समाचार

किसानको समस्याहरु सरकारले नसुने सडकबाट सुन्ने बनाउनु पर्छ अध्यक्ष ः प्रेम दंगाल

धनबहादुर मगर
काठमाडौं फागुन १८ राष्ट्रिय कृषक समूह महासंघले सातौं सामाजिक लेखाजोखा २०७९ तथा सातौ राष्ट्रिय परिषद भेला सम्पन्न गरेको छ ।
उक्त अवसरमा विभिन्न किसान संघ–संगठनलाई शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सम्बन्धित निकायको भन्छन् किसानले काम गर्छौं भन्छन् तर आम्दानी नै छैन भन्छन् । गाउँ–गाउँमा विकास भएको छ । व्यवस्थामा परिवर्तन भयो अवस्थमा परिवर्तत भएको छैन । अझै पनि ६० प्रतिशत किसानहरु छन् तरपनि दिन प्रतिदिन कृषि पछि परेका छन् ।
मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङले विकसित मुलुकहरुमा हरेक हिसाबले कृषकहरु सम्मानित भएको हुन्छ । कृषिमा संलग्न भएका सघ–संस्था धेरै छन् । बीउ विजन प्रशोधन लगायत क्षेत्रको काम गरेका छन् तर परिणामहरु घट्दै गएको छन् ।
केयर नेपालका कृषि विषयक प्रमुख जीवननाथ शर्माले आफ्नै पहिचान गर्ने र योजना बनाउने स्रोत विना योजना अगाडि बढाउन असम्भव हुन्छ । स्रोत स्थानीय, प्रदेश संघीय सरकारबाट आएको छ । उद्यमी किसानको सवालमा ओजनदार हुनुपर्छ ।
पारिवारिक कृषि वनका प्रमुख जोगराज गिरीले सिंहदरबारले सेवाग्राहीलाई नदेखेको बताउँदै सेवाग्राही देउता हुन् भनेर कहिले देख्छन् ? भारतबाट भटामास तरकारीहरु विनारोकतोक आएका छन् । हिजो दक्षिणतिर प्रहार गर्नु पर्छ भन्ने पार्टी सरकारमा छ । राज्यले के दिएको छ ? संगठन भित्र द्धन्द्ध हुनुपर्छ छलफलले मात्र चल्दैन । यो संगठनलाई बाज बनाउने हो वा हाँस बनाउने ?
रैथाने प्रोडक्टका अध्यक्ष तिलक ढकालले कार्यक्रम सफल भयो भने मात्र नेपालभरका किसानहरु सफल हुन्छन् । किसानको छोराछोरीले कोदो चिने भने कसरी नेपाली भन्ने ? गुन्द्रुक र जनै समेत चिनबाट पठाउँछ । हाम्रो देशको हाम्रो आफ्नै समाज छ । सानोछँदा खाएको कोदोको खोलेको झलझल सम्झना हुन्छ । हाम्रो कृषि, हाम्रो खेतबारी, हाम्रो बीउ पौष्टिकता भरिपूर्ण थियो । प्रकृतिले भूगोलमा हामीलाई स्रोत दिएको थियो । बिउ मात्र होइन हामी बाँधिएको समाज थियो । बीउ छैन भने हामी छैनौं । वहुर्राष्ट्रिय कम्पनीले बिउ दिएन भने हामी बाँच्दैनौं । तर कर्णाली बाँच्छ । हामीले रैथाने प्रोडक्ट भनेर स्थापना गरेका छौं । हाम्रा रैथाने उत्पादनहरु गुन्द्रुकमा भिटामिन डी पाइन्छ । महासंघका ६३ जिल्लाका किसानहरु लागियो भने ७७ वटा जिल्ला पुग्न सक्छौं । युवा कृषकलाई समेतेर अघि बढ्नुस् । हामीमा रासायनिक विषादी र रासायनिक मल चाहियो भन्ने अवस्थाको अन्त्य होस् ।
नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले ऐन कानून नभएको होइन । कार्यन्वयन पक्ष फितलो छ । कृषिमा ८० प्रतिशत सहुलियत ऋण विग हाउसले लिएका छन् । कृषिमा वैदेशिक लगानी सम्बन्धमा सर्वोच्चले पास ग¥यो । नेपालीहरु किन कृषिमा लाग्दैन ? सम्माननै छैन, कृषिको आत्मसम्मान हुनुप¥यो । विवाह गर्नुप¥यो भने कृषकको विवाह हुँदैन । कृषिमा वैदेशिक लगानीको विरोध गरौं ।
गैर–सरकारी महासंघका कोषाध्यक्ष नानीमाया थापाले गैर–सरकारी सामाजिक संघ संस्थालाई संकुचन गरिएको बताए । राज्यबाट कर, भ्याट नविकरणमा बढीनै लगाएको छ । राज्य उत्तरदायी किन भएन ? भारतबाट आएको तरकारी आउन किन दिइयो ? विश्वव्यापीकरण आधुनिक आधुनिक बन्दै गएको छ । गुन्द्रीबाट गलैँचामा स्थानन्तरण हुने क्रम बढ्यो । समृद्ध हुने कुरामा छलफल हुनुपर्छ ।
थापाले किसान भनेर तपाई कसलाई भन्नु हुन्छ ? भन्दा पुरुष भनेर जवाफ पाइन्छ । हाम्रा जमीनहरु बाँझा छन् नैतिक वन्धनको विषय हो । रासायनिक मल रासायनिक विषादी प्रयोग गर्नको कुरामा विरोध गर्नु पर्छ । सहजीकरण भन्दा नियन्त्रण गर्ने कार्य भएको छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सिताराम तामाङले हाम्रो नीति नियमलाई राज्यले ठगेको छ । वैदेशिक रोजगारमा जाने अवस्था रोक्नु सक्नुपर्छ । ७६ वर्षको उमेरमा ५० वर्ष यही कुरा गरेर जीवन बिताइयो । विदेशी सहयोग आएको कारण किसानलाई हेला गर्ने सरकारले ठीक ठाउँमा ल्याउन आन्दोलन गर्नुप¥यो । सरकारमा जो जान्छ त्यो लाटो हुन्छ । हामीसँग ताकत छ । स्लीपीङ्ग पार्टनर होइन, अभियान पार्टनर बनौं ।
प्रगतिशील राष्ट्रिय किसान संघका अध्यक्ष भाष्करमणी काफ्लेले प्रजातान्त्रिक किसान संगठनहरु सबै एउटै हुनुप¥यो भनेर पटक–पटक आवाज उठाएका छौं । उत्पादन भण्डारणका कुराहरुमा जोड दिनुप¥यो । रासायनिक मल विस्थापन गर्ने कुरामा जमीन जोत्नेको हो एकजुट हुनु प¥यो ।
कृषि विज्ञ दुर्गाप्रसाद जैसीले कार्यन्वयन प्रति हामी कति जिम्मेवार छौं । सरकारवादी किसान संगठन पनि विमुख छैन । महासंघले किसानहरुबीच हातेमालो गरि १ करोड ७० लाख किसानहरुलाई एकजुट बनाउनु प¥यो । विदेशबाट आएका युवाहरुलाई कृषिमा लाग्न जोड दिनुुपर्छ । कृषिमा पशुपन्छीको कुरा कम आएको छ । वर्ड फ्लुबाट असर पारिएका कृषकहरुको कुरा उठाउनु पर्छ । इको टुरिजमलाई जोड दिनुपर्छ । विषादीबाट पार्ने असरका कुरा महासंघले सचेततापूर्वक उठाउनु पर्छ । जीन बैकले बीउ र कृषि सहकारीले उत्पादनमा जोड दिनुपर्छ ।
खाद्य अधिकारकर्मी लुनानाथ अधिकारीले कृषि जीवकोपार्जन, खाद्य अधिकार, खाद्य सुरक्षा कार्यक्षेत्र शिथिल छ । किसान र युवाहरु कृषिबाट हट्दै गएका छन् । कृषिलाई राजनीतिभन्दा माथि उठाउनु पर्छ । कृषिलाई चाहिने संरचना प्रयाप्त छ । कृषि मन्त्रालय, नार्क, हाइव्रिड र प्राङ्गारिक कृषि क्षेत्रको पुन संरचनाको जरुरी छ । कृषि बजार प्रभावकारी र किसानको पक्षमा छैन, सहकारीले कृषि क्षेत्रमा किन भूमिका खेल्न सक्दैन ? समस्या उठाएर मात्र हुँदैन विकल्प छ । ६० प्रतिशत भन्दा माथि जमीन बाँझो छ । खाद्य अधिकार ऐन बनेको छ । १ लाख २५ हजार सदस्य भएका तपाईहरुले किसानको हितको लागि कुनै कोष खडा गर्नु भएको छ ? किसानी ऐलानी कोष गठन गर्नुपर्छ । १ लाख २५ हजारबाट कोष बनाउने हो भने कुनै बैंक वा सरकारले हल्लाउन सक्दैन । साना किसानले सरकारी अनुदान लिन प्रयास गर्नुपर्छ । साना किसानहरुको यस्तो कोष कमर्शियल बैंक भन्दा माथि जान सक्छौं । संरचना तयार गर्नु प¥यो । धादिङ वेसीमा २६ वटा कृषि सहकारी छन् । जैविक विविधताको संरक्षण गर्न जरुरी छ । अध्ययन अनुसन्धान हुनुपर्छ । रैथाने बाली उत्पादनमा जोड दिनुपर्छ । अहिलेसम्म केही बिग्रीएको छैन । दुइपटक गरि ३८ अर्बको रासायनिक