२०८१ फाल्गुन ६

गढीमाई कृषि मेला २०८१ हुँदै

काठमाडौं मंसीर १८, प्रत्येक ५ वर्षमा हुने गढीमाई मेला यसवर्ष यसै मंसीर १८ देखि २४ गतेसम्म हुने जनाएको छ । मेला आयोजक संस्था कनेक्ट किसानले जनाएको छ ।
कार्तिक १८ गतेदेखि वारामा हुन लागेको ‘कृषि एक्स्पो गढीमाई–२०८१’ मा १५० भन्दा बढी स्टलहरु रहने जनाएको छ ।
५ वर्षको अन्तरालामा लाग्ने गढीमाई मेलामा सहभागी जनाउन आउने भक्तजन र उर्भरभूमि तराईमा खेती गर्दै आएका किसानहरुलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ताहरुको जमघट गराउने उद्देश्यले ‘कृषि एक्स्पो गढीमाई–२०८१’ आयोजना हुने भएको छ । मंसिर १८ गतेदेखि २४ गतेसम्म चल्ने एक्स्पोमा २ लाख बढीले अवलोकन गर्नुका साथै ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य रहेको मेला संयोजक सञ्चिता लामिछानेले बताईन् । उक्त एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलहरु रहने छन्, भने अवलोकनकर्ताहरुले कृषिमा भित्रिएको नविनतम् प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।
एक्स्पोको प्रमुख आर्कषणमा कृषि सेमिनार रहेको छ, जहाँ किसानहरुले विज्ञहरुसँग निःशुल्क परामर्श लिनुका साथै भलाकुसारी गर्ने अवसर समेत रहने लामिछानेले बताईन् । यस्तै, एक्सपोलाई सफल बनाउनका लागि पवबद्र्घक र साझेदारको भूमिकामा कृषि सूचना तथा प्रशिक्षण केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि औजार अनुसन्धान केन्द्र, कृषि अनुसन्धान निर्देशनालय, राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र, कृषि उद्यम केन्द्र तथा अन्य संघ÷संस्थाहरु रहेका छन् । उक्त एक्स्पोमा कृषिका विभिन्न विधाहरु ( जस्तैः कुखुरापालन, माछापालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी) लगायत कृषिका नविनतम् औजार, उपकरण, केरा खेती, थोपा सिँचाईं, विषादी रहित कृषि, इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
एक्स्पोमा देशभरिबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधिलगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको जानकारी प्राप्त गर्ने छन् भने एक अर्कासँग प्रत्यक्ष भेटि सम्बन्ध विकास गर्न सक्नेछन् र आधुनिक कृषि प्रविधिको प्रयोगमा बढोत्तरी हुने आयोजकले जनाएको छ ।
साथै, यस एक्स्पोमा कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देशभरिबाट आएका कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना–साना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी, पशुपंक्षीपालन, फलफूल खेती र कृषि जन्यउद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने छ । उक्त एक्स्पोबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने र कृषि उपजहरुको बजरीकरणमा राम्रो भूमिका खेल्ने विश्वास गरिएको मेला संयोजकले जनाएको छ ।
निरज रानाभाटको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain