धनबहादुर मगर
सृष्टिकाल ः
सन् २०२१ को नोभेम्वर १–१२ सम्म संयुक्त राष्ट्र संघको आयोजनामा संयुक्त अधिराज्य बेलायतको स्कटल्याण्डको ग्लास्गोमा अन्तराष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी २६ औं संस्करण सम्पन्न भएको छ । विश्वभरका वैज्ञानिकहरु, वातावरणविद्हरु, जलवायु परिवर्तनसँग सरोकार राख्ने सरोकारवालाहरुको महासम्मेलनमा सबैले आ–आफ्नो तर्फबाट प्रतिवद्धता जाहेर गरेको छ । यसले पनि विश्वलाई जलवायु परिवर्तनमा सहयोग गर्ने काम नगर्न विश्व समुदायलाई आग्रह गरेको छ ।
यो सम्मेलनले विश्वलाई सकारात्मक सन्देश त दिएको छ । राष्ट्र प्रमुख सरकारहरुले संकल्प समेत गरेको अवस्था छ । यस्तो अवस्थामा प्रत्येक देशले आफ्नो संकल्पलाई पूरा गर्छ कि गर्दैनन् भन्ने हेर्न बाँकी रहेको छ ।
वैज्ञानिकहरूको मत अनुसार पृथ्वीको वायुमण्डलमा तीनसय करोड वर्ष पहिले अक्सिजन थिएन । त्यो समयमा सूर्यको तेज हालको तुलनामा २५ प्रतिशत कम थियो वायुमण्डलमा २०० गुणा बाक्लो कार्वन डाइअक्साइडको तह थियो । चारैतिर फैलिएको तापको बचाउ गर्न र ग्रीष्ममण्डलको वायु सहितको वर्षाको रक्षा गर्न आदिकालमा समुद्रको सतहमा देखा परेका विभिन्न किसिमका एक कोषीय जीवहरूको जन्म भएको थियो प्रकाश संश्लेषण क्रियाद्धारा तिनीहरूले कार्वन डाइअक्साइडको कार्वन तत्वलिएर शनैः शनै वायुमण्डलमा अक्सिजनको परिमाणमा बढाइदिए । आजभन्दा दश करोड वर्ष पहिले पृथ्वीको तापक्रम भयंकर तातो थियो । त्यतिबेला हालको तापमात्रको तुलनामा ६ देखि १२ डिग्री सेल्सियस बढी थियो । त्यो समयमा उत्तर र दक्षिण मेरुप्रदेशमा अहिलेको जस्तो हिउँ थिएन । १८ हजार वर्ष पहिले पृथ्वीमा हिमयुग आयो फलस्वरुप पृथ्वीको सरदर तापक्रम हालको तुलनामा ५ डिग्री सेल्सियस घटेर गयो । कार्वन डाइअक्साइडको परिमाण ¥हास भयो ।
उष्णता वृद्धिको कारण ः
भनिएको छ, मानिसको अदुरदर्शी क्रियाकलापले एकातिर वायुमण्डलमा कार्वन डाइअक्साइड, सल्फाईडाइ अक्साइड, नाइट्रोजन अक्साइड मिथेन क्लोरोफ्लुरो कार्वन र जलीय वाष्प थुप्रिएर तिनीहरूको परिमाण वृद्धिले वातावरण प्रदुर्षण व्यापक र घना भएर गइरहेको छ । भने अर्कातिर व्यापक रुपमा प्राकृतिक वन विनाशको अतिरिक्त हरित गृह वाष्पको प्रभावले भूमण्डलीय उष्णता वृद्धि हुँदै गईरहेको छ ।
उष्णता वृद्धिको दुष्परिणाम ः
सन् १८०० देखि २००५ को जनवरी महिनाभित्र यो २०५ वर्षको अवधिमा वायुमण्डलको गति र प्रतिकूल हावामा भएको कार्वन डाइअक्साइड, सल्फरडाइ अक्साइड, नाइट्रोजन अक्साइड, जलीय वाष्पको परिमाणको विश्लेषणको आधारमा वैज्ञानिकहरूले भूमण्डलको उष्णताको असर पत्तो लगाउन एउटा मोडेल तयार गरेका छन् । त्यसैको आधार सन् २००५ मा सर्वाधिक उष्णता (गरम ताप) हुनेछ भनेका थिए । र त्यो वर्ष यथार्थमा मानिसले बढी गर्मी भएको अनुभव गर्नु प¥यो । डाँडाकाँडामा बसेको शिप्ला श्रीनगर दार्जलिङ्ग शहर पनि गर्मीबाट अछुटो रहने छैन भनेको थिए । अभिलेख अनुसार पहिलो उष्णता वर्ष सन् १९९८ थियो भने दोस्रो र तेस्रो उष्णता वर्ष यथाक्रमले २००२ र २००३ थिए, भनिएको छ । भारतको हिमाञ्चल प्रदेशमा हिउँदमा पनि हीउँ पग्लिएका थिए भने दक्षिण बंगालमा जाडो भएन । यूरोप र अमेरिकामा बाक्लो हिउँपर्न सकेन । यसरी भुमण्डलको उष्णता वृद्धिको कारण वैज्ञानिहरूले हरित गृह प्रभावलाई मानेका छन् । हरित गृह भनेको बोट बिरुवा वनस्पति उपनी, पालनपोषण गर्न निर्माण गरिएको शिसा अथवा प्लाष्टिकको घर हो । सूर्यको साना तरंग दैध्र्मको अवशोषित किरण शिसा छेडेर भित्र जान सक्छ र जसका आंशिक परिमाण उक्त घर भित्रका बोटबिरुवाले अवशोषन गर्छन । बाँकी प्रतिविम्वित लामो तरंग दैध्र्मको किरण शिसा छेडेर बाहिर जान सक्दैन । शिसा घरभित्र रुमलिएर बस्छन्, घुमिरहन्छन् । फलस्वरुप शिसाघर तातिन्छ । बाहिर वायुमण्डलमा पनि यही रीतले यस्तै प्रक्रिया चलिहेको छ । फलस्वरुप हावामा कार्वन डाइअक्साइड नाइट्रोजन अक्साइड मिथेन क्लोरोफ्लुरो कार्वन, जलीय वाष्प र हरितगृह वाष्पको परिमाण बढेर गएको छ । यी ग्याँसहरूले पृथ्वीबाट प्रतिविम्वित अवशोषित किरणहरू शोसेर लिन्छन् । जसको कारण वायुमण्डल तातो हुन्छ ।
पृथ्वीको सतह र होचो भू–भाग गरम हुन्छ । यिनै कारणहरूले गर्दा विगतको शताब्दी देखि पृथ्वीको तापको मात्रा १ सेन्टीग्रेड बढेको छ । यसरी वायुमण्डलको ताप मात्रा बढ्दै जानु विश्वको निमित्त भयावहको संकेत हो । केहीगरी तापको मात्राको सन्तुलन तलमाथि हुनगएमा कृषि बालीको अतिरिक्त मानिसको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्नेछ भनेर विश्व स्वस्थ्य संस्थाले सतर्क गराएको छ । त्यतिमात्र होइन हिउँदमा पर्याप्त कठ्याङ्ग्रीने–ठिहि¥याउने जाडो नभएमा विभिन्न किसिमका भाइरस, व्याक्टेरिया अथवा एक कोषीय परजीवहरू सक्रिय भएर उठ्नेछन् । फलस्वरुप संक्रमण हुने आशंका बढ्छ । हावामा हरितगृह वाष्पको प्रभावको मात्रा थुप्रिदै बढ्दै जानाले यूरोप अमेरिका र एशियाको दाँजोमा बढी गर्मी हुने मुलुकहरू–भारत ती मुलुकहरूमध्ये हिउँदको महिनाको अवधि विस्तार, विस्तारै छोटिदै गएका छ । उत्तर गोलाद्र्धमा तापमात्रको वृद्धिको कारणले त्यस क्षेत्रको घाँस उम्रन थालेका छन् भने साउदी अरबमा हिउँ परेको छ । यसरी मौसममा अस्वभाविक देखा पर्नुमा हरित गृह प्रभावले हुन गएको ठहर भएको छ । तापको मात्रा बढ्नाले नै दक्षिण प्रशान्त महासागरमा एलनिनो–तापक्रम र मौसमको असाधरण अवस्थाको जुन समस्या शनैः शनैः देखा परेको छ । त्यसले समुद्रको पानी तातो भएर गएको छ ।
भविष्यवाणी ः
हरित गृह वाष्पको असरले वायुमण्डलको ताप वृद्धि हुनेछ र समुद्रको पानी अझ तातो भएर जानेछ जसले गर्दा वातावरणमा सोझै प्रभाव पर्नेछ । प्राकृतिक सन्तुलन असन्तुलन भएर जानेछ । मौसममा परिवर्तन आउनेछ ।
सन् १९७५ लाई आधार वर्ष मानेर वैज्ञानिहरूले वातावरण परिवर्तनको समीक्षा गरेका छन् । भनिएको छ । कार्वन डाइअक्साइडको परिमाण जब ४०० पार्टस परमिलियन पुग्छ तब १७५० को परिमाण भन्दा बढी २ डिग्री सेल्सियस माथि पुग्नेछ, भनिएको छ । यो समयमा हावामा कार्वन डाइअक्साइडको परिमाणमा ३७९ पिपिएम छन् । वर्षेनि २ पिपिएम भन्दा बढीभई हावामा गएर मिसिने गरेकोछ । यदि आज भोली नै ताप वृद्धि रोक्न सकिएन भने आगामी दशकदेखि पन्ध्र वर्षभित्र तापको परिमाण बढेर ४०० पिपिएम पुग्नेछ । सान्टियागोका क्रिप्स इन्स्टिच्युटका वैज्ञानिक टोली बार्नेटले विश्वका विभिन्न ठाउँमा समुद्रको ७०० मिटर गहिराईमा राखिएका यन्त्रको सहयोगले गत ४० वर्षको पानीको तापको परिमाणको ७० लाख नमूना संकलन गरेको छ । त्यसको आधारमा बार्नेटको अनुसन्धानले भनेको छ । ‘‘चालीस वर्षमा समुद्रको तापको परिमाण न्युनतम ०.५ डिग्री सेल्सियस बढेको छ र समुद्रको गहिराईमा यो तापको परिमाणको वृद्धि ०.१५ डिग्री सेल्सियस छ ।’’
भनिएको छ, विश्वभर जसरी प्रदुर्षण बढेको छ त्यसले आगामी शताब्दीमा अहिले भनिने गरिएको मेरुप्रदेश अब रहन्छ कि रहँदैन यो गम्भीर विषय लिएर वैज्ञानिकहरूले प्रश्न उठाएका छन् । सम्भवतः आगामी शताब्दीका मानिसहरूले मेरुप्रदेशका भालु अथवा पेन्गुइन चरा देख्न पाइने छैनन् । मेरु प्रदेशमा हिउँ पग्लिएर जानाले समुद्रको पानीको आयतन बढ्ने फलस्वरुप समुद्र र नदी किनारमा बसेको शहरहरू डुवानमा पर्नेछन् । डुवानमा पर्नेमा कोलकोत्ता पनि एउटा हो । समिक्षा गरेर हेर्दा के देखिएको छ भने विश्वको तापको परिमाण बढेर जानाले भारतको कुल स्थल भागको ०.१६ प्रतिशत भाग समुद्रका गहिराईमा तल पिँधमा पुग्नेछ र जसको आयतन ५७६३ वर्ग किलोमिटर हुनेछ । र जसको परिणाम अपूरणीय आर्थिक क्षति हुनेछ । अर्को यो पनि भनिएको छ कि सन् २१०० को दशकभित्र पश्चिम बंगालको कुल १.३८ प्रतिशत कृषियोग्य जमीन नष्ट भएर समुद्री पिँधमा पुग्नेछ । साथै यो पनि भनिएको छ कि पृथ्वीको ताप मात्राको वृद्धिका कारण ५० वर्षमा पृथ्वीको चार भागको वनस्पति र जीवहरूको अस्तित्व संकटमा पर्नेछ ।
प्रदुर्षण निराकरणको उपाय ः
जीवमात्रको प्राणहरण गर्ने उद्देश्यले उठेको भूमण्डलीय उष्णता वृद्धि रोक्न १४१ राष्ट्र समुहले २००५ को फेब्रुअरीबाट कार्यन्वयन हुनेगरी एउटा परिकल्पना (परियाजना) काममा ल्याएका छन् । क्योटो प्रोटोकल (क्योटो पूर्वसन्धि) नामको यो परिकल्पनाको मुख्य उद्देश्य हरित गृह वाष्पको निकास घटाउनु रहेको छ । तर पूर्वसन्धि एक त अत्यधिक खर्चिलो त्यसमाथि पनि उन्नतिशील राष्ट्रहरूलाई विनाकारण त्यसै छोडिएको भनेर दोष दिएर अमेरिका पुर्वसन्धिबाट हटेर बसेकोछ भनिएकोछ ।
पूर्वसन्धिको पहिलो विधानमा कुनै वाधाविध्न नभएपनि २००८ देखि २०१२ को दशकभित्र उन्नतिशील राष्ट्रहरूले क्योटो सन्धिमा हस्ताक्षर गरेका छन् ।
गएको वर्ष सन् २०२१ को नोभेम्वर १–१२ सम्म संयुक्त राष्ट्र संघको आयोजनामा संयुक्त अधिराज्य बेलायतको स्कटल्याण्डको ग्लास्गोमा अन्तराष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी २६ औं संस्करण सम्पन्न भएको छ । विश्वभरका वैज्ञानिकहरु, वातावरणविद्हरु, जलवायु परिवर्तनसँग सरोकार राख्ने सरोकारवालाहरुको महासम्मेलनमा सबैले आ–आफ्नो तर्फबाट प्रतिवद्धता जाहेर गरेको छ । यसले पनि विश्वलाई जलवायु परिवर्तनमा सहयोग गर्ने काम नगर्न विश्व समुदायलाई आग्रह गरेको छ ।
सन्दर्भ पत्रिका ः
श्री अरुणीमा चक्रवर्ती, ग्लोवल वार्मिङ्ग
दैनिक स्टेटस्म्यानको पृष्ठसंख्या र बंगला भाषामा प्रकाशित विहिबार २४ नोभेम्बर २००५
कृषि जर्नल मासिक
विज्ञान तथा प्रविधि बुलेटिन