समाचार

अण्डा उत्पादनलाई कोरोना भाइसरसँग नजोडी लेख्नुहोला

डा.वंशी शर्मा, महानिर्देशक पशु सेवा विभाग
काठमाडौं फागुन २८ नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुसेवा विभागले पत्रकार सम्मेलन गरी अण्डा उत्पादनको लागत मूल्य तथा बजारीकरण अध्ययन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिे रिपोर्ट सार्वजनिक गरेको छ ।
सार्वजनकि गरिएको प्रतिवेदनमा टिओआर समितिले पेश गरेको अण्डा उत्पादनको लागत मूल्य तथा बजारीकरण अध्ययन गरि पशुसेवा विभागले पशुपन्छी अनुंवाशिक स्रोत तथा आर्थिक विश्लेषण मार्फत अण्डा उत्पादन लागत मूल्य तथा बजारीकरण अध्ययन कार्यक्रम माउन्ट डिजिट टेक्नोलोजि प्रा.लिलाई जिम्मा दिएअनुसार सातै प्रदेशबाट छानिएका साना, माध्यम, ठूला व्यवसायिक कुखुरा फार्महरूलाई समावेश गरिएको जनाएको छ । उक्त समितिको अध्ययनमा अण्डा मूल्य श्रँृखलामा हुने मूल्य अभिवृद्धिको विश्लेषण गरे अनुसार २०७६ मंसीर २४ देखि पुस १० सम्म संकलन गएिको अण्डाको औषत मूल्य उपभोक्ताले १२.४३ रुपैया तिरीरहेको जनाएको छ । त्यस अवधिमा उत्पादन स्थलबाट अण्डा बजारमा पुग्दा प्रत्येक अण्डाको मूल्यमा ३.७६ पैसा वृद्धि भईरहेको प्रतिवेदनमा उल्लेख छ । प्रस्तुत प्रतिवेदनमा अण्डाको औषत मूल्य फार्म गेट मूल्य रु ८.६७ पैसा थियो भने अण्डाको मूल्य कम हुनु र उत्पादनको लागत उच्च कसरी भयो भन्ने निष्कर्षमा प्रतिवेदनमा उद्यमीले अण्डामा नाफा नगरेको देखाइएको छ । कुखुरा व्यवसायिहरूले घाटा वहोर्नु परेको प्रमुख कारण दाना भएको र बैंक व्याज र आफ्नो श्रमका समेत गणना नगरिएको अवस्था रहेको प्रतिवेदनले रिपोर्ट दिएको छ । प्रमुख कारण दाना बनाउने मकै ६० प्रतिशत विदेशबाटै आयत् गर्ने वाध्यता छ । लागत खर्च पनि नउठेको प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
पत्रकार सम्मेलनमा व्यवसायिहरूको लागत मूल्य नपाइरहेको अवस्थामा विभागको महानिर्देशक डा.वंशी शर्माले अण्डा उत्पादन र उपभोगको विषय कोरोना भाइरसकै नजोडिकन लेखिदिन सञ्चारकर्मीहरूलाई आग्रह गर्नु भएकोछ ।
अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले सरकारको ९० प्रतिशत नीति नियमहरू व्यवसायीको हितमा नभएको बताउँदै सीमापारीबाट अवैध रुपमा भित्रिने अण्डा मासुलागत कच्चा पदार्थहरू नियन्त्रण गर्न नसकेको बताउनु भयो । ‘‘केसीले भन्नुभयो निर्वाध रुपमा भित्रीरहेकोले नेपाली व्यवसायीहरू दिन प्रतिदिन संकटमा पर्दै गईरहेकोछ ।
उहाँले बंंैकबाट लिएको ऋणको व्याजसम्म तिर्न नसक्ने अवस्था भएको छ ।
पशु विज्ञ, हिमाली आयोजानाका पूर्व प्रमुख डा.अमर बहादुर शाहले स्थलगत अध्ययनको क्रममा किसानहरू घाटामा गईरहेको भेटिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close