२०८२ चैत्र १०

लाहा खेतीको महत्व

डा.रेशमवहादुर थापा
परिचय :
लाहा मानव जातिको लागि प्रकृतिको उपहार हो र कीरा जगतको एक व्यावसायिक उत्पादन हो । लाहा कीराहरु पाली रोजिनयक्त प्रदार्थको उत्पादन गर्नुलाई लाहा खेती भनिन्छ । लाहा कीराले राल, लाहा डाई र लाहा मोम उत्पादन गर्दछ । यसको खेती विश्वका थोरै राष्ट्रहरु र एसियाका केही देशहरु जस्तै वर्मा, थाईल्याण्ड र भारतमा गरिन्छ । लाहा कीराको फुल ०.४ मि. मि. गनुा ०.२ ५५ मि.मि. आकारको, गुलावी रंगको हुन््छ । फुलबाट निस्कना साथ वच्चा लाहा कीरा ०.६ मि.मि. गुना ०.२५ मि.मि. गनुा ०.२५ मि.मि. हुन्छ ।
पोथी :
लाहा कीराका आश्रयदाता विरुवाहरु लाहा कीराका दुई जातहरु (कुसुमी र रंगीनी) ५० भन्दा बढी किसिमका विरुवाहरुमा राम्ररी फस्टाउन सक्दछन् । कुसुमी जातको लाहा कीराले मुख्यतयाः कुसुम र ववलु दुई प्रकारका विरुवाहरु खान मन पराउँछ । रंगीनी जातको लाहा कीरा चाहीँ धेरै प्रकारका विरुवाहरु जस्तै पालस, वयर, पिपल, रहर, आदि विरुवाहरुमा सजिलै पाल्न सकिन्छ ।
कुसुमी लाहा कीराले आफनो जीवनमा (०.०६९ ग्राम) र रंगीनीले (०.०२९ ग्राम) भन्दा वढी लाहा उत्पादन गर्दछन् । पलास, वयर देखाईएको छ ।

लाहा उत्पादनः
लाहा कीराको उत्पादन तालिका १ मा देखाईएको छ । र कीराको शरीर हुन्छन् । लाहालाई शुद्धिकरण गर्ने क्रममा लाहाका अन्य सह उत्पादनहरु पनि तयार हनु्छन् । लाहा कीराको उत्पादन स्टिक लाहा र प्रशोधन पछि तयार चक्की लाहा तथा शेल्याक तयार गर्न सकिन्छ ।

लाहा खेतीको महत्वः
लाहा कीराको वर्णन धेरै परुानो धर्मशास्त्र अर्थवेदमा गरिएको छ । त्यसमा लाहा कीरालाई लाख भनेर भनिएको छ जसको अर्थ हुन्छ सय हजार । फुलबाट बच्चा निस्कने बेलामा यी कीराहरु हजारौंको संख्यामा देखा पर्ने भएकोले पनि तिनीहरुलाई लाख भनि उल्लेख गरीएको हन सक्दछ । वास्तवमा लाहाको महत्व बारे विश्वका धेरै जसो मानिसहरु अनविज्ञ छन् । अधिकांश मानिसहरुलाई यस वारेथाह पनि छैन । विभिन्न लेखहरुमा लाहाको महत्ववारे वर्णन गरेको पाईछ । पूरातन समय देखि, ग्रीक र रोमीहरू लाहाको प्रयोगसँग परिचित थिए । एशियामा लाहा कीराको इतिहास लामो छ । चीनमा यसको खेती रेशम उद्योगको विकासँग–सँगै थियो ।
कौरवहरुले लाहाको एउटा सुन्दर दरवार बनाएका थिए । त्यसैलाई (लक्ष्य गृह) भनेर भनिन्थ्यो । यो दरवार पाण्डवहरुलाई आगो लगाएर मार्ने अभिप्रायले बनाईएको थियो भन्ने यथार्थ विवरण महाभारतमा उल्लेख गरेको पाईन्छ । वुद्ध धर्मको मूल लेख विषयमा लाहाबाट रंग तयार गरी त्यसको प्रयोग गर्ने तरिका वारे वर्णन गरेको पाईन्छ । त्यसैगरी ऐना अखवारीमा लाहाको आर्क थियो । यसको महत्ववारे वर्णन गरेको पाईछ । यसको आर्कषक महत्व बारे सन् ८०० मा उल्लेखित रिपोर्टमा जापानीहरुले वर्मामा फेला पारेका छन् । लाहालाई वास्तविक अर्को महत्वको वस्तुको गणनामा उन्नाईसौं शताव्दीको शुरुदेखि मात्र राख्न थालियो जतिबेला लाहाबाट तयार गरिएका विभिन्न आर्कषक वस्हरुको वस्तु व्यापार अन्तर्राष्ट्रिय बजारमा देखिन थाल्यो । वास्तवमा लाहाको महत्व धेरै छन् ।

रोजगारी र आयआर्जनको स्रोतः
लाहा खेती रोजगार सिर्जनाको राम्रो स्रोत हो । एक हेक्टर कुसुमी लाहा खेतीले एक वर्षमा ६२० जना रोजगार दिन सक्छ ।
लाहा खेतीलाई विभिन्न जनजातीहरुको जीवन निर्वाहको मुख्य स्रोत मानिन्छ । भारतमा ४०,०००,००० भन्दा वढी मानिसहरु, खासगरी आदिवासीहरु यस पेशामा संलग्न छन् ।
ग्रामीण परिवारहरुले आफनो आम्दानीको राम्रो प्रतिशत रकम लाहा उद्योगबाट आर्जन गर्दछन् । यो खेतीबाट त्यहाका कृषकहरुले बढी फाइदा लिएको देख्न सकिन्छ ।
३ वटा विभिन्न आश्रयदाता रुखमा लाहा खेतीको लागत प्रतिफल, नाफा नोक्सान अनुपातले यो खेतीबाट हनुे फाईदा प्रस्ट देखिन्छ । त्यसैले लाहा खेतीले ग्रामीण वेरोजगारी समस्या सामाधान गर्दछ । ग्रामीण गरीव जनताहरुको आकर्षक सार्थक छ । विदेशी मुद्रा आर्जन गर्न सहयोग गरी राष्ट्रिय अर्थतन्त्रलाई नै सदृढ पार्नमा योगदान पु¥याउँछ ।

जैविक विविधताको संरक्षणः
खाद्य, कृषि, औषधि र उद्योगमा जैविक विविधताको प्रत्यक्ष योगदान रहेको छ । लाहा उत्पादनहरुको प्रयोग समयसँगै परिवरन भएको छ । लाहा पर्यावरण र जैविक विविधता मैत्री आत्मनिर्भर पारेर जैविक विविधता संरक्षण, खाद्य सरुक्षा र दिगो विकासमा महत्त्वपूर्ण योगदान परुयउँछन । आ ् र्क थि विकासको लागि वन आवरण खेतीको प्रवद्र्धन सुनिश्चित छ । दृष्टिकोणले वर्तमान वैज्ञानिक लाहाको खेतीले राम्रो आयस्रोतको सम्भावना दिएको छ । यो खेती नेपालको लागि पनि अत्यन्तै राम्रो हुन सक्छ । तर नेपालमा यो खेती आजसम्म गरिएको छैन ।

जागरूकतासँगै, लाहाको महत्वः
खेर गैरहेको जमीनको सदुपयोग लाहा खेती खासगरी कुसुम, पलास र पिपल जातका विरुवाहरुमा गरिन्छ । यी विरुवाहरुलाई विभिन्न प्रकारको हावापानीमा हुर्काउन सकिन्छ । यिनीहरुको खेती गर्नाले
खेर गईरहेको जमीनको सदुपयोग हुन््छ । यी विरुवाहरुलाई खेतवारीमा लगाउनाले भ–क्षयलाई रोक्दछ । हामीले यिनिहरुबाट दाउरा र काठ प्राप्त गर्न सक्दछौं । अनि यस्ता विरुवाहरुबाट हाम्रा जनावरहरुका लागि डाले घाँस पनि उपलव्ध हुन्छ । साथै यसले माटोमा प्राङ्गारिक पदार्थ विभिन्न उद्योगमा प्रयोग
लाहा एउटा वह उपयोगी रोजिनयुक्त प्राकृतिक वस्तु हो । यो त थर्मोप्लास्टिक र यूवी प्रतिरोधी छ । यसको वह गुणकारी गुणले गर्दा यसलाई विभिन्न प्रयोजनको लागि तथा धेरै प्रकारका वस्तुहरुको तु निमार्णको लागि प्रयोग गरिन्छ । पहिलेग्रामोफोन रेर्कड तयार गर्ने उद्योगहरुमा मात्र लाहाको प्रयोग हुने गर्दथ्यो । तर आजकल धेरै प्रकारका उद्योगहरु यसका प्रमुख उपभोक्ता हुन पुगेका छन । यसको प्रयोग विभिन्न उद्योगहरु, फर्निचरहरुमा लगाउने पालिस तयार गर्न, विभिन्न प्रकारका रंगहरु, भार्निसेसहरु,
विजलीका सामानहरु सिलिङ फैन, छपाई मेसिनहरु, आदि बनाउन प्रयोग गरिन्छ । भर्निसिंङ फिनिसिङ र रंगरोगनको प्रमुख तत्वको रुपमा लाहाको प्रयोग हुन्छ ।
यसले विभिन्न सामाग्रीहरुलाई सिर्गानको साथै ती सामाग्रीहरुलाई पानीबाट विग्रन र खियाबाट बचाउन मद्दत गर्दछ । लाहा मिसाई कुनै रंग तथा प्राईमरहरु तयार गरिएको छ भने त्यो राम्ररी टांसीन र लामो समयसम्म टिकाउ हुने हुन्छ ।
छपाई तथा फोटोग्राफी व्यवसायमा लाहाको प्रयोग विभिन्न प्रयोजनको लागि गरिदैं आएको छ । रवर रोलहरुलाई बचाउ गर्न, लेसिलो मसी तयार पार्न, पानीले नविगार्नेमसी बनाउन, फिलिमको साउण्ड ट्रयाकलाई बचाउन र फोटोको नेगेटिभहरुलाई सुरक्षित राख्न लाहाको उपयोग गरिन्छ । यसमा उत्कृष्ट फिल्म निर्माण गुणहरू छन् । चिल्ला चम्कीने कागजको निमार्ण गर्न र सुचिकारको चक तयार पार्न पनि यसको प्रयोग गरिन्छ ।
लाहा रोल, डाईको आयुर्वेद र सिद्ध चिकित्सा पद्धतिमा व्यापक प्रयोग भएको पाइन्छ । शेल्याक लाहा विषालु वस्तु नभएकोले औषधिका चक्की र बाहिरी आवरण तयार गर्न पनि प्रयोग हुन्छ ।
औषधि (चक्की, टेबल र जेल, क्याप्सुलको रयाप्सु टिंगको नियन्त्रित रिलिज साथै रासायनिक मल तथा विषादीहरुलाई विस्तारै मात्र पग्लन र तिनीहरुको असर लामो समयसम्म प्रयोग गरेको ठाउँमा रहीरहोस् भनेर लाहाको लेपन लगाईन्छ । यो ट्याब्लेटका लागि इन्टरिक अर्थात पाचन रस–
प्रतिरोधी) कोटिंग्सको लागि र ड्रयागरहरू कोलागि गन्ध अवरोधको रूपमा प्रयोग गरिन्छ ।
लाहा नफुट्ने लचकदार, हल्कादार वस्तु हो र यस तुरुन्तमा ३० प्रतिशत अल्युरिक अम्ल हुन्छ । यो अल्कोहलमा घुल्ने वस्तु हो र यसलाई दामी श्रृँगार सामाग्रीहरु जस्तैः सिरेटोन, डाईहाइड्रो सिरेटोन र सम्बन्धी ल्याक्टोनहरु निमार्ण गर्न प्रयोग गरिन्छ ।
यसलाई मस्कारा नेल वार्निस एडिटिभ कन्डिसनिङ स्याम्पु, ह्पेयर स्प्रे, स्प्रे काजलको बाइण्डर फिल्म बनाउने एजेन्ट, भर्ने सामग्रीको रूपमा प्रयोग गर्छन । यो खेलौना, बटन, भाँडा र कृत्रिम छालाको तयारीमा पनि प्रयोग गरिन्छ । कसरी जस तुस्तै गन्ध भएको सिभेटोन, एम्ब्रेटोलाइड, आइसोआम्ब्रेटोलाइड इत्यादिको संश्लेषणको लागि उत्कृष्ट प्रारम्भिक सामग्री भएकाले अत्तर र औषधिको क्षेत्रमा एल्र्युटिक एसिडको निरन्तर बढ्दो माग छ । अत्तर उत्पादन गर्ने कम्पनीहरू फ्रान्स, इटाली, जर्मनी, संयक्त राज्य अमेरिका आदिमा यसको माग धेरै छ ।

लाहा डाई एन्थ्रोक्विनाइड डेरिवेटिभहरू को मिश्रण हो । यो परम्परागत रूपमा ऊन र रेशम रंग गर्न प्रयोग गरिन्छ । यो फल कोटिंग्समा, प्रयोग गरिन्छ, जस्तै सिट्रस फलफूल र स्याउका लागि, मिठाई, मार्जिपान, चकलेट आदिका लागि पार्टिङ र ग्लेजिङ्ग एजेन्टहरू । खाद्य पदार्थ स्ट्याम्प मसीका लागि बाइन्डरको, रूपमा पनि प्रयोग गरिन्छ, जस्तैः पनीर र अण्डाहरूको लागि ।
मिठाई, च्युइगम, मार्जिपान चकलेट, नटी, जेली र कफी–वीन्स, आदिको कोटिंग, मा प्रयोग गरिन्छ । फुड मार्किङ, र स्ट्याम्पिङ, मसीका लागि वाइन्डर र अण्डा कोटिंगका लागि बाइण्डर, को रूपमा प्रयोग गरिन्छ । प्रशोधित खाना, तरकारी, फलफूल र संखु्खा फूलहरूको लागि बाधा कोटिंग, कपडा टेक्सटाइल सहायकको रूपमा प्रयोग गरिन्छ र टोपी कडा बनाउने एजेन्टहरू लागि प्रयोग गरिन्छ । यो खाना र पेय उद्योगमा रंगको लागि प्रयोग गरिन्छ ।
भविष्यमा लाहा र लाहामा आधारित उत्पादनहरू प्रचुर मात्रामा प्रयोग हुने क्षेत्रहरू यस प्रकार छन ।
१. फलफूल र तरकारी कोटिंग उद्योग,
२. सफ्ट पेय उद्योग,
३. चकलेट र क्याण्डी, कोटिंग उद्योग,
४. फार्मास्यूटिकल उद्योग,
५. विद्युतीय उद्योग,
६. सौन्दर्य श्रृँगार उद्योग,
७. कपडा रंगाउने लाहा डाई उद्योग र
८. विभिन्न पोलिमरहरूसँग सेल्याकको मिश्रण ।
लाहा होस्ट बिरुवाहरूको सावधानीपूर्वक चयन एक विशेष लाहा होस्ट बिरुवाहरूको सावधानीपूर्वक चयन एक विशेष क्षेत्रको लागि महत्वपूर्ण छ, विभिन्न प्रकारका वनहरू जस्तै, कृषि वन, सामाजिक वन, संयुक्त वन व्यवस्थापन, फोहोर भूमि व्यवस्थापन, काठ वृक्षारोपण आदि । उत्पादनशीलता र नाफा बढाउन लाहामा आधारित विविध खेती प्रणालीको विकास गर्न मिल्ने अन्तरबाली, औषधी र सुगन्धित बिरुवा, वन उत्पादन आदि सहितको लाहा वृक्षारोपण स्थापना गर्न सकिन्छ ।
पिछडिएका क्षेत्रका वँचित र पिछडिएका मानिसहरूलाई फाइदा पु¥याएर कार्वन क्रेडिट कमाउन, हाम्रो कार्वन फुट प्रिन्ट कम गर्न एक आदर्श “सूर्य उदय“ उद्योगको रूपमा हेरिन पर्छ ।

सन्दर्भ ग्रन्थसूची :
थापा, रेशम बहादुर २०११. औद्यौगिक कीरा विज्ञान लेक्चर नोट । कृषि र पशुविज्ञान अध्ययन संस्थान, रामपर, चितवन, थापा, रेशम लिचीमा लाहा कीराको क्षति । नेपालिज मण्डल, जेपी. २०१४. पुरुलिया जिल्लामा लाख खेतीको लागत र यसको लाभ–एक अध्ययन । व्यापार स्पेकट्रम

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain