
-चित्रबहादुर श्रेष्ठ
चितवन जल्ला अवस्थित नारायणगढ–मुगलिङ्ग खण्डको नारायणगढ बजारदेखि करिब ५ कि.मि. उत्तरतर्फ र मुगलिङ्ग बजार दखि ३० कि.मि. दक्षिण चुरे पहाड र नारायणी नदि किनार जुगेडी बजार रहेको छ । तत्कलाीन चितवन जिल्लाको पहाडी भू–भाग, कविलास, काउले गाउँपालिका लगायत आसपासका गाउँपालिका अन्तरगत र तनहुँ (देवघाट क्षेत्र)मा बसोवास गर्ने जनताहरुलाई आवश्यक पर्ने, खाद्यान्न, नुन, तेल, लत्ता–कपडा लगायत माल सामान खरिद गर्नेर आफूसँग उत्पादित कृषिजन्य वस्तु लगायत पशुपन्छि बिक्री गर्ने सामान्य व्यवसाय गर्न सहज र पायक पर्ने स्थान भएपनि अत्यन्तै चहल–पहल भएको बजारको रुपमा चर्चित थियो जुगेडी बजार । त्यस समयका सडकहरु व्यवस्थित थिएन । त्यस बखतको नारायगढ–मुगलिङ्ग गोरेटो सडक थियो । जंगल छिचोल्दै, झाडी पन्छाउँदै, हिँड्नु पर्ने थियो । सडकहरु नभएका कारण त्यस क्षेत्रका जनताहरुलाई अन्य बजारहरुमा खरीद, बिक्री गर्न आउन जान सम्भव थिएन । त्यस पहाडी क्षेत्रमा अधिकांस चेपाङ्ग, गुरुङ र विश्वकर्मा लगायतका आदिवासी जनजाति जनसमुदायहरु बसोवास गर्दै आइरहेका थिए । चितवन जिल्लाको समथर खेतियोग्य तराई भू–भाग जंगल थियो र राजा–राणाका भाई भारदारहरुको जंगली शिकार गर्ने स्थानको रुपमा परिचित थियो । त्यस पहाडी भू–भाग जंगलको रुपमा परिचित थियो । त्यस पहाडी भू–भागमा बसोवास गर्ने जनताहरु श्रमप्रति विश्वास गर्ने अत्यन्तै परिश्रमि र तर अशिक्षित, गरीबी र रोग, भोकले अक्रान्त थिए । उब्जाउने भूमि ज्यादै कम भएको हुँदा आफूले उत्पादन गरेको खाद्यान्न, वस्तुको वर्ष दिन खान नपुगी कतिपय अवस्थामा भोकभोकै (वा) जंगली कन्दमुल, तरुल, गिठ्ठा–भ्याकु खाएर जिउनु पर्ने अवस्थाबाट गुज्रिनु पर्दथ्यो भने औषधि मुलो गर्न नसक्ने र रोगी (वा) अकालमै मर्नु पर्ने नियति भोग्न विवस थिए । त्यसमा पनि सामन्ति, जाली, फटाह शोषकहरुको शोषण, अन्याय र अत्याचार सहन वाध्य थिए ।
२०१३ सालमा तत्कालीन सरकारका राप्तीदुन जग्गा वितरण कमिशनले जनताहरुलाई आवाद गुल्जारका लागि जग्गा वितरण गरेपछि देशको विभिन्न जिल्लाहरुबाट बसाई सराईं गर्ने विभिन्न जिल्लाहरुबाट बसाई–सराई गर्ने क्रममा तनहुँ जिल्लाको बन्दिपुरबाट व्यापार, व्यावसाय गर्न आएका व्यापारी धर्मराज मुल्मिले उक्त जुगेडी बजारमा खाद्यान्न नुन, तेल, र तत्ता कपडाको व्यापार गर्दै आएका थिए । चिन्तन र पद्धतिका हिसावले शोषक, जाली फटाहा, भएका धर्मराज मुल्मिले त्यस भेगका गरीब जनताहरुलाई शोषण, जालझेल र षदयन्त्र गर्दै आइरहेका थिए । आफूले उत्पादन गरेको वस्तुले खान लगाउन नपुगी मकै–भोकै नाङ्गै बस्ने विवस जनताहरु आफूसँग भएको सुन, चाँदी लगायतका गर, गहनाहरु, पित्तल, तामाका सर, सामान, भाँडाकुँडाहरु साहु धर्मराज मुल्मिकोमा धरौटी राखेर आफ्नो गर्जो टार्नेका लागि खाद्यान्न, नुन, तेल लत्ताकपडा लाने गर्दथे । आफूसँग उत्पादित वस्तुको मूल्य सस्तो र साहुसँग लिने सामानहरुको चर्को मूल्य र धरौटी राखेर लिएको पैसाको चर्को व्याज तिर्नु पर्ने र तोकिएको समयमा साँवा (व्याज तिर्न नसकेको, साँवा व्याजको दोब्बर हर्जाना बुझाउनु पर्ने हुँदा धरौटी राखेको गर, गहना लगायतका सामानहरु साहु धर्मराज मुल्मिले जफत गर्दथे । पाँच–पाथि तोरीको १० पाथि व्याज गरि वर्षमा १५ पाथी तोरि साँवा–व्याज भुक्तानी गर्नु पर्र्दथ्यो । त्यसबाहेक पनि धानको व्याज, सुके व्याज जस्तो साहु धर्मराज मुल्मिले लिने गर्दथे । अशिक्षा र गरिबीको कारण यी सबै काम सहन गर्न जनता वाध्य थिए । शोषक धर्मराज मुल्मिको यस प्रकारको शोषणले गर्दा जनताहरु दिन प्रतिदिन झन् पछि झन् गरीब बन्दै गए भने शोषक धर्मराज मुल्मि दिन प्रतिदिन करोडौंको मालिक बन्दै गए । समय बित्दै जाने क्रममा जनताहरु धर्मराज मुल्मिको शोषण, अन्याय, अत्याचारबाट झन् पछि झन् पीडित र आक्रोशित बन्दै गए । तर, उनहिरुसँग ज्ञान चेतनाको अभाव र असंगठित भएका कारण आफूहरु माथि भएको शोषण अन्याय, अत्याचार चुपचाप सहेर बस्नुको अर्को विकल्प थिएन ।
नेपाल कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धाराको एउटा घटकको रुपमा उत्पीडनमा रहेको करीब उत्पीडित किसान समुदायलाई संगठित गरि उत्पीडित किसान समुदालाई संगठित र आन्दोलित गर्दै आईरहेको तत्कालीन किसान मजदुर पार्टीले किसान संगठनका नाउँबाट संगठन विस्तार गर्ने क्रममा चितवनको पहाडि भू–भाग, गाउँ वस्तीहरुमा खासगरी त्यस क्षेत्रमा अन्याय र उत्पीडिनमा परेका श्रमजीवि किसान समुदायहरुलाई व्यापक रुपमा संगठित गर्ने र चेतना दिने कामलाई अगाडि बढायो । जुगेडी किसान संघर्ष हुनुपूर्व गाउँ–गाउँमा किसानको संगठन व्यापक रुपमा निर्माण गरिएको थियो भने, स्थानीय, फटाहा, सुदखोर, र जनविरोधी गुण्डाहरुलाई जनकार्वाही गर्ने कामको थालनी गरिएको थियो । त्यसक्रममा २०२६ सालमा त्यति बेलाको चर्चित कार्वाही ‘कालो मोसो’ जाली फटाह सुदखोर चन्द्रबहादुर थापा र गुण्डा नाइके ठठ्ठ बहादुर क्षेत्री यि दुबै जनविरोधी थिए । तिनीहरुलाई संयौं जनताको विचमा कालो मोसो दलि गाउँ घुमाएको थियो ।
‘‘जहाँ समस्या हुन्छ त्यहाँ समाधान, उपाय’’ जहाँ अन्याय र उत्पिडन हुन्छ त्यहाँ विद्रोह भन्थे दार्शनिक मान्यतालाई आत्मसाथ गर्दै शोषक, अत्याचारी धर्मराज मुल्मि विरुद्ध ‘‘किसान संघर्ष समिति’’द्धारा जनकार्वाहीगर्न तैयारी गरियो ।
२०३४ जेष्ठ महिनामा ‘‘किासन संघर्षको’’ बैठक हालको रत्ननगर उप–महानगरपालिका वडानं.१ अन्तरगत रहेको गडौली गाउँका वैदार क. डिगा महत्तो (थारु)को घरमा बसेको थियो । उक्त जुगेडी किसान संघर्षले अनुमोदन गरियो । उक्त बैठकले जुगडी किसान संघर्षको अनुमोदन गरिएको थियो । उक्त बैठकमा किसान संघर्ष समितिको नेताहरु क. रुपलाल विश्वकर्मा, क.दिवाकर भुषाल, क.देवराज पौडेल, क.पे्रम क्षेत्री, क.नरेश नेउपाने, क.हरि तिमिल्सिना, ‘जनक’, क. डिगा महतो (थारु) लगायतका जिल्ला नेताहरु सहभगी हुनुहुन्थ्यो भने त्यसको अन्तिम तैयारी बैठक अषाढ ४ गते क. डिगा महत्तोको घरमा गरिएका थियो ।
२०३४ सालमा अषाढ ५ गते राति जिल्ला भरिको सबै कार्यकर्ताहरु र त्यस क्षेत्रको कार्यकर्ता र आम समर्थक र सुभेच्छुक जनसमुदायहरु जुगेडी बजार नजिकका वस्तीहरुमा आ–आफ्ना सेल्टरहरुमा जम्मा भइसकेका थिए । संघर्षका प्रमुख नेतृत्वकर्ता क.रुपलाल विश्वकर्मा पनि संघर्षको प्रत्यक्ष नेतृत्व किसान क. नरेश नेउपानेले गरेका थिए ।
पूर्व निर्धारित योजना अनुसार २०३४ साल अषाढ ६ गते बिहान अन्दाजी ५ बजे किसान संघर्ष समितिका नेता, कार्यकर्ताहरु र संयौंको संख्यामा महिला, पुरुष किसान जनसमुदायहरु जुगेडी बजारमा पुगे । त्यो सानो बजार पहाडको फेदि र खोलाको दोभान पारेर राखिएको स–स्याना भुप्रा पसलहरुको बिचमा २ (दुइ)वटा अग्ला सेता ठूलो घरहरु थिए शोषक धर्मराज मुल्मिको आन्दोलनकारीहरु जुगेडी बजार पुग्नासाथ संघर्षको नेतृत्व गरिरहेका क.नरेश नेउपानेले पहिलो सिठ्ठी बजाउँदै धर्मे साहुको घर लगायत जुगेडी बजारलाई चारैतिर बाट घेरा हाल्दै दुस्मनहरु आउनसक्ने आंकलन गरि बाटो समेत ब्लक गर्ने निर्देशन गर्दै त्रिशुली नदिक किनारमा रहेका दुईवटा डुङ्गाहरु मध्ये एउटालाई त्रिशुली नदिको किनारमा रहेको दुईवटा डुङ्गाहरु मध्ये एउटालाई त्रिशुलीमा नदिमा बगाई अर्कोलाई नदिको पाखामा ल्याए । आँपको फेदमा बाँधी दिएर साहु धर्मराज मुल्मिको घरको बन्द ढोकालाई तोडफोड गर्दै आन्दोलनकारी मध्ये एकजना युवा क्रान्तिकारी घरको छतमा चढी जुगेडी बजारमा व्यापार व्यवसाय गर्दे आईरहेको अन्य, व्यापारी, व्यवासयी र अन्य जनसमुदाहरुलाई सम्वोधन गर्दै आफूहरु किसान संघर्ष समितिका कार्यकर्ताहरु भएको र शोषक धर्मराज मुल्मिलाई जनकार्वाही गर्ने उद्देश्यले आएको संक्षिप्त जानकारी गराउँदै तपाइहरुसँग हाम्रो कुनै दुस्मनी नभएको र तपाइहरु सुरक्षित रुपमा आ–आफनो घरमा बस्न समेत अनुरोध गरे । बाँकी कार्यकर्ताहरु धर्मराज मुल्मिको घरमा प्रवेश गरि घरभित्र लुकि छिपी बसेको धर्मराज मुल्मि, उनकी पत्नी लगायत उनका अन्य सदस्यहरुलाई उनकै पसलका कपडाको डोरी बनाएर एकै ठाउँमा बाँधी कब्जामा लिन काम गरेभने, पसलमा भएको सम्पूर्ण नगद, धन सम्पत्ति, सुन, चाँदीका गर–गहना, खाद्यान्न, लत्ता–कपडा र जाली तमसुकहरु ऋाफ्नो कब्जामा लिने काम गरे । र कमाण्डर नरेश न्यउपाने दोस्रो सिठ्ठीको आवाज सुन्नासाथ सबै आन्दोलनकारीहरु कब्जा समानहरु बोकी आफ्नो लक्षित स्थान जुगेडी बजार पूर्वको उकालो बाटो सिमल भाञ्ज्याङ तर्फ लागे ।
आन्दोलनकारीहरु आफ्नो कार्वाही सकि आफ्नो गन्तव्यतिर गैसकेपछि साहु धर्मराज मुल्मिले आफू र आफ्नो परिवारका सदस्यहरुलाई आन्दोलनकारीहरुबाट बाँधिएको डोरी अन्य छिमेकीहरुलाई खोल्न लगाई त्यहाँबाट सिधै जिल्ला सदरमुकाम प्रहरी कार्यालयमो शरण लिन पुग्यो र घटनाको विवरण जाहरी ग¥यो । यता झण्डै साँढे दुइ तीन घण्टाको खोला, जंगल, उकालो ओह्रालो, भिर–पाखाको बाटो भारी बोकी थकित मै आएको आन्दोलनकारीहरु थकाई मेट्न र कब्जा गरिएको नगद, सुन, चाँदी र अन्य सामानहरुको लगत उठाउने र खाद्यान्न लत्ता कपडा आन्दोलनमा सहभागी जनसमुदायहरुलाई वितरण गर्ने कार्य भरहेको थियो भने कतिपय, आन्दोलनकारी जनसमुदाय आफ्नो भागमा परेको सामानहरु बोकी आ–आफ्नो स्थानतिर हिँडीसकेका थिए भने कतिपय जनसमुदाहरु हिड्ने तरखरमा गरिरहेको थिए ।
वर्षा याम अषाढ महिना भएपनि ठूलो वर्षाद पछि आकाश खुलेकोहुँदा घाम छर्लङ्ग लागको थियो । यता शोषक धर्मराज मुल्मिको उजुरी र उक्त घटनाबाट पागल जस्तो भएको प्रतिक्रियावादी प्रहरी प्रशासन आन्दोकारीहरुको पिछा र सुराकी गर्दै क्रान्तिकारीहरु आराम गरिहेको स्थानमा सिमल भाञ्ज्याङ्ग आइपुग्यो पहाडी भू–भाग भएको हुँदा दुस्मनहरु आफूहरु नजिक आइपुगेको आन्दोलनकारीहरु कसैलाई पनि पत्तै भएन भने सेन्ट्रीमा रहनु भएका योद्धा साथीहरू पनि रातभर र दिनभरको हिँडाईले थकित भै निश्क्रिया हुनेपुग्नु भयो भने । दुस्मनहरु आउन सक्ने आशंकाले सालको रुखमा चढेर दुस्मनको निगरानी गरिहेका क.सन्तबहादुर पर्जा लागायका अन्य सह–योद्धा क्रान्तिकारीहरु आफूलाई समेत दुस्श्मनहरु आफूहरु नजिक आईपुगेको पत्तै भएन एकाएक दुस्मनहरुले चलाएको गोलिको आवाज आयो ।
सबै क्रान्तिकारी जनसमुदाय चनाखो भै हेर्दा दुस्मनहरु आफूहरु नजिकै आइसकेका रहेछ । कब्जा गरेका बाँकी समानहरु त्यही छाडी जंगल भिर–पाखामा चारैतिर भाग दौड र कोलाहल मच्चियो । आफ्नो भागमा परेको सामानको भारी बोकी हिड्दै गर्दा क. दशरथ चेपाङलाई प्रहरीको गोली लागि तत्काल त्यही ढल्नु भयो । त्यसको लगत्तौ रुखमा चढी दुस्मनहरुको निगरानीमा रहेको क.सन्तबहादुर पर्जा रुखबाट झरी भाग्दै गरिरहेको अवस्थामा दुश्मनहरुको गोली लागि ढल्नु भयो । यसरी दुइजना क्रान्तिकारी योद्धाहरुले उक्त संघर्षमा विरगति प्राप्त गर्नुभयो भने बाँकी क्रान्तिकारी योद्धा एवम् जनसमुदायहरुले दुस्मनहरुको घेरा तोडी भाग्न सफल हुनभयो । यता दुस्श्मनहरुले क. दशरथ चेपाङ्ग, क. सन्तबहादुर पर्जाको लासलाई त्यही छाडी आन्दोलनकारीहरुले छाडेका बाँकी कब्जा समानहरु आफनो नियन्त्रणमा लिँदै दुस्मनहरु जिल्ला प्रहरी कार्यालयमा सुदरमुकाम फर्के । दुस्मनहरु त्यहाँबाट फर्किसकेपछि आफनो सहयोद्धा पिय, कमरेडहरुको लासलाई आफ्नो नियन्त्रणमा लिँदै क्रान्तिकारी नेता, कार्यकर्ता र आफनो किसान समुदायहरुको व्यापक सहभागीतामा अन्तिम श्रद्धाञ्जली दिँदै दाहसंस्कार सम्पन्न गरियो । त्यसपछिका दिनहरुमा त्यस क्षेत्र लगायत जिल्लाका अधिकांश गाउँ र वस्तीहरुमा प्रतिक्रियावादी प्रहरी प्रशासनबाट व्यापक सुराकी, निगरानी र खान तलासी, धरपकड शुरु ग¥यो भने दर्जनौं नेता कार्यकताहरुलाई पक्राउ आदेश (वारेन्ट) जारी ग¥यो ।
भने दर्जनौं क्रान्तिकारी कार्यकर्ता र किसान जनसमुदायहरुलाई उक्त घटनाको आरोपमा गिरफ्तार ग¥यो । गिरफतारमा पर्नु भएको क.नन्दबहादुर पर्जा भरतपुर हिरासतमा प्रहरी यातनाका कारण सहिद हुनुभयो भने क. भक्तबहादुर पर्जाको रोगका कारण जेलमा नै मृत्यु भयो । क. लक्ष्मण गुुरुङ्ग जेल मुक्त पछि मृत्यु भयो । क. पदमबहादुर गुरुङ क. टेष्ट बहादुर गुरुङ, क. रुद्रबहादुर पर्जा, क. पुर्णबहादुर विश्वकर्मा र ३ जना क्रान्तिकाकारी महिला कार्यकर्ता सहित १५ जना कार्यकर्तालाई गिरफ्तार गरि झुठ्ठा मुद्दामा जेल चलान ग¥यो । कठोर जेल यातना र सजाँय पछि ८ वर्ष ६ महिनाको लामो जेल जिवन पछि मुक्त हुनु भयो ।
यो घटना राष्ट्रिय रुपमा मात्र नभै अन्तर्राष्ट्रिय रुपमा समेत व्यापक प्रचार प्रसार भयो । विविसी भ्वाइस अफ अमेरिकाको हिन्दी रेडियोले समेत यस घटनाको प्रचार प्रसार ग¥यो भने देशका विभिन्न राजनीतिक पार्टी, सामाजिक संघ–संस्थाहरुले यो घटनाको समर्थन र विरोधमा आफ्नो धारणाहरु सार्वजनिक गरेर जुगेडी किसान संघर्षको घटनाले मुलुकमा क्रान्तिकारी किसान विद्रोहको अनिवार्य आवश्यकता र औचित्यको पुस्टी ग¥यो । यो नेपाली किसान आन्दोलनमा व्याप्त रहको दक्षिणपन्थी अवसरवाद, आत्मसमपर्णवाद, अराजकतावाद, अकर्मन्यता, हिनता, र कुण्ठालाई चिर्दै क्रान्तिकारी किसान आन्दोलनलाई निरन्तर अगाडि बढाइराख्नु पर्ने आवश्यकतालाई दिशा निर्देश गर्न सफल भयो र सामान्य सिमा र कमजोरीका बावजुद जुगेडी किसान संघर्ष, (विद्रोही) नेपाली किसान आन्दोलनको ऐतिहासिक आवश्यकताको कडिको रुपमा स्थापित हुन पु¥यो ।
श्रद्धेय एवम् सह–योद्धा कमरेडहरु, किसान संगठन र आन्दोलनमा समर्पित दिदी बहिनी दाजुभाईहरु, आज हाम्रो देश अग्रगमन र प्रतिगमनको भिषण संघर्षबाट गुज्रिरहेको छ । जनताको जनविद्रोह र जनआन्दोलनबाट हारेका पुनरुत्थानवादी वर्गहरु आज फेरि टाउको उठाउँदै खुलयाम गणतन्त्र र यसको उपलिब्धि हरुको विरुद्धमा विष वमन गर्दै जनतालाई भट्काउने दुस्साहस् गरिरहेका छन् । विगतमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको कतिपय राजनीतिक दहहरु र तिनका नेताहरु समेतमा गणतन्त्रको संस्थागत विकास र प्राप्त उपलब्धीहरुको रक्ष र थप विकास गर्ने विषयमा अरुची मात्र होइन तिनै पुनरुत्थानवादी शक्ति वर्गहरुलाई बल पुग्नेगरि आफ्नो गतिविधिहरुलाई सञ्चालन गरिहेको छन् । त्यसर्थ परिवर्तकारी राजनैतिक शक्ति , राष्ट्रियता र जनतामाथि भैरहेको चौतर्फी षद्यन्त्र, जालझेल र घोरावन्दीको विद्धमा सम्पूर्ण अग्रगमन र परिवतर्नकारी शक्तिहरु एकजुट भएर अगाडि बढ्न जरुरी छ भने प्राप्त उपलब्धीहरुको रक्षा र विकास गर्दै समाजवादी क्रान्तिको तैयारीमा जुट्न सम्पूर्ण क्रान्तिकारी शक्तिहरुको प्रमुख कार्यभार बन्न पुगेको यो परिस्थितिमा क्रान्तिकारी किासन आन्दोलनको महत्व र आवश्यकता झनै बढेर गएको छ । नेपालको क्रान्तिकारी किसान आन्दोलनमा जुगेडी किसान संघर्ष (विद्रोह)को युग–युगसम्म महत्व रहिरहने छ । यो ऐतिहासिक ३४ औं किसान संघर्ष दिवसले हामी सबैलाई थप सशक्त र एकतावद्ध भै आन्देनलमा अगाडि बढ्न उत्साह एवम् प्रेरण दिने छ ।
श्रेष्ठ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को अध्यक्ष हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्