२०८२ चैत्र ३

निजी क्षेत्र अर्थतन्त्रको मुटु हो : मन्त्री सिन्हा

धनबहादुर मगर
काठमाडौं, चैत्र १, नेपाल सरकार वाणिज्य विभागको आयोजनामा “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित विश्व उपभोक्ता अधिकार दिवस–२०८२ बबरमहलस्थित कार्की बकिटमा सम्पन्न भएको छ ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि उधोग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हा
विश्व उपभोक्ता दिवस २०८२ लाई सम्वोधन गर्दै नेपालको संविधानको धारा ४४ ले उपभोक्ताको हक कायम गरेको छ । उपभोक्ता अधिकारकर्मीहरुको कारण जनचेतना वृद्धि भएका छन् । सञ्चारकर्मीहरुले सूचनाको माध्यमबाट उपभोक्ताहरुमा सूसुचित गर्ने कामगरेको बताउनु भयो । साथै सिंन्हाले प्रचारमूखी भन्दापनि वस्तुनिष्ठ भएर अगाडि बढ्नुपर्ने कुरामापनि जोड दिएका थिए ।
साथै भाद्र २३ र २४ भाद्र सरकारको उपस्थिति, बस्न खान नभएको अवस्था थियो । व्यवसायीहरुलाई अनावश्यक अभाव सिर्जना नगरेको भनि धन्यवाद दिनु भएको छ । मन्त्री सिन्हाले कानून भएर मात्र हुँदैन, प्रभावकारी कार्यन्वयनमा चुकेको छ । उपभोक्ता अदालत मेरो ध्यानमा थिएन । २४ पछि पनि डर थियो तर भएन । ६ महिना विचमा उपभोक्ता अदालत गठन, बाल अदालत गठन गर्नु अवसर पनि हो । मान गर्ने मात्र होइन । कसरी चलायमान बनाउने स्रोत साधानमा सहज बनाउनु तपाईहरुको काम हो । थप सरकारी प्रयासहरु हुनु पर्छ । आगामी दिनमा उपभोक्रा हित संरक्षणको कामलाई सन्तुलित रुपमा अगाडि बढ्नु पर्छ । अनुगमनमा प्रविधि मैत्री हुन सकेको छैन । १०० जना प्रहरीलाई १० जनाले थर्काएको अवस्था छ । दक्ष जनशक्ति र उच्च प्रविधिको खाँचो छ ।
गत वर्ष बाढीपहिरोको बेला सञ्चारकर्मीले ठूलो सूचना सञ्चारमा ठूलो भूमिको खेलेको पनि बताउन भयो । त्यतिबेला पनि पेट्रोलियम पदार्थ बाढीपहिरोको कारण डाइभर्ट गर्नु पर्ने अवस्था थियो । खाद्य प्रविधि पूर्णरुपमा नष्ट भएको अवस्था थियो ।
बजारको सूधार, उपभोक्ताको हित, सर्वोपरी सचेत उपभोक्ता, विवेकशील उपभोक्ता तयार हुन आजको आवश्यकता छ । वस्तु उत्पादन, र भान्सा देखिको भण्डारण, गुणस्तरीयता बनाउन उद्योगी व्यवसायीसँग आग्रह गर्दछु ।
उपभोक्ता अदालतलाई अझ प्रभावकारी बनाउन जरुरी छ । अत्यवश्यक वस्तुको भण्डारण, इन्धन भण्डारण क्षमता हप्तादिनको लागि भन्ने सुनिन्छ । सकारात्मक परिवर्तन जरुरी छ । नागरिकको चुलो अझ पनि राम्रोसँग बलेको छैन ।
कार्यक्रममा उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने विषयमा जोड दिइएको हो ।
सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासनको अवधारणालाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको वाणिज्य सचिवमहुसुदन बुर्लाकोटीले बताउनु भयो ।
उधोग, वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक रोशन ज्ञवाली सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी, व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उपभोक्ता दिवसको अवसरमा उपभोक्ता अधिकार तथा आर्थिक क्षेत्रमा योगदान पु¥याउने सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुकालाई सम्मान पनि गरिएको छ । सो क्रममा इकोनोमिक्स खबरका समाचार प्रमुख प्रेम प्रसाद पौडेल सम्मान गरिएको थियो ।
आर्थिक पत्रकारहरूले बजार, उपभोक्ता अधिकार तथा आर्थिक गतिविधिका विषयमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

विश्वव्यापी रूपमा मनाइने दिवस :
हरेक वर्ष मार्च १५ मा विश्वभर उपभोक्ता दिवस मनाइन्छ । उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

विश्वभर नै पछिल्ला वर्षहरूमा बजार अनुगमन, उपभोक्ता सचेतना तथा गुणस्तरीय वस्तु–सेवाको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain