कृषि विशेष

राष्ट्रिय कृषि गणना २०७८को नतिजा 

 वि.सं.२०१८ सालदेखि हरेक दश–दश वर्षमा कृषि गणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभागले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालयको स्थापना गरि २०७९ बैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क संकलन कार्य सम्पन्न गरेको थियो । तिनै तहका सरकारहरुलाई चाहिने कृषि सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्य सहित ‘कृषि गणना भएको छ । विगतका कृषि गणनाहरुमा जिल्लास्तरमा कृषि तथ्याङ्क मात्र प्रकाशित हुँदै आएकामा यस पटक ७५३ वटै पालिकासम्ममा कृषि तथ्याङ्क संकलन गरि प्रकाशन गरिएको छ । वैज्ञानिक विधिबाट तीन लाख ३० हजार एकसय १२ कृषक परिवारहरु छनौंट गरि कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छी सम्बन्धी विस्तृत विवरण संकलनका लागि पाँचहजार एक सय ५० गणक, एकहजार तीनसय ५० सुपरिवेक्षक तथा ७७ कृषि गणना अधिकृतहरु सहित करिब सात हजार दुईसय कर्मचारी प्रत्यक्ष र परोक्ष रुपमा परिचालित भएका थिए । तथ्याङ्क संकलनमा मूलत कागजी प्रश्नावलीको नै प्रयोग गरिएको थियो भने काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा ऋयmउभितभ(ब्ककष्कतबलत एभचकयलब िक्ष्लतभचखष्भधष्लन ९ऋब्एक्ष्० प्रविधिमा आधारित ट्याव्लेटको प्रयाग गरि तथ्याङ्क संकलन गरिएको थियो ।
कृषि गणनमा मूलतः संरचनागत तथ्याङ्क जस्तै स्थायी र अस्थायी बाली लागेको जग्गाको क्षेत्रफल, कित्त संख्या, जग्गाको उपभोग (स्वामित्व)एवं उपयोग, सिँचाईंको अवस्था, कृषि औजारका र सामाग्रीको प्रयोग, उमेर र जातअनुसार विभिन्न उपभोग (स्वामित्व) एवं उपयोग, सिँचाईंको अवस्था, कृषि औजार र कृषि औजार र सामाग्रीको प्रयोग, उमेर र जात अनुसार विभिन्न पशुपन्छीको संख्या, पशुपन्छीको संख्या, गैरआवासीय भवनको प्रयोग, कृषि कामदार सम्बन्धी विवरण, माछापालन, च्याउखेती, मौरी पालन, पुष्पखेती जस्ता सहायक कृषि क्रियाकलाप सम्बन्धी विवरणलाई समेटिएको छ । यसरीनै समयमानुकुल विषयवस्तु कृषि ऋण, बीमा र अनुदानको अवस्था, कृषिमा वातावरणीय पक्ष, खाद्यान्नको पर्याप्तता, कृषि बजारसम्मको पहुँच आदि जस्ता विषयहरु समेत समेतेर तथ्याङ्क संकलन गरि प्रकाशन गरिएको छ ।
कृषि गणना २०७८ बाट प्राप्त प्रमुख नतिजाहरु यस प्रकार छन् ।
–कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१,३०,७८९ कृषि परिवारले २२,१८४१० हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ । अघिल्लो कृषि गणना २०६८ अनुसार ३८,३१,०९३ कषि परिवारले २५,२५,६३९ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो ।
–२०७८ कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवार मध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्तो कृषक परिवार प्रतिशत ७१ देखाइएको थियो ।
–यो कृषि गणनाले कृषक परिवार अन्तर्गत जम्मा कित्ता संख्या १,१५,८३,९५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखाएको छ । अघिल्लो कृषि गणना २०६८ले यो संख्या क्रमशः १,२०,९६,४१७ र ३.२ रहेको देखाएको थियो ।
–कृषि गणना २०७८ अनुसार कृषक परिवारले १२,०९,२५६.५ हेक्टर जग्गामा सिँचाई सुविधा लिएको देखिएको छ । यी कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाई सुविधा उपयोग भएको देखिन्छ । तर अघिल्लो कृषि गणना २०६८ मा सिँचाई सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषि गणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो । यसरी नै सिँचित क्षेत्रफल मध्ये बाह्रै महिना सिँचाई सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ८,७९,५७० हेक्टर ७२.७ प्रतिशत रहेको यो गणनाले औल्याएको छ ।
–विगतका गणनाहरुमा जस्तै यस गणनामा पनि सबभन्दा बढी क्षेत्रफल खाद्यान्न बाली (२५८६१८३.० हेक्टर) लगाएको पाइएको छ भने अन्य बालीहरुमा क्रमशः कोशे÷दाल बाली (१,९९,८४४.८ हेक्टर), तेल बाली (१,८०,१४१.१ हेक्टर तरकारी बाली (१,०७,७३३.८ हेक्टर), कन्दमुल बाली (१,०४,७३७.८ हेक्टर), मसला बाली (५६,८९३.५ हेक्टर) र नगदे बाली (४४,६०,९.३ हेक्टर) रहेको पाइएको छ ।
–कृषि गणना २०७८ अनुसार धानबाली लागेको क्षेत्रफल १२,१६,३८७.७ हेक्टर, मकैको क्षेत्रफल ५,५९,९०९.३ हेक्टर र गहुँको क्षेत्रफल ६,५४,१९४.३ हेक्टर हुन आएको देखिन्छ ।
–कृषि गणना २०७८ अनुसार बाली सघनता ९ऋचयउउष्लन क्ष्लतभलकष्तथ० द्धारा १.१९ देखिएको छ । यो सूचकले नेपालमा कृषकहरुले वर्षमा सरदर दुई बाली लगाउने गरेको इंगित गरेको छ । गत कृषि गणना २०५८ र २०६८ मा कृषकहरुले वर्षमा सरदर दुईबाली लगाउने गरेको इंगित गरेको छ । गत यो क्रमशः १.८३ र १.८५ देखिएको थियो ।
–स्थायी बालीमा बगैँचाको रुपमा लगाइएको आँपको क्षेत्रफल १९,७८१.७ हेक्टर, केराको क्षेत्रफल ७,८९८.२ हेक्टर र सुन्तलाको क्षेत्रफल ६,५४५.३ हेक्टर, कागती क्षेत्रफल २,८०६.९ हेक्टर र स्याउको क्षेत्रफल ३,०८०.२ हेक्टर हुन आएको देखिन्छ । यी सबै फलफूल बालीहरुको क्षेत्रफल गत कृषि गणनाको भन्दा बढेको देखिएको छ ।
–नेपालमा गत १०÷१० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३,५३,८५७ बाट बढेर ३४,०५,०१४ हुन पगेका छन् भने गाई गोरुको संख्या करिब ४६ लाख, राँगाभैंसीको सख्या करिव २९ लाख बाख्रा, खसी÷बोका च्याँङ्ग्राको संख्या करिव १ करोड ४२ लाख हुन आएको छ, सुँगुर बँगुर बँदेलको संख्या करिब १४ लाख, कुखराको संख्या करिब ४ करोड ५१ लाख हुने आएको देखिन्छ । यो गणनाले उन्नत गाई र भैंसीको संख्या उल्लेखनीय वृद्धि भएको देखाएको छ ।
–कृषि गणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषि कार्यको लागि  ट्रेक्टर प्रयोग गरेको देखाएको थियो भने कृषि गणना २०७८ ले यो संख्यो झण्डै दोब्बर भएर १६ लाख ३०९ हजार परेको देखाएको छ । यसै अवधिमा ४,७१,२६० कृषि परिवारले कृषि कार्य लागि पावर ट्रिलर प्रयोग गरेको र १,१७, ९९१ वटा पावर ट्रिलर सञ्चालनमा रहेको देखिन्छ । यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखनीय रुपमा गिरावट आएर ८५६,२८३ बाट ५०९,८२५ वटा हुन पुगेको देखिन्छ ।
–कृषि गणना २७८ ले ४२,००८ कृषि परिवारले ४८,७६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ । यसरी माछापालन गरिएका पोखरीहरुको कूल क्षेत्रफल १०,३८३ हेक्टर रहेको समेत यो गणनाले औँल्याएको छ । अघिल्लो कृषि गणना २०६८ले यस्तो कृषक परिवारको संख्या १७,९१ पोखरीको संख्या २१,२७७ र पोखरीको जम्मा क्षेत्रफल २,५१९.७ हेक्टर देखाएको थियो ।
–यो गणनाको प्राप्त नजिजाले १७,५५४ कृषि परिवारले च्याउ खेती गरेको देखाएको छ ।
–गणनाको प्राप्त नतिजा अनुसार १,९६,८५४ कृषक परिवारले ५,१०,४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ । अघिल्लो कृषि गणना २०६८को नतिजा अनुसार मौरीपालन गर्ने कृषक परिवारको संख्या १२४,१५० पाइएको थियो ।
–यो गणनाको प्राप्त नतिजाले १०,३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती नर्सरी खेती गरेको देखाएको छ ।
–कृषि गणना २०७८ अनुसार ४,८३,२०८ (११.७) प्रतिशत ) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् भने २०६८को गणनामा यस प्रकारको ऋण लिएको भनि उल्लेख गर्ने कृषक परिवारहरु ८,३५,९२१ (२१.८ प्रतिशत) रहेको देखिएको थियो ।
–कृषि गणना २०७८ अनुसार १,८२,४४१ (४.४ प्रतिशत) कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन् भने यसरी बीमा गरेका मध्ये सबैभन्दा बढी १,५३,९६२, (८४.४) प्रतिशत) कृषक परिवारले पशुपालन कार्यको लागि बीमा गरेको बताइएका छन् ।
–यस गणनाबाट प्राप्त नतिजा अनुसार ३,०८,५१२ (७.५ प्रतिशत) कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने यसरी सरकारी अनुदान पाएका मध्ये सबैभन्दा बढी १,४२,५७६ (४६.२) प्रतिशत) कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताइएका छन् ।
–यो गणनाका अनुसार ९७,१७४ कृषक परिवारले ४,६५९.२ हेक्टर जग्गामा हरितगृह÷टनेल पद्धतिबाट खेती गरेको पाइएको छ ।
–कृषि गणना २०६८ अनुसार मुख्य कृषकमा ८१.० प्रतिशत पुरुष र १९.० प्रतिशत महिला रहेका थिए भने कृषि गणना २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ प्रतिशत हुने पुगेको देखिन्छ ।
–यो कृषि गणनाको प्राप्त नतिजा अनुसार कृषक परिवारमा अक्सर बसोवास गर्ने जम्मा जनसंख्या १,९४,४७,९५५ रहेको छ । यी कृषक परिवार जनसंख्या मध्ये महिला ९९,०४,१३० (५०.९ प्रतिशत) र पुरुष ९५,४३,८२५ (४९.१ प्रतिशत) देखिन आएका छन् ।
–यो गणनाले ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषि कार्य रहेको देखाएको छ । अघिल्लो कृषि गणनाले यो प्रतिशत ८३.१ देखाएको थियो ।
–गणनाबाट प्राप्त त नतिजाले ४५ प्रतिशत कृषि परिवारले आफ्नो कषि कार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने बताएका छन् भने अघिल्लो कृषि गणना २०६८ मा यसरी उल्लेख गर्ने कृषि परिवार ४० प्रतिशत थिए । कृषि गणना २०७८ अनुसार अधिकांश (८८ प्रतिशत) कृषि परिवारको मुख्य कृषि उत्पादन क्रियाकलाप खाद्यान्न बाली रहेको छ भने दोस्रो र तेस्रो क्रमश तरकारीः तरकारी बाली ६ प्रतिशत र पशुपालन ३ प्रतिशत रहेको देखिन्छ ।
–यस गणनाको प्राप्त नतिजा अनुसार आफ्नो कृषि कार्यबाट भएको सबै उत्पादन घरायसी उपभोक्ताको लागि हो भनि बताउने कृषि परिवार ६८.८ प्रतिशत, सबै बिक्रीको लागि हो भनि बताउने १.१ प्रतिशत, मुख्य घरायसी उपभोग र केही बिक्रीको लागि हो भनी बताउने २४.७ प्रतिशत र मुख्यतया बिक्री र केही घरायसी उपभोगको लागि बताउने ५.४ प्रतिशत रहेको देखिएको छ ।
–जम्मा कृषक परिवार मध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका लागि अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताइएका छन् । अघिल्लो कृषि गणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो ।
अन्त्यमा, राष्ट्रिय कृषि गणना २०७८ सफलतापर्वक सम्पन्न गर्न योगदान गर्नुहुने उत्तरदाता, सञ्चारकर्र्मी लगायत जनसमुदायको उच्च सम्मान र कदर गर्दै सार्वजनिक गरिएका विस्तृत कृषि तथ्याङ्कलाई सञ्चार माध्यमबाट सरोकारवाला र आम प्रयोगकर्तासम्मा पु¥याउन सहयोग मिल्ने अपेक्षा राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ ।
भाद्र २१, २०८० नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
राष्ट्रिय तथ्याङ्क कायौलय काठमाडौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close