सम्पादकीय

जैविक विविधता जोगाउन हामी सबै लाग्नु पर्छ

यस वर्षलाई सरकारले जैविक विविधता वर्षको रुपमा मनाउने निर्णय गरेर नेपालको जैविक विविधता जोगाउने जुन अभियान चालेको छ । त्यो अभियान स्वागत योग्य काम मान्न सकिन्छ । जैविक विविधता जुन ठाउँमा जे छ, त्यही ठाउँमा जन्मे हुर्केका किरा फट्याङ्ग्रा देखि सम्पूर्ण सुक्ष्म जीवहरु जैविक विविधता भित्र पर्दछन् भनेर चिनिन्छ । जुन कुरा सबैले बुझ्न सकिदैन । तिनै जैविक विविधताको वरिपरि हामी मानव जाति बाँचीरहेका छौं । हामी मानव जातिले पनि तिनै जीवनको सेरोफेरोमा रहेर जीवन निर्वाह गरिरहेकौं हुन्छौं । जैविक विविधता जोगाउन हामी मानव जातिको प्रमुख दायित्व रहेको छ । परापूर्व कालदेखि नै जैविक विविधताको धनी देश नेपाल आज अप्राकृतिक क्रियाकलाप गरेर आफैले जैविक विविधताको नाश गरिरहेको छ ।
विकास गर्ने नाममा नदी नाला, वन जंगलको नाश भईरहेको छ । अन्नबाली बढाउने नाममा रसायनिक मल प्रयोग गरिरहेका छौं । बाली नाश गर्ने किरा मार्ने नाममा रसायनिक विषादीहरुको प्रयोग गरिरहेका छौं । जसले गर्दा समग्र पृथ्वीको जीवन प्रणालीमा चाहेर वा नचाहेर नकारात्मक प्रभाव पार्ने काम भइरहेको छ । जैविक विविधतामा परेको प्रभावमा सिधै हाम्रो स्वास्थ्यमा मात्र असर पारेको छैन । अपितु समग्र जीवन र जगतलाई नै प्रभाव पारेको छ । हामीले आफ्नो गतिविधि अगाडि बढाईरहँदा जैविक विविधताको ख्याल गरेको छैन । आफ्नो स्वार्थपूर्तिको लागि प्राकृतिक स्रोत साधनलाई अपाकृतिक रुपमा दोहन गरिरहेको छ । जसको कारण अनेक प्रकारको समस्या मानव जातिले भोग्नु परेको छ ।
ठूला औद्योगिक मुलुकहरुबाट सिर्जित ढुवा र धुलोले समग्र पृथ्वीको जैविक प्रणालीलाई सबभन्दा बढी असर पु¥याईरहेको छ । यसको न्यूनिकरण गर्ने चाँसो साम अल सेखमा भएको कोप २७ औं श्रृँखलामा उठेको छ । उक्त जलवायू सम्मेलनमा क्षतिपूर्तिको कुरा उठेको छ । त्यो क्षतिपूर्तिले मानव जाति र जैविक विविधतालाई सुरक्षित गर्न सक्दैन ।
क्षतिपूर्तिले विनाश गर्ने तिर मात्र बढावा दिन्छ वैकल्पिक उपायहरुको खोजी गरिनु पर्छ ।
जैविक विविधता जोगाउन भनेर नेपाल सरकारले चालेको कदमलाई हाम्रो पनि कर्तव्य हो भनेर खुलेको चेतलाई सह्रानिय मान्नु पर्दछ । जैविक विविधता समग्र जीव जगतको सम्पत्ती हो । यसलाई जोगाउन नेपालले मात्र होइन विश्वको दायित्व हो ।
बढ्दो मानव अतिक्रमण र बढ्दो जनसंख्यालाई व्यवस्थापान गर्न नसक्दा प्रर्यावरणीय चक्रमा नराम्री असर त पु¥याएको छ नै, त्यसका साथै पृथ्वीमा रहेका जीवनको चक्रीय प्रणालीमा नराम्ररी असर पु¥याएको छ । जैविक विविधता के हो भनेर प्रचार प्रसार हुन जरुरी छ । यी सबै विषयहरु थाहा हुँदा–हुँदै पनि हामी सचेत र सजग भइरहेको छैन ।
जैविक विविधता जल, थल, वायूमण्डल भित्र पर्दछ । यसको समग्र जीवन जगतको भलाईको लागि सबै प्राणीको अस्तित्वको लागि बाँच्न पाउने जैविक प्रणालीलाई सघन बनाउनु आजको आवश्यकता रहेको छ । पृथ्वीमा घुमिरहने सम्पूर्ण ग्रह मध्ये पृथ्वी पनि एक भएकाले र त्यही पृथ्वी भित्र हामी मानव जीव रहेकाले समग्र जीवन प्रणालीलाई सही र साविक रहने गरि जीवन र जगतको सुक्ष्म प्रणालीमा सहयोग पु¥याउने खालको कार्यक्रम नेपाल सरकारले ल्याउन जरुरी छ ।
जैविक विविधताको नाश गर्ने मानव जाति नै हुन् । पृथ्वीलाई सन्तुलनमा राख्न मानव जातिको महत्वपूर्ण भूमिका रहन्छ । जैविक विविधता जोगाउन आजसम्म कसले के ग¥यौं र के गरेनौं भन्ने कुरा भन्दा पनि अब कसरी जोगाउने भन्ने कुरामा सबै अगाडि बढ्नु पर्छ ।
यो अभियानलाई जोडदिन सरकार मात्र नभई ग्रैह्र–सरकारी तथा सामाजिक संघ–संस्थाहरुको उत्तिकै दायित्व रहेको छ । यस क्षेत्रमा काम गर्ने थुप्रै संघ–संस्थाहरुबाट पनि काम भइरहेका छन् । अन्तर्राष्ट्रिय गैह–सरकारी संघ–संस्थाहरु समेत क्रियाशील रहेको अवस्थामा सबैको सहभागीतामा पालिका, प्रदेश र संघस्तरमा जैविक विविधता जोगाउने अभियानको थालनी गर्नु जरुरी छ । जसले भविष्यमा हाम्रो देश नेपालमा जैविक विविधता सुरक्षित छ भन्ने सन्देश विश्वलाई दिनसक्छ । नेपालको साख अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्छ । नेपालको प्रकृति र सँस्कृतिमा सुधार आउँछ ।
रसायिनक मल र विषादीको कारण पनि नेपालको जैविक विविधतामा ह्रास आएको कुरा नकार्न सकिदैन । यसको रोकथाम र वैकल्पिक उपायहरुको खोजी हुन जरुरी छ ।
नेपालको खेतीयोग्य जमीनको उर्वरा शक्तिमा ह्रास आएको छ । नदीनालामा पाइने स्थानीय जातका माछाहरु लोप भइसकेको अवस्था छ । हावा विषाक्त बनेको छ । ऋतुहरुको परिवर्तनको आएको छ । वसन्त ऋतुमा फुल्ने वनस्पति शिशिर ऋतुमा फुल्ने गरेको छ । यसको मुख्य कारण जीव जगतको प्रणालीमा असर भन्न सकिन्छ । जलवायू अनुकूलन समेत असर पुगेको छ ।
हिमाल, पहाड, तराई अवस्थित नेपाल जस्तो भौगोलिक अवस्था भएको देश अहिले पनि ४२ प्रतिशत वनजंगलले ढोकेको छ । जैविक विविधताको हिसाबले आज पनि हाम्रो देश धनी नै छ । तर ह्रासोन्मूक जैविक विविधतालाई जोगाउन हामीले जोड दिनै पर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close