२०८२ कार्तिक १३

मान्छे र जंगली जनावर बिच द्वन्द्व बढ्दै गएको : प्राणाीशाश्त्रीको निष्कर्ष

घनश्याम अधिकारी (वैरागी जेठा)
काठमाडौं भाद्र १४, हिमाली अनुसन्धान केन्द्रको आयोजनामा ‘मानिस र वन्यजन्तुको सह–अस्तित्व : चुनौती र समाधानका उपायहरू’ विषयक अनुसन्धान छलफल कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा प्राणीशास्त्री हरिप्रसाद शर्माले मान्छेमा जंगली जनावरप्रति नकारात्मक धारणा विकास हुँदा मान्छे र जंगली जनावर बिच द्वन्द्व बढ्दै गएको बताउनु भएको छ । उक्त कुरा भाद्र १४ गते काठमाडौंमा आयोजित कार्यक्रममा बताएका हुन् ।
शर्माले जनावरले मात्रै द्वन्द्व निम्त्याएको नभइ मान्छेले पनि द्वन्द्व निम्त्याएको र संरक्षण सूचीमा भएका जंगली जनावर पनि मारिएको बताए । शनिबार काठमाडौंमा आयोजना गरिएको एक अनुसन्धान छलफल कार्यक्रममा जंगली जनावर र मान्छेको द्वन्द्वको विषयमा छलफल गरिएको हो ।
शर्माले जंगलको मूलबाट पूरै पानी पाइपमार्फत ल्याउँदा जंगली जनावरलाई खाने पानी नहुने हुनाले जंगली जनावर बस्तीमा आउने शर्माले बताए । मान्छेको आनीबानी परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।
रेड पाण्डाको अनुसन्धानमा विद्यावारिधि गर्नुभएका प्राणीशास्त्री शर्माले भने, ‘जंगली जनावरलाई मान्छेले खुवाउनु हुँदैन । जंगली जनावर वनमै बस्ने र खाने हो । जंगली जनावर र मान्छेले प्रयोग गर्ने प्राकृतिक स्रोत एउटै भएको हुनाले पनि द्वन्द्व भएको हो । आगलागी भएको समयमा जंगली जनावर मानव वस्ती नजिकै आउँछ र फर्केर जाँदैन । वस्तीको नजिक खानाको स्रोत धेरै हुन्छ र फर्केर जाँदैन ।’
बाँदर, बँदेल र दुम्सीको बारेमा ४४ वटा गाउँपालिकामा अध्ययन गरिएको बताउँदै गाउँमा बाँदर धपाउने जनशक्ति नहुँदा पनि समस्या भएको उल्लेख गरे ।
खेती गर्न छोडेका कारण बाँदरलगायत जनावर निश्चित ठाउँमा केन्द्रित भएको हो, सबै ठाउँमा खेती हुँदा यो समस्या कम हुन्छ भन्दै नेपालमा बाँदर, दुम्सी र बँदेलको संख्या धेरै भएको हुनाले “डिजाइन हन्टिङ” गर्नुपर्ने हुन्छ, राज्यले नै निश्चित समय र स्थान तोकेर शिकार गर्न दिनुपर्ने बताए ।
जनावरसँग द्वन्द्व बढेको खण्डमा निश्चित संख्यामा विभिन्न ढंगले नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको अवस्था बताउँदै समाजमा पनि अपराध गर्ने व्यक्तिलाई थुन्ने, कारवाही गरिन्छ, त्यसैले जनावरसँगको द्वन्द्व घटाउन नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
सबै जनावरलाई पूरै हटाउँदा मान्छेको पनि अस्तित्व पनि संकट पर्न सक्छ । राजनीतिक नेतृत्वले जंगली जनावरको बारेमा नकारात्मक भावना फैलाउने काम गरेको पनि बताए ।
हिमाली अनुसन्धान केन्द्र, काठमाडौको आयोजनामा ‘मानिस र वन्यजन्तुको सह–अस्तित्व : चुनौती र समाधानका उपायहरू’ विषयक अनुसन्धान छलफल कार्यक्रममा शर्माले समुदायबाट बँदेल, दुम्सी र बाँदर मार्ने, सार्ने, जंगल व्यवस्थापन गर्ने, बन्ध्याकरण गर्ने, मेडिकल उद्देश्यको लागि निर्यात गर्न सकिने जस्ता छलफल चल्ने गरेको बताए ।
जनचेतना जगाउने र सरोकारवाला निकायको ध्यानाकर्षण गर्नको लागि कार्यक्रम आयोजना गरिएको अनुसन्धान केन्द्रका अध्यक्ष विमल पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain