पयर्टन मन्त्री आनन्द पोखरलेले बताएका छन् । यो सम्मेलनले रेशम खेतीको विकासमा सहयोग पुगेको बताए छ । चुनौंतीहरु धेरै छन् तर अवसरहरु पनि धेरै छन् । जतिबेला म पयर्टन मन्त्री थियो त्यो बेला २०४२ सालमा यसको विषयमा छलफल गरेको थियो । विगतको खेती उद्योगको रुपमा प्रशोधन गरि यसको महत्वलाई धार्मिक र साँस्कृतिक रुपमा पनि अगाडि बढाउने सकिन्छ । शुन्य कार्वन उत्सर्जन खेतीको रुपमा विकास, स्वच्छ वातावरण बनाउन, घरेलु उद्योगको रुपमा टिमुर खेती जस्तै गर्न सके वैदेशिक पलायनलाई रोक्न सकिन्छ । महिलाको रोजगारीको लागि धेरै सम्भव छ । यद्यपी यसको विश्व व्यापार ऐतिहासिक अवसर हो । यसले नमूनाको रुपमा पर्यटन विकास गर्न सहयोग पु¥याउने छ । रेशम धागोबाट कपडा बुनाई, एउटा जीवन्त कलासँग जोडिएको छ । जीवन्त संग्रहालयको सिप, शिक्षा अभ्यास स्थानीय रोजगारको सिर्जना गर्न सकिन्छ । समुदायिक रुपमा पयर्टन विकास गर्न सकिन्छ । म राजनीतिमा भएपनि किसानको छोरो हो । म पुनः यस अभियानमा जोडिनु चाहन्छु ।
एनआरएनका अध्यक्ष बद्री केसीले सरकारले महिलाहरुलाई विदेश पठाई रहेको छ । विदेशमा जानेबाट रोक्नको लागि रेशमखेती असाध्यै महत्वपूर्ण हुनेछ । कपडाको लागि उत्तम कच्चा पदार्थ रुपमा लिन सक्ने बताए । उपर्युक्त बजार विना उद्यम बढाउने सक्दैन । ९० प्रतिशत भन्दा बढी देशमा नेपालीहरु वेदेशिक रोजगारमा गएका छैन । अधिकारिक रुपमा विश्व बजारमा पठाउन सक्दैनौं तर त्यसलाई जहाँ नेपालीहरु गएका छन् उनीहरुमार्फत पनि बजार विस्तार गर्ने सम्भावना छ । उच्च मूल्य श्रँृखलाको वस्तु विकासको गर्न धेरै वर्षको लागि हामीले ऋण लिनु पर्दैन । बाँझो जमीनमा लगानीबाट यसको लगानी बढाउन सकिन्छ । ऋणको विषय सोच्न आवश्यकता पर्दैन । विदेशी लगानीको पनि नेपालमा आवश्यकता पर्दैन ।
(एनआरएन) गैर–आवासीय नेपालीहरुको कर्तव्य पनि हो । हामीेले आवश्यकता वोधकासाथ हातमा हात मिलाउन चाहन्छौं र लगानीको लागि विश्वमा रेशम धागो प्रवद्र्धक चिनाउन सक्ने छ । केसीले भन्नु भयो गुणस्तरीय पारदर्शी मूल्य श्रृँखलाको सहकार्यबाट हामीले फाइदा प्राप्त गर्न सकिन्छ ।
व्यापार प्रवद्र्धन केन्द्र प्रवद्र्धन अधिकृत महेश महराले आफ्नो पुर्खाहरु रेशम खेतीको क्षेत्रमा सहभागी हुँदै आएको बताए । अहिले पनि ३ करोड बरावरको कारोवार गरिरहेका छौं । नेपालमा कफीमा विकासलाई जस्तै उच्चमूल्यको वस्तुको रुपमा विकास गर्न सम्भावना बढीरहेको छ । नेपालको जलवायू उष्ण जलवायू भएकाले विद्यमान जलवायूमा रोपन गर्न सके फाइदा लिन सक्छौं ।
उत्पादन, बजार, रेशम खेती धेरै सानो भएपनि उच्च मुल्यको वस्तु भएकाले यातायात खर्च समेत कम पर्छ ।
२०३६ सालमा हामीसँग धेरै कच्चा पदाथहरु थिए । रेशम कारोवार धेरै मूल्यावान हुन्छ । र हामीले ठूला उत्पादन गर्न सकिन्छ । आजपनि हामीले ७० प्रतिशत रेशमको कोया चिनबाट आयत गरेको छौं ।
१ अर्बको ठूलो बजार नेपालमै छ । रेशम खेतीलाई व्यवस्थित गर्न सके नेपाललाई विदेश जानु पर्दैन । र श्रम बजार समेत सस्तो गर्न सकिन्छ ।
चिन, र भारत कुल ग्राहस्थ उत्पादनमा कम श्रम बजार, न्यूनतम् पारिश्रमिक १ लाख छ । यस अर्थमा तीन डबल श्रम बजार विकास गर्न सकिन्छ । उच्च एकीकृत बजार व्यापारका साथै पर्यटन क्षेत्रमा लान सकिन्छ । मेरा बुबा पहिले कोलोम्बो प्लानको योजनाकार थिए । भेडा पालनमा खुब फाइदा थियो । भेडाको उन उत्पादन हुन्थ्यो पछि असफल भयो । भेडाको लागि चरणको व्यवस्थापन हुनु पर्छ । चरणको अभाजमा भेडापालनको कुरा कथा बनेको छ । अघि र पछि एकीकृत कुरोलाई पनि सोच्नु पर्छ । अरुको कुरा पनि सुन्न पर्छ । यसलाई सहकारी खेतीको रुपमा विस्तार गर्न सकिन्छ ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सह–सचिव राजेन्द्र प्रसाद कोइरालाले २०५२ सालमा रेशम खेती राम्रो भएको बताए ।
रेशम खेतीको प्रजाति हामीले दिगो बनाउने सक्छौं । नेपाल सरकारले सुरक्षित गरिएको संरचना छ । त्यसलाई उपयोग गरौं ।
संघीयता पछि धेरै फार्महरु तुलनात्मक रुपमा दिगो हुन सकेन । प्रदेश सरकारलाई हामीले घच्घच्याई रहेका छौं र रेसम खेती वागवानी फार्म धुनी वेसीमा अहिले पति किसानले फाइदा लिएर काम गरिरहेका छन् । सही के हो भने कृषिलाई बुझाउनु पर्छ । स्रोत केन्द्रको रुपमा संरक्षण गर्नु पर्छ । रेशम धागो बनाउन जर्म प्लाज बचाई राखेका छौं । यसको आवश्यकता छ । नेपालको भविष्य लागि जुट्नु पर्छ ।
त्यसरीनै रेशम विज्ञ देवेन्द्र प्रसाद रेग्मीले आफनो अनुभव सुनाउँदै किम्वु खेतीका लागि विउ खोपासीबाट लगेर खेती गरिएको बताए । दिगो बनाउन सकिन्छ सकिदैन भन्ने प्रश्न रहेको छ उनले भने । बचाउन सकिन्छ कि सकिदैन । केही परियोजना बेला बेलामा आउने र पछि छोडेर जाँदा रेशम खेती प्रवद्र्धन गर्ने कायक्र असफल भएको बताए । लामो समयसम्म हानी हिड्न सक्दैनौं । गाईवस्तु पालन, बाँदर, चरा, लोखर्केले पनि खाने भएकाले उनीहरुको आहारको पनि व्यवस्थापन हुन्छ । स्थानीय किम्बु खेती गर्दा किम्वुको फलबाट र स्थानीयस्तर रक्सी बनाउन सकिन्छ । उत्पादनलाई कसरी दिगो बनाउने भन्न बारेमा यसमा नीतिगत रुपमा समस्या छ ।
ओखलढुंगाकी किम्वु खेती किसान शोभा कार्कीले ३ वर्ष देखि किम्वुखेती गरिरहेको छु । पालिका मार्फत यसलाई सजिलै विकास गर्न सकिन्छ । त्यसकारण हामीले किम्वु खेतीलाई प्राथमिकता दिएका छौं । किम्वु खेतीबाट पहिलो पटक रेशम कीरा १५ किलो उत्पादन र दोस्रो पटक उत्पादन १०० केजी भएको छ । यसलाई जनचेतनाको माध्यमबाट अगाडि बढाउन सकिन्छ ।
टोखा नगरपालिकाका पूर्व उपाध्यक्ष तथा उद्यमी ज्ञानमाया डंगोलले टोखा नगरपालिका वडा नं १ मा १२ रोपनी जमीनमा रेशम खेती गरेको बताए । यसरी नै नगरपालिकाहरुले किम्वु रोपण गरेको खण्डमा धेरै रेशम खेतीको उत्पादन गर्न सक्ने बताइन् । र हाल पनौंती, धुनीवेशीबाट किम्वुको बीउ ल्याएको थियो । नीति निर्माण र अनुसन्धानको स्तरमा कामगर्न सकेको छैन । समृद्धि आउने समय लाग्दैैन ।

पश्मिना उद्यमी गीता श्रेष्ठले २०६६ सालदेखि आफूले काम गरिरहेका बताइन् । रेशमको कोकुन संकलन गर्नु थियो । उनले भनिन् धेरै यो काम गर्न धेरै चुनौंतीहरु छन् । शुरुमा औपचारिक रुपमा कुनै अनुभव थिएन तर पनि उत्पादन गरियो । त्यसको कुनै सुविधा थिएन । यो काम स्वास्थका लागि फाइदा छ । हामीमा ठूलो चुनौंतीका रुपमा रेशम कोकुन नपाउनु पनि हो । माग गरिरहेका छौं । नेपालमा भुकम्प र कोभिड उत्पादन घटीरहेको छ । कोकुनको उत्पादन घटिरहेको छ । अहिले यसको मूल्य प्रति के.जी रु.७५० पुगेको छ । बाँझो जमीन छ । त्यसबाट उत्पादन गर्न सकिन्छ । भारतबाट कोकुन आउँछ हामीले पनि यहाँ कोशिस गरिरहेका छांैं ।
किम्बु कृषक उमेश अधिकारी दाङले २०७२ सालमा १० रोपनी १ विगाह जमीनमा किम्वु खेती गरिरहेको बताए । १० रोपनीबाट शुरु गरेको यो खेती बढेर बनेमा १०० अथार्त १० विगाह जमीनमा रेशमका लागि किम्बु खेती गरेको छु । त्यसबाट ‘विजेता पाउडर’ बन्छ । कोकुनको अण्डाबाट धेरै रोगहरु घटाउन सकिन्छ ।
यसको फुल बोटमा राम्रा गुणस्तरीय धागो उत्पादन गरि गुणस्तरीय लुगा बुन्न सक्छ ।
१ केजी कोकुनबाट ३० ग्राम धागो निस्कन्छ ।
मलाई थाहा छ । बढी ज्ञान भए राम्रो अवसर प्राप्त हुन्छ ।

ओल्लो कपडा उद्यमी डा.गणेश नेगीले आफू गाँजाको खेती गर्दा तीन–तीन पटक थुनामा परेको अनुभव सुनाए । त्यसपछि म ओल्लो उद्योगीको रुपमा आएको छु ।
१५ करोड भन्दा बढी लगानी छ । ६५ वटा स्थानीय सरकारले गाँजा कपडाको लागि खेती गर्न लगानी गरिरहेको छ । मैले २५० जनालाई रोजगार दिएको छु । ५० औं उद्योगहरु छन् । २०६५ बाट गाउँमा खेती गर्न लागिरहेको छु । कपास विकास समितिका अनुसार गत आर्थिक वर्षमा ११ करोड मूल्य बराबरको २१० टन कपास फलेको बताए । हामीमा ज्ञानको कमी छ । प्रशोधन गर्दा १० प्रतिशत माथि फाइदा लिन सकिन्छ ।
काभ्रेपलाञ्चोक किम्वु कृषक गोपाल प्रसाद तिमिल्सिनाले ५७ वर्षदेखि किम्वु खेती गर्दै आएको बताउनु भयो । सामुदायले सामुदायिक वनको घोषणा गरेको छ । अझै ठूलो भुमिमा रेशम खेती गरेको छैन । किम्बु खेती गरेर रेशम खेती गर्न सम्भावन छ । त्यसका लागिक हरेक सामुदायिक वनले साना उद्योग स्तरको स्थापना आवश्यकता छ । उत्पादन, प्रशोधन र बजारीकरणको आवश्यकता छ ।
यसमा किसानहरुले सुन्तला लगाउन सकिन्छ । संघीय सरकारले नीति बनाउने र यो क्षेत्रलाई प्राथमिकता दिई सम्वोधन गरेको छ । त्यसकारण सहभागी हुन जरुरी छ । पनौंती नगरपालिकाका उद्यमी किसान बढाउन रेशम खेती कार्यक्रम अगाडि बढाएको छ ।
हामी सामुदायिक वन उपभोक्ता पनि हौं । यसलाई उपयोगी बनाउन लाग्नु जरुरी छ ।
टेक्सटायल उद्यमी अप्सरा श्रेष्ठले रेशम खेतीको क्षेत्रलाई औद्यौगिकरण टेक्सटाइल उद्योगकका माध्यमबाट फाइदा लिन सक्ने बताईन् । त्यसको लागि आफूहरु प्रशोधन गर्ने काममा लागि परेको छ ।
प्राविधिक सत्रका पश्मिना उद्योग गोल्ड मेडालिष्ट इन्जिनियर विवेक नन्द मिश्रले आफ्नो गायत्री पस्मिना उद्योगको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो । हामीले गल्तीबाट सिक्न सकिरहेको छैन । कारण प्राविधिक ज्ञानको कमी छ । त्यसकारण उत्पादन गर्न सकिरहेको छैन । हाम्रो जस्तो देशमा सानो प्रकारको प्रविधिको प्रयोग गर्नु पर्छ । बुटवल धागो कारखाना प्राविधिक ज्ञान भएकोहरुलाई सिफारिस गर्न जरुरी छ । मेरो व्यक्तिगत सुझाव हो । जसका लागि धागो उत्पादन बुन्ने बुनाई आदिको काम गर्छांै । यी कुराहरुको आवश्यकता पर्छ । एनजीओ र आइएनजीहरु केही समय सहयोग गर्छ । तर छोटो समयको परियोजनाहरु सकेपछि उनीहरुले हात झिक्छ र पछि बन्द हुन्छ । १० के.जी कोकुनबाट १ केजी धागो उत्पादन हुन्छ । उत्पादनमा लगानी बढेको छ ।
त्ससमा दुईप्रकारका फाइवरहरु पाइन्छ । फाइवरहरु २ प्रकारको हुन्छ चिन्न सक्नु पर्छ । एउटा प्राकृतिक र अर्को आर्टिफिसियल हुन्छ ।
रेशम खेतीको इतिहास लिखित छैन । तर यसको महत्व विगत सयौं वर्ष देखि रहँदै आएको छ ।

किम्वु खेती तथा विरुवा संरक्षण अधिकृत रेशम प्रवद्र्धन केन्द्र सुनसरीका सुव्रत आर्यलले २०५१ सालदेखि सेरिकल्चरको काम गर्दै आएको बताए । सुनसरीमा वार्षिक ५०औं टन प्रशोधन गर्न सक्ने क्षमताको यान्त्रिक प्रविधि रहेको बताए । अहिले सञ्चालन छैन । हायण्डलुम मेशीन छ । नेपालको कोकुन मूल्य श्रँृखलाको निरन्तरताको खाँचो छ । हाते तानबाट उच्च प्रविधिमा परिवर्तन गर्न सक्दैन । हातेतानबाट बनाएको हस्तकलामा उत्पादनको भरपर्दो भएकाले उत्पादन कम हुन्छ । हाते तान र मेशीनबाट चल्ने पावरलुमको ज्ञान अझै पनि सबैलाई छैन । ज्ञान, शीप, श्रम आवश्यकता पर्छ । हाते तानबाट बुनेको कपडाको मूल्य बढी पर्छ । पावरलुमको भोलम ठूलो र धेरै उत्पादन गर्न सक्छ । त्यसैले मूल्य कम पर्न जाने स्वभाविक छ । यदि माग बढेको खण्डमा उत्पादन बढाउनु पर्छ । मसँग सुझाव छ । शिप र प्रशोधन बढाउनु पर्छ । नेपाली रेशम खेतीको भविष्य महिलामैत्री बनाउनु जरुरी छ ।
निकासी पैठारी प्रवद्र्धन केन्द्रको प्रमुख तथा टेक्सटालय इजिनियर, राजेन्द्र सिंहले आफूले सेरिकल्चर विकासको क्षेत्रमा रेशम प्रशोधन गर्ने ३३ वर्षदेखि नियमित लागिरहेको बताउनु भयो । सिंहले कार्वनफुटप्रिन्ट कम छ । हाम्रा उत्पादन र उत्पादकत्व छैन् । रेशम खेती सेतो सुन हो । उत्पादन बढाउनु सकिन्छ । उत्पादन बढाउन सके विदेशबाट आउने कपडालाई विस्थापित र भारतीय बजार हाम्रो लागि राम्रो हुन्छ ।
उत्पादनलाई विविधिकरण गरि, कपास, रेशम उद्योग दुबैलाई राष्ट्रिय उत्पादनको रुपमा चिनाउन सक्ने प्रवल सम्भावना छ । चिन र भारतको भन्दा नेपालको उत्पादन फरक बनाउन सकिन्छ । बजारमूखी उत्पादनको विकास गर्न जरुरी छ ।
कपडा आयतमा वर्षेनी ३ अर्ब खर्च हुन्छ । यसलाई विस्थापित गर्न सक्छ । नेपाललाई समृद्ध बनाउन सहयोग पु¥याउँछ ।
बागमती प्रदेश वाणिज्य।, उद्योग तथा भूमि व्यवस्था मन्त्री विन्दु श्रेष्ठले आफूलाई राष्ट्रिय रेशम गौरवको महशुस भएको बताईन् । उनले भनिन् म कृषि उत्पानसँग जोडिएको छु । रेशम खेतीलाई अन्तर्राष्ट्रिय रुपमा बजार विस्तार गर्न नीति तथा ऐनलाई अगाडि बढाउन प्रदेश सरकार लाग्ने आस्वसान दिनु भएको छ ।
त्यसरी नै बोड सदस्य मधुवन पौडेलले भविष्यमा रेशम खेतीलाई एकीकृत प्रणालीमा अगाडि बढाउनु पर्ने कुरामा जोड दिएको छ । सिर्जनशील ज्ञानको साथै वैज्ञानिक उत्पादन, प्रशोधन, शैक्षणिक र अनुसन्धान, बजारको प्रवद्र्धन र लगानीको वातावरण बनाउन जरुरी छ ।
एटीए डाइनाकि प्रा.लिका निर्देशक आन्ना यचलोभाले रेशम खेती चीनबाट शुरुभएको बताउँदै आज पनि चिन रेशम उत्पादनमा सबैभन्दा अगाडि रहेको बताईन् । किम्ब खेतीबाट कसरी रेशमको खेतीको गरिएका थिए भन्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै भनिन् यो ऐतिहासिक छ । उनले एकहजार वर्ष अघि रेशम जापानबाट सेरिकल्चरको रुपमा विकास भएको र चिनमा व्यवसायिक खेती विस्तार भई विश्वको विभिन्न मुलुकमा पुगेको बताई । रेशम खेतीको विस्तार केन्द्रीय एशिया, भारत हुँदै १८ औं शताव्दीबाट कपडा बुन्न धागोको व्यवसायिक खेतीको रुपमा उत्पादन गरेको बताईन् । त्यसपछि यूरोप इटाली, डेनमार्क, स्पेनमा समेत व्यवसायिक रुपमा अगाडि बढ्यो । स्पेनिस सहयात्री चित्र कोर्ने, उपकरण र शाही पोशाकको विकास भएको बताईन् । साम्राज्य कालमा उच्च पोशाकका रुपमा सन् १९५७ पेन्टिङ्ग चित्रकलाबाट शुरु भएको थियो । नेपालमा रेशम खेतीलाई आधुनिक, उच्च मूल्यको पोशाक बनाउने र उद्योगको रुपमा विकास गर्न सक्ने राम्रो सम्भावना छ ।
उक्त कार्यक्रममा रत्न गुरुङले आफू राजनीतिको क्षेत्रमा भएपनि ढाका उद्यमीको रुपमा रहेकाले आफूपनि रेशम उत्पादन अभियानमा जोडिएको बताइन् ।
उनले २ वर्ष अगाडि स्थापना गरेको संघको अभियानको लागेको छु । हामीमा जोस, जाँगर र शीप छ । बाँझो जमीन प्रयोग गरि हिरा फलाउने काम गर्न शुरु गरेको छु । रेशम खेतीबाट अर्बाैं रुपैयाँ विदेशिनबाट रोक्न सक्छ । युवा पलायनलाई विदेशिनुबाट रोक्न सकिन्छ ।
कृषि विकास बैंकका कृषि ऋण तथा परियोजना व्यवस्थापन प्रमुख निकु आचार्यले मूल्य श्रृँखलामा रेशम खेतीलाई ल्याउन आग्रह गरिन् । रेशम खेती नेपालको लागि राष्ट्रिय अवसरको रुपमा हुन सक्ने बताउँदै बैंक रणनीतिक साझेदारी बन्न तयार भएको पनि बताईन् ।
किन रेशमलाई वित्त ?
यसको इतिहास उच्च मूल्यसँग मात्र छ । जुन काम गर्न बैंकले विश्लेषण गर्छ । नीति तथा कानुन ऐन बने ५.५ प्रतिशत व्याजमा किसानहरुमा लगानी गर्न तयार छ । आयत र निर्यात, सँधै अनुदान आदि मात्र पनि आवश्यकता पर्छ ।
वित्त पहुँचका लागि रेशम मूल्य श्रृँखलामा जानु पर्छ । मूल्य श्रृँखला पस्नु धरै स्टेजहरु छ । वैकल्पिक योजना, जोखिम पक्ष मार्फत विश्लेषण गरिन्छ । जोखिम न्यूनिकरण घटाउनु बीमा योजना आवश्यक छ ।
बीमा किसानले मात्र दावी गर्न सक्छ । १ लाख माथि बीमा प्राधिकरण, ऋण दिन सक्दैन । विगतको नीतिलाई पुनः संशोधन गर्न जरुरी छ । यसका लागि २० विगाह जमीनको नीतिलाई जोड दिएको छ । भविष्यमा के हुन्छ नियमन आवश्यक छ ।
खेतीदेखि कपडासम्म
प्रदेश सरकारले प्राथामिकता दिनु पर्छ । नीति जोखिम छ । १ वर्ष समावेश हुनुपर्छ । वहुवर्षे नीतिको आवश्यक छ । सबै मन्त्रालयको सहकार्यको आवश्यकता छ । विना नीति लगानी गर्न सक्दैन ।
नीतिगत सुनिश्चितता, सार्थक रुपमा व्यवहारिक हुनु पर्छ । ३० वर्षदेखि आर्थिक र सिर्जनशील कमीले उत्पादनलाई वेवास्ता गरेको देखिन्छ । विश्व बैंकको क्षेत्रलाई प्रभावकारी बनाउनु पर्छ ।
बलियो ब्राण्ड बनाउने सके प्राथमिक उत्पादन वृद्धि हुन्छ । यसको विषयमा सोच्नु पर्छ ।
आयत विस्थापन, अर्बौको उत्पादन, उचित नीति, बगैँचा निर्माण, किसानलाई उत्साहित बनाउने योजनाको खाँचो छ । हरियाली अर्थतन्त्रको विकासको लागि अगाडि बढाउन सकिन्छ । ः
नेपालमा रेशमखेती उत्पादन प्रर्वद्धन गर्न माध्यमको कमी छ । उत्पादन गर्न सके बाहिरको बजारमा लान सकिन्छ । नेपालमा रेशम खेति गर्नु पर्छ भनेर आवाज उठाउँदै आएका छौं ।
राष्ट्रिय रेशम सम्मेलन २०८२का संयोजक रोशन पोखरेलले रेसम खेती विकासको १० वर्षे ढाँचा बनाउन जुटिसकेको बताए । सम्मेलनको मुख्य लक्ष्य रेशम खेतीलाई व्यवसायीकरण गरेर लाने हो । उत्पादन, बिक्री वितरण, प्रदेशमा सरकारी कार्यालय । उपयुक्त खेतीको माध्यमबाट रेशम किराको अण्डा संरक्षण गर्ने, रेशमलाई गुणस्तर बनाई बिक्री वितरण गर्ने हो ।
किसानदेखि सरकारसम्म पुलको काम युनाइटेड ट्रेड सेन्टरको स्थापना गरि एकीकृत योजना अनुसार नेपालको रेशम विकासलाई टेवा पु¥याई देशको अर्थतन्त्रलाई सहयोग पु¥याउने हो ।
सिल्क एकेडेमी अफ नेपाल बनाउँदै छौं । किसानदेखि नियम निर्माण गर्ने तह र निकायसम्म रेशमको समस्या सुल्झाउने छ ।
व्यापार प्रवद्र्धन केन्द्रले निर्यात गर्न सहयोग गर्ने छ । सरकारले पहल गरेको अवस्थामा निर्यात सम्मेलन पछि राखेका छौं । सरकारको साथ भयो भने अवश्य सफल हुने भन्ने विस्वास लिएको छु ।
सिल्क उत्पादनलाई सरकारको प्राथमिकता भयो भने यो क्षेत्रलाई अगाडि बढाउँन सकिन्छ ।
संस्थागत रुपमा किम्बुको बेर्ना अभियान चलाउने, रेशम खेतीलाई अन्तर्राष्टिय बजारसम्म पु¥याउने, कार्यक्रमका संयोजक रोशन पोखरेलले ८० प्रतिशत चिनमा उत्पादन हुने गरेको र १० देखि १३ प्रतिशत भारतबाट भइरहेको जानकारी दिएका छ । नेपालमा पनि यसको शुरुवात गर्नु पर्ने कुरामा जोडदिएको छ ।
रेशम प्रशोधन, उपभोक्ताको भूमिका, विषयक छलफलमा सबैभन्दा धेरै भारतमा बजारको सम्भावना भएको बताएका थिए ।
पूर्व संविधान सभासदस्य रत्न गुरुङले धनको धनी भन्दा पनि मनको धनी परेकोले विना धन पनि अभियान चलाउने प्रतिवद्धता गरेकी बताईन । यो शुरुवात हो उनले भनिन् ।
बढ्दो बाँझो जमीन प्रयोग गरेर नेपालीहरुको आर्यआर्जन बढाउने राम्रो माध्यम भएको र त्यसमा पनि महिलाहरुका लागि झनै राम्रो अवसर रहेको रहेको बताईन् ।
सिल्क डिमाण्ड बढेको छ । नेचुरल फाइवरको माग बढेको छ । सरकारबाट अपेक्षा गरेको कुरा परियोजना सहकार्य क्षेत्र विस्तार गरि उत्पादनमा जोडदिनु पर्ने रहेको छ ।
२०७९ सालसम्म सरकारले रेशम खेतीको लागि अनुदान समेत दिने गरेको थियो । रेशम खेती गर्ने किसानहरु घटेको कारण रेशम अनुदान समेत बन्द गरिएको छ ।
कार्यक्रम सञ्चालन सोफिया श्रेष्ठ र स्वागत तथा धन्यवाद हायण्डलुम संघको उपाध्यक्ष रामलाल श्रेष्ठले गरेका थिए ।
२०८२ पुस २६ गते हायण्डलुम कपडा निर्माता संघ तथा रेशम प्रवद्र्धन केन्द्र खोपासीको संयुक्त आयोजनामा राष्टिय रेशम सम्मेलन २०८२मा प्रस्तुत भएका विचारहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain