कृषि प्रविधि

माहुरीको गोला विभाजन

गोला संयोजन

माहुरीको गोला विभाजन
परिचय र आवश्यकता ः
एक गोला माहुरीबाट दुई वा दुईभन्दा बढी मौरी गोला उत्पादन गर्ने विधिलाई गोला विभाजन भनिन्छ । मौरीपालकले गोला विभाजन गरेर एउटै गोलाबाट धेरै गोला बनाउने सक्क्तछ । यसरी वृद्धि गरेको माहुरी गोला थप आयआर्जन गर्नको लागि बिक्री गर्न सक्तछ । वा आफै माहुरीखर्कमा राखेर मह उत्पादन वृद्धि गर्न पनि माहुरी पालकले आफ्नो लक्ष्य वमोजिम गोला संख्या बढाउन गोला विभाजन गर्न सक्तछ । तर महको प्रवाह भएको मौसममा गोला विभाजन गर्दा महको उत्पादन कम हुने हुनाले गोला वृद्धि गर्ने कि मह व्यवसायिक उत्पादन गर्ने भन्ने बारेमा सोच्नु जरुरी हुन्छ । खासगरी हुल नियन्त्रण गर्नका साथै गोला वृद्धि गरी व्यवसायी, व्यवसायिकतातर्फ उन्मूख हुन गोला विभाजन गर्न सकिन्छ ।
गोला विभाजन गर्दा ध्यान दिनु पर्ने कुराहरु ः
समय÷मोसम ः
साधारणतया गोला विभाजन गर्ने उपयुक्त समय मह प्रवाहको समय हो । मौसम र स्थान अनुसार वर्षको दुईपटक गोला विभजान गर्न सकिन्छ । जस्तो तराई र मध्य पहाडमा एक पटक माघको अन्तिम हप्तादेखि चैत्रको अन्तसम्म, अर्को पटक आस्श्विनको अन्तिम हप्ता देखि मंसीरको दोस्रो हप्तासम्म, नेपालको उच्च पहाडमा बैशाखदेखि भाद्र महिनामा गर्नु सकिन्छ । व्यवसायिक मौरीपालकले कृत्रिम रानु उत्पादन गरी आवश्यक गोला उत्पादन गर्न सक्छन् ।
–विभाजन गरिने गोला मजबुत र स्वस्थ हुनु पर्दछ । मजबुत गोला भन्नाले १० फ्रेम मौरी र ६ फ्रेमभन्दा बढी छाउरा भएको हुनु पर्नेछ । साथै खाना पनि प्रशस्त भएको हुनु पर्दछ ।
–गोलामा भाले मौरीको उपस्थिति हुनुपर्दछ ।
–रानु कोषहरु भएको हुनु पर्दछ ।
–पानी परेको वा ठण्डी चिसो भएको समयमा गोला विभाजन गर्नु हुँदैन ।
–घमाइलो वा न्यानो दिनको दिउँसो गोला विभाजन गर्नु पर्दछ ।
गोला छनौट ः
गालो विभाजन भनेको मोरीको वंशवद्धि गर्नु हो । गोलाको वंश वृद्धि गर्दा गुणस्तरको ध्यान दिनु जरुरी हुन्छ । गुणस्तरीय गोला उत्पादन गर्नको लागि निम्न अनुसार गुण भएको गोला छनौंट गरी विभाजन गर्नु पर्दछ ।
–रानुको फूल पार्ने क्षमता राम्रो भएको हुनु पर्ने ।
– धेरे मह तथा परागसंकलन गर्ने क्षमता भएको गोलो हुनु पर्ने ।
–रोग तथा शत्रुसँग लड्ने प्रतिस्र्धात्मक क्षमता भएको हुनुपर्ने ।
–हुल निर्यास र गृहत्यागको प्रवृति कम भएको गोलो हुनु पर्ने ।
–अनुपयुक्त मौसममा आफनो गोला संख्या कायम गरी मजबुट बनाई राख्न सक्ने क्षमता भएको ।
पर्व तयारी ः
गोला विभाजन गर्नु अगाडि माथि उल्लेख गरिएको वँदाहरु जस्तै ः आवश्यक सामग्री विभाजन गरिने गोला अवस्था, छनौंट समय, मौसम विभाजन गरेपछि चाहिने सामाग्री सबै तयारी गर्नु पर्दछ ।
–रित्तो घार÷डमी बोर्ड समेत
–छनौंट गरिएको मजबुट गोला
–आधारचाका र जडान गरिएको चौकोस÷खाली चाका ः
–फिडर÷चिनी
–निरीक्षणका सामग्री
विभाजन विधि ः
१) प्राकृति विभाजन
हुल निर्यास् हुने मौसममा गोलामा धेरै रानु कोषहरु हुन्छन् । ुहुल निर्यासलाई नियन्त्रण गर्न सो रानु कोषलाई उपयोग गरेर हुल निर्यास् हुन अगावै गोला विभाजन गर्न सकिन्छ । यो विधिबाट गोला विभाजन गर्दा हुने निर्यास नियन्त्रण हुन्छ । तर वंश सुधार (हुल निर्यास हुने गुण) भने हुँदैन ।
२) गुणस्तरीय रानु उत्पादन गरेर गोला विभाजन ः
यो विधिमा मौरी पालकले माथि भनिएझैं उत्कृष्ठ माउ गोला छनौंट गरी मह प्रवाह हुनु अगाडि गुणस्तरीय रानु उत्पादन गरेपछि उक्त रानु÷रानुकोषलाई पर्तिस्थापन गरिने कार्यबाट गुणस्तरीय रानु सहितको गोलो विभाजन गर्न सकिन्छ । यो विधिमा एक गोलालाई एकै पटकमा एकभन्दा बढी न्यूक्लियस् गोला बनाउने सकिन्छ । तर प्रत्येक न्युक्लियसमा कम्तीमा २ वटा छाउरा, चाका र खाना सहितको ३÷४ वटा चाका दिनु जरुरी हुन्छ । तर प्रत्येक न्यूक्लियस्मा कम्तीमा यसरी तयार गरिएको गोला आवश्यक ठाउँमा तत्काल लैजान र बिक्री गर्न सकिन्छ । माथिको दुबै अवस्थामा गोला विभाजन गर्दा समानन्तरण विधिद्धारा चरणवद्ध रुपमा निम्न वमोजिम
गोला विभाजन गरिन्छ ः
–सबैभन्दा उपयुक्त माउगोला छनौंट गर्ने
–माउगोलालाई यथास्थानबाट १ फिट वायाँपट्टी सार्ने ।
–रित्तो घारलाई साविकको माउगोला भएको स्थानबाट १ फिट दायाँपट्टी समानन्तरण हुने गरी राख्ने र पुरानो स्थान खाली गर्ने ।
–रानु एक छाउराहरु भएको फ्रेमहरु ४÷५ वटा फ्रेममा छाउरासमेत राख्ने कुट र मह भएका चाकाहरुलाई पनि बराबर दुबै घारमा राख्ने अन्य रानु कोषहरु भएमा हटाई दिनु ।
–वयस्क मौरीहरु पनि दुबै घारमा बराबर विभाजन गर्ने ।
–चरनबाट फर्केका मौरीहरू दुबै घारमा बराबरी प्रवेश गरे नगरेको ध्यान दिने ।
–बराबरी प्रवेश नगरेमा धेरै प्रवेश गरेको घारबाटा एकफिट अझ पर सार्ने र कम प्रवेश गरेको घारलाई पूरानै ठाउँपट्टी नजिक सार्ने र बराबरी गर्ने ।
–यसरी घारमा भएको छाउरा, वयस्क र महका चाकाहरु विभाजन गरीसकेपछि रानु भएको घारमा आवश्यकता अनुसार (एक अथवा एकभन्दा बढी) रित्ता चाका वा आधार चाका प्रयोग गर्ने ।
–आवश्यकता अनुसार डमी बोर्ड प्रयोग गर्न सकिन्छ । र घारलाई ढक्कनहरु लगाएर राम्ररी राख्नु पर्दछ ।
–विभाजित दुबै घारमा वयस्क मौरीको संख्या करिब बराबर र नभएमा विभाजन गरेको दिन बेलुकी घारहरु एकआपसमा ठाउँ बदलेर पनि मौरीको संख्या मिलाउन सकिन्छ ।
–मौरीहरु आ–आफ्नो कार्य गर्न शुरु गरेपछि दैनिक साँझमा १–१.५ फिटका दरले घार सार्दै आफूले इच्छाएको स्थानमा राख्ने सकिन्छ ।
–विभाजित गोलामा ३ दिन बेलुकी हल्का चास्नी खुवाउने र आवश्यकता अनुसार आधार चाका थप्दै गोला व्यवस्थापन गर्नु पर्दछ ।
गोला संयोजन
परिचय र आवश्यकता ः
मौरीपालकले दुई वा दुईभन्दा बढी कमजोर मौरी गोला वा आवश्यकता अनुसार बलियो र कमजोर मौरीगोलालाई मिसाएर एउटा स्वास्थ मजबुट गोला बनाउने प्रक्रियालाई गोला संयोजन भनिन्छ । प्रक्रियँ पु¥याएर गोला संयोजन गर्दा दुई गोलाको गन्ध एकाआपसमा मिसिने हुनाले मौरीहरु मिलेर बस्दछन् । गोला संयोजित हुन र दुई कमजार गोलाबाट एक स्वास्थ मजबुट गोला प्राप्त हुन्छ । निम्न कारणहरुले गर्दा गोला समायोजन गर्न आवश्यक छ ।
–गोलो कमजोर भएमा ः विभिन्न कारणहरुले गर्दा कमजोर भएको गोलाहरु संयोजन गर्दा मजबुत हुन्छन् ।
–(रानुविहिन) रानुकोष उपलब्ध नभएमा रानु भएको गोलामा संयोजन गर्नु पर्दछ ।
–वितपाते मौरी भएमा ः कहिले काहीँ मौरीगोलामा कर्मीहरूनै फुल पार्न थाल्दछन । यस्तो प्रक्रियामा शुरु हुनु वित्तिकै वितपाते हटाएर बाँकी सामान्य मौरीलाई रानु भएको गोलामा संजयोजन गर्न पर्छ ।
–रानु असफल भएमा ः यदाकदा रानु भएतापनि फुल नपार्ने वा पारेको फुलबाट भाले मौरीमात्र निस्कने हुन सक्क्तछ । खासगरी आपत्कालीन रानुको अवस्थामा पर प्रतिकूल मौसममा यस्तो हुन्छ । यस्तो रानुलाई हटाएर अन्य गोलामा संयोजन गर्नु पर्दछ ।
–मह उत्पादन वृद्धि गर्नु परेमा ः मह प्रवाहको मौसममा मौरीको संख्यामा तुरुन्त बढाएर मह उत्पादन गर्नु परेमापनि दुई गोला समायोजन गर्न सकिन्छ ।
गोला संयोजन गर्दा ध्यान दिनु पर्ने कुराहरू ?
–चरनमा गएका माौरी सबै आ–आफ्नो गोलामा फर्किसकेको हुनु पर्दछ । साँझमा मात्र संयोजन गर्नु पर्दछ ।
–संयोजन गर्न छनौंट गरिएको गोला मध्ये स्वास्थ र गुणस्तरीय रानु भएको गोलामा अर्को गोलामा अर्को गोला रानु विहिन गरेर संयोजन गर्ने ।
–कागज माथि राखेको गोलाका मौरीहरु बाहिर छलिनु हुँदैन ।
–वितपाते गोला भएमा वितपाते मौरीलाई हटाउने ।
–संयोजन गर्दा दुई गोला विच प्रयोग गरिने कागजलाई मौरी नछिर्ने गरी प्वाल बनाउने ।
–रोगी गोलालाई उपचार नगरी स्वास्थ मौरी गोलामा संयोजन गर्नु हुँदैन ।
–संयोजन गर्दा रानु भएको गोलामाथि रानु विहिन गोला आसनबोट हटाई राख्ने ।
पूर्व तयारी ः
–संयोजन गर्नु पर्ने गोलाहरूको पहिचान
–संयोजन गर्नु अािगड सो गोलाहरु नजिकबाट टाढा छन् भने सारेर ल्याउनु पर्दछ । गोला सार्दा कमजोर गोला सार्ने र दिनको २ फिट मात्र सार्नु पर्दछ ।
–संयंोजन गर्नु पूर्व गोला खाना भण्डार नभएमा ३ दिन कृत्रिम आहार (चिनी चास्नी) खुवाउनु पर्दछ ।
–संयोजन गर्नुभन्दा २४ देखि ४८ घण्टा भित्र कमजोर रानु गोलाबाट हटाउनु पर्दछ ।
–संयोजन गर्न कमजोर गोलालाई मजबुट गोलामा मिसाउने ।
–संयोजन गर्ने गोलाहरुमा मौरीले नढाकेमा खाली चाका, फ्रेमहरु दिउँसो घारबाट हटाउनु पर्दछ । साथै सुपरहरु छन् भने सो पनि झिक्नु पर्दछ ।
–वितपाते मौरी संयोजन गर्नु पनेमा वितपाते गोलालाई करिब २ सय मिटर पर लगेर टकटक्याउने र पूरानो ठाउँमा फर्केको सामान्य मौरी मात्र संयोजन गर्ने ।
–वितपाते गोलामा अण्डा भएको चाका हटाएर संयोजन गर्ने ।
संयोजन गर्ने विधि ः
कागज विधि मौरीगोलाको संयोजन गर्ने सबैभन्दा सुरक्षित विधि हो । यो विधिमा दुई गोलाको विचमा राखिने कागजमा पारिएको मसिना प्वालहरुबाट दुई गोलाको गन्ध मिसिन गई गोलो संयोजन हुन्छ । निम्न चरणहरु पार गर्दै गोला संयोजन गर्नु पर्दछ ।
–नजिककै राखिएको संयोजन गर्ने गोलाहरुमा हल्का धुवाँ दिने ।
–रानु भएको गोलाको ढक्कनहरु खोलेर भित्री ढक्कनको ठाउँमा तयार पारिएको कागजले छाउरा कक्ष राम्ररी पूरा ढाक्ने ।
–कागजमा मह वा २ ः १ को चिनी चास्नी हल्का लेपन गर्ने ।
–रानु विहिन गोलाको आसनबोर्ड हटाउने र छाउरा कक्षलाई कागजमाथि राख्ने । यो कागजमाथि राखिएको गोलाको मौरीहरू बाहिर वायाँ आसनबोर्डमा छुट्नु हुँदैन । छाउरा कक्ष उचाल्दा सो आसनबोर्डमा रहेको मौरीलाई समेत कागजमाथिबाट ल्याएर राख्नु पर्दछ । किनभने र यदि माथि राखिने घारको मौरी बाहिरै छुटे भने तिनीहरुलाई आफ्नो गोलामा जाने बाटो हुँदैन । तल्लागोलाले प्रवेश दिँदैन । र त्यसरी छुटेका मौरीहरू मर्दछन् ।
संयोजित गोलाको व्यवस्थापन ः
संयोजित दुई गोला विचमा राखिएको काजगबाट दुईवटा गोलाको गन्ध मिसिन्छ । र दुबै गोलाका मौरीहरुलाई गोला एउटै भएको भान पर्दछ । यसरी सुरक्षित तरिकाले गोला संयोजन हुन्छ । यसै विचमा करिव ४८ घण्टा भित्र सो कागज दुबैतर्फका मौरीहरुले काटिसकेको हुन्छन् । त्यसपछि घार खोलेर माथिल्लो कक्षामा भएका मौरी र चौकोसहरुलाई तल्लो कक्षामा सार्नु पर्दछ । एउटामात्र कक्षामा मौरीहरू राख्नु पर्दछ । कागज हटाई सके पछि आवश्यकता अनुसारा बेलुकी ३ दिनसम्म कृत्रिम आहार खुवाउनु पर्दर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close