२०८१ फाल्गुन ६

खाद्य मापदण्ड विपरित खाद्य उल्लंघनका घटनाहरु प्रति विभागको चेतावनी 

काठमाडौं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८१ पुस २८ गते काठमाडौं–हङकङ उडान भएको क्याथी प्यारिफीक एयरलाइन्स्को यात्रुहरुलाई खाद्य विषाक्तता भएको सम्बन्धमा प्रेस नोट
जारी गरेको छ । विश्व खाद्य कार्यक्रम, विश्व स्वास्थ्य संगठनबाट संयुक्त रुपमा खाद्य स्वच्छता नियामक निकायहरुको अन्तर्राष्ट्रिय सञ्जाल सञ्चालनमा रहेको र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उक्त इन्फोसानको इमरजेन्सी कन्ट्याक्ट पोइन्टको रुपमा कार्य गरिरहेको छ ।
मिति २०२५ जनवरी ११ मा इन्फोसान सचिवालयाट प्राप्त इमेल जानकारी अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट हङकङ उडान भएको क्याथी प्यासिफिक एयरलालइन्स्को मिति २०२४ जनवरी ०८ गते उडानमा रहेको १० जना र २०२४ जनवारी ०९ गते उडानमा रहेको १८ जना यात्रुहरुलाई खाद्य विषाक्तता फुड पोइजनिङ्ग भएको जानकारी प्राप्त भएको छ । सो सम्बन्धमा विभागका महानिर्देशक सञ्जीव कुमार कर्णको अध्यक्षतामा मिति २०८१ पौष २८ गते बसेको इन्फोसान सम्बन्धी बैठकको निर्णयानुसार विस्तृत विवरण सहितको अध्ययन प्रतिवेदन ७ दिन भित्र विभागलाई बुझाउन विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् कोडेक्स तथा इन्फोसान सचिवालयका शाखा प्रमुख सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरी कार्यादेश दिएको व्यहोरा सबैमा जानकारीका लागि विभागद्धारा प्रेस नोट जारी गरिएको छ ।
साथै विमानस्थल परिसर भित्र सञ्चालन गर्ने खाद्य व्यवसाय तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकले यात्रुहरुको लागि उपलब्ध गराइने खाद्य पदार्थको स्वच्छता र गुणस्तरीयता सुनिश्चितता गरि सेवा प्रदान गर्न गराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

२०८१ पुस २६ खाद्य तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान सञ्चालन गरि चन्द्रागिरी नगरपालिका क्षेत्रमा रहेका डेरी तथा तेल उद्योग निरीक्षण अनुगमन सम्बन्धी विवरण प्रस्तुत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नगर प्रहरी, नगरपालिकाका प्रतिनिधि तथा चन्द्रागिरि नगरपालिकाका उप–प्रमुख सहितको टोली मार्फत विभिन्न डेरी तथा तेल उद्योगका खाद्य व्यवसायहरुमा निरीक्षण अनुगमन गर्ने शिलशिलामा मिति २०८१÷०९÷२६ गते नगरपालिका क्षेत्रमा रहेका एक वटा डेरी तथा तीन वटा तेल उद्योगहरुको निरीक्षण अनुगमन गरी बिक्री गर्न राखिएका दूधको २ वटा र तेलको ५ वटा गरि जम्मा ७ वटा नमूनाहरु संकलन गरि मोवाइल फुड ल्याव भ्यान मार्फत परिक्षण गरेको छ । निरीक्षण अनुगमन गर्ने क्रममा ह्वाईत हिमालायन मिल्क प्रा. लि., चन्द्रागिरी–१२ मा अस्वाभाविक गन्ध तथा धूसी परेको अवस्थामा रहेको १० के. जी, नौनी, १५ के. जी. घ्यु र ३५ के. जी. पनिर नस्ट गरिएको र सोही उद्योगमा रहेको खुला दूधको नमूना परिक्षणमा न्यूट्रलाइज पाइएकोले करिब ६०० ली. दुध नष्ट गरी कारवाही गरिएको जानकारी दिएको छ ।

मिति २०८१ पुस २५ गते विभागले सूचना जारी गरि डाइटरी सप्लीमेन्ट, न्युट्रास्युटिकल जस्ता आहारपूरक खाद्य पदार्थ सम्बन्धी मापदण्ड पूरा गर्न आग्रह गरेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा आहारपुरक डायटरी सपल्मेन्ट खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ ले परिभाषित गरे अनुसारका यस विभागमा दर्ता भइ बिक्रीवितरण भएका आहारपूरक (फुड, हेल्थ, न्यूट्रिसनल वा डाइटरी सप्लीमेन्ट, न्युट्रास्युटिकल तथा प्रोबायोटिक) खाद्य पदार्थहरु सम्बन्धमा विभिन्न माध्यमबाट प्रेशित भएका समाचार तथा सुचनाहरु प्रति विभागको ध्यानआकर्षण भएको जनाएको छ ।
पाउडर, ग्रेनुल, ट्याबलेट, क्याप्सूल, झोल, जेली, फ्लेक्स, वार जस्ता स्वरुपका डाइटरी सप्लीमेन्ट, न्युट्रास्युटिकल जस्ता खाद्य पदार्थहरु खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१, खाद्य नियमावली २०२७ तथा आहारपुरक खाद्य पदार्थ नियमन कार्यविधि २०७२“ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिइ स्वदेशमा उत्पादन भइ बिक्रीवितरण भइरहेका साथै विभागमा दर्ता भई प्रक्रिया पूरा गरि आयात तथा बिक्रीवितरण हुने गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता भएका डाइटरी सप्लीमेन्ट, न्युट्रास्युटिकल जस्ता आहारपुरक खाद्य पदार्थहरुको विवरण उपभोक्ता तथा सरोकारवालाहरुको जानकारीका लागि विभागको वेबसाइट (डीएफटीक्यूसीडटजीओभीडटएनपी) मा मासिक रुपमा अद्यावधिक गरि प्रकाशन गर्ने गरिएको छ ।
यस प्रकारका डाइटरी सप्लीमेन्ट, न्युट्रास्युटिकल जस्ता आहारपुरक खाद्य पदार्थहरु विभागमा दर्ता तथा नविकरण गरेर मात्र आयात, उत्पादन खरिद तथा बिक्री वितरण गर्न गराउन हुन सम्बन्धित सबै आयातकर्ता, उत्पादक तथा बिक्रेताहरुलाई सूचित गरिन्छ अन्यथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, नियम तथा कार्यविधि बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराएको विज्ञाप्तिमा जनाएको छ ।

मिति २०८१ पुस २५ गते खाद्य तथा गुण नियन्त्रण विभागले वनस्पति घ्यू तथा आंशिक रुपमा हाइड्रोजिनेटेड गरिएको वनस्पती तेल र यस्ता पदार्थ प्रयोग गरी उत्पादन सञ्चय वा बिक्री वितरण गरिने खाद्य पदार्थमा हुने ट्रान्सफ्याट सम्बन्धी जरूरी सूचना जारी गरेको छ ।
नेपाल राजपत्रको खण्ड ७३ संख्या ५३ नेपाल राजपत्र भाग ५ मिति २०८० ÷१०÷२५ मा प्रकाशित अनिवार्य गुणस्तर मापदण्ड ०२.१८ खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम् सिमा सम्बन्धी सुचना प्रकाशित भई मिति २०६१।०४।२२ देखी कार्यान्वयनमा आईसकेको व्यहोरा जानकारी गराइन्छ ।
हाइड्रोजिनेसन विधिद्वारा तयार गरिएको वनस्पती घ्यू तथा आंशिक रुपमा हाइड्रोजिनेसन गरिएको वनस्पती तेल तयार गर्दा उत्पन्न हुने औद्योगिक ट्रान्स फ्याट र यस्ता पदार्थ प्रयोग गरि उत्पादन, समय वा बिक्री वितरण गरिने खाद्य पदार्थमा प्रयोग हुने ट्रान्स फ्याटको मात्रा उक्त खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २% भन्दा नबढेको हुने पर्ने साथै खाद्य पदार्थको लेवलमा ऐन नियम वमोजिम लगाउने लेवल विवरण साथै अनिवार्य रुपमा ट्रान्स फ्याटको मात्रा समेत उल्लेख गर्नु पर्ने जनाएको छ ।
लेवलमा ट्रान्सफ्याट रहित भनि दावी गरिएको हकमा सो खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा ०.२ ग्राम प्रति १०० ग्राम चिल्लो पदार्थको तौल भन्दा बढी हुन नहुने व्यवस्था रहेको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन सम्पुर्ण खाद्य उत्पादक, आयातकर्ता, सञ्चयकर्ता तथा बिक्री वितरणकर्ताहरुलाई सुचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain