समाचार

फरक सोँच, फरक प्रविधि, फरक अनुभवसाथ नेपाल एग्रो लाइभ

धनबहादुर मगर
ललितपुर मंसीर ४ थोपा सिँचाई प्रविधि र कृषि इन्जिनियरिङ्ग क्षेत्रमा २ दशकभन्दा लामो
अनुभव हासिल गरेका राजन गैरेले फरक सोँच, फरक प्रविधि, फरक अनुभवसाथ नेपाल एग्रो लाइभ प्रा.लि संस्थापन गरि आफ्नो नवीनतम अनुभवलाई नेपाली किसानको माझमा ल्याएको हो ।
गैरेको नेतृत्वमा नेपाल एग्रो लाईभ प्रा.लि आजदेखि विधिवत सञ्चालनमा आएको छ । प्रा.लिलाई नेपाली किसानहरुमाझ पु¥याउने प्रतिवद्धता सहित सञ्चालनमा आएको उक्त संस्थाले विभिन्न प्रकारका कृषि प्रविधिहरु नेपालमा विस्तार गर्ने जनाएको छ ।
कृषि प्रविधिमा लामो अनुभव प्राप्त व्यक्तित्वहरुको सहभागीतामा कृषि क्षेत्रको उज्ज्वल भविष्य देखेर नवीन अवधारणाका साथ नेपाल लाइभ अगाडि आएको गैरैले बताउनु भएको छ ।
नेपाल एग्रो लाइभले किसानहरुलाई व्यवसायमैत्री बनाउँदै कृषिमा काम गर्ने, साना सिँचाई, कृषि उत्पादन प्रणालीलाई देशको सातै प्रदेशमा विस्तार गरी प्रविधिमैत्री बन्न सहयोग गर्ने, किसानलाई प्राविधिक सेवा र सहयोग पु¥याउने, युवाहरुलाई प्राविधिक सेवामा जोड्ने, कृषिमा अध्ययन अनुसन्धान गरिरहेको विद्यार्थीहरुलाई नेपाल एग्रो लाइभ प्रा.लिको संयन्त्रमा जोडेर लैजाने, नेपालमा दिगो कृषिका लागि प्रविधि प्रसार, आत्मनिर्भर कृषि र बजारीकरणमा जोड दिने, जस्ता महत्वपूर्ण अवधारणा बोकेर नेपाल एग्रो लाइभ प्रा.लि आएको बताए ।
प्राध्यापक डा.कुमार लामा, रोशन सुवेदी, चिरिञ्जीवि रिजाल सल्लाहकार रहेको उक्त प्रा.लिमा विषयगत विज्ञ तथा कृषि क्षेत्रमा अनुभव प्राप्त व्यक्तित्वहरुबाट सेवा परामर्शहरु अगाडि बढाउने बढाउने जनाएको छ । नेपालको हावापानी र माटो सुहाउँदो पृथक पहिचानकासाथ अध्ययन अनुसन्धान गरि प्रविधिको उपयोग गर्ने, प्रा.डा.कुमार लामाका अनुसार कृषि क्याम्पसहरुमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु माझ डेमोको रुपमा प्लटको प्रदर्शनी गर्ने, सरकारले युवा लक्षित प्रविधिमा आधारित कार्यक्रम ल्याउन नसकिरहेको अवस्थामा सरकारसँग पनि सम्भव भएसम्म मिलेर काम गर्ने छन् । लामाका अनुसार प्रविधि आएपनि बुझाउन नसक्दा नेपाली किसानहरु प्रविधि मैत्री बन्न नसकेको बताउनु भयो । अनुदानले विकृति ल्याएको छ । फार्म अनुदानको लागि हो भन्ने लागेको छ ।
नेपाल एग्रो लाइभका सल्लाहकार रोशन सुवेदीका अनुसार किसानको घर आँगनमा पुगेर काम गर्ने बताउनु भएको छ । उहाँले नेपालमा जलवायू परिवर्तनले मात्रात्मक असर देखिएको बताउँदै स्मार्ट कृषि प्रविधि आवश्यकता भइसकेकोले एग्रोलाईभ त्यसका निम्ति तयार रहेको बताउनु भयो । ६ वटा कम्पोनेन्टमा आधारित भएर प्रविधि विस्तार गर्ने र काममा लागि परेको छ । किसानले आफै सहभागी बनेर प्रविधिहरुमा काम गर्ने सक्ने वातावरण बनाउने पनि जनाएको छ । सल्लाहकार डा.कुमार लामाका अनुसार प्रविधिमैत्री व्यवसायमैत्री स्मार्ट कृषि तयार गर्ने प्रमुख लक्ष्य रहेको छ । यसलाई ६ वटा अवधारणा लाई आधार मानेको पनि बताए । नेपाल एग्रो लाइभ प्रा.लि.ले थोपा सिँचाई र साना सिँचाई प्रविधिलाई कम लागतमा बनाइन्छ । नेपालको कृषिमा ठूला प्रविधिको प्रयोग गर्दैमा नेपाली कृषि आधुनिकीकरण गर्न नसक्ने बताउँदै भौगौलिक अवस्था अनुसार प्रविधिहरु विस्तार गर्नु पर्ने बताए । अगुवा कृषक तालिम, सिँचाई प्रविधिको तालिम गरिने बताए । बाह्य सहयोगबाट कृषिमा आत्मनिर्भर नभईरहेको अवस्थामा आफ्नै देशको हावापानी र माटो सहाउँदो प्रविधि उपयोग गरि कृषिमा आत्मनिर्भर हुनु पर्ने बताए । तिनै सोँच अवधारणाका साथ प्रा.लि लागि परेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close