समाचार

नेपाल डेरी एशोसिएसनले लियो चौंरी पालन प्रति चाँसो

व्यवसायी तथा विज्ञहरुको काठमाडौं चैत्र १५ नेपाल डेरी एसोसिएसनले एक विज्ञाप्ति प्रकाशित गरि नेपालमा चौरी पालन व्यवसाय सम्बन्धी वृहत छलफल गरेको जनाएको छ ।
कृषि विज्ञ लालकुमार के.सीको विशेष उपस्थितिमा चौरी पालन व्यवसाय बारे वृहत्तर छलफल कार्यक्रम गरेको बताइएको विज्ञाप्तिमा जनाएको छ । उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, उपाध्यक्ष मनोज कुमार घिमिरे, सह–कोषाध्यक्ष रामभक्त दाहाल र केन्द्रिय सदस्य रमेश सञ्जेल, नेपाल डेरी एसोसिएसन बागमति प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, उपाध्यक्ष ध्र्रुव तिवारी, सचिव श्याम घिमिरे, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला अध्यक्ष अजित बजगाईं, सदस्य लिलानाथ दाहाल लगायत ललितपुर दुग्ध व्यवसायी समिति कोषाध्यक्ष हुद्धराज तिमल्सिना, सदस्य पुर्षोक्तम सापकोटा, सदस्य दिपक तिमल्सिना, सदस्य सुवास दुलाल एवं कृषि पत्रकार किरण आचार्यको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विज्ञ के.सीले चौरीको बारेमा २९ जिल्लामा चौरी पालन हुने छलफलमा उठेका थिए । जसमा हाल पालन भइरहेको चौरीहरु दोलखा ५०५०, सिन्धुपाल्चोक ४६५१, रसुवा, २२८, रामेछाप ५२१, धादिङ्ग १७७, र नुवाकोट जिल्ला गरि देशभर ९०० वटा देशभर करिब ११,५२७ वटा चौरी गाईहरु रहेको तथ्याङ्क रहेको जनाएको छ । चौरी चराउन ३२÷३५ सय मिटरको उचाईमा लगिन्छ । यि निरोगी हुन्छन । शुद्ध खानपिन, जडीबुटी खाने हुँदा हतपत रोग लाग्दैन । यसले दिने दुध अत्यधिक पोषिलो र फुल फ्याटको हुन्छ । आजकाल दुध खुवाएर बाछाबाछी हुर्काउन छोडिएको छ । चौरीको दूधबाट छुर्पी र चिज उत्पादन हुन्छ । उच्च मूल्यको हुन्छ । र विदेश निर्यात भई विदेशी मुद्रा आर्जन गरिन्छ । हड्डी, रौं, सिं, पुच्छर आदि सबै बहुमूल्य हुन्छ हुने जनाएको छ । चौरी बहुउपयोगी जनावर हो । हाम्रो देशमा रहेका २५ वटा हिमाली जिल्ला रहेका छन् भने त्यसमध्ये १५ वटा जिल्लामा चौरी पालन हुन्छ । हिमाली जिल्लामा ४० प्रतिशत खर्क र वन जंगल छ । जहाँ चौरी पालनको अत्यन्तै सम्भावना हुन्छ । राज्यले फाईदाजनक पेशालाई संरक्षण गर्न जरुरी भएको बताइएको छ । कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले चौरी पालन व्यवसायलाई सबै मिलि थप उत्साह थप्न जरुरी भएको बताईको छ । चौरी, याक पालनलाई राम्रो बनाउँदा पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ । चौरी र याकलाई यातायातको साधनको रुपमा पनि विकट स्थानमा प्रयोग गरिने कुराले पनि यो व्यवसाय उपयोयी रहेको कुरा अध्यक्ष दाहालले बताए ।
कार्यक्रममा सहभागी सबैले चौंरीको बारे विभिन्न जिज्ञासा राखेका थिए भने विज्ञ के.सीले सबै जिज्ञासा मेटाएका विज्ञाप्तिमा जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close