काठमाडौं, फागुन १४, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दोश्रो त्रैमासिक अवधिको अनुगमन÷निरीक्षण, प्रयोगशाला सेवा, आयात÷निर्यात तथा गुणस्तर मापदण्डको कार्य प्रगति सार्वजनिक गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक अर्थात् २०८२ कार्तिक १ देखि २०८२ पौष मसान्त एवम् यस आ.व. को अद्र्धवार्षिक अवधि (२०८२ श्रावण १ देखि पौष मसान्त सम्म) मा सम्पन्न मुख्य कार्यहरू र सो बाट हासिल प्रगति यस प्रकार रहेका छन् ।
१.खाद्य उद्योग तथा बजार निरीक्षण, अनुगमन, खाद्य स्वच्छता तथा गुणस्तर नियमन
–अनुमतिपत्र जारी नवीकरण उद्योग नियमनः दोश्रो त्रैमासिक अवधिमा विभाग तथा विभाग मातहतका प्रदेशस्थित आठवटा कार्यालयहरूबाट नयाँ उद्योगको अनुमतिपत्र जारी १८८ वटा, उद्योग अनुज्ञापत्र नवीकरण ३३३ वटा तथा नयाँ उद्योग स्थापना गर्न सिफारिस ४२१ वटा गरी जम्मा ९४२ वटा उद्योगलाई अनुमतिपत्र जारी÷नवीकरण÷सिफारिस गरिएको थियो भने अद्र्धवार्षिक अवधिमा नयाँ उद्योग स्थापना गर्न सिफारिस ४३५ वटा तथा १,२१८ वटा उद्योगलाई नवीकरण÷सिफारिस गरी जम्मा १,६५३ वटा उद्योगलाई अनुमतिपत्र जारी÷नवीकरण÷सिफारिस गरिएको थियो।
–अनुगमन÷निरिक्षणः आर्थिक वर्ष २०८२÷८३ को दोश्रो त्रैमासिकमा खाद्य÷ दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल अनुगमन तथा उजुरी उपर तत्काल सम्बोधन टोली (च्बउष्म च्भकउयलकभ त्भबm) मार्फत कारबाही लगायत गरी जम्मा ३,०३८ पटक र अद्र्धवार्षिक अवधिमा ५,९०६ पटक निरीक्षण अनुगमन गरिएको थियो। अनुगमन गरीएका खाद्य तथा दाना व्यवसायहरू मध्ये बजार अनुगमन १,७०८ पटक, खाद्य तथा दाना उद्योग अनुगमन १,६६१ पटक, होटेल रेष्टुरेन्ट अनुगमन १,३०१ पटक, रेपिड रेस्पोन्स अनुगमन ३१३ पटक, दुध्तेल्पानी उद्योग अनुगमन ४९१ पटक, हाट बजार मेला महोत्सव अनुगमन ५६ पटक, म्ष्भतबचथ क्गउउझिभलत विक्री वितरण गर्ने पसल अनुगमन १३४ पटक, विद्यालय्क्याम्पस्हस्पिटल क्यान्टिन अनुगमन १८१ पटक, मोवाइल खाद्य प्रयोगशाला भ्यान संचालन गरी ६० पटक अनुगमन गरीएको छ।
–नमुना संकलनः आर्थिक वर्ष २०८२÷८३ को दोश्रो त्रैमासिक अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ बमोजिम जम्मा ८८६ र अद्र्धवार्षिक अवधिमा १,४५२ वटा नमुनाहरू संकलन भएको थियो। संकलित नमुनाहरू मध्ये दोश्रो त्रैमासिकमा ५९३ वटा र अद्र्धवार्षिक अवधिमा ९९९ नमुनाहरूको विश्लेषण परिक्षण भएकोमा खाद्यान्न÷दलहनका ३२८ वटा, प्रशोधित पिउँने पानीका ७३ वटा, फल तथा सागपात जन्य पदार्थका ९८ वटा, तेल तथा घ्यूजन्य पदार्थका १२४ वटा, मसलाका १०९ वटा, दुध तथा दुग्ध पदार्थका ६४ वटा, चिया÷कफीका ४४ वटा, गुलियो पदार्थका २५ वटा, कन्फेक्सनरीका २५ वटा, मासु तथा मासुजन्य पदार्थ ४ वटा, नुनको १० वटा र अन्य खाद्य पदार्थका ५२ वटा नमुनाहरू रहेकोमा विश्लेषण परिक्षण गर्दा दुध तथा दुग्ध पदार्थको ४ वटा, प्रशोधित पिउँने पानीका ४ वटा, तेल तथा घ्यूजन्य पदार्थको २ वटा, मसलाका ४ वटा, चिया÷कफीका २ वटा, खाद्यान्न तथा दलहनका ७ वटा र प्रशोधित पिउँने पानीका ७ वटा गरी जम्मा २६ वटा (२.६%) नमुनाहरूको परिक्षण प्रतिवेदन प्रतिकूल पाइएको र प्रतिकूल नमुना उपर कानुन बमोजिम कारबाहीका लागि अनुसन्धान प्रकृया अगाडी बढाइएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिकमा खाद्य स्वच्छता सर्भिलेन्सका अन्तर्गत १,०७४ वटा र अद्र्धवार्षिक अवधिमा १,९७३ वटा नमुनाहरू संकलन गरिएको थियो ।
–मुद्दा दायरीः आर्थिक वर्ष २०८२/८३ को अद्र्धवार्षिक अवधिमा ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा दोश्रो त्रैमासिकमा ४४ र अद्र्धवार्षिक अवधिमा जम्मा ६२ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो। दायर गरिएका मुद्दा मध्ये तेल तथा घ्यूजन्य पदार्थका १३ वटा, दुध तथा दुग्ध पदार्थका ६ वटा, फलफूल तथा सागपात जन्य पदार्थका ४ वटा, खाद्यान्न÷दलहनको ९ वटा, मसलाको २ वटा, नुनको १ वटा, चिया-कफीका २ वटा, प्रशोधित पिउँने पानीको ५ वटा र गुलियो पदार्थको २० वटा गरी जम्मा ६२ वटा खाद्य पदार्थका रहेका थिए। उक्त दायर गरिएका ६२ मुद्दा मध्ये ३४ वटा न्यून गुणस्तरका, ४ वटा लेबल सम्बन्धीका, २० वटा दूषित खाद्य पदार्थ सम्बन्धी र ४ वटा ऐन विपरीत कार्य सम्बन्धीका मुद्दाहरू रहेका थिए ।
–खाद्य पदार्थ फिर्ता आर्थिक वर्ष २०८२/८३ को अद्र्धवार्षिक अवधिमा कैफियत देखिएका विभिन्न किसिमका खाद्य पदार्थहरू जस्तैः बेकरीजन्य उत्पादन, फ्रुट बेभरेज, क्याण्डी, धुलो मसला, दालमोठ, चिया, प्रशोधित पिउँने पानी गरी जम्मा १३ पटक खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम फिर्ता गर्न आदेश जारी गरिएको थियो।
–मोबाइल खाद्य प्रयोगशाला भ्यानबाट अनुगमन÷निरिक्षण÷परिक्षणः आर्थिक वर्ष २०८२/८३ को अद्र्धवार्षिक अवधिमा मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी जम्मा ६० पटक विभिन्न खाद्य पदार्थहररू जस्तैः प्रशोधित दूध, तेल, प्रशोधित पिउँने पानी, घ्यू, पेय पदार्थ तथा ताजा फलफूल÷तरकारीलगायत विभिन्न खाद्य पदार्थहरूको स्थलगत प्रारम्भिक चेक जाँच तथा निरीक्षण अनुगमन एवं कारबाही गर्ने कार्य हुँदै आएको छ। यस त्रैमासिक अवधिमा काठमाडौं उपत्यका भित्रिने प्रमुख नाकाहरूमा तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परिक्षण साथै चाडपर्व लक्षित अनुगमनमा होटल रेष्टुरेण्टहरुको निरीक्षण अनुगमन गरी दुध, खुवा, पानी तथा होटलहरुमा प्रयोग भएका तेलको नमूना सकंलन तथा स्थलगत परिक्षण एवं आवश्यक कारबाही गरिएको थियो।गत भाद्र २३–२४ गतेको जेनजी आन्दोनलको दौरान खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र धनगढिको मोबाइल खाद्य प्रयोगशाला भ्यान क्षति हुन गएको कारण सो क्षेत्रमा मोबाइल खाद्य प्रयोगशाला भ्यान परीचालन गरी अनुगमन निरिक्षण गर्न नसकिएको ।
–खाद्य पदार्थ जफत नष्टः यस आ.व. को अद्र्धवार्षिक अवधिमा चाडपर्व लक्षित तथा नियमित अनुगमनमा विभाग लगायत मातहतका कार्यालयहरूबाट निरीक्षणका क्रममा उपभोग्य मिति समाप्त भएका, खाद्य अनुमति पात्र नलिएका, पूर्ण लेबल विवरण नभएका, स्थलगत परिक्षणमा कैफियत देखिएका र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत रहेका रु. २९,०४,१५२ (अक्षेरुपी रु. उनन्तीस लाख चार हजार एक सय बाउन्न रुपैयाँ मात्र) बराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको थियो। जफत नष्ट गरिएका खाद्य पदार्थहरूमा कैफियत देखिएका पेय पदार्थ, मिठाई, खाद्यान्न, तेल, मसला, चिप्स, चकलेट, कटान क्यान्डी, खाद्यान्न मासु जन्य खाद्य पदार्थ, आदि साथै प्रशोधित पिउँने पानीको जार र कृतिम रंग रहेका थिए।
–खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्ड निर्धारणः खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ को दफा (३) बमोजिम परम्परागत नेपाली खाद्य पदार्थ छुर्पी र मस्यौराको अनिवार्य गुणस्तर मापदण्ड मिति २०८२÷०९÷२१ मा नेपाल राजपत्रमा प्रकाशित भएको छ। छुर्पीको मापदण्ड प्रकाशित भएको मिति देखि नै जारी हुने र मस्यौराको मापदण्ड प्रकाशित भएको मितिले एकानब्बेऔं दिनबाट लागू हुनेछ।त्यसैगरी, रोल्ड ओट्सको अनुवार्य गुणस्तर मापदण्ड मिति २०८२/१०/०५ मा नेपाल राजपत्रमा प्रकाशन भएको र सो मापदण्ड पनि प्रकाशित भएको मितिले एकानब्बेऔं दिनबाट लागू हुनेछ।साथै, खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ को दफा (५) को उपदफा (१) बमोजिम गठन भएको खाद्य स्वच्छता तथा गुणस्तर सिफारीस समितिले गुन्द्रुकको अनिवार्य गुणस्तर मापदण्डलाई नेपाल सरकार समक्ष सिफारिसका लागि स्वीकृत गरेको। उक्त मापदण्ड नेपाल राजपत्रमा प्रकाशनार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत ६० दिने समय सीमा सहित मिति २०८२÷१०÷१५ गते ध्त्इ ल्यतषष्अबतष्यल भएको छ ।
२. खाद्य आयात निर्यात नियमन
–आयात अनुमतिपत्र स्वीकृत÷अस्वीकृतः आर्थिक वर्ष २०८२/८३ को अद्र्धवार्षिक अवधिमा जम्मा ७,८७३ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरिएको थियो। यस वर्ष आवश्यक कागजात पूरा नभएका, पूर्ण लेबल विवरण नभएका साथै सेवाग्राहीको माग अनुसार मसला, कच्चा तेल, बेकरी सर्टनिंग, भिटामिन प्रिमिक्स, चामल, चाउचाउ, तिलको तेल, लिक्विड ग्लुकोज आदि लगायतका विविध खाद्य पदार्थहरू गरी २२९ वटा कन्साइन्मेन्टहरुको अनुमति अस्विकृत गरिएको थियो। खाद्य पदार्थको आयात अनुमति पत्र जारी गर्ने कार्य नेपाल राष्ट्रिय एकद्वार प्रणाली बाट अनलाइन मार्फत सेवा दिने कार्य भइरहेको छ ।
–आयात÷निर्यातका लागि प्रयोगशाला सेवाः यस दोश्रो त्रैमासिक अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा १३,१८० वटा प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएकोमा ६ वटा नमुना प्रतिकुल पाइएको साथै अद्र्धवार्षिक अवधिमा २९,२४५ वटा प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएकोमा २२ वटा नमुना प्रतिकुल पाइएको थियो ।
–निर्यात सहजीकरणका लागि हेल्थ सर्टिफिकेट तथा जारीः दोश्रो त्रैमासिक अवधिमा निर्यात प्रयोजनका लागि विभागबाट प्रयोगशाला परिक्षण तथा हेल्थ सर्टिफिकेट जारी गरी निर्यात सहजीकरण गरिएको थियो।यसैगरी, विभाग तथा मातहतका कार्यालयहरूका प्रयोगशालाहरूबाट विभिन्न खाद्य पदार्थहरू जस्तैः छुर्पी, चिउरा, गेडागुडि, खाद्यान्न, अचार, मसलाजन्य पदार्थ, फ्रेस अदुवा, मह, प्रशोधित वनस्पति तेल, चिया, कफी लगायतका खाद्य पदार्थहरू विभिन्न देशहरूमा निर्यातका लागि ऋइब् जारी गरीएको छ ।
३. अहारपूरक खाद्य पदार्थ नियमनः यस दोश्रो त्रैमासिक अवधिमा २५० वटा आहारपूरक खाद्य पदार्थको उत्पादन दर्ता र ४४५ वटा आहारपूरक खाद्य पदार्थको नवीकरण समेत गरी जम्मा ६९५ वटा र अद्र्धवार्षिक अवधिमा ३४३ वटा आहारपूरक खाद्य पदार्थको उत्पादन दर्ता र ७९२ वटा आहारपूरक खाद्य पदार्थको नवीकरण समेत गरी जम्मा १,१३५ वटा आहारपूरक खाद्य पदार्थ नियमन गरिएको थियो ।
४. प्रयोगशाला विश्लेषण सेवा
क.प्रयोगशाला विश्लेषण
आर्थिक वर्ष २०८२÷८३ को दोश्रो त्रैमासिक अवधिमा विभागको राष्ट्रिय खाद्य तथा दाना रेफरेन्स प्रयोगशाला तथा विभाग मातहतका सातवटै प्रदेशस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरूका प्रयोगशालाहरूबाट अनुगमन÷निरक्षण, खाद्य उद्योग अनुमतिपत्र जारी÷नवीकरण, निर्यात प्रयोजन लगायतका विभिन्न स्रोतहरूबाट प्राप्त खाद्य तथा दाना पदार्थका नमुनाहरू जम्मा ५,६६७ वटा र अद्र्धवार्षिक अवधिमा ११,३११ वटा नमुनाहरूको प्रयोगशाला जाँच परिक्षण गरिएको थियो ।
ख. आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परिक्षण
यस आर्थिक वर्ष २०८२÷८३ को दोश्रो त्रैमासिकमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा कुल १७,१७७ वटा फलफूल तथा तरकारीहरूको नमुनामा च्द्यएच् विधिबाट विषादी अवशेष परिक्षण गरिएकोमा १७ वटा नमुना प्रतिकुल पाइएको थियो साथै अर्ध वार्षिक अवधिमा ३४,८५५ नमुनामा च्द्यएच् विधिबाट विषादी अवशेष परिक्षण गरिएकोमा १९ वटा नमुना प्रतिकुल पाइएको थियो ।
ग. आन्तरीक बजारमा विक्री वितरण हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परिक्षण
यस आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिकमा विभागबाट काठमाडौं प्रवेशविन्दु (नागढुंगा,जगाती, टोखा, आदी) तथा काठमाडौं उपत्यकका मुख्य फलफूल तरकारी बजारहरू (काठमाडौं तथा ललितपुर) एवं विभाग मातहतका प्रदेशस्थित कार्यालय (विराटनगर कार्यालयबाट धरान तथा इटहरी बजारमा) बाट विभिन्न फलफूल तथा तरकारीको कुल १,२५३ नमुना संकलन गरी परिक्षण गरीएकोमा काठमाडौको सीतापाइलामा एउटा रायोको सागको नमुनामा विषादी अवशेष द्रुत विश्लेषण कार्यक्रम संचालन निर्देशिका, २०७५ तोकेको मापदण्ड प्रतिकुल पाइएको थियो भने बाँकी सबै नमुनामा अनुकुल नतिजा प्राप्त भएको थियो ।
साथै अद्र्धवार्षिक अवधिमा विभाग तथा विभाग मातहतका प्रदेशमा रहेका तथा नाकामा रहेका कार्यालयहरूबाट कुल जम्मा ३६,१०८ नमुनामा च्द्यएच् विधिबाट विषादी अवशेष परिक्षण गरिएको थियो ।
अन्त्यमा, खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विभिन्न समाचार सामाग्री महत्वका साथ प्रकाशन तथा प्रसारण गरी आम उपभोक्ताहरुलाई सुसूचित गर्न पत्रकार मित्रहरुले पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि आम उपभोक्ता वर्गमा जनचेतना जगाउने कार्यमा सहयोग प्राप्त हुने विभागले आशा एवम् विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्