माटो परीक्षण शिविरपछि कृषकहरुले जनाए वैज्ञानिक कृषितर्फ प्रतिवद्धता
काठमाडौं फाल्गुन ७, “उर्वर माटो, समृद्ध किसान” भन्ने मूल नाराका साथ फ्रन्टियर अफ एग्रिकल्चरल रिसर्च एण्ड मेन्टरशिप (फार्म)द्वारा आयोजना गरिएको माटो शिविर कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा सह–आयोजकका रूपमा कृषि तथा वन विज्ञान विश्वविद्यालय (ए.एफ्.यू.)को अनुसन्धान तथा प्रसार निर्देशनालय तथा सहभागिता उक्त कार्यक्रम भरतपुर महानगरपालिका वडा नं. ६ को सहकार्य रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. ६ का वडा सदस्य रुद्र आचार्य गर्नु भएको थियो ।
कार्यक्रममा २५ जना किसानहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा शिविरको अध्यक्षता फार्म, ए.एफ्.यू. का अध्यक्ष सुजन लामिछानेले गर्नुभएको थियो ।
शिविरका स्रोत व्यक्तिहरू सिमा रिजाल र गुञ्जन गिरीले किसानहरूलाई माटो परीक्षणको महत्व, माटोको उर्वराशक्ति कायम राख्ने उपाय, सन्तुलित मल व्यवस्थापन तथा दिगो खेती प्रणालीबारे विस्तृत जानकारी दिएका थिए ।
उक्त शिविर कार्यक्रममा किसानहरूले आफ्ना खेतबाट ल्याइएको माटो नमूना परीक्षण गराई सोही आधारमा परीक्षण प्रतिवेदन समेत प्राप्त गरेका थिए । प्राप्त प्रतिवेदको नतिजाअनुसार उपयुक्त मलको मात्रा निर्धारण गर्ने तरिकाबारे पनि प्राविधिक जानकारी प्रदान गरेका थिए ।
नेपालको कृषि उत्पादन वृद्धि गर्न माटोको स्वास्थ्य संरक्षण अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै वैज्ञानिक विधिबाट मलखाद प्रयोग गर्न किसानहरूलाई आग्रह गरेका थिए । माटो परीक्षणको आधारमा खेती गर्दा उत्पादन लागत घट्ने, उत्पादन बढ्ने र किसानहरूको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने कुरामा जोड दिइएका थिए ।
सहभागी किसानहरूले वैज्ञानिक मलखाद प्रयोगसम्बन्धी उपयोगी जानकारी प्राप्त भएको उल्लेख गर्दै भविष्यमा त्यस प्रकारको प्राविधिक तथा सहयोगमूलक शिविरहरू निरन्तर सञ्चालन गर्न आयोजकसँग आग्रह गरेका थिए ।
“माटोको स्वास्थ्य जोगाउनु नै कृषिको भविष्य जोगाउनु हो” भन्ने सन्देशसहित कार्यक्रम समापन गर्दै आयोजकले वैज्ञानिक खेती प्रणालीमार्फत उत्पादन वृद्धि र किसानको जीवनस्तर उकास्न यस्ता शिविरहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्