
रितु रुपाखेती
काठमाडौं फागुन २, राजधानी काठमाडौंको भृकुटीमण्डपमा फागुन २ गतेदेखि ४ गतेसम्म सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो सम्पन्न भएको छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा.लि.,फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स् प्रा.लि. तथा एक्जिविसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि.ले संयुक्त रुपमा ‘सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ गरेको हो । उक्त एक्स्पोमा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहेका थिए । यस एक्स्पोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्धकको मुख्य भूमिकाको रुपमा रहेको छ, भने सहयोगी संस्थाहरुमा राष्ट्रिय दुग्ध विकास वोर्ड, नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, नेपाल गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल पोल्ट्री महासंघ रहेका सहभागी भएका थिए ।
यस्तै, उक्त प्रदर्शनीमा १ सयभन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि. का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उक्त एक्स्पोमा देशै भरिका अगुवा किसान दाजुभाइ, अगुवा कृषकहरु, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, नीति निर्माता, व्यवसायी, उद्यमी, व्यापारी, आयातकता, निर्यातकर्ता, सरकारी तथा गैर –सरकारी संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु, अनुसन्धान कर्ता, शिक्षकशिक्षिका, विद्यार्थीहरु र शिक्षण संस्थाहरुको विशेष उपस्थिति हुने भट्टराईले बताए । यसैगरी, उक्त एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥यउने साना साना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो एक्स्पो कोशेढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास
छ ।
सबैको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको एक्स्पोबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । त्यस्तै, उक्त एक्स्पोमा कृषिका विभिन्न विधाहरु ( जस्तैः कुखुरापालन, माछापालन, बाख्रापालन, गाई ÷ भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि ) लगायतका बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मुख्य एक्स्पो स्थलमा सबै विधाका अलग ( अलग समूह स्टल रहने छन् । एक्स्पोमा अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्