धनबहादुर मगर
चित्रबहादुर श्रेष्ठ माननीय संविधान सभा सदस्य, राष्ट्रिय किसान आयोगका पूर्व अध्यक्ष, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) :
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले युवा सम्मेलन सम्वोधन गर्ने क्रममा माओले यो संसार तपाइहरुको हो भन्नुभएको स्मरण गराउनु भयो । भनाई एउटा सम्मेलनमा भनेका थिए । हामी आज उत्पादन प्रक्रियामा गएर समाजवादको रुपान्तरणमा जाने हो । यसमा युवाहरुलाई बढी भन्दा बढी कसरी जोड्ने सकिन्छ । हाम्रो देशको भविष्य माओले भने जस्तै तपाईहरुको हातमा छ ।
खेमबहादुर पाठक अध्यक्ष, केन्द्रीय कृषि सहकारी संघ लि. :
केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकल सिर्जनशीलताको कुरो सन्ने सरकारसम्म किसानको पहुँच पुग्दैन । खेती गर्ने किसानले सरकारलाई भेट्न सक्दैन । अबत किसान खोज्दै सरकार आउनु पर्छ । अब सैद्धान्तिक कुरा भाषाणमा भन्दा पनि व्यवहारमा जानु जरुरी छ । अभ्यासमा जाने मान्छेको जरुरी छ ।
५ वटा कुरा जनचेतना, शिप, प्रविधि, उत्पादन, प्रशोधन, बजार, जरुरी हुन्छ ।
एशिया प्रसान्त कार्यक्रम अखिल नेपाल किसान महासंघ नीतिगत, संस्थागत सहभागिता ।
पाठकले भन्नु भयो अब काम गर्नेहरुको हातमा पुगेको छ । हामीसँग भएको जमीन हो, त्यही जमीनलाई हराभरा बनाएर मात्र भविष्य निर्माण गर्न सक्छौं । ढिलो भयो दुइचार वर्ष अघि नै सम्मेलन अगाडि बढाउनु पथ्र्यो । विना आग्रह, पूर्वाग्रह एक ठाउँमा आएर गर्नु पर्छ । देशको युवालाई उत्पादनमा आधारित भएर अघि बढाऔं । संसारको युवाहरुले नयाँ चिजको खोज गरिरहेको छ । नेपालको युवा सञ्जाललाई उत्पादनमा केन्द्रीत गरेर कृषि क्रान्ति गर्न जरुरी छ ।
राजेन्द्र प्रसाद प्रसाई कार्यपत्र प्रस्तोता :
कृषि विकास मन्त्रालयका कार्यक्रम अधिकृत राजेन्द्रप्रसाद प्रसाईले एग्रिम्लमिक भाग लिनु भएका प्रतिनिधीहरुले समुह क्षेत्रमा प्रस्तुत गर्नु भएको अनुभवहरु एका अर्कामा आदानप्रदान गर्नु पर्ने बताए । हामीले गरेको अभ्यास कसरी व्यवसायिक व्यापार योजनामा ढाल्ने, ति कुराहरुको अध्ययन गरेर नै‘कृषिको व्यवसायिक योजना निर्माण र कार्यन्वयन गर्न सक्छांै ।
–योजना शुरुदेखि अन्त्यसम्म गरिने गतिविधिनै येजना हो ।
–योेजना तपाईहरुको सोच अनुसार बनाउनु भएको गतिविधि नै योजना हो ।
–योजना निर्माण गर्न के तपाईहरुले सोँच बनाउनु भएको छ ?
गाउँमा एउटा पिङ हालीदिनु भनेर माग आएको छ । योजना आयो । यस्तो पिङ दिनु । हामीले गर्नु डिजाइन भयो । परामर्शदाता सोझो देखेर जनताले मागेको दियो होला ?
हाम्रो योजना वास्तवमा जनताले यस्तो मागेका थिए । मलाई भन्दा त्यही बस्नेलाई बढी थाहा हुन्छ । यही बसेर नीति बनाउने, त्यही बसेर योजना र वास्तविक कुरा योजना बनाउँदा दुई महिना लगाएर बनाउनु पर्छ । आज हामी जहाँ छौं ।
–योजना के हो ?
–हाम्रो रणनीति के छ ? कसरी बनाउँदाँ सबैको लागि राम्रो हुन्छ भनेर सोच्नु पर्छ ।
–सानो बारीदेखि ठूलो उद्योगसम्म व्यवसाय हाम्रो रणनीति, व्यवसायिक छनौंट, पहिचान कस्का लागि किन ः
छुटाउन नहुने छनौंट पहिचान कास्का लागि किन ? छुटाउन नहुने विषय जलवायू परिवर्तन पनि हो ।
निर्मल भट्टराई केरा कृषक :
चितवन जिल्ला जिनाइन भेराइटी केरा व्यवसायी, जिनाइन केरा कृषक, भारतबाट ४० हजार बिरुवा १ लटरमा आयो । एक लटका विरुवा मरे । टिस्यू कल्चर विरुवा यही गर्न सके त्यस्तो समस्या आउदैन होला । उन्नत बीउ, मल आवश्यकता पर्छ । चितवन र नवलपरासी जिल्लामा उन्नत जातको केराको खेती हुन्छ कि हुँदैन ।
किरण रायामाझी सुन्तला कृषक :
प्रश्न ः म सुन्तला कृषक काभ्रे, शंका लाग्यो भने र परिक्षण गर्न सकिन्छ कि सकिदैन ?
उत्तर ः दिनेश गौतम प्रमुख, कीर्तिपुर बागवानी केन्द्र ः कतिपय विरुवा दिनै सक्दैन । सुन्तला पालिकाबाट सिफारिस आउँछ । हाम्रो क्षमता भन्दा बढी भयो भने सम्पर्क दिदैनौं । केरा हाम्रो म्याण्डेडमा पर्दैन । हाम्रो फलफूल मात्र हो । प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना सबै जिल्लाम पर्याउनु हुँदैन । हामी पहिले फलफुलमा पनि आत्मनिर्भर थियो ।
स्थानीय एग्रोभेट बढ्दै गए । सरकारको नीति निजी क्षेत्र, सक्षम हुने ठाउँमा प्रर्वद्धन गर्नु पर्छ भन्ने हो र राम्रो जात, स्रोत उपलब्ध गराउने, काठमाडौं सिँचाईको समस्या छ । हिजोको बागमती र आजको फरक छ । पानी तान्नको लागि ३०० मिटर गहिराईमा जानु पर्छ । अभाव भएको बेलो खाने पानीसँग समन्वय गर्छौं । भारतबाट जथाभावी सिड स्टोरेज आएको छ । सिन्धुपाल्चोक, सिन्धुलीमा बागवानी फार्महरु छन् । केमीकल महँगो पर्छ ।
आगामी दिनमा पिसिआर मेशिन राख्नु पर्छ । पालिका स्तरमा पिसिआर मेशिनहरु छैनन् । ट्राइफिलियट मुख्य स्रोत केन्द्र हो ।
हिक्मतकुमार श्रेष्ठ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन प्रमुख :
परियोजनाले गाली र ताली सबै पाइन्छ, चर्चा पनि पाइन्छ । युट्यूवहरुमा पनि पाइन्छ । यो के तातो केकको रुपमा बदलिदैछ । नेपालमा यो परियोजना सबैभन्दा सफल परियोजना बनेको छ । भित्री कुरा राम्रो छ ।
प्रस्तुतीकरणमा प्रमको ठाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा नाम परिवर्तन हुनेछ ।
प्रधानमन्त्री राष्ट्रिय भनेको दोस्रो चरणमा प्रवेश गराउने हो । परियोजना अवधि ९ वर्ष भयो २०७२ /०८३
१० वर्षसम्म हुन्छ । अब १ वर्ष बाँकी छ । सरकारको लगानी छ । यो विदेशी परियोजना होइन । विदेशी सहयोग पनि छैन ।
स्वदेशी स्रोत ः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नेपाल सरकारको स्वदेशी लगानीको परियोजना हो । यसको उद्देश्य कृषिलाई औद्यौगिकीकरण, विशिष्टकृत, बनाई लग्ने रहेको छ । यसको संरचनाहरु पकेट, ब्लक, जोन, सुपर जोन रहेका छन् । कृषिलाई नाफामूलक र समानजनक पेशाको अवसर सिर्जना गर्नु हो ।
–सुनिश्चित गर्ने बहुसरोकार वालाहरुसँग मिलेर कृषिमा १५ वटा बालीमा अवसर सिर्जना गर्ने । १५ वटा बालीलाई सुनिश्चितता गर्ने वहुसरोकार राख्ने राष्ट्रिय राष्ट्रिय बालीहरुलाई प्राथमिकताका अगाडि बढाउने हो । केही नयाँ बाली रवर, सुपारी, जैतुन, किवी बाली थप भएका छन् । प्रदेशमा १५ वटा बाली मध्ये ३ बालीलाई वर्गीकृत गरेका छन् ।
मुख्य लक्ष्य आयत प्रतिस्थापन हो । यसको कार्यक्रम हरियो मकै निर्यात, विशिष्टकृति सुपर जोन । १५ सय ब्लक, ३ सय जोन छन् । २१ वटा सुपर जोन छन् ।
गाईभैंसी पशुपालनको संख्याको मेरिट वर्गमा पकेट व्लक जोन छैन । परियोजना विस्तार गर्ने योजना थियो तर स्रोत केन्द्रको सुनिस्चता नहुँदा यतिकैमा सीमित रहेका छन् ।
३ सय जोन । काम गरेको २१ सुपुर जोन रहेको छ । अलैँची ७ वटा जोन छन् । सबेैभन्दा बढी तरकारी जोनहर छन् । चारवटा सम्वाहकमा परियोजना कार्यन्वयन इकाई ४८ वटा छ । ७९/८० सम्म ९ वटा ब्लको लक्ष्यमा पूरा भएको छ ।
परियोजना निर्देशनालय समिति स्तरको विशेष समितिमार्फत सिफासि हुन्छ । वडा पालिका र प्रदेश स्तरबाट आउनु पर्छ । समन्वय समितिको काम परियोजना प्रवाह सूचारु गर्ने, नयाँ क्षेत्र विस्तार गर्न ३ महिना समय लाग्छ ।
परियोजनाका रणनीतिरु :
भूमिको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिहरु विस्तार ।
नीति अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययन प्रतिवेदनमा कृषि परियोजना लाम ग्राही वर्गहरु उपभोक्ता समिति समूह निजी क्षेत्रको, कम्पनी सीमान्तकृतहरु सबै सहभागी भएको छ ।
रणनीतिक रुपमा प्राविधिक भएकोले मोडाललिटी २ प्रकरको छ । उत्पादनमा काम गर्ने, उद्यमी व्यक्तिहरुलाई सहयोग गर्ने रहेको छ ।
कार्यन्वयन प्रक्रिया साउन भाद्रसम्म सूचना प्रकाशित गरि लाभग्राहीहरुको सूचीकरण गर्ने काम हुन्छ । प्रस्ताव आव्हान गरिन्छ । एउटै जिल्लामा ३ पटकसम्म सूचना प्रकाशित हुन्छ । सूचना थाहा पाएनभन्ने कम छ । कार्यक्रम सार्वजनिकीकरण गरिन्छ । ५० देखि ८५ प्रतिशत सुविधा दिएका छन् ।
त्यसमो निजी सहकारी, सरकार सहभागी हुन सक्छन् ।
–यसको लागि निजी क्षेत्रको कम्पनी संस्थालाई ५० प्रतिशत
–समूह सहकारीलाई ८५ प्रतिशत अनुदान प्रवाह
–प्राविधिक सहयोग १०० प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।
प्रविधि प्रवद्र्धनमा निजी क्षेत्रको लागि राइस् ट्रान्सप्लान्टर महँगी पर्छ । निजी क्षेत्रको लागि ५०–प्रतिशत, समूह सहकारीका लागि ८५ प्रतिशत अनुदानको व्यवस्था छ भने ड्रोन प्रयोगमा ८५ प्रतिशत सुविधा छ ।
जापानी मोनो रेलको अवस्धारणा बनाएको थियो । उनीहरुकहाँ सुरुङ मार्ग प्रयोग भएको छ । मोनोरेल कृषि सामाग्री ओसार प्रसार गर्न सबैभन्दा उपयोगी छ ।
डा.भानेश्वर पोखरेल डेनमार्कबाट पिएचडी :
कृषि बार्षिक १०००–देखि १५०० जना तालिम दिन डेनमार्क जानुहुन्छ । डलरकै हिसाबले तलबको व्यवस्था गरेको थाहा भएको छ । फार्म डेकोडिनको रुपमा सम्मान गरेको छ । मोवाइल र डिजीटल सिस्टमका लागि पनि ८५ प्रतिशत अनुदान दिएका छांै ।
परियोजनाको लगानी खर्च वर्ष ३० अर्ब अनुमानित खर्च छ । यसरी कार्यक्रम अगाडि बढाउन सक्यौं भने कृषिबाट देश धनी हुन्छ भन्ने लागेको छ ।
धान राप्न मधेश प्रदेशमा यसपाली पानी नपेरे पछि, सरकारले मधेशमा सुख्खा क्षेत्र घोषणा गर्न लागेको छौं । प्रतिवेदन आएपछि के गर्ने भन्ने छलफल छ ।
५३ अर्ब बजेटमध्ये संघको ७० प्रतिशतमा ३५ अर्ब खर्च भएको छ ।
अनुमानित खर्चमा जम्मा ४३ प्रतिशत मात्र खर्च भएको छ । ३६ अर्ब खर्च प्रदेश र स्थानीयले गर्छ ।
कृषि विकास मन्त्रालयमा कुल बजेट मध्ये ३ प्रतिशतको हाराहारीमा यो परियोजनाको लागि बजेट खर्च हुन्छ भने । मन्त्रालयलाई प्राप्त बजेटको कुल ५७ प्रतिशत बजेट रसायनिक मलमा खर्च हुन्छ ।
४८ अर्ब प्राप्त भएकोमा ३६ बर्अ खर्च भएको छ ।
प्रगति शुरुको वर्षहरुमा भन्दा ७० प्रतिशत बढी छ । अरु वैदेशिक सहयोग तथ्याङ्कमा आधारित रहेको जिल्लामा बाँकी रहेकोमा कम्पाइल गरेको छ ।
२२,८०० भन्दा बढीलाई निर्वाहर भत्ताको व्यवस्था छ । तराईमा १४ हजार पहाडमा १८ हजार लाई परियोजनाले सहयोग गर्छ । यो परियोजनाले किसान, विद्यार्थी, उद्यमीलाई मिलाएर गएको एक मात्र परियोजना हो । यो परियोजनाबाट राष्ट्रिय उत्पादनमा योगदान बढी योगदान दिएको छ ।
परियोजनाको उपलब्धी :
आशिक रोजगारी सिर्जना गर्ने काममा सहयोग गरेको छ । राष्ट्रिय उत्पादकत्व धेरै छ । १५ औं योजना गेम चेञ्जरमा रुपान्तरण गर्न यो परियोजनाले पनि सहयोग गर्छ । १६ औं योजनामा कृषिमा व्यवसायिकरण, आधुनिकीकरण र किसानलाई उद्यमीकरण गर्नु पर्छ । ९ वर्षमा ५० लाख मेट्रिक टन प्रतिवर्ष साँढे पाँच लाख मेट्रिक टन उत्पादन गर्छ । साँढे दुईलाख प्रत्यक्ष रुपमा रोजगार सिर्जना गरेको छ ।
नीति अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययनअनुसार रोजगार सिर्जना सकेको छैन । यतिबेला सम्म परियोजनाले १४ लाख ७० हजारले परियोजनाबाट लाभ लिईसकेको छ भन्ने लागेको छ ।
१५ औं योजनाहरुमा २० मेट्रीक टन पुर्याउने लक्ष्य राखेकोमा अरु योजना भन्दा माथि नै छ । वार्षिक ३१ अर्ब खर्च मध्ये ३ अर्ब लगानी गर्दा १८ अर्ब मेट्रिक टन बरबरको आयआर्जन गर्न सफल भएको छ यो अध्ययन नीति अनुसन्धान प्रतिष्ठानले गरेको हो ।
प्रविधि प्रसार :
हुप्सेकोट नवलपरासी पूर्व भक्तपुरे लोकल काँक्रो लगाएको छ । २ वर्ष पहिलो ५ रुपैयाँ प्रति किलोमा पनि मूल्य पाउन्न थियो । अहिले राम्रो मूल्य पाउनु भएको छ । गत आर्थिक वर्ष चैते धानले न्यूनतम् समायोजन मूल्य पाउन सकेन । १ हप्ता पनि होल्ड गर्न सकेनौं । झापा, मोरङ, मकै, धान बिक्री हुन्थ्यो । कतिपय निजी व्यापरीलाई दिने गरेको छ ।
कृषि भनेको कम्प्लेक्स रहेछ । यो कुरा बुझेर अगाडि बढ्नु पर्छ । कृषि क्षेत्रमा फाइदा छ । जोमिख मोलेर अगाडि बढ्नु पर्छ । जीनाइन केरा बढी प्रचारप्रसार भयो । जस्तै अधिले स्याउको छ । बढी घनत्व कसले गर्यो । पिएमपिएले गर्यो । पिएमपीले १ लाख विरुवा मुक्तिनाथ कम्पनीबाट लियो । १ लाख बिरुवा ल्याउने सक्ने उहाँहरुसँग ल्याव भएन । हामीले केरालाई टिस्यु गर्न सक्छौं, कि सक्दैनौं ।
सातै प्रदेशमा च्याउहरु स्तरीकरण गर्न गरेको छ । केरामा पनि मदर कल्चर पहिले कहाँबाट ल्याए भन्ने खोजिरहेका छौं । त्यसको आमा स्रोत के हो । रजिष्ट्रेशन गर्न समस्या भएको छ । नेपालमा विश्वविद्यालयबाट दिने प्रविधि प्रयोग गर्न सक्छौं । आयत गरेर भएपनि ल्याउनु पर्यो । यस्तो प्रविधिको भारत र चिनमा गरिएको छ । हामी भन्दा तपाई किसानहरु अगाडि हुनुहुन्छ । सबैले नयाँ प्रविधि गरिरहनु भएको छ । गर्नु पर्ने चाहीँ सरकारले हो ।
चितवन, झापा, मोरङमा विकास गर्ने भनेको थियो तर हामीले भूगोल अनुसार प्रविधि ल्याउन सकेको छैनौं । गोरुले जोत्छन् १० चोटी फाली भाँचिन्छ । त्यस्तो ठाउँमा मेशिनको आवश्कता छ । हामीले प्रविधिको प्रयोग गर्दै यान्त्रीकरणमा जाने हो ।
जुन जोनमा काम गर्छन् त्यही जोन भित्रै कायन्वयन गर्ने हो । काम गर्दा सहयोग नगर्नेलाई कारवाही गर्नु भन्छौं । हाम्रा कर्मचारी साथिहरुलाई घर–घर गएर चिया पनि नखाउ भन्छौं । ५८ वटा कार्यालयबाट ४८ वटामा ल्याउन निकै सकस परेको थियो । यस अर्थमा सबै जिल्लामा छैनन् भन्ने होइन, प्राविधिक टिम ७७ जिल्लामा छन् ।
फलफूल, तरकारी बालीमा सबैभन्दा बढी फ्रुट प्लाई लागेर नोक्सान गर्ने गरेको छ । यसको नियन्त्रण कसैले गर्न सकेको छैन ।
आर्थिक सर्वेेक्षण :
मकैमा छर्दा खर्च आधा कम भएको छ । खर्च आधा कम भएको छ । ५० करोडको बिक्री गर्दा
२२ करोड फाइदा लिएको छ ।
परियोजनाको सबल पक्ष :
परियोजनाको सवल पक्ष कृषिसँग जोडिएको छ । ग्रास रुटसम्म परियोजना पुगेको छ । तिनवटै निकायले उक्तिकै महत्व दिएर कार्यक्रम सञ्चालन गरेको छ । सहकारी क्षेत्र, केरा कृषक, निजी क्षेत्रको व्यवसायी कृषक, उद्यमीहरु खेतीमा परियोजनासँग केन्द्रीत छ ।
हामीले मल, बिउ सिँचाई, प्रविधि, विरुवा किसानलाई भने जसरी पुर्याउन दिन सकेनौं ।
अब मलाई डिजीटलाईज सिस्टममा किसानले जानु पर्छ ।
माननीय मन्त्रीज्यूबाट उद्घाटन भएको छ ।
नार्क र निजी क्षेत्रसँग मिलेर मकै, धान–८, मकै १०, को उन्मोचन गरि प्रमाणित गरेर सिफारिस गर्ने तयारीमा छौं ।
कृषि विकास मन्त्रालयले कमजोरीहरु औल्याएको छन् । कृषिका मुद्दाहरुलाई लागु गर्न सिएन सीडले धानको बीउमा जोड दिएको छ । सामुदायस्तरमा कृषि प्रसार सेवा र स्थापना गर्ने सकेनौं ।
कृषि गुणस्तर कायम गर्न दक्ष जनशक्ति उत्पादन सकेनौं । हाम्रो उत्पादनले खुला बजारसँग मुकावला गर्न सकेन, केरा, माछामा रहेका समस्या लागत बढी देखिएको छ । यहाँको लागत मूल्य भन्दा आधा कम मूल्यमा अन्यत्रबाट आउँछ ।
म्याचिङ्ग फण्ड नहुँदा काम अगाडि बढ्न सकेको छैन । दुई लाखसम्म दिन सरकार तयार भयो । किसानले १ लाख जुटाउन नसक्ने अवस्था रह्यो । सफ्ट लोन, सहुलिन ऋण र सस्तो व्याजमा दने व्यवस्था आइएमबी बैंकल शुरु गरेको थियो । वस्तु धितो राखेर पनि त्यतातिर जाुन पर्छ कि भनेर सोचीरहेका छौं ।
कृषि विकास बैंकले भिटा परियोजनामार्फत कार्यक्रम अगाडि बढाएको छ । सहुलिय ऋण उपलब्ध गराउने भनेको छ । काम गर्दा जिल्लामा व्लक, पकेट, जोन, सुपर जोनबाट पूरा गर्दै जानेछ ।
केही राजनीतिक स्वार्थको कारण जहाँबाट थाल्नु पर्ने थियो । र पूरा गर्नु पर्ने थियो । कार्यक्रमको मोडल तलमाथि भयो । प्रयास प्रशासकीय पहल भयो । एकचोटी पकेट, व्लक, जोन र सुपर जोन जन्मियो त्यसैले चाहेजति अगाडि बढ्न नसनेको हो । अनुगमन र रिपोटिङ्ग« गर्ने प्रणाली छैन । कति बजेट खर्च भयो भनेर जानकारी पाउँदैनौं । संघ, प्रदेश, स्थानीय निकायबाट कति काम गरे भन्ने जानकारी हुँदैन । प्रदेश र स्थानीयमा उत्पादन भएकोमा सहयोग गर्नु पर्छ भन्ने हो । नार्कको नयाँ कार्यदल तयार गर्न योजनामा छ । परियोजना २०८३ /८४ देखि कसरी जान्छ थाहा छैन । दक्ष जनशक्ति विदेश पलायन भएको अवस्थामा ब्रेन स्ट्रोमका कुरा आउन बाँकी अझै बाँकी छ ।
सनीस लगेजु च्याउ किसान, भक्तपुर सहकारी संघका अध्यक्ष, :
भक्तपुर सहकारी संघका अध्यक्ष सनीश लगेजुले आफ्नो सूर्यविनायक सीड ल्याव नेपाल प्रा.लि २०५५ साल देखि निरन्तर सञ्चालन गर्दै आएको बताए । लगेजुले भन्नु भयो म च्याउको खेती गर्छु । नेपालमा टिस्यु कल्चरमार्फत अनुसन्धान विकासमा फड्को मारेको बताए । लगेजुले विस्तारै अन्तर्राष्ट्रिय गुणस्तरको च्याउ नेपालमै उत्पादन गर्न सकिने बताउँदै आफूले च्याउको बिउको विकास गरेको बताउनु भयो । देशभर च्याउ किसानहरुको जीवन परिवर्तन भएको छ ।
व्यवसायिक किट निर्देशनालय खुमलटारबाट २०५५ सालमा तालिम गर्ने अवसर पाएका बताउँदै । च्याउ खेतीमा सफल भएको सुनाउनु भएको छ । लगेजुले २०७२ सालमा भुकम्पको कारण ३५ लाख क्षति भयो । फेरि कोभिड आयो । हाल आफ्नो कम्पनीमा २२ जना कामदार तथा कर्मचारीहरुले काम गरिरहेको बताए । नेपालमा सम्भावना छैन भनिन्छ । २०६२/६३ पछि झन् कृषिमा सम्भावना बढेको छ ।
खण्डीकरण जति भयो भनेर चिन्ता गरिन्छ तर खण्डिकरणकै बिचमा त्यतिनै सम्भावना बढ्दै गएको छ ।
प्रद्युन्नराज पाण्डे कार्यपत्र प्रस्तोता :
कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी प्रमुख प्रद्युम्नराज पाण्डेले कालीमाटी बजारको व्यवसायिक भुमिका निकै बढेको छ । कालीमाटी, चोभार, धार्के, नौविसे, बालालुमा बजार विस्तारका साथ नयाँ नयाँ चुनौंती र अवसरहरु पनि सिर्जना हुँदैन गएका बताउनु भएको छ । वस्तुका गुणस्तर अनुसार खरिद बिक्री, बढ्दै गएको छ । कालीमाटी बजार गठन आदेश २०५८ अनुसार स्थापना भएको हो । बजारको क्षेत्रफल ४० रोपनी क्षेत्रमा रहेको छ । यो बजार संघीय बजार हो । यसको काम स्टल वितरण, मूल्य निर्धारण प्रक्रिया सँग पनि सम्बन्ध छ ।
बजारमा १७ वटा खाद्य बिक्री केन्द्र, बजारको सुरक्षा सेवा, फोहरमैला संकलन तथा व्यवस्थापन,
व्रिज चार्ज, विषादी अवशेष द्रुत विश्लेषण परिक्षण प्रयोगशाला आदि रहेका छ ।
आर्थिक रुपमा बजार आत्मनिर्भर छ । नेपाल सरकारको पैसा लिनु परेका छैन । दैनिक कारोवार
२,२४,१८३ मेटिक टन फलफूल तरकारीको कारोवार हुन्छ ।
आर्थिक रुपमा दैनिक ४ करोडको व्यापर हुन्छ । अन्यत्रा पनि निजी क्षेत्रबाट पसलहरु सञ्चालन भएकाले कारोवार कम भएको छ ।
कुन समयमा बढी उत्पादन भयो ? कुन समयमा बढी मूल्य पाइन्छ भन्ने भन्दा पनि कृषि वस्तुहरुको मूल्य श्रँृखलामा लाभान्वित वर्गले त्यसको उपभोग गर्न पायो कि पाएन भन्ने हो ।
कृषक, उपभोक्ता, व्यवसायी, संकलन र मध्यस्तकर्ता, यातायात व्यवासायी, मजदुर, अध्ययन तथा अनुसन्धानकर्ता आदिले यस बजारसँग समन्वय राख्दछ । ।
उपलब्धीहरु :
बजार व्यवस्थापनमा धेरै प्रकारका चुनौंतीहरु छन् । रोजगार, व्यवसाय, समाजिक सुरक्षा, योजना,
संरचनात्मक, सूचना आदानप्रदान आदि उपलब्धीमूलक काम भएका छन् ।
कालीमाटी बजार वैकल्पिक परियोजनाको विकास भने हुन सकेको छैन । मनोहरा क्षेत्रमा बनाउने योजना भएपनि त्यसको विस्तार गर्न समय लाग्ने देखिन्छ ।
चुनौंतीहरु :
सबैको स्वास्थ्यमा ध्यान पुर्याउन, कृषि जन्यवस्तुमा विषादी बढी प्रयोग भएको देखिन्छ । स्वास्थ बन्न विषादीरहित खानेकुराको आवश्यकता पर्दछ । तर मुख्य काम विषाडी भएको कृषिवस्तु रोक्नु पर्ने थियो, रोक्न सकेको वस्था छैन ।
उपभोक्ता, उत्पादनकर्ता अध्ययनकै प्रक्रियामा छांै । विषादी भेटियो भने अब विषादी प्रयोग नगर्नुहोला भनेर किसानलाई जानकारी दिने गरेका छांैं । विषादी विश्लेषणबाट खान अयोग्य भयो भने तरकारी लगायत फलफूललाई डम्पिङ्ग गर्छौं ।
भावी योजनाहरुमा संरचनात्मक सुधार,
मास्टर प्लान निजी बजारको समन्वय,
कृषक बजारको व्यवस्थापन,
कृषक बजारको सञ्चालन,
पोष्ट हार्भेष्ट व्यवस्थापन,
नवपर्वद्धन बजार अभ्यास, निजी क्षेत्र सँगको सम्बन्धमा समस्या, सहकारी क्षेत्रहरु विस्तार ।
सुन्दर नेपाल, तवुर्जा कृषक :
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजार मूल्य तोकेको भए सहज हुन्थ्यो । कृषकहरुले तोकेको सहज नहोला । हाम्रो बजारमा पहिलो हाम्रो उत्पादन हुनपर्यो ।
उत्पादन गरेको वस्तुको मूल्य पहिलो प्राथमिकता हुनु पर्ने थियो त्यसो हुन सकेको छैन । कहाँ लगेर बेच्न सकिन्छ भने भनि दिनहुोस् हामी आफनै देशमा उत्पादन बढाउनु सक्छैं ।
बाहिरको उत्पादन लागि ठाउँ छुट्टै तोकिदिनुहोस ।
मञ्जु सापकोटा तरकारी किसान :
अर्गानिक तरकारी बेच्न पनि छुट्टै स्टल हुनु पर्छ । विषादी नराखीकन उत्पादन गरिन्छ । पहिले सम्झौता गर्नुहोस् । कुन किसानले कति तरकारी बेच्ने भनेर मूल्य तोक्नु पर्छ ।
चन्द्रमान तामाङ्ग ओखलढुंगा :
कालीमाटी बजारमा कृषक बजार छ भनेर भन्नु मात्र भएको छ । भित्र निस्चित व्यापारीले बेच्न दिदैन । भित्र फूल बेच्ने निश्चिन ठाउँ छैन । बाहिर महानगरले बेच्न दिदैन ।
निर्र्दोेष तिमिल्सिना अध्यक्ष अखिल नेपाल युवा किसान संघ (क्रान्तिकारी केन्द्र) :
नेपालमा उत्पादन भएको जति पनि तरकारी तथा फलफूलहरु छन् बेच्नको ठाउँ पाउँदैन । भारतबाट आउने तरकारी फलफुलले मूल्य पाउँछ ठाउँपनि पाउँछ । नेपालमा उत्पादन गरेको काउली २/३ रुपैयाँ किलोमा पनि बिक्री नभएर फालिन्छ । फालिसके पछि भारतको सय डेढसयमा किलोमा बिक्री हुन्छ ।
किरण रायमाझी सुन्ताल, कागती किसान :
म सुन्तला र कागती किसान । यो सिजनमा हरियो कागती आयो । हाम्रो कागति राम्रो भयो यसलाई कतिपयले यो नेपाली कागति भनेर बेच्दैनौं भन्नु भयो । अनुरोध गर्दा २० रुपैयाँ किलोमा बेच्नु पर्छ भनेर अपमान र अभद्र व्यवहार भएको छ कसरी बेच्ने ?
राजेश दनुवार गाइघाट :
कालीमाटी बजार नेपाली किसानको बजार हुनसक्छ कि, सक्दैन ?
म पनि कृषि विषयमा पढेको कृषकको छोरो । म कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रममा विभिन्न देशमा गएको थिए ।
नेपाली कै बजार हो मूल्य नियन्त्रण गर्ने निकाय होइन । उत्पादन गर्नेले भन्ने अधिकार छ । सरकारले भन्न सक्दैन । सुझाव दिन सक्छ । सरकारको नीति कालीमाटी बजार त्यो कार्यक्षेत्र भित्र पर्दैन । पहिलो ५० प्रतिशत बाहिरको आउँथ्यो अहिले झनै नेपाली उत्पादन घट्दै गएको छ ।
त्यस्तो अभद्र व्यवहार भएपनि हामी सहजीकरण गर्छौं । होलिडङ्ग मगाएर बस्न सकिन्छ । कृषि सहकारी कृषिवस्तु बिक्री गर्न पाइन्छ ?
प्रद्युम्न राज पाण्डे कार्यकारी प्रमुख कालीमाटी बजार :
किसानको कार्यक्रम छ न्यून् विषादी कार्य गर्न कार्यक्रमा छ । सहजीकरण गर्न समिति तयार छ । खुल्ला बजार अर्थतन्त्रमा उत्पादन र बजारलाई यो गर त्यो गर भन्न सक्दैनौं ।
सहजीकरण गर्न तयार छौं ।
आगामी दिनमा धेरै व्यवस्था हुँदै जान्छ । अप्सन यार्डमा बेच्न सक्छौं ।
लक्ष्मण गुरुङ कृषि अर्थ विज्ञ अखिल नेपाल किसान महासंघ :
कृषिमा युवाहरुको भुमिका विषयक कार्यपत्र प्रस्तोता, पर्यावरणीय कृषिमा युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।
पर्यावरणीय कृषिको सिद्धान्त कहाँबाट, कसरी आयो भन्नु भन्दा पनि जब मानव सभ्याताको शुरु भयो त्यही बेलादेखि शुरु भएको हो ।
ऐतिहासिक उत्पत्ती :
विश्वव्यापी रुपमा पर्यावरणीय कृषिमा अगाडि बढेको छ । पर्यावरणीय कृषि सैदान्तिक गाइड लाइनको रुपमा आएको छ । यसका ३ वटा फ्याक्टरहरुलाई फाओ, लायिभा, क्यम्पासिना किसानमहासंघले अगाडि ल्याएको छ ।
जबसम्म गुणस्तरीय खानाको रुपमा आउदैन तबसम्म मानिसहरु स्वास्थ्य रहन सक्दैन । पर्यावरणविद् भिन्सनले सिद्धान्तको यसलाई प्रतिपादन गरेको थियो । नेपालको सन्दर्भमा महासंघले नै खाद्य सम्प्रभुत्ता अधिकारभित्र पर्ने गरि यसको वहस गरिरहेको छ । यसलाई सरकार, स्थानीय निकायले पनि प्रवद्र्धन गरेको छ । सैद्धान्तिक तरिका कार्यन्वयन गर्ने भनेको अध्ययन नै हो ।
मकै रोपेको बारीमा सिमि पनि रोप्छ । त्यसबाट हामीलाई बाली मात्र दिँदैन । प्राकृतिक रुपमै पोषण तत्व पनि दिने काम गर्छ ।
अर्गानिक फर्टिलाइजर भने पनि इमोशनल एग्रो इकोलजी, लोकल सिड हामीले के गुमायौं भन्ने हो । धान, मकै छोड्नाले एग्री इकोलजीकल अवधारणा, एकीकृत आइपीपएम विधि अपनाउदा कृषकहरुले राम्रो खानाको साथै आम्दानी पनि गर्न सकिन्छ । हेर्दा यो विधिबाट आर्थिक रुपमा नोक्सान जस्तो देखिन्छ । स्वास्थको दृष्टिकोणले फाइदामूलक छ । पहिले प्राकृतिक नियन्त्रण भयो, अहिले मानवीय नियन्त्रण भएको छ । पर्यावरणीय कृषिले जलवायू चक्र घटाउन बातावरणीय प्राकृतिक भूमिका खेल्छ । जलवायू परिवर्तनलाई घटाउन बिउको अधिकार सुरक्षित गर्नु पर्छ । यतिबेला हामीले पोषणको अधिकार मात्र गुमाएको छै बिउको अधिकार पनि गुमायौं ।
जलवायू परिवर्तन र पर्यावरणीय कृषि :
मानिसलाई बाँच्नको लागि पनि खानु पर्छ । भावी पुस्ताको जीवन पनि जोडिन्छ । पर्यावरणीय कृषि बिग्रीयो । स्वास्थ्य पनि बिग्रीयो । आवश्यकताको लागि स्वास्थ खाना खाने पहिलो अधिकार हो । खाना जीवन जिउने आधार हो । पर्यावरणीय कृषिमा कृषि र सशक्तीकरण प्रमुख मुद्दा भएर आयो ।
सिद्धान्तले प्रतिपादन गरेको कुरालाई कार्यन्वयन गरेन भने प्राकृतिक रुपमा असफल हुन्छ । क्षेत्र, भूगोल परिवेश, जमीन स्वास्थ नभईकन खाना पनि स्वास्थ हुँदैन । विषादी साधान हो । अन्तिम साधान होइन । जमीनबाटै पानी निस्कन्छ । मानिसको जीवन जमीनसँग जोडिएको छ ।
युवा नै देश, युवा नै भविष्य हो । हाम्रो देशको पर्यावरणीय कृषिमा राज्यको भूमिका छैन ।
सामाजिक न्याय :
पर्यावरणीय असन्तुलतनका झन् पर्यावरण्ीय कृषिको आवश्यकता परेको छ ।
परम्परागत भन्ने धेरै छन् । छ सात सयवर्ष अघिको हाम्रो कोदालीे, दोको, जुनेलो, अहिले कोरियाबाट आयत हुन्छ । पर्यावरणीय कृषिको सम्भाव्यता स्थानीय ज्ञानलाई जोड्न एकदैम आश्यक छ । हाम्रो मात्र देश होइन । पृथ्वी हामी सबैको देश हो ।
निष्कर्षः
पर्यावरणीय कृषिमा युवाको धेरै महत्व छ । पर्यावरणीय कृषिको विकल्प छैन । साँस्कृतिक, आर्थिक, मानसिक, प्राविधिक, आर्थिक रुपमा धेरै झन् बढी महत्व छ । उत्पादन धेरै आउँछ भनेर विषादी प्रयोग गर्दा मानव स्वास्थमा कति हानी पुर्याउँछ त्यसको लेखाजोखा छैन ।
रैथानी बाली संरक्षण गर्नुपर्ने कुरामा ध्यान दिनुपर्छ । नेपालमा जैविक विविधता असाध्यै धेरै छन् । जोगाउने काम हामी युवारुले गर्नुपर्छ ।
रितु रुपाखेती अनुगमन अधिकृत राष्ट्रिय किसान सञ्जाल :
असार ३२ देखि साउन २ सम्म कोशी, मधेश, लुविनी, कर्णाली, सुदूरपश्चिम, बागमती लगायत सातै प्रदेशमा भएको युवाहरुको कृषिमा महत्व विषयक भर्चुवल बैठकमा छलफल हुँदा युवा किसानको मुद्दा पहिचान गरियो । किसान संगठनहरुबीचमा लिडरसिप विकास गर्न छलफल भयो ।
–नेपाली कृषिलाई सम्मानित पेशाको रुपमा खोज्ने मुख्य उद्देश्य थियो ।
–कोशाी प्रदेश १ चियाको युवा किसान, सुदूरपश्चिम खेती गर्न चाहने युवा किसानहरुको भूमिका, कृषिमा लगानी, कृषि डुबेर फेरि विदेशमा नै जानु पर्ने अवस्था देखियो ।
–मधेश प्रदेश तरकारी उत्पादन, विषादीको बढी प्रयोग, खानपानको ध्यानदिनु, सतहमा पाउने पानी ग्राउण्ड लेवलबाट तल गएको कुरा छलफलमा उठ्यो ।
–कर्णाली प्रदेशको जैविक विविधता जोगाउनु र उच्च मूल्य पर्ने फलफूल उत्पादनको लागि सम्भावना भएको पाइयो ।
–गण्डकी प्रदेशमा भारतको सस्तो तरकारी तथा गोलभेडाबाट स्थानीय रुपमा कृषि गरिरहेका कृषकहरुलाई प्रत्यक्ष असर भोग्नु परेको र पहाडी क्षेत्रमा माछापालापन गर्न सक्ने सम्भावना भएको पाइयो ।
–लुम्बिनी प्रदेशमा कृषि अनुदान विचौलियाको प्रभावबाट मुक्त गर्नु पर्ने समस्याहरु धेरै भएको पाइयो ।
–बागमती प्रदेशमा स्थानीय किसानले खर्जुजाको मूल्य नपाएको, कोल्ड स्टोरमा सुरक्षित गरेर राख्न नसकेको पाइयो ।
–प्रदेश कृषि मन्त्रालयबाट युवाका लागि भनेर कुनै पनि कार्यक्रम नराखेको, युवा किसान नै नभएको भनेर विषय उठ्यो । युवा लक्षित कार्यक्रम नराखेको र अन्य मन्त्रालयको तुलनामा बजेट कमी रहेको ।
कृषिमा लाग्ने युवाहरुलाई निरन्तर लाग्न प्रेरित गर्नु पर्ने देखियो ।
निष्कर्ष :
जलवायू परिवर्तन दिगो कृषिको कुरा
–अनुभव ः फिल्पिन्स गएका युवाहरुले प्राप्त गरेको ज्ञान माफृत अरुलाई पनि ज्ञानको आदान प्रदान गर्नु पर्ने देखियो ।
–बोट विरुवाहरुको संरक्षण, आर्थिक सशक्तिकरण, कृषिका लागि सहुलियत ऋण, प्रविधिहरु सहयोग गर्दै अगाडि बढाउनु पर्ने देखियो ।
सोम आचार्य केन्द्रीय चिया सहकारी संघ :
जलवायू परिवर्तनको असरले उत्पादनमा ह्रास आएको छ । चियामा समेत जलवायूको असर परेको छ । चिया उत्पादन घट्दै गएको छ ।
कृषिलाई धेरै देशको सरकारहरुले प्राथमिकतामा नराखेको अनुभव प्राप्त भयो । कृषि सञ्चारलाई सशक्त सूचना प्रसार गर्ने साधन बनाउनु पर्ने महशुस भयो ।
चिया पिउनुहोस् तब तपाई १० वर्ष बढी बाँच्नु सक्नु हुन्छ भन्ने सन्देश पनि दिनु पर्छ । आजको युवाहरु डिजीटलाइजका युगमा प्रवेश गरेको छ । उनीहरुलाई डिजीटलाइजेशनको माध्यमबाट कृषि आकर्षण बढाउनु योजनाहरु बनाउनु पर्छ ।
बन्द सत्रमा आइएनजिओ, एनजिओसँग मिलेर काम गर्न सक्छौं भन्ने सन्देश प्रवाह भयो । हाम्रा देशको २/३ हजार प्रजातिका धानहरु क्लोन गरेर राखेको थाहा पाइयो ।
युवा किसानहरुले प्रविधि हस्तान्तरण गर्न सकिन्छ भन्ने कुरा देखाएको थियो । सिर्जनशिल र राम्रा काम गरेका किसानहरुको अनुभव पनि सुनियौं ।
कसरी जैविक विविधता संरक्षण गर्दो रहेछ भन्नेकुरा पनि सिकियौं । धानबाली अनुसन्धानमा केन्द्र
(इरी)को अवलोकन गर्ने अवसर प्राप्त भयौं ।
लिलाराज राउत :
यो कार्यक्रम हामी युवाहरुका लागि एकदमै ठूलो उपलब्धीमूलक हो । किसानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्छ । कोरोना कालमा सबै बन्द भएको बेला हामी किसान सँधै बारीमा थियौ ।
परशु कोइराला नेतृ अखिल नेपाल किसान महासंघ (अप्फा) :
मत्स्यापालन किसानको तर्फबाट २०२२ मा चेयर पर्सनको रुपमा निर्वाचित हुन पाएको थिएँ । ब्राजिलमा किसानको समस्या राज्यको समस्याको रुपमा लिएको पाइयो । आर्थिक रुपमा पनि
ब्राजिलका युवा किसानमा फरक भएको अनुभव भयो । हामी किसान हौं । हामी कृषिबाट अगाडि बढ्छौं भन्ने प्रतिवद्धता भएको पाएँ ।
प्रकाश नेपाली राष्ट्रिय भूमि अधिकार मञ्च :
राष्ट्रिय भूमि अधिकार मञ्च ७ वटै प्रदेशमा युवाको समस्या लिएर अगाडि बढेका मञ्च हो । सरकारी क्षेत्रको विचार पनि सुन्यौं । कृषि, भुमि, जलवायू परिवर्तन, युवा किसानबाट अब केही हुन्छ जस्तो लागेको छ । हाम्रो मुख्य लक्ष्य युवा लक्षित कृषि कसरी बनाउने भन्ने रह्यो ।
शर्मिला पौडेल सचिव अखिल नेपाल किसान महासंघ, सह–संयोजक राष्ट्रिय किसासन सञ्जाल :
राजनीतिमा दोस्रो पूस्ता जान नसक्नु हाम्रो कमजोरी छ । कृषिमा परिवर्तन गर्न सक्ने शक्ति युवा शक्ति नै हुन् ।
बुद्धहाङ्ग नेम्वाङ्ग केन्द्रीय चिया सहकारी संघ :
केन्द्रीय चिया सहकारी संघका युवा प्रतिनिधी बुद्धहाङ्ग नेम्वाङ्गले युवाहरु मौसम र बाटोको कारण सोचे जसरी आउन सकेन । अब यस्तो अवस्था आउन दिनुहुँदैन ।
रामप्रसाद भुसाल किसान नेता अखिल नेपाल किसान महासंघ (अप्फा) :
अखिल नेपाल किसान महासंघ (अप्फा)का किसान नेता रामप्रसाद भुसालले सरकारको युवा लक्षित कार्यक्रहरु केही पनि आएन । सञ्जालले अब बाध्य पार्ने कार्यक्रमहरु गर्नु पर्छ । श्रम शिविर गरौं कि ।
नहेन्द्र खड्का अखिल नेपाल किसान महासंघका महासचिव, राष्ट्रिय किसान सञ्जालका संयोजक ः
अखिल नेपाल किसान महासंघका महासचिव, राष्ट्रिय किसान सञ्जालका संयोजक नहेन्द्र खड्काले व्यवसायिक कृषिबाट मात्रै अघि बढ्न सक्छ । किसान वहुवर्ग हुने भएकाले
पारिवारिक किसानहरुको संरक्षण गर्ने, धनी किसानहरुलाई औद्योगिकरण तिर लैजाने, र वर्ग पक्षधरता बिर्सनु नहुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्