पृष्ठभुमिः
किम्बु बोटबाट आहार विकास गरि रेशम कीरा पालनबाट प्राप्त कोया प्रशोधन गरी रेशम धागो उत्पादन गर्ने कार्यको एकीकृत रुपलाई नै रेशम खेती भनिन्छ । त्यसैले रेशम खेतीको छुट्टा–छुट्टै तीन पक्षहरु छन् : किम्बु खेती (आहार विकास), कीरा पालन तथा कोया उत्पादन र कोया प्रशोधन (रिलिङ) । रेशम जसलाई ‘रेशाका रानी’’ भनिन्छ । यो अति नै सुन्दर मुलायम, चम्कीलो र बलियो हुन्छ । रेशमको यिनै भौतिक एवम् प्राकृतिक गुणहरुको कारणबाट यसको तुलनामा कुनै पनि कृत्रिम रेशाहरु आउने सकेको छैनन् । एक पटक मानिसले रेशमको वस्त्र लगाइसके पछि यो वस्त्र लगाउँदाको आनन्द कहिल्यै भुल्न सक्दैनन । यसै कारण विश्वका विकसित देशहरुमा रेशमको माग बढी छ । अन्तर्राष्ट्रिय बजारमा मागको तुलनामा रेशमको आपूर्ति ज्यादै न्यून् रहेको छ ।
रेशम खेतीको महत्वः
(नेपालका व्यवसायिक खेतीमा कूल लगानीको ६० प्रतिशत श्रम पारिवारिक स्रोतबाटै आपूर्ति हुने वर्तमान सन्दर्भमा रेशम खेती वहुउद्देश्यीय, कम जोखिमपूर्ण कृषि व्यवसाय भएकाले ग्रामीण बेरोजगारी र अर्ध बेरोजगारीलाई पूर्ण रोजागार तर्फ उन्मूख गराई थप आय आर्जन गराएर गरीबी निवारणमा सहयोगी कार्यक्रमको रुपमा लिन सकिने ।
(रेशम खेतीको उत्पादनबाट ‘‘कम तौल बढी मूल्यको वस्तु’’ उत्पादन हुने र बजारको पहुँच नभएको ग्रामीण क्षेत्रमा वैकल्पिक महत्वपूर्ण आय आर्जनको स्रोतको रुपमा अपनाउन सकिने ।
(रेशम जन्य वस्तुहरुको उद्योग स्थापना हुने ।
(उत्पादित कच्चा धागो तथा रेशमबाट निर्मित वस्तु तयार गरी विदेशी मुद्रा आर्जन हुने ।
(भू-क्षय रोकथाम तथा पर्यावरणीय सन्तुलन कायम राख्न उपयोगी हुने ।
रेशमखेतीबाट हुने फाइदाहरुः
(प्रति रोपनी कोया उत्पादन ३५÷(४० केजी,
(रेशम कीरा पालन सामान्यः कृषि कार्यको कम व्यस्त समयमा गरिने हुँदा कृषि व्यवसायको परिपूरक, थप आय आर्जन तथा थप रोजगारीको रुपमा लिन सकिने ।
(रेशम कीरापालन कार्यक्रम विशेषत महिला र पाको उमेरका मानिस संलग्न हुने भएकोले परिवारका सदस्यहरुको फुर्सदको समय अधिकतम् सदुपयोग भई वाह्य श्रम कटौटी हुनुको अलवा महिला तथा बुढाबुढी वर्गको सामाजिक र आर्थिक प्रतिष्ठामा समेत वृद्धि गर्न सहयोगी सावित हुने ।
(रेशम खेतीको माध्यमले पुँजीको प्रवाह शहरी क्षेत्रबाट ग्रामीण र सम्पन्न वर्गबाट विपन्न वर्गमा स्थानान्तरणमा योगदान पुग्नुको साथै सहभागी कृषकहरुलाई नियमित आम्दानी आर्जन गर्न सु–अवसर मिल्ने ।
(किम्बु वहुउपयोगी विरुवा भएकोले हाँगा ईन्धन प्रयोजनमा, बोक्रा कागज बनाउन, फल जामजेली बनाउन र कीरालाई खुवाई बाँकी रहेको घाँस पशुलाई खुवाउन र कीराको विष्टा आदि उत्कृष्ट कम्पोष्ट मल हुने ।
(व्यापकस्तरमा रेशम खेती गरिएमा भूमिहीन कृषकहरुलाई कीरा पाल्ने र कोया उत्पादन पश्चात कार्यजस्तै ः कोया संकलन, संचय, धागो कात्ने र कपडा तयार गर्नु जस्तो रोजगारीको थप अवसर उपलब्ध हुने ।
(किम्बु बारीका डिल, नहर किनार जस्तो सीमान्त जमीनमा खेर गईरहेको जमीनको सदुपयोग मात्र नभई भू–क्षय रोक्न समेत सहयोगी सिद्ध हुने ।
(रेशम कीरापालनमा प्रयोग हुने कीरा पालन घर, सर सामाग्री विसंक्रमण र सरसफाइले समाजमा स्वतः स्वास्थ वातावरणको सिर्जना हुने ।
रेशम कीराका जातहरुः
रेशम खेती व्यवसाय विकासमा अत्यावश्यक तत्व मध्ये रेशम कीराका जात नै प्रमुख तत्वका रुपमा लिइन्छ । रेशम खेतीको इतिहास हेर्दा मनुष्य जातिले फाइदा लिन विभिन्न जातका रेशम कीरा पालन पोषण तथा संरक्षण गरेको पाइन्छ । यो बारे विभिन्न शारिरीक स्वरुप भएको, परिवृत्तिय ((Ecological/Morphological) भिन्नता र विशेषता भएको विभिन्न जाति विच समागमन (Cross) गराई बढी उत्पादन दिने जातहरु पनि विकास भएका छन् ।
रेशम कीराको वर्गीकरणः
बम्बिकस मोरी (Bombyx Mori) प्रजाति अन्तर्गतको रेशमकीरा चिसो रगत भएको रेशम कीरा बम्बीसिडी (Bombicidae) परिवार अन्तर्गत पर्दछ । यो कीरा इन्सेक्टा (Insecta) वर्गमा पर्दछ । यसलाई जापानी, चिनिया, यूरोपेली, कोरियाली र उष्ण जातिय रुपमा वर्गीकरण गरिएको छ । जापानी रेशम विशेषज्ञ योशिताके (१९६८) का अनुसार एक पुस्ते चिनियाँ रेशम कीराको जातबाटै धेरै लामा अवधि-अन्तरालपछि गएर विभिन्न रेशम कीराका जातहरु विकसित भएका तथ्य पुष्टि हुन्छ ।
(व्यापारिक उद्देश्य अनुरुप शितोष्ण प्रदेश (Temperate) मा जापानी जात (डमरु आकारका कोया) र चिनियाँ जातको (अण्डाकार कोया) समागमन पश्चात् प्राप्त हुने वर्णशंकर जात (F1) प्रयोजनमा ल्याइन्छन् । त्यस्तै उष्ण प्रदेशीय स्थानहरुमा वहुपुस्ते जाति वा जापानी-चिनियाँ जात र वहुपुस्ते जात बिच समागमन गराई त्यसबाट उत्पादित वर्णशंकर (CB) जात प्रयोगमा ल्याइन्छ ।
एक दुई र वहुपुस्ते रेशमकीराका विशेषताहरु पुस्ताका आधारित (Voltinism) हुने वर्गीएकरण:
एकपुस्ते (Volitine): एक पुस्ते पुतलीले पारेको फुललाई प्राकृतिक वातावरणमा संरक्षण गर्दा उक्त फुलको सुषुप्तावस्था एक वर्ष पछि मात्र तोडिने भएकाले प्राकृतिक तवरमा वर्षभरिमा एक पटक मात्र कीरापालन गर्न सकिन्छ । एकपुस्ते रेशम कीरा चिसो स्थानमा पालन गर्न उपयुक्त हुन्छन् । लाभ्रेको अवधि तुलनात्मक (दुइ र वहुपुस्ते) रुपमा लामो हुन्छ । तुलानात्मक रुपमा (दुई र वहुपुस्ते) शरीर पनि ठूलो हुन्छन् । उच्च तामक्रम र आद्रता यी जातका कीरालाई उपयुक्त हुँदैन ।
दुईपुस्ते (Bi-voltine): दुई पुस्ता पुतलीले पारेको फुललाई प्राकृतिक वातावरणमा संरक्षण गर्दा फुलको सुषुप्तावस्था छ महिनापछि मात्र तोडिने भएकाले प्राकृति तवरमा वर्ष भरिमा दुई पटक मात्र कीरापालन गर्न सकिन्छ । यी जातका रेशम कीरा न्यानो प्रदेशमा पालन गर्नु उपयुक्त हुन्छन् । एकपुस्ते जातका रेशकमीरा (लाभ्रे) का तुलनामा दुईपुस्ते जातका लाभ्रेको अवधि छोटो हुन्छ । लाभ्रेको शारिरीक विकास बढालु रुपमा पाइन्छ । कोया र कच्चा रेशमको गुणस्तर असल हुन्छन् । उच्च तापक्रम र आद्रतामा यस जातका कीरा पालन गर्नु मध्यम रुपले उपयुक्त मानिन्छ ।
बहुपुस्ते (Multi-Volitne):बहुपुस्ते पुतलीले पारेकोे फुललाई प्राकृतिक बातावरणमा संरक्षण गर्दा उक्त फुल सुषुप्तावस्था नभईकन फुल पारेको १०–१२ दिनपछि पुनः कीरापालन गर्न सकिन्छ । यो प्रक्रिया वर्षैभरि चालु रहन्छ । बहुपुस्ते रेशमकीरा पालन न्यानो स्थानमा गर्नु उपयुक्त मानिन्छ । लाभे्रे हष्टपुस्ष्ट (Robust) हुन्छन् । कोया, साना र कच्चा रेशमको गुणस्तर कमसल हुन्छन् । केवल सुषुप्त अवस्थामा फूल पार्दछन् ।
काँचुली फेराइमा (Motinism) आधारमा हुने वर्गिकरण:
तीन पटक काँचुली फेर्ने (Tri-Moulter) लाभ्रेको अवधि छोटो हुन्छ । लाभ्रेको सप्रेको (Robust) शरीर हुन्छ । साना कोया बनाउँद छन् । मसिना धागो उत्पादन हुन्छ् । तीन पटक काँचुली फेर्ने लाभ्रे सामान्यतया चिनियाँ जातमा बढी पाइन्छन् । यी जातको कीरामा भालेको संख्या पोथीको भन्दा बढी पाइन्छ । (७५प्रतिशत)
चार पटक काँचुली फेर्ने (Penta-Moulters):
यस्तो लाभ्रे यःयतबतष्यलका कारण चारपटक काँचुली फेर्ने लाभ्रेबाट प्राप्त हुन्छ । लाभ्रेको अवधि लामा हुन्छ । कोया तथा लाभ्रे ठूला हुन्छन् । धागोको मोटाई बढी हुन्छ ।
रेशमकीराका प्रकारहरु :
रेशम कीराहरुले खाने वनस्पतिक आधारमा वर्गीकरणः
क) किम्बु रेशम कीरा (Mulberry Silk Moth)
ख) ईरी रेशम कीरा (केष्टरको पात खोन) (Eris Silk moth)
ग) मुगा रेशम कीरा (सखुवा, सिसौं र वयरको पात खाने (Muga Silk Moth)
घ) टसार रेशम कीरा (सखुवा, सिसौं र वयरको पात खाने (Tasar Silk Moth)
जीवन चक्र एवम पहिचानः
वयस्क पुतली :
सबै जातको रेशम कीराको जवजीवन चक्रमा चार अवस्था हुन्छ । फुल, लार्भा, प्यूपा र वयस्क पुतली) प्यूपाबाट पुतली निस्की सकेको केही समय पछि पोथी पुतलीले वास्नादार तरल पदार्थ फाल्दछ । र उक्त तरलको वास्नालाई पछ्याएर भाले पोथीसम्म पुगी योनीहरुको विचमा समागन भई भाले र पोथी छुट्टीएको साधारणतया एकघण्टा भित्रमा पोथीले फुल पार्न शुरु गर्दछ । र एउटा दुई पुस्ते रेशम कीराको पोथी पुतलीले आफ्नो जीवनकालमा एक पटकमा ५०० देखि ७०० वटा सम्म फुल पार्दछ । र फुल पारेको ४८(७२ घण्टा पछि मर्दछ ।
फुल:
रेशम कीरालाई फुल पार्नको लागि कोठा भित्रको तापक्रम २५ र सामेक्षिक आद्रता ७५ हुनुपर्दछ । उक्त वातावरणमा समागमनमा रहेका जोडी पुतलीलाई समागमन कार्यबाट विछोड गराई पोथी पुतलीलाई फुल पार्ने लोईङ काडमा राखी सेउला (सोलीले छोपी कोठालाई मध्य अँध्यारो बनाउनु उपयुक्त हुन्छ । जब पोथीले फुल पार्न शुरु गर्छ । शुरु गरेको २४ घण्टा भित्रमा शरीरमा भएको सबै फुल गोल आकार पारी विचमा थोरै ठाउँ खाली राख्दछ । यसले फुल पार्दा फूलहरु एकअर्का माथि खप्टीएको हुँदैन र फुल पारेको साधारतया २४ घण्टासम्म यसको रंग गाईको बिगौती रङगको हुन्छ र २४ घण्टा पछाडि यसको फलु हलका रातो हुँदै ७२ घण्टा पछि खरानी रंगमा परिवर्तन हुन्छ ।
लार्भाः
भरखर फुलबाट निस्किएको लाभ्रेको शरीरको रंग (Newly hatched larva) कालो, खैरो, रातो खैरो, खरानी, खैरो रंगका हुन्छन । लार्भाको शरीरको आधा मोटो र ठूलो, मोटो र पातलो, लम्बा ठूलो । लम्बा सानो, साधारण, सानो आकारका हुन्छन् । खुट्टाको रंग सेता, पहेँला, हल्का पहेँला रंगका हुन्छन् । फूलबाट चिल्सा निस्कन १० देखि १२ दिन लाग्दछ । यसरी फुलबाट चिल्सा निस्केको चिल्साहरुलाई लार्भा भनिन्छ । जसको रंग कालो अथवा कडा खैरो हुन्छ । रेशम कीराको लार्भाले सालाखाला ४ हप्ता किम्बुको पात खाई ४ पटकसम्म काँचुली फेरि पाँचौ अवस्थाबाट गुज्रिन्छ । र कोया बनाउने थाल्छ । यो नै यसको जीवनको सबभन्दा सक्रिय अवधि हो । त्यसपछि कोया बनाउनका लागि पालिएका ठाउँ गरिपरि उपयुक्त स्थानको खोजीमा घुम्छ ।
प्युपाः
पाँचौं अवस्थाको वयस्क लाभ्रेले ६-८ दिनसम्म पात खाएपछि पात खाने रुचि कम हुनाको साथ-साथै मुखबाट एक प्रकारको ¥याल निकाल्न शुरुवात गरि कीरापालन गरिएको किस्ति, नाङ्लो, ¥याकको छेउमा जम्मा भई कोया बनाउने साहरा खोज्दछन् । र कोयाको डल्लो बनाउँदछन् यसरी कोया बन्दाबन्दै लार्भा प्यूपा बनि सकेको हुन्छ । रेशम कीरा लार्भा अवस्थाबाट प्यूपामा रुपान्तरण हुँदा मुख्यतया प्राथो¥यासिक ग्ल्यान्ड र कर्पोरा एलाट भन्ने ग्रन्थी संकलन हुन्छन् । प्यूपाको शुरु अवस्थामा (Spiricle) विकसित भइनसक्ने हुँदा प्यूपाको रंग हल्का पहेँलो हुन्छ । प्यूपालाई २५० से. तापक्रम कायम गर्द १५ औं दिनमा मोथ निस्कन्छ । प्यूपा अवस्थाबाट मोथमा रुपान्तरण हुँदा दिमागमा हुने हर्मोनले प्राथोरेसिक गन्थीले प्राथोरेसिक हर्मोन श्राव गर्दछ । प्यूपा मथमा रुपान्तरण गराउँछ । यसरी रेशम कीराको जीवनचक्र फुल, लार्भा, प्यूपा र वयस्क गरी चार अवस्थामा औषत रुपमा करिब ४५ देखि ५० दिनेमा पूरा हुन्छ ।
स्रोत: व्यवसायिक कीट विकास केन्द्र, रेशम विकास केन्द्र, खोपासी, काभ्रेको हाते बुकलेट

प्रतिक्रिया दिनुहोस्