
धनबहादुर मगर
सन् १९५० बाट सामान्य स्तरमा पुष्प व्यवसाय एक उद्योगको रुपमा स्थापना भई हाल आयातलाई विस्थापित गर्दै निर्यातसम्मको स्थितिमा आइपुगेको छ । पुष्प व्यवसायको इतिहास डेढ, दुई दशक पुग नपुग भएपनि यसले धेरै फड्को मारिसकेको छ । विश्वमा जस्तै नेपालमा पनि पुष्प तथा पुष्पजन्य वस्तुको माग बढिरहेको छ र यससँग सम्बन्धित उद्योगहरू प्नि क्रमशः विस्तारित भईरहेका छन् । पुष्प व्यवसाय काठमाडौंमा मात्र सीमित नभएर पोखरा, नारायणगढ, हेटौँडा, विराटनगर, धरान, धनगढी लगायतका शहरहरूमा फैलिएको स्थिति छ साथै हाल आएर खाडी मुलुकहरू, अमेरीका, जापान, तथा युरोपियन देशहरूमा पुष्प तथा पुष्पजन्य वस्तुहरू निर्यात भईरहेको छ । समग्रमा फ्लोरिकल्चरको राष्ट्रिय स्थिति विस्तार उन्मुख छ ।
समय सापेक्ष परम्परागत कृषि प्रणालीबाट व्यवसायिक कृषि प्रणाली तर्फ परिवर्तन गर्दै लैजानु राष्ट्रको दायित्व हो । व्यवसायिक तर्फ गईसकेको उद्योगलाई थप परिस्कृत गरी चुनौतीहरूको सामना गर्न सहयोग पु¥याउनु पनि राष्ट्रकै दायित्व भित्र पर्दछ । तसर्थ व्यवसायिक रुप लिइसकेको फ्लोरि–कल्चरको विकास, विस्तार तथा प्रवद्र्धन गुणात्मक रुपमा वृद्धि गर्दै लैजानु आजको राष्ट्रिय आवश्यकता हो । विगत दश वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा हाम्रो आन्तरिक उत्पादन एवम् बजारको माग निकै असन्तुलित छ । कुल खपतको झन्डै ६०% कारोबार वैवाहिक समारोहमा केन्द्रित छ ।
नेपाली बजारमा अत्याधिक माग हुने कट फ्लावरहरूमा क्रमशः ग्लेडिओलस, गुलाव, कार्नेशन, जरबेरा हुन् । यस बाहेक सयपत्री पनि कट फ्लावर बजारको प्रमुख कारोबार हुने फूल हो । ग्लेडिओलस तराई, पहाड र काठमाडौँ उपत्यका भित्र मौसम अनुकुलताका आधारमा उत्पादन भईरहेकाले बजारमा लगातार उपलब्ध भइरहेको छ । तर गुलाब, कार्नेशन, जरबेरा मौसमी हिसाबले गर्मी समयमा उत्पादन हुने र उपत्यका केन्द्रित हुनाले जाडो याममा यी फूलहरूको माग पूर्ति गर्न नसकिएको स्थिति छ ।
सयपत्री फूल नेपालमा परम्परागत तरिकाले लगाउँदा वैशाख देखि कात्र्तिकसम्म उपलब्ध भईरहेको छ । तथापि बढी माग हुने महिना (मंसिर, माघ र फागुन)मा यो फूलको उत्पादन शुन्य नै छ । यसर्थ नेपाली कट फ्लावर बजारमा यी फूलरू आयात गर्न हामी वाध्य छन् ।
यस बाहेक नेपाली कट फ्लावर बजारमा आन्तरिक उत्पादनमा गोदावरी, ट्यूवरोज, अर्किड, क्यालेन्डुला, कागजी फूल आदि फूलहरू उपलब्ध छन् ।
कट फ्लावर उत्पादनमा दिर्घकालीन लगानी उच्च जोखिम, प्रतिफलका लागि लामो समय पर्खिनु पर्ने कारणले कम उद्यमी एंव कम लगानी भएको सर्वविदितै छ । आन्तरिक उत्पादनलाई मूल्य प्रतिस्पर्धी बनाउनु (भारतीय उत्पादनमा न्यूनतम् ५०% अनुदानबाट उत्पादित हुनाले कम मूल्यमा बजारमा उपलब्ध हुने) उद्यमीको लागि प्रमुख चुनौतीको रुपमा रहेको छ । राजनैतिक अस्थिरता, प्राकृतिक प्रतिकुलता, काठमाडौँमा पानी र जग्गाको सीमितता तथा दक्ष कामदारहरूको पलायनता तथा मल, विषादी, औजार र बीउ बिजनहरूको अभाव आदि हाम्रा तत्कालीन चुनौतीहरू हुन् ।
बजारको आकार बढ्दै जाँदा र आन्तरिक उत्पादनले माग पूर्ति गर्न नसक्दा आयात गरी बजार माग पूरा भइरहेको छ । तर आन्तरिक उत्पादनलाई बढाएर आयात प्रतिस्थापन सम्भव छ । यसका लागि सरकारी तथा गैह्र(सरकारी संस्थाहरूको संयुक्त दिर्घकालीन योजना सहितको दृष्टिकोण आवश्यक छ । नेपालको प्राकृतिक विविधतालाई विकास गर्दै लैजाने हो भने फ्लोरीकल्चरको माध्यमद्वारा देशको अर्थतन्त्रलाई नै टेवा पु¥याउन सक्ने ठूलो सम्भावना छ ।
हाल उद्योगको रुपमा अगाडी बढीरहेको पुष्प व्यवसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन, आन्तरिक बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धन आदिमा सरकारी तथा गैह्र(सरकारी संस्थाहरूको महत्वपूर्ण भूमिका हुन्छ । आन्तरिक बजारमा कट फ्लावरको माग प्रति वर्ष १०– १५%का दरले वृद्धि भईरहेको अवस्थामा देशभित्र थप उत्पादन शुरु गरी रोजगारीका अवसरहरू सिर्जना गर्न र पूँजीलाई देशभित्रै संस्थागत गर्न अति नै जरुरी छ । पुष्प व्यवसायको सुदृढीकरण एवम् विकास गर्न किसानहरूलाई व्यवसायिक ज्ञान, शीप र बीउ बेर्नाको बारेमा जानकारी दिनुपर्छ र त्यस्तै नयाँ उद्यमीहरूलाई बजारको यथार्थ माग र आपूर्तिको तथ्य उपलब्ध गराई सुरक्षित बजार भएको क्षेत्रमा लगानी गर्ने अवसर प्रदान गर्न आवश्यक छ । अतः फूलको बढ्दो आन्तरिक तथा वाह्य मागलाई दृष्टिगत गरी लगानीको व्यवस्था, आन्तरिक श्रोत साधनहरूको परिचालन गरी रोजगारीको अवसर दिन सकिने यस पुष्प व्यवसायबाट राष्ट्रले अधिकतम लाभ लिने सम्भावना छ ।
कार्नेशन खेती गर्ने तरिका :
कट्फ्लावर फूलको रुपमा चिनिने कार्नेशन केरीयो फाइलेसी ९ऋबचथयउजथििबअभबभ० परिवारमा पर्दछ । र यसको उत्पत्ति प्र्रmान्समा भएको मानिन्छ । यसको वैज्ञानिक नाम म्ष्बलतजगक अबचथयउजथििगक हो । यो यूरोपबाट आएको कट्फ्लावर बिरुवा हो यसलाई चट्टाने बचैँचा ९च्यअप नबचमभल०, भाँडो एयतक घर वा बाटोको छेउछेउमा लगाउने र कट्फ्लावरको रुपमा प्रयोग गरिन्छ ।
यसको बिरुवा ४५–७५ से.मी लामो हुने र धेरै वर्षसम्म रहीरहने ९उभचभललष्ब०ि बोट हो । यसको फूलमा रङ्ग धेरै किसिमको हुन्छ । विशेषगरी धेरै जसो पहँेंला रातो र सेतो तथा वासनादार नै बढी प्रचलनमा छ । यी बिरुवाहरू अन्य बिरुवाको तुलनामा धुवा प्रदुर्षण सहन सक्ने हुन्छन । यसको खेती खुल्ला जग्गामा गर्दा वर्षात भएपछि सत्प्रतिशत नै बोट मरेर जाने भएकाले यसलाई सेड हाउस बनाएर वा फाइवर ग्लासमा गर्नु उपयुक्त हुन्छ ।
तापक्रम प्रकाश :
जाडोको समय ८ देखि १२ डिग्री सेल्सियस् भए राम्रो हुन्छ । गर्मी समयमा दिनमा १२ देखि १५ डिग्री र रातमा १० देखि १२ डिग्री सेल्सियस् भए बिरुवा वृद्धिको साथै फूल उत्पादनमा राम्रो हुन्छ । तुषारो पर्ने ठाउँ यस खेतीको लागि राम्रो हुँदैन ।
माटो : प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको वलौटे दोमट माटो यसको खेतीको लागि राम्रो हुन्छ । माटोमा पि.एच ५.५–७ भएमा उपयुक्त हुन्छ । रोग किराको प्रकोपबाट बच्न माटो उपचार गर्नु आवश्यक हुन्छ ।
जातहरू :
कार्नेशनका जातहरूलाई दुई वर्गमा विभाजन गरेको पाइन्छ ।
स्ट्याण्डर्ड जात (Standard Variety)स् सिङ्गल ठूलो र लामो फूलको डाँठ भएको जात नेपालमा लगाइन्छ तथा बढी कटफ्लावरमा प्रयोग हुने जात ।
स्प्रे जात (Spray variey) धेरै छोटो हाँगा भएका हरेक हाँगामा सानो फूल फूलको डाँठ छोटो भएको जात साधारतयाः कट्फ्लावर प्रयोगमा नआउने जात ।
स्ट्याण्डर्ड वर्गका प्रचलनमा आएका जातहरू :
चार्ली, लिवर्टि हुन् :
रातो फूल फुल्ने सेतो फूल फुल्ने पहेँलो फूल फुल्ने गुलावी फूल फुल्ने Corsa सबभन्दा राम्रो देखिएको Nelson, pamploma White liberty सबभन्दा राम्रो देखिएकाले Salamacne Alergo सबभन्दा राम्रो देखिएको Pink nelson.
कटफ्लावर उत्पादन :
सबभन्दा राम्रो देखिएको कटफ्लावर उत्पादन :
ड्याङ उठाएर १ वर्ग मिटरमा २४ देखि ३२ बिरुवा हुने गरी रोप्नु पर्छ । बिरुवा रोप्दा बिरुवाको माथिल्लो भाग हटाउने यसरी
रोप्दा ४ देखि ६ जोडी पातहरू मात्र बाँकी राख्ने जाति सक्दो छेउ–छाउबाट आएको हाँगा र कोपिलाहरूलाई घुमाएर चुँडालिदिनु पर्छ । यसको बोट अलि लामो जाने भएकाले भाँचिन वा बाङ्गिन सक्ने भएकाले थाँक्रा, टेकोदिन आवश्यक पर्दछ । खेती गर्ने अवधि १८ देखि २४ महिना हुँदा राम्रो हुन्छ । बिरुवा वृद्धि हुने बेलामा नाइट्रोजन तत्वको बढी आवश्यक पर्ने हँुदाले पिना वा हड्डीको मल प्रयोग गर्नु राम्रो हुन्छ ।
कलिला हाँगाहरू चिमोट्ने (Relative humadity) :
राम्रा फूल फुलाउन साधारतयाः २ पटक कलिला हाँगाहरू चिमोटेर निकाल्ने गरिन्छ ।
पहिलो पटक ः जमिनमा बिरुवा लगाएको करिब २५ देखि ३० दिनपछि त्यसबेला बिरुवाका करिब ८ जोडी पात भएका हुन्छन् । त्यतिखेर बिरुवाको माथिल्लो भाग चिमोटेर हटाइदिने पहिलो पटक चिमोटेर हटाउने कार्यगर्दा छेउबाट हाँगा शाखा हाँगाहरू वृद्धि भै करिब ४ देखि ५५ वटा हाँगा भएका बिरुवा तयार गर्न सकिन्छ ।
दोस्रो पटक :
दोस्रो चिमोट्ने कार्य करिब ६० दखि ७० दिनपछि शाखा हाँगाबाट उप(शाखा हाँगाहरू बढाउन गरिन्छ । जसले गर्दा फूलहरूको संख्यामा वृद्धिभई बढी कट्फ्लावर उत्पादन गर्न सकिन्छ ।
जाली बनाउन (Netting)
ड्याङ्को वरिपरि जाली बुन्ने कार्य ५ तहमा गर्दा बिरुवा बाङ्गिने भाँचिने माटोमा छुने जस्तो समस्या हटाई राम्रो सिधा डाँठ भएको फूल उत्पादन गर्न सकिन्छ ।
पहिलो (Planting net) जमिनको सतहबाट करिब १२ से.मीको उचाईमा छेउ–छेउमा सानो–सानो खम्बा गाडेर ७ सेमी बराबर७ से.मीको जाली बुनाई तन्किने
गरी नाइलनको डोरीले तयार गर्न
सकिन्छ ।
दोश्रो र तेश्रो बुनाई जमिनको सतहबाट करिब १५ से.मी हुनेगरी पहिलो बुनाईको ठीक माथि तन्किने गरी नाइलनका डोरीले तयार गर्न सकिन्छ । चौथौं र पाँचौ तहः जमिनको सतहबाट १८ से.मीको उचाईमा दोश्रो र तेश्रो माथि हुनेगरी पहिले जसरी डोरी तन्काउन सकिन्छ ।
कोपिला निकाल्ने (Disbudding)
फूलको आकारप्रकार तथा राम्रो कट्फ्लावर उत्पादनका लागि फूलको कोपिलाहरू लाग्न थालेपछि प्रत्येक हाँगामा १ वटा कोपिला छोडेर वरिपरिका मसिना कोपिलाहरू टिपीदिनु पर्दछ ।
बाली काट्ने :
फूलहरू भरखरै फक्रेको अवस्थामा बाली काट्ने र तरुन्तै सफा पानीमा डुबाउने । फूल टिपी सकेपछि यसलाई गोलभेडा, स्याउ र केराको नजिक राख्नु हँुदैन । फलहरूले इथाइलिन ग्याँस उत्पादन गर्छन र एकै दिनमा नै फूल नोक्सानी गराउँछ ।
टिप्ने अवस्था पहिचान ः
–सर्वप्रथम कुन फूल कुन समयमा टिप्ने र कतिबेला टिप्दा राम्रो हुन्छ भन्ने थाहा पाउन जरुरी हुन्छ ।
–फूल टिप्ने अवस्थाको पहिचान गर्न कुन ठाँउमा र कति टाढा फूल बिक्री गर्न लैजानमा निर्भर गर्दछ ।
–साधारणतयाः कोपिला अवस्थामा कार्नेशन र गुलाफ हार्भेष्ट गर्दा इथाइलिन ९भ्तजथष्लिभ० बाट हुने हानी कम हुन्छ । सबै जसो कट्फ्लावर हार्भेष्ट गर्दा कोपिला अवस्थामा ग¥यो भने ढुवानी गर्न पनि सजिलो हुन्छ । उच्च तापक्रम तथा इथाइलिन जस्तो वातावरणीय प्रभावको असर पनि कम हुन्छ ।
(कोपिला अवस्था फूलहरू टिप्दा धेरै दिनसम्म फूल पनि रहिरहन्छ ।
–साधारणया कट्फ्लावर हार्भेष्ट गर्दा बिहानको समय भए राम्रो हुन्छ ।
चिसो उपचार तथा भण्डारण ः
–ढुवानी गर्दा फूलको स्वास्थता तापक्रमसँग धेरै नै नजिक हुन्छ ।
–बगँैचाबाट फूल टिपी सकेपछि बाहिरको तापक्रमलाई नियन्त्रण गर्न कम तामक्रम २–३ घण्टा राखेर चिसो उपचार गर्नु राम्रो हुन्छ ।
(साधारणतयाः टिपेर बजार पु¥याउन भन्दा पहिले चिसो उपचारको लागि फूल तापक्रम २–३ घण्टा डिग्री सेन्टीग्रेडमा १ देखि २ घण्टा राखिन्छ ।
(साधारणातया कट्फ्लावर भण्डार उच्च आद्रता (Relative humadity) ९० देखि ९५ प्रतिशत कम तापक्रम ४ डिग्री सेन्टीग्रेडमा गर्न सकिएमा धेरै दिनसम्म फूल स्वस्थ्य टिकाउन सकिन्छ ।
ढुवानी गर्नुभन्दा पहिले गर्नुपर्ने उपचार : (Chemical)
– बजारमा पु¥याउन भन्दा पहिले विभिन्न रसायन (Chemical) हरूमा उपचार गर्दा फूलहरू स्वास्थ भै धेरै समयसम्म टिक्ने हुन्छ ।
–बढी जसो प्रयोग गरिने रसायनमा Solverthiousulphate(STS) को झोल हो यसले इथाइलिनबाट हुने नोक्सानीलाई नियन्त्रण गर्दछ ।
–साइटोकाइनिन् (Cytokinns) सिटरेट्स (Citrates) जस्तो हर्मोन डुबाएर वा स्प्रे गरेर पनि फूल टिपेपछि हुने नोक्सानी कम गर्ने गरिन्छ ।
–साइटक एसिन(Citric acid) पानीमा मिसाएर डुबाउँदा पनि अन्य जिवाणुको आक्रमणलाई हटाउन सकिन्छ ।
(यसको अलावा फूल टिपी सकेपछि चिनी पानीमा डुबाउने पनि गर्ने गरिन्छ ।
–कट्फ्लावर टिपी सकेपछि फूल बढी समयसम्म टिक्न ९ख्बकभ षिभ० फूलको ऋबचदयजथमचबतभ भिखभ िसँग सम्बन्धित हुन्छ ।
प्रिजरभेटिब्सको (Preservatives) प्रयोग ः
– टिपी सकेको कट्फ्लावरको स्वास्थता वा भनौं धेरै दिनसम्म फूल टिक्ने लगभग डबल गर्न प्रिजरभेटिब्सको ठूलो भूमिका हुन्छ ।
–सुकरोज वा सुगर र जिवनाशक रसायन प्रिजरभेटिब्समा हुन्छ । जस्तै 8-HQC (-Hydroxy Quinoline-Citrate for all fungi, bacteria and yeast).
–बजारमा पाइने प्रिजभेटिब्सका सुकरोज १–४ प्रशित र ड8-HQS(Hydroxy Quinline Sulphate)(50-200ppm) मुख्य गरी हुन्छ ।
बिरुवा प्रशारण :
कटिङबाट :
बिरुवाको माथिल्लो भागको कटिङ्गबाट बिरुवा प्रशारण गरिन्छ । यसरी कटिङ्ग लिँदा माथिल्लो भागको ३ जोडी पात समेत हुनेगरी लिनु उपयुक्त हुन्छ । साधारतया कटिङ्ग राख्दा मंसीर देखि फागुनसम्म राम्रो हुन्छ । कटिङ्ग राख्दा ४ से.मीको फरकमा राख्ने कटिङ्ग राखेको ३ हप्ता पछि जरा आउँछ । र रोप्नको लागि तयार हुन्छ । कटिङ्ग राख्दा भरसक फूलको रङ्ग छुट्याएर राखेमा पछिलाई सजिलो हुन्छ ।
बीउबाट :
बीउ राख्न ३० देखि ४० सेमी साइजको काठमा वा प्लाष्टिक ट्रे प्रयोग गर्नु उचित हुन्छ । र ट्रेको पीँधमा प्वाल भएको हुनुपर्छ । बीउ राख्नु भन्दा पहिलो पाकेको गोबर मल धुलो पारेको मसिनो २५ प्रतिशत बालुवा २५ प्रतिशत र माटो ५० प्रतिशत राखी सबै मिलाई ४ देखि ६ सेमी फरक लाइन कोरी त्यसमा बीउ राख्ने ।
कटिङ्गबाट तयार भएको फूलमा भन्दा बेर्नाबाट तयार पारिएको फूल सानो हुन्छ ।
रोगकिराहरू :
ओइलाउने रोग (Fusarium wilt ) Fusarium oxysporum:
बच्ने उपाय : उत्पादन गर्ने थलो परिवर्तन गर्न र माटो उपचार गर्ने ।
रष्ट रोग (Rust)
(रोग लागेको बिरुवाहरू हटाउने
– ढुसीनाशक विषादी प्रयोग गर्ने
( हावाको आद्रता घटाउने
किरा :
थ्रिप्स (thrips) :
–यो किराको कारणले गर्दा रातो फूलमा सेता दाग र सेतो फूलमा रातो दाग देखिने हुन्छ ।
–जैविक विषादि वा किटनाशक विषादि प्रयोग गर्ने
सन्दर्भ सामाग्री :
१. फ्लोरिकल्चर एशेसियन
२. बागवानी विकास अधिकृत पुष्प विकास केन्द्र, गोदावरी( अनिलकुमार आचार्य
३. द युनाईटेड स्टेट अफ अमेरिका
फ्लोरिकल्चर जर्नल २०१५
प्रतिक्रिया दिनुहोस्