कृषि विशेषसमाचार

कृषि अनुदान वास्तविक किसानले पाएनन ः सुवेदी

धनबहादुर मगर
काठमाडौं १६ कार्तिक ४१औं विश्व खाद्य दिवसको सन्दर्भमा खाद्यका लागि कृषि अभियानले महिनाव्यापी कायक्रम जावलाखेलस्थित प्रशासनिक प्रतिष्ठानमा समापन गरेको छ ।
कार्यक्रममा कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिका सभापति पूर्णा कुमारी सुवेदीले कृषि नगर्नेहरुले कृषि अनुदान लिइरहेको र वास्तविक किसानले अनुदान पाउन नसेकेको प्रति चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले कृषि अगाडि बढ्नु नसक्नुमा ती कारण पनि प्रमुख रहेको बताए । सुवेदीले कृषि क्षेत्रको उत्थान र विकास गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।
चर्चित कलाकार सीताराम कट्टेल (धुमुस)ले प्राकृतिक प्रकोप जस्ता घटनाहरु हुँदा नेपालको किसानहरु जुझ्नु परेको बताए । नेपालको कृषि खस्कदै गएको र आफू पनि विगतमा कृषक कर्म गर्दै आएको बताउँदै कट्टेलले म पनि किसानकै छोरो हुँ, म ५ बजे उठेर बारीमा जोत्न जान्थे । मैले वँगुर पालन व्यवसाय पनि गरेँ । आफ्नै देशमा केही गर्न खोज्दा हतोत्साही गर्ने गरेको बताउँनु भयो । कट्टेलले आफू अभियानमा जोडिनु पाउँदा खुशी लागेको बताए । सबै संकट राजनीतिमा छ । दलहरु परिवर्तन नभईकन नेपालको कृषि परिवर्तन नहुने बताए ।
कृषि क्षेत्रमा यहाँहरुको साथ सहभागी हन पाउँदा खुशी लागेको छ । र आफूहरु समाजसेवी काममा सहभागी भइरहेका छौं । आफ्नो मातृभूमि हराभरा बनाउन अनुरोध गर्दछु ।

“म के चाहीँ गर्ने हो ।’’ नामक चलचित्रका गायक सरोज लामीछानेले प्रकृतिसँग, माटोसँग खेल्ने, हामी कलाकारबाट प्रस्तुत विषय हेर्दा केही गर्न नसकेको बताए ।
लमिछानेले कागज मिलाएर कृषिको अनुदान लिने र वास्तविक गोवर सोहर्ने किसानले नपाउने दुखद अवस्था आएकोले कृषि माथि उठ्न नसकेको प्रति चिन्ता व्याक्त गरेको छन् । म पनि यहाँहरु सँगै छु, लामिछानेले भने ।
नेपाली प्रगतिशील जन गायक जीवन शर्माले ती दाह्री जँुगा फुलेको छन्,
ति दात सबै फुत्केका छन् । बराजुको खेतमा छ बुढो किसान
वर्षा झरि हिउदभरी काम काम, हलो छैन, गोरु छैन ।
गाउँदै शर्माले भने आफु लाग्न नसके पनि आफ्नो ठाउँबाट योगदान पु¥याउने बताउनु भयो ।
नागरिक अभियन्ता नारायण वाग्लेले आफ्नो गाउँमा बारी वन्जर बनिसकेको र व्यवस्थापन गर्न नसकेको कुरा बताउनु भयो । वाग्लेले अब व्यवस्थापन गर्न आफू पनि लागि पर्ने बताउँदै कृषिमा राजनीतिले ल्याएको अन्याय हो र आफू पनि यस्तै अभियानहरुमा जोडिनु चाहेको कुरा बताउनु भयो ।
अभियन्ता उषा तिमिल्सिनाले म किसानको सन्तान हुँ । संरचनामा परिवर्तन नगरिकन कृषिमा फर्किने अवस्था छैन । बुबा आमाले गरेको खेती किसानी आजको युवा पीढिले गर्न सक्दैन ।
४ लाख युवाहरुको रोजगारको सिर्जना भयो कि भएन । म दल भित्र पनि छु । जे विषयमा छलफल हुनु पर्ने हो त्यो भएको छैन । वैदेशिक रोजगारीमा जानेहरुले नेपाल फर्केपछि केही गरिरहेका छन् ।
अभियन्ता नारायण सिग्देलले कृषि क्षेत्रमा लगाव हुन शुरु देखिनै विद्यार्थीहरुलाई व्यवहारिक रुपमा सहभागी गराउनु पर्ने बताउनु भयो । त्यसो गरेमात्र देशको कृषि अगाडि बढ्ने छ । ९२ लाख विद्यार्थीहरुलाई खेतीपातीमा लगाउने हो भने कृषिमा आत्मनिर्भ बन्ने बताउनु भयो । साथै सिग्देलले यसका लागि आफैबाट शुरुवात गर्नु पर्ने बताएका छन् ।
खाद्यको लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले अझै पनि कृषि गर्ने किसान बढी भन्दा बढी सहभागी गरेका छौं । यो क्रम भंगता हो । सरकारी मान्छे र किसान बीच मात्र समाधान खोज्छौं । हामीले चलाएको अभियानमा नेपालको कृषिलाई हरित क्रान्तिको मोडलमा लानु पर्छ भनेर सरकार पनि लागि परेको छ । नेपाली किसानलाई यावत समस्या आइपरेको बताउँदै तराईको डुवान, र जमीनमा रासायनिक वस्तु प्रयोग गर्दा जैविक विविधता नाश गरिरहेका छौं । अब हामीले निर्यातको लागि भन्दा पनि खानाको कुरा गरौं । विदेशबाट आयतित उपभोग्य वस्तु खाएर हामी रोगी भइरहेका छौं । बोट, विरुवा, प्रकृति सबै विषाक्त बन्दै जाँदा जलवायू परिवर्तन भई समग्र प्रकृतिमाथि अन्याय हुँदै गएका छन् ।
कार्यक्रमको बारेमा अभियानकर्मी सिन्द्रेला देवानले कायक्रमको महत्व र आवश्यकताको बारे बताएका थिए ।
कार्यक्रमको उद्घोषण डा.सुजता तामाङले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close