कृषि प्रविधि

नेपालमा केरामा पानामा रोगको नया प्रजाति टिआर–४

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र नेपाल कृषि अनुसन्धान परिषद्

पनामा रोग केरामा लाग्ने प्रमुख रोग हो । यो रोग प्जारिया अक्सिस्पोरियम क्यूवेन्स ढुसीद्धारा लाग्दछ । यो ढुसीको ४ वटा रेसाहरु (प्रजाति) हुन्छन् । ती मध्ये रेस २ र ३ जंगली जातको केरामा लाग्दछन् । नेपालमा मालभोग र अरु स्थानीय जातका केरामा रेस १ लाग्ने गर्दछ । गएको ७÷८ वर्षमा यो रेसले चितवन लगायत धेरै क्षेत्रमा केरामा नोक्सानी पु¥याउँदै आएको छ । यी रेसहरु १,२, र ३ बाहेक रेस ४ जसलाई ट्रपिकल रेस ४ टिआर ४, भनेर चिनिन्छ । जुन केरा खेतीको लागि सबैभन्दा खतरनाक मानिन्छ । यो टिआर ४ नेपालमा पहिलो पटक कैलालीको टिकापुर क्षेत्रमा भेटाइएको छ । यसको पुष्टि पिसिआरको सबै जिन सिक्वेसिङ्ग विधिद्धारा गरिएको छ । यो टिआर ४ ले खासगरि जि नाईन, विलियम हाइव्रिड लगायत धेरै केराका जातहरुमा आक्रमण गर्दछ । यो टिआर ४ केरा खेती गरिने अन्यत्र क्षेत्रमा फैलिएमा नेपालको फस्टाउँदो केरा खेतीमा ठूलो नोक्सानी पु¥याउन सक्दछ ।
यो टिआर ४ प्रजाति विश्वका अन्य मुलुकमा फैलिरहेको छ । यो भारतको विहार र उत्तर प्रदेशमा पाएका छन् । यो प्रजाति पहिलो पटक अस्ट्रेलियामा स्न १९९७ मा देखिएको थियो भने त्यति बेला यसको थप फैलावट रोक्न खेतको सबै विरुवा नष्ट गरिएको थियो र खेतमा तारवार गरी २०१२ सम्म प्रवेश निषेध रिएको थियो । पहिलो पटक देखिएको १८ वर्ष पछि सन् २०१५ मा फेरि यो रोग अस्ट्रेलियाको न्विन्सल्याण्ड राज्यमा देखा परेको थियो ।
तसर्थ यसको रोकथाम अत्यन्त आवश्यक हुने भएको छ । यसको लागि नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विभाग, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र र अन्य सरोकारवाला निकायहरु एकवद्ध भई अभियानको रुपमा अघि बढ्ने निर्णय सहित एउटा टोली गठन भईसकेको छ ।
के गरियो ?
राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र सूदूर पश्चिम विश्वविद्यालय कृषि संकायको टोलीले प्राप्त सूचना वमोजिम कैलालीको टिकापुरका व्यवसायिक केरा बगैँचामा श्रावण १० गते अध्ययन अवलोकन गरेका थिए । अध्ययनमा टिकापुरका नौजना कृषकको खेतमा करिब ८००० केराको बोटलाई प्रत्यक्ष अवलोकन गरिएको थियो । अवलोकन गर्दा पानामा रोगसँग मिल्दो जुल्दो लक्षण देखिएको नमूना लाई प्रयोगशालामा कल्चर गर्दा फ्यूजारिया अक्सिस्पोरियम क्यूवेन्सका बीजाणुहरु घेटिएका थिए भने पछि उक्त जीवाणुबाट डिएनए निकालेर टिआर ४ विशेषको प्राइमर राखी पिसिआर गर्दा पोजिटिभ भेटियो । उक्त पिसिआर प्रडक्टलाई हङकङस्थित बेइजिङ्ग जिनोमिक इनस्टिच्युटमा सिक्वेसिङ्ग गर्दा टिआर ४ भएको पुष्टि भएको हो । अहिले ग्रिन हाउसमा तिन भिन्न भिन्न जातका केरामा कृतिम रुपमा राखेर यसको लक्षहरुको । विकासक्रमलाई अध्ययन भईरहेको छ ।
रोगको लक्षण ः
–यो रोग लागेमा शुरुमा पूराना पातको फेद पहेँलो हुन्छ । त्यसपछि पातको किनारा पहेलिन थाल्छ र पात सुकेर डाँठहरु भाँचिन्छन् ।
–थाम ठाडो र सड्छन् जसले गर्दा पानामा ओइलाउने रोग लगाउने ढुसी केरामा प्रवेश गर्न सहयोग पुग्दछ ।
रोग सर्न सक्ने माध्यम ः
यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म संक्रमित बिरुवा, माटो पानी र कृषि औजारबाट सर्न सक्छ । त्यसको अलवा केरा बोक्ने गाडीको टायर, मानछेको जुत्ता, चप्पलमा टाँसिएको माटो मार्फत एक खेतबाट अर्को खेतमा सर्ने सम्भावना त्यतिकै हुन्ञ । त्यस्तै संक्रमित माटो, पानी र औजारहरु रोगका प्रमुख स्रोत हुन् ।
नेपालमा टिआर ४ को अवस्था ः
अध्ययनमा टिकापुरमा नौंजना कृषकको खेतमा करिब ८००० केराका बोटलाई अवलोकन गर्दा ४ वटा बगैँचामा यो रोगको लक्षण ४ देखि ५० प्रतिशत सम्म बिरुवामा लागेको देखिन्छ । खासगरि भारतबाट आयत जीनाइनका बिरुवामा रोगको प्रकोप बढी देखिएको छ । हाल रोग केराको नर्सरी व्यवसायमा संलग्न कृषकको खेतमा देखिएकाले रोग धेरै ठाउँमा फैलिसकेको अनुमान गरिएको छ । त्यस्तै चितवन र नवलपरासीबाट आयत गरिएको मालभोग जातका केरामा पनि पानामा रोगका लक्षण देखिएका छन् । यद्यपि ति लक्षण रेस ४ वा रेस १ हुन् भन्ने कुरा भने एकीन गर्न बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close