२०८२ फाल्गुन १०

रेशम खेतीको परिचय तथा रेशम कीराको जीवन चक्र

पृष्ठभुमिः
किम्बु बोटबाट आहार विकास गरि रेशम कीरा पालनबाट प्राप्त कोया प्रशोधन गरी रेशम धागो उत्पादन गर्ने कार्यको एकीकृत रुपलाई नै रेशम खेती भनिन्छ । त्यसैले रेशम खेतीको छुट्टा–छुट्टै तीन पक्षहरु छन् : किम्बु खेती (आहार विकास), कीरा पालन तथा कोया उत्पादन र कोया प्रशोधन (रिलिङ) । रेशम जसलाई ‘रेशाका रानी’’ भनिन्छ । यो अति नै सुन्दर मुलायम, चम्कीलो र बलियो हुन्छ । रेशमको यिनै भौतिक एवम् प्राकृतिक गुणहरुको कारणबाट यसको तुलनामा कुनै पनि कृत्रिम रेशाहरु आउने सकेको छैनन् । एक पटक मानिसले रेशमको वस्त्र लगाइसके पछि यो वस्त्र लगाउँदाको आनन्द कहिल्यै भुल्न सक्दैनन । यसै कारण विश्वका विकसित देशहरुमा रेशमको माग बढी छ । अन्तर्राष्ट्रिय बजारमा मागको तुलनामा रेशमको आपूर्ति ज्यादै न्यून् रहेको छ ।

रेशम खेतीको महत्वः
(नेपालका व्यवसायिक खेतीमा कूल लगानीको ६० प्रतिशत श्रम पारिवारिक स्रोतबाटै आपूर्ति हुने वर्तमान सन्दर्भमा रेशम खेती वहुउद्देश्यीय, कम जोखिमपूर्ण कृषि व्यवसाय भएकाले ग्रामीण बेरोजगारी र अर्ध बेरोजगारीलाई पूर्ण रोजागार तर्फ उन्मूख गराई थप आय आर्जन गराएर गरीबी निवारणमा सहयोगी कार्यक्रमको रुपमा लिन सकिने ।
(रेशम खेतीको उत्पादनबाट ‘‘कम तौल बढी मूल्यको वस्तु’’ उत्पादन हुने र बजारको पहुँच नभएको ग्रामीण क्षेत्रमा वैकल्पिक महत्वपूर्ण आय आर्जनको स्रोतको रुपमा अपनाउन सकिने ।
(रेशम जन्य वस्तुहरुको उद्योग स्थापना हुने ।
(उत्पादित कच्चा धागो तथा रेशमबाट निर्मित वस्तु तयार गरी विदेशी मुद्रा आर्जन हुने ।
(भू-क्षय रोकथाम तथा पर्यावरणीय सन्तुलन कायम राख्न उपयोगी हुने ।

रेशमखेतीबाट हुने फाइदाहरुः
(प्रति रोपनी कोया उत्पादन ३५÷(४० केजी,
(रेशम कीरा पालन सामान्यः कृषि कार्यको कम व्यस्त समयमा गरिने हुँदा कृषि व्यवसायको परिपूरक, थप आय आर्जन तथा थप रोजगारीको रुपमा लिन सकिने ।
(रेशम कीरापालन कार्यक्रम विशेषत महिला र पाको उमेरका मानिस संलग्न हुने भएकोले परिवारका सदस्यहरुको फुर्सदको समय अधिकतम् सदुपयोग भई वाह्य श्रम कटौटी हुनुको अलवा महिला तथा बुढाबुढी वर्गको सामाजिक र आर्थिक प्रतिष्ठामा समेत वृद्धि गर्न सहयोगी सावित हुने ।
(रेशम खेतीको माध्यमले पुँजीको प्रवाह शहरी क्षेत्रबाट ग्रामीण र सम्पन्न वर्गबाट विपन्न वर्गमा स्थानान्तरणमा योगदान पुग्नुको साथै सहभागी कृषकहरुलाई नियमित आम्दानी आर्जन गर्न सु–अवसर मिल्ने ।
(किम्बु वहुउपयोगी विरुवा भएकोले हाँगा ईन्धन प्रयोजनमा, बोक्रा कागज बनाउन, फल जामजेली बनाउन र कीरालाई खुवाई बाँकी रहेको घाँस पशुलाई खुवाउन र कीराको विष्टा आदि उत्कृष्ट कम्पोष्ट मल हुने ।
(व्यापकस्तरमा रेशम खेती गरिएमा भूमिहीन कृषकहरुलाई कीरा पाल्ने र कोया उत्पादन पश्चात कार्यजस्तै ः कोया संकलन, संचय, धागो कात्ने र कपडा तयार गर्नु जस्तो रोजगारीको थप अवसर उपलब्ध हुने ।
(किम्बु बारीका डिल, नहर किनार जस्तो सीमान्त जमीनमा खेर गईरहेको जमीनको सदुपयोग मात्र नभई भू–क्षय रोक्न समेत सहयोगी सिद्ध हुने ।
(रेशम कीरापालनमा प्रयोग हुने कीरा पालन घर, सर सामाग्री विसंक्रमण र सरसफाइले समाजमा स्वतः स्वास्थ वातावरणको सिर्जना हुने ।

रेशम कीराका जातहरुः
रेशम खेती व्यवसाय विकासमा अत्यावश्यक तत्व मध्ये रेशम कीराका जात नै प्रमुख तत्वका रुपमा लिइन्छ । रेशम खेतीको इतिहास हेर्दा मनुष्य जातिले फाइदा लिन विभिन्न जातका रेशम कीरा पालन पोषण तथा संरक्षण गरेको पाइन्छ । यो बारे विभिन्न शारिरीक स्वरुप भएको, परिवृत्तिय ((Ecological/Morphological) भिन्नता र विशेषता भएको विभिन्न जाति विच समागमन (Cross) गराई बढी उत्पादन दिने जातहरु पनि विकास भएका छन् ।

रेशम कीराको वर्गीकरणः
बम्बिकस मोरी (Bombyx Mori) प्रजाति अन्तर्गतको रेशमकीरा चिसो रगत भएको रेशम कीरा बम्बीसिडी (Bombicidae) परिवार अन्तर्गत पर्दछ । यो कीरा इन्सेक्टा (Insecta) वर्गमा पर्दछ । यसलाई जापानी, चिनिया, यूरोपेली, कोरियाली र उष्ण जातिय रुपमा वर्गीकरण गरिएको छ । जापानी रेशम विशेषज्ञ योशिताके (१९६८) का अनुसार एक पुस्ते चिनियाँ रेशम कीराको जातबाटै धेरै लामा अवधि-अन्तरालपछि गएर विभिन्न रेशम कीराका जातहरु विकसित भएका तथ्य पुष्टि हुन्छ ।
(व्यापारिक उद्देश्य अनुरुप शितोष्ण प्रदेश (Temperate) मा जापानी जात (डमरु आकारका कोया) र चिनियाँ जातको (अण्डाकार कोया) समागमन पश्चात् प्राप्त हुने वर्णशंकर जात (F1) प्रयोजनमा ल्याइन्छन् । त्यस्तै उष्ण प्रदेशीय स्थानहरुमा वहुपुस्ते जाति वा जापानी-चिनियाँ जात र वहुपुस्ते जात बिच समागमन गराई त्यसबाट उत्पादित वर्णशंकर (CB) जात प्रयोगमा ल्याइन्छ ।

एक दुई र वहुपुस्ते रेशमकीराका विशेषताहरु पुस्ताका आधारित (Voltinism) हुने वर्गीएकरण:
एकपुस्ते  (Volitine): एक पुस्ते पुतलीले पारेको फुललाई प्राकृतिक वातावरणमा संरक्षण गर्दा उक्त फुलको सुषुप्तावस्था एक वर्ष पछि मात्र तोडिने भएकाले प्राकृतिक तवरमा वर्षभरिमा एक पटक मात्र कीरापालन गर्न सकिन्छ । एकपुस्ते रेशम कीरा चिसो स्थानमा पालन गर्न उपयुक्त हुन्छन् । लाभ्रेको अवधि तुलनात्मक (दुइ र वहुपुस्ते) रुपमा लामो हुन्छ । तुलानात्मक रुपमा (दुई र वहुपुस्ते) शरीर पनि ठूलो हुन्छन् । उच्च तामक्रम र आद्रता यी जातका कीरालाई उपयुक्त हुँदैन ।
दुईपुस्ते (Bi-voltine): दुई पुस्ता पुतलीले पारेको फुललाई प्राकृतिक वातावरणमा संरक्षण गर्दा फुलको सुषुप्तावस्था छ महिनापछि मात्र तोडिने भएकाले प्राकृति तवरमा वर्ष भरिमा दुई पटक मात्र कीरापालन गर्न सकिन्छ । यी जातका रेशम कीरा न्यानो प्रदेशमा पालन गर्नु उपयुक्त हुन्छन् । एकपुस्ते जातका रेशकमीरा (लाभ्रे) का तुलनामा दुईपुस्ते जातका लाभ्रेको अवधि छोटो हुन्छ । लाभ्रेको शारिरीक विकास बढालु रुपमा पाइन्छ । कोया र कच्चा रेशमको गुणस्तर असल हुन्छन् । उच्च तापक्रम र आद्रतामा यस जातका कीरा पालन गर्नु मध्यम रुपले उपयुक्त मानिन्छ ।
बहुपुस्ते (Multi-Volitne):बहुपुस्ते पुतलीले पारेकोे फुललाई प्राकृतिक बातावरणमा संरक्षण गर्दा उक्त फुल सुषुप्तावस्था नभईकन फुल पारेको १०–१२ दिनपछि पुनः कीरापालन गर्न सकिन्छ । यो प्रक्रिया वर्षैभरि चालु रहन्छ । बहुपुस्ते रेशमकीरा पालन न्यानो स्थानमा गर्नु उपयुक्त मानिन्छ । लाभे्रे हष्टपुस्ष्ट (Robust) हुन्छन् । कोया, साना र कच्चा रेशमको गुणस्तर कमसल हुन्छन् । केवल सुषुप्त अवस्थामा फूल पार्दछन् ।

काँचुली फेराइमा (Motinism) आधारमा हुने वर्गिकरण:
तीन पटक काँचुली फेर्ने (Tri-Moulter) लाभ्रेको अवधि छोटो हुन्छ । लाभ्रेको सप्रेको (Robust) शरीर हुन्छ । साना कोया बनाउँद छन् । मसिना धागो उत्पादन हुन्छ् । तीन पटक काँचुली फेर्ने लाभ्रे सामान्यतया चिनियाँ जातमा बढी पाइन्छन् । यी जातको कीरामा भालेको संख्या पोथीको भन्दा बढी पाइन्छ । (७५प्रतिशत)

चार पटक काँचुली फेर्ने (Penta-Moulters):
यस्तो लाभ्रे यःयतबतष्यलका कारण चारपटक काँचुली फेर्ने लाभ्रेबाट प्राप्त हुन्छ । लाभ्रेको अवधि लामा हुन्छ । कोया तथा लाभ्रे ठूला हुन्छन् । धागोको मोटाई बढी हुन्छ ।

रेशमकीराका प्रकारहरु :
रेशम कीराहरुले खाने वनस्पतिक आधारमा वर्गीकरणः
क) किम्बु रेशम कीरा (Mulberry Silk Moth)
ख) ईरी रेशम कीरा (केष्टरको पात खोन) (Eris Silk moth)
ग) मुगा रेशम कीरा (सखुवा, सिसौं र वयरको पात खाने (Muga Silk Moth)
घ) टसार रेशम कीरा (सखुवा, सिसौं र वयरको पात खाने (Tasar Silk Moth)

जीवन चक्र एवम पहिचानः
वयस्क पुतली :
सबै जातको रेशम कीराको जवजीवन चक्रमा चार अवस्था हुन्छ । फुल, लार्भा, प्यूपा र वयस्क पुतली) प्यूपाबाट पुतली निस्की सकेको केही समय पछि पोथी पुतलीले वास्नादार तरल पदार्थ फाल्दछ । र उक्त तरलको वास्नालाई पछ्याएर भाले पोथीसम्म पुगी योनीहरुको विचमा समागन भई भाले र पोथी छुट्टीएको साधारणतया एकघण्टा भित्रमा पोथीले फुल पार्न शुरु गर्दछ । र एउटा दुई पुस्ते रेशम कीराको पोथी पुतलीले आफ्नो जीवनकालमा एक पटकमा ५०० देखि ७०० वटा सम्म फुल पार्दछ । र फुल पारेको ४८(७२ घण्टा पछि मर्दछ ।

फुल:
रेशम कीरालाई फुल पार्नको लागि कोठा भित्रको तापक्रम २५ र सामेक्षिक आद्रता ७५ हुनुपर्दछ । उक्त वातावरणमा समागमनमा रहेका जोडी पुतलीलाई समागमन कार्यबाट विछोड गराई पोथी पुतलीलाई फुल पार्ने लोईङ काडमा राखी सेउला (सोलीले छोपी कोठालाई मध्य अँध्यारो बनाउनु उपयुक्त हुन्छ । जब पोथीले फुल पार्न शुरु गर्छ । शुरु गरेको २४ घण्टा भित्रमा शरीरमा भएको सबै फुल गोल आकार पारी विचमा थोरै ठाउँ खाली राख्दछ । यसले फुल पार्दा फूलहरु एकअर्का माथि खप्टीएको हुँदैन र फुल पारेको साधारतया २४ घण्टासम्म यसको रंग गाईको बिगौती रङगको हुन्छ र २४ घण्टा पछाडि यसको फलु हलका रातो हुँदै ७२ घण्टा पछि खरानी रंगमा परिवर्तन हुन्छ ।

लार्भाः
भरखर फुलबाट निस्किएको लाभ्रेको शरीरको रंग (Newly hatched larva) कालो, खैरो, रातो खैरो, खरानी, खैरो रंगका हुन्छन । लार्भाको शरीरको आधा मोटो र ठूलो, मोटो र पातलो, लम्बा ठूलो । लम्बा सानो, साधारण, सानो आकारका हुन्छन् । खुट्टाको रंग सेता, पहेँला, हल्का पहेँला रंगका हुन्छन् । फूलबाट चिल्सा निस्कन १० देखि १२ दिन लाग्दछ । यसरी फुलबाट चिल्सा निस्केको चिल्साहरुलाई लार्भा भनिन्छ । जसको रंग कालो अथवा कडा खैरो हुन्छ । रेशम कीराको लार्भाले सालाखाला ४ हप्ता किम्बुको पात खाई ४ पटकसम्म काँचुली फेरि पाँचौ अवस्थाबाट गुज्रिन्छ । र कोया बनाउने थाल्छ । यो नै यसको जीवनको सबभन्दा सक्रिय अवधि हो । त्यसपछि कोया बनाउनका लागि पालिएका ठाउँ गरिपरि उपयुक्त स्थानको खोजीमा घुम्छ ।

प्युपाः
पाँचौं अवस्थाको वयस्क लाभ्रेले ६-८ दिनसम्म पात खाएपछि पात खाने रुचि कम हुनाको साथ-साथै मुखबाट एक प्रकारको ¥याल निकाल्न शुरुवात गरि कीरापालन गरिएको किस्ति, नाङ्लो, ¥याकको छेउमा जम्मा भई कोया बनाउने साहरा खोज्दछन् । र कोयाको डल्लो बनाउँदछन् यसरी कोया बन्दाबन्दै लार्भा प्यूपा बनि सकेको हुन्छ । रेशम कीरा लार्भा अवस्थाबाट प्यूपामा रुपान्तरण हुँदा मुख्यतया प्राथो¥यासिक ग्ल्यान्ड र कर्पोरा एलाट भन्ने ग्रन्थी संकलन हुन्छन् । प्यूपाको शुरु अवस्थामा (Spiricle) विकसित भइनसक्ने हुँदा प्यूपाको रंग हल्का पहेँलो हुन्छ । प्यूपालाई २५० से. तापक्रम कायम गर्द १५ औं दिनमा मोथ निस्कन्छ । प्यूपा अवस्थाबाट मोथमा रुपान्तरण हुँदा दिमागमा हुने हर्मोनले प्राथोरेसिक गन्थीले प्राथोरेसिक हर्मोन श्राव गर्दछ । प्यूपा मथमा रुपान्तरण गराउँछ । यसरी रेशम कीराको जीवनचक्र फुल, लार्भा, प्यूपा र वयस्क गरी चार अवस्थामा औषत रुपमा करिब ४५ देखि ५० दिनेमा पूरा हुन्छ ।

स्रोत: व्यवसायिक कीट विकास केन्द्र, रेशम विकास केन्द्र, खोपासी, काभ्रेको हाते बुकलेट

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain