२०८२ जेष्ठ ५

भौतिक विकासलाई मात्र विकास मानिदैन

नेपाल कृषि प्रधान देश हो । यहाँको सम्पूर्ण भू–भागको १५ प्रतिशत हिमाल, ६८ पतिशत पहाड, १७ पतिशत तराई क्षत्रले आगटेको छ । लोकतान्त्रिक गणतन्त्र आएपछि ५ विकास क्षेत्र जस्तै ७ प्रदेश र ७७ जिल्ला बनाएको छ ।
नेपालको तथ्याङ्क जेभने पनि ६५ प्रतिशत जनता गाउँ र शहरमा गरि कृषिमा आश्रित छन् । जनगणना २०७८ अनुसार देशको कूल जनसंख्या पौने ३ करोड पुगेको छ । ति जनसंख्या मध्ये ३५–४० लाख भारतीय भूमिमा रोजगारीका लागि भौतारि रहेका छन् । ८० लाख युवाहरू यूरोप, अमेरिका र खाडी मुलुकमा रोजगारीका लागि विदेशिएका छन् ।
रोजगारीको रुपमा हेर्दा अहिले देश भित्र ८० प्रतिशत जनता कृषि क्षेत्रले नै रोजगारी दिएको छ । हामीसँग भएको भौगोलिक बनावटले कृषि, पयटन, जलविद्यत, लगायतका क्षेत्र मात्र व्यवसायका लागि उपुयुक्त देखिन्छ । हामीले हाम्रो परम्परागत ज्ञान, शिपको उपयोग गर्दै कृषि क्षेत्रको भरपुर सदुपयोग गर्नमात्र सक्यौं भने पनि देश आर्थिक उन्नतिको बाटोमा जानेछ । तर, दुर्भाग्य हामीले देश भित्र ६५ प्रतिशत जनता सहभागी भएको पेशा कृषि व्यवसायबाट खानपनि पुग्दैन र हामीले वार्षिक रुपमा अनुमानित खर्बैं रुपैयाँको कृषिवस्तु विदेशबाट आयत गरी खानु परेको अवस्था छ ।
राज्यले आफ्नो पहुँच गाउँपालिकासम्म सेवा केन्द, उपकेन्द्र मार्फत, पु¥याईरहँदा समेत राज्यकोतर्फबाट कुल बजेटको ३ प्रतिशत मात्र बजेट कृषि क्षेत्रमा लगानी गरेको देखिन्छ । देशको बढ्दो जनसख्या नभई कृषिकर्म नगर्नाले घट्दो कृषि उत्पादनले देशलाई कमजोर अर्थतन्त्रमा दरिन सहयोग पु¥याएको छ । देश विकासको लागि कर्म गर्ने युवा जो कुल जनसंख्या ४५ प्रतिशतमा २५ प्रतिशत युवा जनशक्ति विदेशी भूमिमा रोजगारीका लागि भौतारिरहेका छन् । आज कतार, दुवई, साउदी, मलेशिया, यूरोप र अमेरिकाको विभिन्न मुलुकहरुमा काम गरिरहेका छन् । मित्र राष्ट्र भारतको कुरा त धेरै नजिक पानी पँधेरो जस्तै भईसकेको छ । यस्तो अवस्थामा देशमै बसेर केही गर्ने वातावरण सरकारबाट गरिनु पर्छ । त्यसका लागि वृहत युवा लक्षित कार्यक्रमहरू ल्याएर अनुभूति हुने गरी विभिन्न क्षेत्रको व्यवसायमा आत्मस्वाभिमानका साथ काम गरेर खाने वातावरण बन्नुपर्छ ।
राज्यले युवाहरूका लागि वैदेशिक रोजगारको विकल्प दिन सकेन भने देशको अवस्था पहिलो त युवाविहिन हुन पुग्छ भने अर्कोतिर देशको अर्थतन्त्र झनै कमजोर बन्दै जान्छ ।
सबैभन्दा सम्भावना बोकेको क्षेत्र भनेको कृषि नै हो । अझै पनि हामीसँग कृषि गर्ने भू–भाग बाँकी नै छ । भएको भू–भागहरूमा राम्ररी कृषि गर्न, त्यहाँ भएको भूमिलाई उपयोग गर्न सक्नु पर्छ ।
देशको उत्पादित कृषिजन्यवस्तु आफ्नै देशमा खपत हुने गरि योजना बनाउनु जरुरी छ । बढी भएको कृषि वस्तुहरु विदेशमा पैठारी गर्ने वातावरण सरकारको तर्फबाट गर्न जरुरी छ । यसले नेपालको अर्थतन्त्र आफ्नै देशमा खेल्नु अवसर दिन्छ । त्यसरी दिने क्षेत्र भनेको कृषि नै हो ।
आज स्थानीय सरकार, प्रदेश र संघीय सरकारको कृषि प्रति हेर्न स्पष्ट धारणा नहुँदा नहुँदा कृषि पछि परेको छ ।
कृषि गर्नु जनशक्तिलाई हेर्ने सामाजिक दृष्टिकोण नकारात्मक हुँदा कृषि गर्ने किसानहरु निराश छन् । कृषि गर्छु भनेर अगाडि बढेका किसानहरु एकातिर निराश छन् भने अर्को तिर कृषिलाई राज्यले दिने सेवा सुविधा कटौती गर्दा र दिनुपर्ने कृषकसम्म नपुग्दा १० औं वर्ष देखि कृषि गरिरहेको किसानहरु समेत आफ्नो पेशा व्यवसायबाट पलायन हुन थालेका छन् ।
तीनै तहको सरकार भने विकास हिजो भन्दा आज देश सम्पन्न भयो भनेर खोकीरहेका छन् । निस्चय पनि हिजो भन्दा आज भौतिक रुपमा देशमा विकास भएको छ । त्यस प्रकारको भौतिक विकास वास्तविक कृषि क्षेत्रमा भएको छैन । कृषि क्षेत्रमा त्यसरी विकास भएको भए हामीले खर्बौंको खाद्यान्न आयात् गर्नु पर्ने थिए ।
सरकारका प्रतिनिधीहरु भने भौतिक विकास गरेकोमा आफूलाई निकै गौरव गर्ने गरेको देखिन्छ । गाउँमा सुनसान हुनु, भएका जग्गा जमीन बाँझै रहनु देशको लागि दुभाग्यको कुरा हुन । आफ्नो पुर्खाले गरेको कृषि व्यवसाय जति पनि हामीले गर्न सकेको छैन । नेपालको कृषि व्यवसाय खस्कदा ठूलो खाद्य संकटमा पर्न सक्ने तर्फ सचेत छ जस्तो लाग्दैन ।
लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि सरकारले गरेको बाचारहरु उल्टो दिशातिर मोडिएको छ । कृषि नगर्दा खान पाउँदैन भन्ने चेतना पलाएको देखिदैन । यो चेतना हामी प्रत्येक नागरिकहरुले गर्नु जरुरी छ । कृषि भएन भने हामी कसरी बाँच्न सक्छौं भन्ने कल्पना समेत पालेको नपाउँदा हाम्रो ेनेपाली समाजका कुन दिशातिर गइरहेको छ भन्ने महशुश गराएको छ ।
हाम्रो सामाजिक चेतनाको स्तर सभ्य समाज भन्दा भडिकलो समाज, सुसंस्कृत र सम्पन्न समाज भन्दा उत्तेजित समाज आक्रमक समाज बन्दै गएको छ । नकरात्मकै नकरात्मक विचार बोक्ने नेपाली समाज बन्दै गएको प्रति कल्पना गरेको छैन । हिजो गुरुकुलीय पद्धतिमा रमाउने हाम्रा हिमवत् खण्डको नेपाली समाज हाम्रो पुर्खाले आर्जेको मुलुक, समाज संस्कृति, परम्परा रीतिरिवाज भाषा, धर्म, कला साहित्य बिर्सन लागेको छ ।
आयातिक वस्तुको बढ्दो उपभोक्तावादी संस्कृतिको बखान गर्दै सँधै ति चिजहरु बाँची रहन्छ कहिल्यै सकिदैन र अजम्वरी छ भन्ने कोरा कल्पनाहरु जीवित हुन थालेको छ ।
भौतिक विकास चरमचुलीमा पु¥याउने नेपालीको मनसाय कुनै दिने खान नपार भोकै बस्नु पर्ने दिन आयो भने त्यसको परिणाम कसैले पनि कल्पना गरेको छैन । प्रत्येक व्यक्तिले ३६५ दिनको लागि ३६५ वटा मकैको बोट रोप्नु छ सक्छन् होला । १ वटा मकैको बोट लगाउने सोच सबैमा पलाउनु पर्छ । अनिमात्र हामी आउने भोकमरीबाट जुझ्न सक्छौं भन्ने चेतनाको विकास हुनु जरुरी छ । बाँकी एकवटा मकैको घोगाले एकदिन उसले बाँच्न सकोस् । यही क्रम निरन्तर दोहोरिनु पर्छ । भौतिक विकास नै सबै कुरा हुन् भन्ने सोच्ने हो भने खाना किन खानु प¥यो ? त्यही खेतीयोग्य जमीन मासेर घर बनाउने अनि त्यही घर खाए भइहाल्यो नि !

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain