मौरी उत्पान तथा व्यवस्थापन
परिचय र महत्व ः
मौरी पालन व्यवसायलाई आयमूलक बनाउनको लागि गुणस्तरीय रानुको महत्वपूर्ण भूमिका हुन्छ । मौरीपालकले आफूसँग भएका गोलाहरुको पहिचान र छनौट र कार्यबाट जातीय सुधार गर्दै लानु अति आवश्यक हुन्छ । मौरी गोलाको सम्पूर्ण क्रियाकलापहरु जस्तो मौरी गोलाको सङ्ख्यात्मक क्षमता, बढी संकलन गर्ने र क्षमता, रोग प्रतिरोधात्मक क्षमता, शान्त स्वभाव आदि रानुको बानी बेहोरा हुनुमा वंशानुगत गुणहरुमा निर्भर हुन्छ । गोलामा रानुले मात्र फुल पार्ने भएकाले आफ्नो वंशानुगत गुणहरु फुलहरूमा सार्ने काम गर्छन । जसबाट कर्मी मौरी। रानु मौरी र भाले मौरीहरु जन्मन्छन् । अतः राम्रो र स्तरीय गोलाहरु छनौंट गरि सो गोलाहरुबाट मात्र रानु र भाले मौरीहरुको उत्पादन गरे गोला बढाउन सकेमा आफूसँग भएको गोलाहरुमा जातिय सुधारलाई निम्न उद्देश्यहरु पूरा गर्न सकिन्छ ।
–रानु विहिन गोलामा या पूरानो रानु फेर्न ।
–नराम्रो र कम उत्पादन दिने गोलाको रानु फेर्न ।
–चाहिएको समयमा धेरै रानु उत्पादन गरी रानु बिक्री गर्न ।
–माग अनुसार गोलाहरुको सङ्ख्या बढाई बिक्री वितरण गर्न ।
रानु उत्पादन दुई तरिकाबाट गर्न सकिन्छ ः
१) प्राकृतिक तरिका
२) कृत्रिम तरिका
१) प्राकृतिक तरिकाबाट रानु उत्पादन ः
मौरीहरुले आफ्नो आवश्यकता अनुसार तीन अवस्थामा रानुहरु उत्पादन गर्ने गर्दछन् । जसलाई प्राकृतिक तरिका भन्न सकिन्छ ।
अ) हुल निर्यास
आ) वद्धोद्धार
इ) आपतकालीन संकटकालीन अवस्थामा ः
मौरीपालकलाई उपयुक्त समयमा रानुको आवश्यकता भएमा मौरीलाई रानु बनाउने वातावरण सिर्जना गरेर पनि प्राकृतिक रानु उत्पादन गराउन सकिन्छ ।
२) कृतिम तरिकाबाट रानु उत्पादन ः
मौरीपालकले उपयुक्त समयको गोलाबाट रानु उत्पादन गर्ने विधिलाई कृत्रिम तरिकाबाट रानु उत्पादन गर्ने भनिन्छ । यस तरिकामा मौरीपालकले आफैले कृतिम रानुकोषहरु बनाई आफूले छानेको गोलाबाट १–२ दिने कर्र्मी मौरीका लार्भाहरु रानुकोषहरुमा प्रतिस्थापन गरेर रानु विहिन बनाएर नर्सरी गोलाहरुमा राखिन्छ । उक्त नर्सरी गोलाहरुका कर्मी मौरीहरुले ती गोलाहरुलाई शाही खुराक खुवाई, हेरविचार गरी रानु बनाउने कार्य गर्दछन् ।
रानु कोषको पहिचान ः
मौरीगोलामा मौरीले नयाँ रानुको आवश्यकता महशुस गरी रानुका लागि बनाइने कोषलाई रानुकोष भनिन्छ । रानुकोष, भाले कोष र कर्मीकोष भन्दा ठूलो र लाम्चो आकारको हुन्छ । चाकामा गाईको थुनजस्तै कोषहरु देखिएमा त्यो रानुकोष हो भनी चिन्न सकिन्छ ।
हुलनिर्यास् रानुकोष ः
मौरीहरुले उपयुक्त मौसममा वंशवृद्धि गर्नुको लागि छुट्टै बस्ने तरखरमा लाग्दछन् । यसका लागि छाउरा चाकाको तल्लो भागमा कर्मी मौरी र रानुको समझादारीमा बनाइने कोषलाई हुल निर्यास् रानुकोष भनिन्छ । एक गोलामा प्रशस्त संख्यामा रानुकोषहरु बनाई हुल निर्यासको तयारी गर्न ।
वृद्धोद्धार राुनकोष ः
कर्मी मौरीले रानुको उपस्थिति हुँदा–हुँदै रानु बदल्ने उद्देश्यले बनाउने कोषलाई वृद्धिद्धर कोष भनिन्छ । कर्मी मौरीहरुले चाकाको विच भागमा थोरै संख्यामा रानुकोषहरु बनाई रानुलाई फुलपार्न लगाउँछन् । रानुकोषबाट रानु निस्केपछि पूरानो रानुलाई प्रतिस्थापन गर्दछन् । तर अपवादको रुपमा पूरानो रानुलाई यथावत राख्दै नयाँ रानुले काम गरेको देखिन्छ । यस्तो रानु कोषबाट हुल निर्यास् हुने सम्भवना न्यून् हुन्छ । यस्तो रानु कोषहरु पनि स्तरीय हुने हुँदा अन्य रानु विहिन गोलामा वा रानु फेर्न वा गोला विभाजन गरी प्रयोग गर्न सकिन्छ ।
आपत्कालीन÷संक्रमणकालीन रानु कोष ः
मौरीगोलमा अकस्मात रानुविहिन हुन गएमा कर्मी मौरीले २४ घण्टापछि निषेचित अण्डा वा लार्भा भएको कोषलाई रानु कोषमा विकास गरी बनाइने कोषलाई आपत्कालीन रानु कोष भनिन्छ । आपत्कालीन अवस्थामा रानुकोषहरु छाउरा चाकाको जुनसुकै भागमा पनि देखिन सक्छन् । र यिनीहरुको संख्या प्रशस्त मात्रामा देखिन्छ । आपतकालीन अवस्थामा बनाइएको रानु कोष हुनाले यसको आकार सानो हुनुका साथै सबै रानुकोषहरु गुणस्तरीय हुँदैनन् तर यस्तो कोषहरुबाट पनि हुल निर्यास हुने सम्भावना रहन्छ ।
रानु उत्पादनको लागि वंश छनौट ः
आफुसँग भएको गालाहरुको वंशाणुगत गुण कस्तो खालको छ त्यो छान्नका लागि निरीक्षण कार्य गर्दा सबै गोलाहरुलाई नम्बर दिई अभिलेख राख्नु पर्दछ । यसका लागि तल उल्लिखित गुणयुक्त गोलाहरुलाई रानु र भाले उत्पादनका लागि प्राथमिकता दिनु पर्दछ ।
–बलियो र स्वास्थ गोला
–शान्त स्वभावको
–हुल निर्यास र गृहत्यागको प्रवृति कम भएको
–सुख्खा समयमा पनि संख्यात्मक क्षमता राम्रो भएको
–अनुपयुक्त समयमा पनि छाउरा चाकालाई राम्रोसँग छोपेर बस्ने क्षमता भएको
रोग र शत्रुसँग लड्न सक्ने क्षमता भएको
–मह र कुट भण्डार गर्ने क्षमता बढी भएको ।
समय व्यवस्थापन ः
नेपालमा भौगोलिक स्थिति र जलवायूको विविधताका कारण विभिन्न स्थानमा अनुकुल मौसम, पुष्परस र कुटको प्रवाहका आधारमा छुट्टा–छुट्टै समयमा रानु उत्पादन गर्न सकिन्छ । विशेषगरी फाल्गुन चैत्र र असोज कार्तिकसम्म पहाडी, मध्य पहाडी र तराई क्षेत्रको लागि तथा उच्च पहाडी जिल्लाका लागि जेष्ठ–असारतिर रानु उत्पादन गर्दा बढी सफलता पाइन्छ ।
रानु कोषको छनोट ः
मौरी गोलामा प्रशस्त रानु कोषहरु देखिए पनि सबै रानु कोषहरु गुणस्तरीय नहुन सक्छन् । तसर्थ मौरीपालकले रानुकोष छनोट गर्दा निम्न कुरालाइृ ध्यान दिनु पर्दछ ।
धेरै मौरीले ढाकेको रानु कोष
–लामो सलक्क परेको रानु कोष
–छनोट गरिएको रानु कोषमध्ये फरक उमेरका दुईवटा रानुकोषहरु राख्न सकिन्छ ।
–अनावश्यक रानु कोषहरुलाई चँुडेर फालिदिने अन्यथा हुल निर्यास हुन सक्छ ।
रान् फेर्ने÷प्रवेश गराउने प्रतिस्थापन गर्ने तरिका ः
मौरीपालकहरुले प्रत्येक वर्ष रानु फेरेमा गोला एकैनासले बलियो र स्वास्थ हुने भएकाले मौरीगोलामा रानु प्रवेश÷प्रतिस्थापन गर्ने तरिका जान्नु अति आवश्यक छ । गोलामा सोझै रानु प्रवेश गराउँदा कर्मी मौरीहरुले टोकेर पनि मार्न सक्दछन् । अतः निम्न तरिकाहरु अपनाउन सकिन्छ ः
रानु विहिन गोलामा रानु प्रवेश गराउनु अघि सबै चाकाहरु निरीक्षण गरी रानुकोषहरु देखिएमा हटाइदिने वितपाते भइसकेको अवस्थामा रानु प्रतिस्थापन गर्नु अगावै सबै वितपाते मौरीहरुलाई हटाउने ।
–रानु भएका गोलालाई २४ घण्टा भित्रपछि । रानुविहिन गरेर मात्र नयाँ रानु प्रवेश गराउने ।
र रानु सहित पूरानो पिँजडाभित्र चिनी, क्याण्डी अथवा महमा चापेको कपडा वा कपास राखिदिनु पर्दछ ।
–यदि दुबैतिर काठको बिर्को लगाएको रानु पिँजडा प्रयोग भएको भए २४ घण्टा पछि रानुलाई गोलाभित्र खुल्ला छोडेर हेर्नु पर्छ । यदि कर्मी मौरीहरु पोको परेर रानुलाई छोप्ने, रानु माथि चढ्ने, पखेता तान्ने आदि गर्न थालेमा रानुलाई फेरि पिँजडाभित्र राखी गोलामा राखिदिनु पर्दछ ।
–रानु प्रतिस्थापन गर्दा धुवादानीको प्रयोग गर्नु उत्तम हुन्छ ।
समात्ने तरिका र रानु पिँजडाभित्र भूरा राख्ने लागेको
गोलाभित्र रानु बदल्ने तरिकाहरु
रानुकोष प्रवेश गराउने तरिका ः
–राम्रो रानु कोषलाई छानेर सोको वरिपरिको चाका रानु कोषलाई वाधा नपुग्ने गरी चक्कुले काट्ने र प्रवेश गराउने गोलो विच भागको चौकोस निकाली चाकाको तल्लो भागमा चक्कुले रानुकोष सजिलै अट्ने गरी चाका काटी आवश्यकता अनुसार दरिलो छेस्का पसाई अड्काउने ।
–हरेका २–३ दिनको फरकमा निरीक्षण गरी रानु निस्केको फुल पारेको÷नपारेको हेर्ने र रानु निस्केको १५ दिन भित्र फुल नदेखिएमा सो रानु हटाई अर्को नयाँ रानु वा रानु कोष दिने र रानु वा रानु कोष छैन भने अन्य गोलासँग संयोजन गरिदिने ।
–कहिलेकाँही प्रतिकूल वातावरण, भालेको अनुपस्थितिका कारण रानुले वैवाहिक उडानमा असफल भई अनिसेचित फुल पार्न सक्छे । यदि कमी कोषमा रहेको फुलबाट भाले छाउराको विकास भएमा उक्त रानुलाई हटाई नयाँ रानु दिनु पर्छ ।
स्रोत ः मौरी विकास केन्द्र गोदावरी