काठमाडौं पुस १३, राष्ट्रिय च्याउ दिवस आगामी पुस १५ गते आयोजना हुने भएको छ । च्याउ उत्पादक किसान संघ, नेपालले च्याउ मेला तथा प्रदर्शनीसहित दिवस मनाउन लागिएको हो । कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको संघले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० वटा स्टलहरूमा च्याउसँग सम्बन्धित विभिन्न विषयहरूमा प्रदर्शनी रहने च्याउ दिवस आयोजक समितिका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए । मेला आयोजना हुने दिन बिहान ७ बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डप ठूलो चौरसम्म मोटरसाईकल ¥याली आयोजना गरिने भएको छ ।
मेलामा च्याउका बिभिन्न परिकारहरूको बिभिन्न स्टलहरूमा प्रदर्शनी गरिने समेत संघले जनाएको छ । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिनेछ । बिभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रदर्शनी, राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम आयोजना गरिने बताए ।
मेलामा प्रवेश निशुल्क रहेको र च्याउका परिकारहरू निशुल्क चाख्न पाइने जनाएको छ । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । मेला आयोजना गर्नका लागि करिब २५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।
नेपालमा हाल च्याउ खेतिमा करिब ३५ हजार किसानहरू आवद्ध रहेको समेत संघले जानकारी दिएको छ । नेपालभरको बिभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्ब रुपैयाँ हाराहारीमा रहेको अध्यक्ष कार्कीले जानकारी दिए । साथै नेपालमा अहिलेसम्म च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा रहेको उनले जानकारी पत्रकार सम्मेलनमा दिएका छन् ।
संघका अनुसार नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेका छन् ।
च्याउ उत्पादक किसान संघ नेपालले २०७६ पौष ९ गते देखि पौष २९ गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो । ‘पौष महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा पौष महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रुपमा घोषणा गराउनका लागि संघ र च्याउ उत्पादक किसानले प्रयत्न गरिरहेको सन्र्दभमा मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ को कार्यक्रम २०७६ पौष १५ गतेका दिन बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चालन भएको थियो,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो दिवसका दिन च्याउ संघ र कृषकको अनुरोधलाई स्विकार गर्दै बागमती प्रदेश सरकारले प्रदेश स्तरमा च्याउ दिवसको विधिवत रुपमा घोषणा गरेको संघले जनाएको छ । सोही अनुसार हरेक वर्ष पौष १५ गते यस किसिमको कार्यक्रम आयोजना गर्दै आइरहेको संघका अध्यक्ष कार्कीले बताए ।
किसानले आपैmँ च्याउ उत्पादन गर्ने र त्यसको उचित व्यवस्थापन पनि आफैले गर्नुपर्ने बाध्यता रहेको संघले जनाएको छ । खुला बजार अर्थनीतिका कारण नेपाली किसानहरूको उत्पादन विश्व बजारका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले बताए ।
देशैभर च्याउको कारोबार १५ अर्ब रुपैयाँ हाराहारी रहेको अध्यक्ष कार्कीले बताए । संघका अनुसार अहिले दैनिक गोलो च्याउ ८ देििख १० हजार केजी उत्पादन हुँदै आइरहेको छ । यस्तै कन्ये च्याउ ४० देखि ५० हजार केजी उत्पादन हुँदै आइरहेको संघले जनाएको छ । अब १० दिनपछि च्याउ सस्तिने समेत अध्यक्ष कार्कीले बताए । बढी उत्पादन भएर लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको उनले बताए । सिताके च्याउको न्युन् उत्पादन भइरहेको उनले बताए ।
च्याउको व्यवसायिक उत्पादनमा सरकारले वेवास्ता गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले जानकारी दिए । उनले शुरुवाती समयमा सामान्य सहयोग भएपनि च्याउखेतीले व्यवसायिक रुप लिँदा सरकारले सहयोग नगरेको, जंगलमा बहुमूल्य च्याउ कुहिएर गइरहेको छ, त्यसलाई सरकारको पहलमा व्यवसायिक रुपमा उत्पादन गर्न थाल्नुपर्छ भनेर माग गर्दै आएका छौं, तर सुनुवाई हुन सकेको छैन । साथै अनुसन्धान केन्द्र आवश्यक भएको, च्याउ दिवसलाई संघ सरकारले पनि घोषणा गरेर कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ । किसानले करिब १८ घण्टा च्यउाउनमा काम हुने भएकाले एकदिन च्याउ उत्सवका रुपमा मनाउनका लागि सरकारले चासो दिनुपर्ने उनले बताए । कृषि मन्त्रालयले बिमामा करिब ७५ प्रतिशत अनुदान दिएकोमा च्याउको बिमा गर्न बीमा कम्पनीहरूले नमानेको गुनासो पत्रकार सम्मेलनमा बताएका थिए । यसमा सहजीकरण आवश्यक भएको पति बताए ।
कार्कीले च्याउ उत्पादन गर्नका लागि पनि उचित नीति आवश्यक भएको बताए । कुन किसिमको च्याउ खेती गर्ने ? त्यसको कसरी बजारीकरण गर्ने भन्ने विषयमा सरकारले नीति ल्याउनुपर्नेमा उनको जोड थियो ।
च्याउ आत्मनिर्भर बन्ने दिशामा अगाडि बढेको बताए । दुई चार वर्षमै डल्ले च्याउमा अब आत्मनिर्भर बन्ने दावी गरेको छ । तर सरकारले यसलाई उचित पहल गरिदिएर अगाडि बढ्न सक्नुपर्नेमा राज्यले सहयोग नगर्दा त्यस्तो अवस्था आएको आरोप लगाए ।
‘आत्मनिर्भरताको यो यात्रामा सरकारले साथ दिएमा मुुलुक छिट्टै च्याउ आयात गर्नुपर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुग्ने विश्वास छ,।’ विगतको तुलनामा आयात घटिरहेको समेत संघले दिएको छ ।
च्याउको बारेमा
च्याउ एक प्रकारको ढुसी हो, तर सबै ढुसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफै बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, पूmल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागो जस्तो रेसाहरूले जेलिएर बनेका हुन्छन् । यी रेसाहरूलाई अंग्रेजीमा “माईसेलियम” भनिन्छ । यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छन् । च्याउ अति नै पोषिलो र स्वास्थ्यवद्र्धक खाद्य वस्तु हो । त्यसैले विश्वबजारमा यसको माग अत्यधिक रहेको छ । नेपालमा हाल गोव्रे, कन्ये, सिताके, दूघे र राजा च्याउको व्यवसायिक रुपमा खेति गरिदै आएको छ ।
नेपालमा धेरै जातका च्याउहरू पाइन्छन् तर यसको अध्ययन अनुसन्धान र विकास भने हुन सकेको छैन । नेपालमा वहुमूल्य जातका च्याउहरूको उत्पादन र निर्यातको प्रयाप्त सम्भावना हुदाँहुदै पनि सरकारको यसतर्फ ध्यान पूग्न सकेको छैन ।
नेपालमा हाल च्याउ खेतिमा करिब ३५,००० किसानहरू आवद्ध भएका छन् । नेपाल भरको बिभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्बको हाराहारिमा रहेको छ । च्याउको बिउ उत्पादन गर्ने ल्यावको संख्या ६७ वटा रहेको छ । नेपालमा च्याउ भारतलगायत देशबाट बाट पनि आयात हुने गरेको छ जसको विवरण यस प्रकार रहेको छ ।
आयात गरिएको च्याउको बिबरण
आ.ब च्याउको जात आयात परिणम के.जि मा रकम
२०७९÷८० गोभ्रे ताजा च्याउ ३१७९३३ ९६१२००००
२०८०÷८१ गोभ्रे ताजा च्याउ ८२३१० २७२५८०००
२०८१÷८२ मंसिर सम्म गोभ्रे ताजा च्याउ १२८० ४२००००
२०७९÷८० गोभ्रे च्याउ क्यानिङ ३८२५६१ ८६८५००००
२०८०÷८१ गोभ्रे च्याउ क्यानिङ २९९५६१ ७७५५४०००
२०८०÷८१ अन्य ड्रई गरिएको च्याउ ३३८७५ १८७२६०००
जम्मा
नेपालमा च्याउको ईतिहास
नेपालमा प्राचीन समयदेखि नै च्याउको उपभोग गरिदै आएको पाइन्छ । ब्यपसायिक रुपमा च्याउ उत्पादन नगरिएको अवस्थामा पनि वन जङ्गलमा उपलब्ध भएको च्याउ मानिसहरूले उपभोग गर्ने गरेको पाईन्छ । सव्रप्रथम कन्ये च्याउको उत्पादन र अनुसन्धान पश्चात् २०३०÷३१ सालमा गोव्रे च्याउको खेती प्रविधि सम्बन्धी अनुसन्धान भएको हो । राष्ट्रिय कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धी अध्ययन सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरूलाई च्याउ खेती प्रविधि सम्बन्धी तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । २०३४÷३५ सालबाट नै काठमाडौको बलम्वु, चापागाउ, दधिकोट हुँदै नेपालका बिभिन्न स्थानमा निरन्तर रुपमा च्याउखेती गरिदै आइएको छ ।
वर्तमान समयमा च्याउ उपभोग गर्ने मानिसहरूको संख्या वृद्धि हुँदै गएकाले यसको व्यवसायिक उत्पादन गर्ने किसानहरूको संख्या पनि दिनानुदिन वृद्धि हुदै गइहेको छ । हाल नेपालको ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यवसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्