कृषि विशेषसमाचार

४१ औं विश्व खाद्य दिवस महिनाभर मनाइने

धनबहादुर मगर
काठमाडौं २५ भाद्र ४१ औं संयुक्त राष्ट्र संघीय विश्व खाद्य दिवसको अवसरपारी खाद्यका लागि कृषि अभियान लगायत संघ संगठनले संयुक्त रुपमा खानाका लागि खेतीपाती भन्ने नाराका साथ महिनाव्यापी कार्यक्रम गर्ने भएको छ ।
उक्त अवसरमा अभियानले अनामनगर यूनियन हाउसमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रेस विज्ञाप्ति वितरण गरिएको छ ।
विज्ञाप्तिमा जारी गरिएअनुसार सन् १९७९ देखि शुरु गरिएको विश्व खाद्य दिवस नेपालले समेत मनाउन थालेको चार दशक नाघेको बताइएको छ । यसै बीच प्राकृतिक दोहनले निम्त्याएको संकटको सामना गर्दै दिगो विकास गर्ने लक्ष्य हासिल गर्ने भन्दै तिन दशकदेखि भईरहेको विश्व शिखर सम्मेलनहरुमा खाना र खेतीतीपाी साझा चासो भएको कुरा गरिदै आएको छ । खासगरी, सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनले अगामी १५ औं वर्ष भित्र विश्व भोकमरी अन्तय गर्न शुन्य भोग अभियमान चलाउने प्रतिवद्धता व्यक्त ग¥यो त्यसयता खाद्य सुरुक्षा विश्वको मुख्य प्राथमिकता रहेको कुरा स्वीकार गर्दै यसको सम्वोधन गर्न तदनुकूल अन्तर्राष्ट्रिय र राष्ट्रिय नीतिहरु तर्जुमा गर्दै खाद्य तथा कृषि प्रणालीको सुधारका विभिन्न प्रयत्नहरु भईरहेका छन् ।
यस पृष्ठभूमिमा यस वर्ष हाम्रा पहलः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण भन्ने नारा सहित मनाउन लागिएको ४१ औं विश्व खाद्य दिवस, हाम्रा लागि सान्दर्भिक र महत्वपूर्ण छ । यस प्रशंगमा, हामी नेपाली सबैको भोको नरहने र पर्याप्त खाना पाउने आधारभूत खाद्य अधिकार समाजका संरचनागत विभेद, भू–राजनीति, उपनिवेश र परनिर्भरताको साङ्गलोमा जकडिएको र उकुच जस्तै बल्झिएको पक्ष त छँदैछ । त्यस माथि थपिएका पर्यावरण, मानव स्वाथ्य, खाद्य संकट, आम्दानी र जीवनयापनका आधारभूत समस्याहरुसँग जुधिरहेका छौं । यस माथि विगत दुईवर्ष देखि कोभिड–१९को महामारी र यसले निम्त्याएको विषयमा परिस्थितिको सामना गरिका छौं ।
यस परिवेशमा यि सबै समस्याको सम्वोधन गर्दै आम नागरिकले विषरहित पोषिलो खाना खान पाउने अवस्था बनाउने र यसका लागि माटो र समग्र पकृतिक जीवन्त राख्ने कुरा सर्वाधिक महत्वपूर्ण छ । यस वर्ष हाम्रो कृषि खडेरी र अतिवृष्टि दुबैको शिकार भएको छ । रोगकीराले पनि बढी सताइएको अनुभव गरिएको छ । एकातिर हाम्रो उत्पादन आवश्यक रुपमा बढ्न सकेको छैन भने अर्कोतिर भएको थोरै आम्दानी पनि मात्रा र पौष्टितकता दुबै हिसावले कम रहेको पत्रु खानामा बढ्दो रुपमा खर्च भइरहेको छ । यी अहं महत्वका कुरालाई आम जनसमुदायको जानकारीमा ल्याउन खानाको लागि खेतीपातीका मुख्य आयामहरु समेट्दै जनशिक्षा र जिम्मेवार निकायको ध्यानाकर्षण गर्न खाद्य दिवस महिनाव्यापी रुपमा मनाउन गईहेको छौं । हामी यो अवसरलाई स्वास्थ्य र पोषणयुक्त खाने कुरा खान पाउने नैर्सगिक अधिकारका लागि खाद्य, कृषि भूमि लगायत जीवनयापनका प्राथमिक आधार तथा अन्य प्राकृतिक स्रोत माथि किसान समुदाय, खासगरी महिला, दलित, आदिवासी जनजाति र विपन्न समूहहरुको न्यायिक हक समर्पित गर्न प्रतिवद्ध हुने अवसरको रुपमा लिन चाहान्छौ सँधै जस्तो हामी सबैको खानाको जोहो गर्न खेतबारीदेखि भान्छासम्म दिनरात खट्ने सम्पुर्ण जनसुमदाय विशेषगरि महिलाहरुको विवेकपूर्ण मिहनेतको कदर गर्छौं उल्लेख गरिएको छ ।
विज्ञाप्तिमा हामीले चाहेमा घातक रसायनिक विषादीरहित खेती पातीबाट विषमुक्त र पोषण युक्त, खाना सबै र सँधैको लागि उपलब्ध गराउन सक्छौं भन्ने कुरामा दृढ अठोट लिन र निरन्तर प्रयासरत रहन यो दिवसले हामी सबैमा उत्प्रेरणा जगाऔं भन्न चाहन्छौं । हाम्रा सरकारले १० वर्षमा देशको खेती प्रणालीमा जैविक बनाउने वृहत र साहसिक राजनीतिक प्रतिज्ञा यसरी विर्से किः त्यो भन्नका लागि मात्र भनिएको जस्तो भान भएको छ । प्रदेश र पालिकाहरुले पनि यस दिशामा धेरै उत्साह देखाएका छैनन ।
कृतिम रसायन र विषादीरहित खेतीपाती र खानाको बन्दोवस्त गर्ने प्रयत्न खासगरी कर्णाली प्रदेशमा भएको यो पहल अगाडि लैजान थप होस्टे र हैंसे गर्दै जनस्तर देखिनै जोडदिनु आवश्यक छ । यसले मात्र स्थानीय भूगोल र पर्यावरण अनुकूल र स्थानीय समुदायको खाद्य संस्कृतिमा आधारित कृषि पद्धतिको जग बसाउने सम्भव हुन्छ । यो प्रयासलाई सम्भव बनाउनु हामी सबै सरोकारवालाको साझा दायित्व समेत हो । सबैलाई थाहा छ, राष्ट्रिय अर्थतन्त्र किसानको आम्दानी र रोजगारी बढाउने कुरा तत्कालै अर्को उपयुक्त विकल्प छैन । हामी यस दिशामा शुरु गरिएको प्रयत्नहरु सघन रुपमा अगाडि बढाइयोस् भन्न चाहन्छौं । अन््यथा यो आफैमा नारामा मात्र सीमित कपट सावित हने विज्ञाप्तिमा जनाएको छ ।
विज्ञाप्तिको अन्तमा नेपाली किसानलाई केन्द्रमा राखेर मात्र नेपालले दिगो खाद्य तथा कृषि प्रणालीको विकास गर्न सक्ने कुरालाई पुनःस्मरण गर्दै सबै तहका सरकार, नागरिक समाज, सञ्चार जगत र सम्पूर्ण किसान समुदायलाई खाद्यका लागि कृषि अभियानमा जुट्न आव्हान गर्दै एकवद्धताका लागि महिनाव्यापी कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।

खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जन बढी संघ–संस्थाले संयुक्त रुपमा कार्यक्रम मनाउने भएका हुन् । विगत पाँच वर्षदेखि यसैगरी कार्यक्रम मनाइदै आइएकोमा कोभिडको समस्यालाई मध्यनजर गरेर अधिकांश कार्यक्रम भर्चुअल रुपमा मनाउने तयारी गरिएको अभियानले जनाएको छ ।
विश्वव्यापी रुपमा अक्टोबर १६ मा मनाउँदै गरेको विश्व खाद्य सम्मेलन दिवसलाई नेपालको चाडवाडको मितिलाई पनि ख्याल गर्दै सन्दर्भ पारेर महिनाव्यापी दिवसको कार्यक्रम तालिका बनाएर दिवस मनाउन थालिएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनु भयो ।
नेपालको खेतीपातीलाई खुट्टा टेकाउनका लागि, नीतिगत पहल सच्याउनको लागि विश्व खाद्य दिवसको अहम् भूमिका रहेको खाद्यका लागि कृषि अभियानका अभियानकर्ता डा.कृष्णपसाद पौडेल बताउनुभयो ।

महिनाव्यापी कार्यक्रममा १७ वटा विभिन्न कार्यक्रमहरु गर्नेछ । सातवटा कार्यक्रम संघीय तहमा नीतिगत वहसमा केन्द्रीत हुनेछन् । प्रदेश तहमा खाना, खेतीपाती र वन उद्यमसँग जोडेर छलफल गर्ने तयारी भएको अभियानको सदस्य संस्था फियान नेपालकी प्रतिनिधी लक्ष्मी गुरुङले बताउनु भएको छ ।
बागमती प्रदेशमा कृषि र पशुपालन, गण्डकी प्रदेशमा आत्मनिर्भर कृषि प्रणालीका बारेमा, लुम्बिनी प्रदेशमा कृषि उपजको प्रशोधन, कर्णाली प्रदेशमा प्राङ्गगारिक कृषि अभ्यासको बारेमा र ७ नम्बर प्रदेशमा कोरोना संकट र गाउँवासीहरुको बसाईसराईको विषयमा छलफल हुने जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close