
किसानको आयआर्जनमा वृछि, खाद्य सुरक्षामा टेवा ।
विनोद थापा/सुमन पन्थ
काठमाडौं असार ३, कृषि क्षेत्र विकास कार्यक्रम कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गरेका जनताहरुको गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्याउने उद्देश्यले कर्णाली प्रदेशका सबै १० जिल्लाका ५८ वटा स्थानीय तहमा काम गरिरहेको छ । परम्परागत तवरले गाई भैसी पालिरहेका किसानहरु कृषि क्षेत्र विकास कार्यक्रम कार्यान्वयनमा आएपछि लाभान्वित हुन थालेका छन् । सुर्खेतको लेकवेसी नागरपालिका ९ गंगटेका कर्णबहादुर रामजाली भन्नुहुन्छ आयोजना आएपछि ब्राखा पालनमा आफु सहित बाख्रा पालन समुहका सबैले राम्रो आय आर्जन गरिरहेका छन् । कृषि क्षेत्र विकास कार्यक्रमले बाख्रा पालनका लागि सुधारिएको गोठ बनाउने सहयोग गरेको छ । त्यस्तै उन्नत घास लगाउन सिकाउने देखि उत्पादित बाख्रा बजार सम्म लैजान सक्ने गरि मूल्यऋखलामै काम भईरहेको छ । बाख्रा पालन गरिरहेका सबै सदस्यले वार्षिक ३ देखि चार लाख सम्मको आम्दानी गरिरहेका छन् ।
बाख्रा पालनमा जस्तै लेकवेसी १० सिर्जनशिल कृषि तथा पशपालन समुहका सदस्यहरु व्यवसायी भैसी व्यवसाय बाट मनग्य आम्दानी गर्न सफल भएका छन् । भकारो निर्माण, पोषिलो घास खेती, प्राविधिक तालिम, पशुहरुका लागि औषधी देखि सम्रग दुधको मूल्य ऋखलामा काम भइरहेको छ । सिर्जशिल कृषि तथा पशुपालन समुहका उपाध्यक्ष मनिसारा आचार्य भन्नुहुन्छ अहिले हामीले दैनिक ४५ सय रुपैयाँको दुध विक्री गरिरहेका छौं । पहिला गाउँमा आय आर्जनको गतिलो स्रोत थिएन अहिले दुध बाटै बच्चा पठाउन र घर चलाउन सहयोग पुगेको छ । त्यसमाथि आयोजनाले किसानलाई ऋण सम्मको चाँजो पाँजो मिलाईदिएको छ । त्यसै खेर गइरहेका हाम्रा यी बारीमा अहिले पोषिलो घास रोपेका छौं । कृषि क्षेत्र विकास कार्यक्रमले गाउँकै रुपान्तरण गर्न सजिलो पारिदिएको छ ।
लेकवेसीका अगुवा कृषकहरु भन्नुहुन्छ दुग्धजन्य वस्तुका विकास भएको मूल्य ऋखलाले किसानको आम्दानी बढाउँदा किसान यस तर्फ आर्कर्षित भएका छन् । कृषि क्षेत्र विकास कार्यक्रमले विभिन्न समुह गठन गरि किसानलाई आर्थिक तथा प्राविधिक सेवा दिईरहेको छ । नमुना भैसी पालन समुहकी सदस्य सरिता खत्री भन्नुहुन्छ भैसी पालन आय आर्जनेको गतिलो स्रोत बन्यो । कामकाजी महिला भैसी पालेर आय आर्जनका सहयोग मिलेको छ ।
बाख्रा पालन तथा भैसी पालनमा जस्तै कृषि क्षेत्र विकास कार्यक्रम मार्फत वेमौसमी तरकारी देखि स्थानिय उत्पादनसम्मका सहयोग गरिरहेको छ । कुलो तथा पोखरी निर्माणका सहयोग भएपछि स्थानिय उत्पादन बढेको र गाउँमै रोजगारीका अवसर सिर्जना भएका छन् । वेमौसमी तरकारी खेती देखि अन्य बालीको आयआर्जन बढेको छ ।
कृषि क्षेत्र विकास कार्यक्रमको यो अन्तिम वर्ष हो । पछिल्ला दुई वर्ष आयोजनाले अपेक्षा गरे अनुसार प्रगती गर्न सकेको छ । साना तथा सिमान्तकृत किसानको क्षमता विकासमा आयोजना सफल रहेको कार्यक्रम संयोजक बासु काफ्ले बताउनुहुन्छ । पछिल्ला दुई वर्षमा आयोजनाले प्रगती बढेको छ ।
यता संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि कृषि क्षेत्र विकास कार्यक्रमले कार्यक्षेत्र भित्र गरेका कामको अपेक्षाकृत भएको बताएको छ । आउँदा दिनमा नेपाल सरकारले संचालन गर्न परियोजना कृषि क्षेत्र विकास कार्यक्रम गतिलो सिकाई हुने छ ।
कार्यक्रम अन्तरगत हालसम्म १०३७ समुह ÷ सहकारीसं मार्फत २७ हजार ९०२ घरधुरीमा सहलगानीमा कार्यक्रम संचालन भईरहेको छ । भौतिक पूर्वाधार तर्फ हालसम्म २६४ वटा उपआयोजनाहरु सम्झौता भई कार्यान्वयन भईरहेको छन । उपआयोजनाहरु थपिने क्रम २०८२ वैशाख सम्म जारी छ जस अन्तरगत सामुदायिक पूर्वाधार २५९ र ५ वटा सार्वजनिक पूर्वाधार रहेका छन् ।
मूल्य श्रङ्खला विकासको लागि सुदृढ ग्रामीण वित्तीय सेवा उपसंभाग अन्तरगत हालसम्म ९८८ समुहमा ५४५ तालिम प्राप्त ँभ्द्यी सहजकर्ता मार्फत २५७०० महिला सदस्यहरु वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाबाट लाभान्वित भएका छन । यसैगरी विभिन्न बैङ्क तथा वित्तिय संस्थाहरु मार्फत झण्डै ५० करोड रुपैयाँ कर्जा प्रवाहमा सहजीकरण गरिएको छ ।
गाउपालिका तथा नगरपालिकासंगको साझेदारी सहयोगमा हालसम्म २२ वटा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना तथा संचालमा रहेका छन्। यसैगरी ५८ वटा स्थानीय तहमा पालिकाको कृषि र पशपंन्छी विकास शाखाको सेवा प्रवाह क्षमता अभिवृदिका लागि विभिन्न प्रकारका सेवा प्रवाहसंग जोडिने साम्रगीहरु (कृषि औजार उपकरण, फर्निसिङ्, सूचना प्रविधि साम्रगीहरु, दुई पाङ्ग्रे सवारी साधन मोटरसाईकल र स्कुटर) प्रति पालिका रु १० लाख बराबरको सहयोग गरिएको छ ।
उपसंभाग १.४ अन्तरगत महिला सशक्तिकरणका लागि लैङ्गिक कार्य सिकाई पद्वती (न्ब्ीक्) अन्तर्गत ३२ समुहका ६० जना सहजकर्ताहरुलाई पूनताजगी तालिम संचालन गरि ४८० घरधुरीमा न्ब्ीक् कार्यक्रम निरन्तर रुपमा संचालनमा रहेको छ । यसैगरी ५१ वटा समुहका १२०४ जना महिला सदस्यहरुको कार्यबोझ घटाउनका लागि महिला मैत्री मेसीन तथा उपकरण (कृषि कार्यबोझ घटाउने) सतप्रतिशत अनुदानमा सहयोग गरिएको छ ।
पोषण सहसंभाग अन्तरगत ३९८ महिला स्वास्थ्य स्वयसेविकालाई पोषण सुरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिएको । उत्पादन समुहहरुमा ९८८ पोषण पाठशाला संचालन हुनुका साथै पोषण वगैचा स्थापना गरिएका छन्। २३ वटा नमुना पोषणा बगैचा स्थापना तथा प्रदर्शनी गरिएको । कार्यक्रम संचालन भएको १२४ वटा समुहमा पोषण प्रवद्वन सचेतना अभियान मार्फत ३६८६ जना सहभागीलाई पोषण तथा असल खानपान सम्बन्धि अभिमुखीकरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्