मलको लागि वजेट छुट्याएको छ । ४ लाख १९ हजार मेट्रिक टन मल हामीसँग छ । तर हामीलाई चाहिने मल ७ लाख मेट्रिक टन हो । अब २८–१५ अर्व अनौपचारिक हिसाबले १ खर्बभन्दा बढीको रासायनिक मल खरिद गर्नु चानचुने कुरा होइन । आज रासायनिक मल उत्पादन गर्ने धेरै देशहरुले रासायनिक मल बनाउन छोड्दै गएको छ । चीन अष्ट्रलिया पहिलो अर्गानिक देश हो । जबर्जस्ती रासायानिक कृषि गर्नुपर्छ भनेर थोपरिएको मात्र हो । सरकारले बजारमा आधारित कृषि गर भनिरहेको छ । तर हामी व्यवसायिक रुपमा उत्पादन गर्न थाल्यौं कि फाल्नु पर्ने अवस्था आउँछ ।
१ लाख किलोमिटर बाटोमा आयातित वस्तु कुदाइरहेको छ । ठूल–ठूला विद्धानहरु गाउँमा फर्केर गाईपालन गरिरहेका छन् । पारिवारिक कृषिलाई जोड दिन नसकेसम्म कृषिको समस्या समाधान हुन सक्दैन । सरकार किसान देखिरहेको छैन । सरकार किसान उन्मूलन गर्ने योजनामा छ । १५ औं योजनामा कुनै हालतमा पनि घरेलु किसान राख्नु हुन्न भन्ने अवस्थामा सरकार छ । भू–उपयोग ऐन आएको छ । ऐनको उद्देश्य कृषियोग्य जमीन बनाउने हो । शिक्षा, स्वास्थ सुलभ बनाए मात्र कृषियोग्य जमीन बनाउन सक्छौं भन्ने कुरामा जोड दिन सकिन्छ । किसान आन्दोलन कोठाबाट हुँदैन ।
राष्ट्रिय किसान आयोगमा सदस्य जीवन्ती पौडेलले किसानको गुनासोहरु सोचे जति आएन । गुनासो सुन्ने मात्र होकी भनेर हुन सक्छन् । जिल्लाबाट आएका समस्याहरु जिल्लामै गएर समाधन गर्ने छौं । बिउको सवालमा आफ्नो विरासत किसानहरुले भुलेको छैन जिम्मेवारी पाएको खण्डमा आफ्नो भूमिका पूरा गर्न सक्छन् । आज पनि किसानहरुमा सिर्जनाशीलता बाँकी छ ।
राष्ट्रिय किसान आयोगको अध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेमप्रसाद दंगालले आयोग मार्फत किसानको कुरा सरकारसम्म पु¥याउने हो । विश्व व्यापार संगठनको सदस्य बनेको अवस्थामा र किसानको समस्याहरु सरकारले नसुन्दा सडकबाट पनि राज्यलाई जिम्मेवारी बनाउनु पर्छ । वैदेशिक लगानी लगायत विषयमा छिनोफानो हुनुपर्छ । यस विषयमा राजनैतिक संगठनहरु सहित आउनु पर्छ । किसानमैत्री राज्यको पुनःर्संरचना भएपछि कृषिमा पनि पुनःर्संरचना हुन्छ । किसानलाई राहत दिने विषय गृहमा पुगेर अल्झिएको छ । कृषिसँग सम्बन्धित विषय कृषिमै राख्नु पथ्र्यो । किसानको समस्याहरु बुझ्ने निकाय भएन । किसान आन्दोलनको रणनीति के हो ? संस्थालाई कसरी दिगो बनाउने ? सफलतापूर्वक सञ्चालन गर्न कोष खडा गर्नुहोस् ।
सडक अन्तिम हो । म पनि किसान आन्दोलनको व्यक्ति भएको हिसाबले म जान तयार छौं । निष्कर्ष सहित सबै किसानहरु एक ठाउँमा आउनु पर्छ । सबैका क्षेत्रको समस्या समाधान भए कृषिमा क्षेत्रमा मात्र भएन । कृषि बिग्रीयो भने सबै बिग्रन्छ । कृषि सप्रियो भने सबै सप्रन्छ ।
स्थानीय तहमा हामी दिगो पर्यावरणीय कृषि भन्छौं । हामी प्राङ्गारिक कृषिमा जोड दिन्छौं । स्वास्थ खानु पर्छ । ज्ञापनपत्र दिएर सुनाएको भरमा हुँदैन । सबैसँग साना ठूला छलफल गरेको छौं । अन्तमा निष्कर्षमा पुगेर आन्दोलनको विकल्प छैन ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत र सञ्चालन महासचिव रिता वस्ताकोटीले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close