२०८२ फाल्गुन १५

जलवायू परिवर्तन बारे सबैलाई सजक गराउनु पर्छ

वहुप्रतिक्षित जलवायू सम्मेलन सम्पन्न भएपछि विश्वभर त्यसको वहस चल्न थालेको छ । जलवायू परिवर्तनको असर बारे विश्वभर नै चर्चापरिचर्चा चुलिएको छ । अजरवैजानको बाकुमा जलवायू परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औ सम्मेलन (कोप–२९) सम्पन्न भएको थियो । सम्मेलनमा नेपाली प्रतिनिधी मण्डलको नेतत्व गर्दै सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले जानु भएको थियो । जलवायू परिवर्तनका असर विश्वभर छ । तर नेपाल जलवायू संकटका दृष्टिले अझ जोखिमतिर गईरहेको अध्ययन निष्कर्षसमेत आउन थालेको अनुसन्धानमा देखाएको थियो । नेपालको कृषि क्षेत्रमा जलवायू परिवर्तनको असर व्यापक हुँदै गएपछि । पेसाबाट कृषि प्रधान भनिदै आएको नेपालमा यस पेसाबाट जीवन धान्नै कठिन हुँदै गएपछि वैदेशिक रोजगारी वाध्यता हुने नै भयो । यसले जलवायू संकट न्यूनिकरणमा लाग्न सम्वद्ध निकाय एवं नीतिनिर्माताहरुलाई थप दबाव सिर्जना गरेको छ । एउटा पक्ष सँधै कार्वन उत्सर्जन गरिरहने र अर्को पक्ष त्यसको असर सँधै भोगीरहने अवस्थाको अन्त्य हुनुपर्ने यस सम्मेलनमा महत्वपूण मुद्दाको रुपमा उठाएको थियो ।
नेपालमा पनि जलवायू परिवर्तनको असरका बारेमा हालै उच्चस्तरमा अनुसन्धान गरेको पाइएको छ । त्यसमा नेपालको केन्द्रीय विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले जलवायू परिवर्तनको असरबारे एउटा महत्वपूर्ण अध्ययनको नेतृत्व गर्र्नु पुग्यो । नेपाल, भारत, चीन र बंगलादेशका पाँच विश्वविद्यालयका अनुन्धानकतासँग मिलेर सन् २०२२ देखि २०२४ सम्म तीन वर्ष लगाएर गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भयो । प्रा.डा. प्रेमसागर चापागाईको नेतृत्वमा भएको अध्ययनले नेपालको रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्कीका २११ घरधुरी नमूना चयनलाई समेतेको थियो । अध्ययनले देखाएको थियो । ३० वर्षको अन्तरालमा तापक्रम बढेको प्रतिवेदनमा पाइयो । वार्षिक वर्षा केही मात्रामा घटेको पाइयो भने खाद्यचक्रमा कुप्रभाव पर्दा आन्तरिक र वाह्य बसाई सर्ने क्रम बढेका देखियो । कृषि पेशा पशुपालनको दाँजोमा विप्रेशनको मात्रा बढ्दै गएको तथ्याङ्कले वैदेशिक रोजगारीमा बढी निर्भरता देखियो । यसले भावी दिनमा समेत नेपालमा समेत निकै ठूलो जलवायू परिवर्तनको असरको सामना गर्नुपर्ने संकेत देखिएको छ ।
उत्त अध्ययन अनुसन्धान टोलीमा प्राज्ञहरु प्रा.डा.चापागाईसँग डा.शोभा श्रेष्ठ, डा वसन्त पौडेल, चीनका प्रा झाङ यिल, डा.लियु लिनसान र प्रा.सियानजोन यान, भारतका प्रा.डा.सुरेन्द्र राय र बंगलादेशका प्राध्यापक नुरुल इस्लाम संलग्न थिए । यो अध्ययनकर्ताले नेपालको मात्र होइन यस विशेषगरि दक्षिण एशिया क्षेत्रकै जलवायू परिवर्तनले असर गरेको अध्ययन प्रतिवेदनले देखाएको थियो । ‘दक्षिण एशियाको विविध सामाजिक, सांस्कृतिक र भौगौलिक परिदृश्यमा जलवायू परिवर्तनका लागि घर परिवारको अनुकूलन क्षमताको मूल्याङ्कन शिर्षकमा गरिएको अध्ययन सान्दर्भिकता देखिएको छ । नेपालबाट दैनिक दुईतीन हजारका दरले युवायुवती वैदेशिक रोजगारीमा गइरहेका छन् । जलवायू परिवर्तनका कारण वैदेशिक रोजगारमा जानेको संख्या बढेको भने चर्चा थिएन । नेपालमा रोजगारी अभाव भई वैदेशिक रोजगारी वाध्यता भएको भनिदै आएको भन्ने प्रतिवेदनमा निष्कर्ष दिएको थियो ।
नेपालको मूल पेशा कृषि क्षेत्र जोखिममा पर्न थालेको अध्ययनले देखाएको थियो । कृषि क्षेत्रले नेपालको जनसंख्याको ठूलो हिस्सालाई स्वरोजगारी दिँदै आएको कृषि पेशा पछिल्लो वर्षमा कृषि क्षेत्र जलवायू संकटको असर पर्न थालेसँगै समस्या आएको छ भनेर विषयवस्तु उत्खनन् गरेको छ । प्रतिवेदनमा कृषि उत्पादन घट्दै गइरहेको अध्ययनसमेत देखाएको छ भने लागत मूल्य भने बढेको पनि देखाएको थियो । वैदेशिक रोजगारीको आकर्षणले जनशक्ति अभाव कृषि क्षेत्रले भोगिरहेको छ । कृषि जनशक्तिको तीव्र अभाव छ भने अर्मपर्म गर्ने परम्परा सामाजिक व्यवहार पनि गाउँघरबाट विस्तारै हराउँदै गएको छ भनेर उल्लेख गरेका छन् । पशुपालन न्यून् हुँदै जाँदा रासायनिक मल प्रति निर्भरता बढ्दो छ । यसले खेतबारीमा अम्लीयपन बढाउँदै लगेर भविष्यमा अझ जटिल समस्या आउन सक्ने चेतावनी दिएको थियो । बालीनालीमा रोग तथा किराको संक्रमण समेत बढेको छ । गाईवस्तुको मलमा रोग किराका अतिक्रमण अति न्यून हुने पूराना पुस्ताको अनुभव उपयोगी थियो । त्यसैगरि जलवायू परिवतनका कारण वेमौसमी अधिक वर्षा, सुक्खा, हावाहुरी र असिनाले बालीनालीमा क्षति तीव्र रुपमा बढेको पनि पछिल्लो अध्ययनले देखाएको छ ।
पृथ्वीको तापमान बढ्न नदिने सहमती विश्वका सबै सहभागीहरुले प्रतिवद्धता व्यक्त गरेको छ । यद्यपी कार्यन्वयनको पाटो के हुन सक्छ । कसरी अगाडि बढ्छ पखाईको अवस्थामा देखिन्छ । त्यसमा विश्वका धनी औद्यौगिक मुलुकबाट हुने जैविक इन्धन दोहनले विगत दुईसय वर्षमा अधिक कार्वन उत्सर्जन मूल कारण हो । नेपाल जस्ता मुलुकले त्यस हदसम्मको कार्वन उत्सर्जन गरेको छैन । तर, जलवायू परिवतर्नको असरको दण्ड पनि अझ बढी भोगिरहेको छ । जलवायू परिवर्तनले तापक्रम तथा वर्षाको ढाँचामा परिवर्तन, खडेरी, बाढी तथा पहिरो जस्ता विषय मौसमी घटना आवृति बढेको छ । जलवायू परिवर्तनका कारण भारत तथा बंगलादेशमा बाढी तथा डुवानसमेत बढेको यो अध्ययनले देखाएको छ । जलवायू संकटको असर न्यूनिकरण गर्न सामुहिक पहलको कार्ययोजना बनाउँदै नेपालले पनि आफ्नो मुद्दालाई प्रखर रुपमा प्रस्तुत हुन आवश्यक छ । यो नेपालको लागि वाध्यता र कर्तव्य पनि हो । किनकी हाम्रो देश पहाडै पहाडले भरिएको छ । त्यसमा माथि पनि १४ वटा अग्ला हिमालहरुमा विश्वकै सबैभन्दा ठूला ८ वटा अग्ला हिमाल हाम्रो देश नेपालमा नै पर्छ । हिमाललाई जोगाउनु विश्वलाई खबरदारी गर्नु पहिलो कर्तव्य नेपालको नै हुने आउँछ ।
गतवर्ष जलवायू सम्मेलनबाट आएको निष्कर्षलाई अक्षरस कार्यन्वयन गर्न गराउन नेपाल सरकार, सरोकारवाला निकायको प्रमुख कर्तव्य पनि हो । सबैभन्दा पहिले नेपालमा आम नागरिकहरुका लागि र कृषि क्षेत्रको लागि यो समस्याबाट भविष्यमा हुने जोखिम प्रति सचेत गराउँदै अघि बढ्नु पर्छ । नेपालले त्यस सम्मेलनमा पारित गरेका विषयवस्तुलाई कार्यन्वयन गर्न अघि स¥योकी सरेन भनेर खबरदारी गर्न जस्री छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain