२०८२ आश्विन २८

नेपालमा भेडा, च्याङग्रापालन र पश्मिना उत्पादनका असल अभ्यासहरू

हुमनाथ अर्याल
१. पृष्ठभूमि एशियाको अत्याधिक सुख्खा, न्यून् आद्रता तथा कम वर्षा हुने ३००० मीटर देखि ५००० मीटरको उचाइका पर्वत तथा हिमाल पारीको क्षेत्रहरुमा पाइने च्याङ्ग्रा पश्मिना तथा अर्गानिक मासु उत्पादनको लागि प्रसिद्ध हिमाली याक हो । सुख्खा ः बढी हावा लाग्ने र चिसो ठाउँमा हुने च्याङ्ग्राले त्यस क्षेत्रमा पाइने काँडै झारमा पलाएको पात, फूल, जरा र घाँसहरु खाएर जीवन निर्वाह गर्दछन् । च्याङ्ग्रा पश्मिना र नरम खालको न्यानो भुवा उत्पादनको लागि प्रसिद्ध छ । च्याङ्ग्राको शरीर वाक्लो लामो रौले ढाकेको हुन्छ । रौंको भित्री भागमा मसिनो भुवा रहेको हुन्छ जसलाई परिमना भनिन्छ । यसको सानो तर लामो टाउको, सीधा नाक, साँघुर युतुनो र कसिलो शरीर तथा बटारिएको सिङ्ग हुन्छ । तिव्वती तथा कश्मिरी च्याङग्रा ठूलो खालको हुन्छ भने नेपालको उत्तरी भेकमा पाइने च्याङ्ग्र सानो खालको हुन्छ । यिनीहरु अन्दाजी दुई वर्षको उमेरमा पहिले पटक व्याउने, वर्षमा एक पटक व्याउने र अधिकांशले एक पटकमा एउटा मात्र पाठापाठी पाउने गर्दछन् । वयस्क च्याङ्ग्र्राबाट वर्षमा ५० देखि २०० गाम सम्म पश्मिना उत्पादन हुने गर्दछ । वयस्क च्याङ्ग्राको तौल २५ देखि ३० किलोग्रामसम्म हुन्छ । यसको आफ्नो शारिरिक तौलको ३० प्रतिशत बराबर वजनको भारी बोक्न सक्ने क्षमता रहेको हुन्छ । दशैं, तिहार चाडपर्वको वेला मुस्ताङ्ग, डोल्पा तथा चीनको तिब्बतबाट ल्याई काठमाडौं तथा पोखरा जस्ता ठूला शहरहरुमा हजारौंको संख्यामा च्याङ्ग्राहरु मासुको लागि बिक्री हुने गर्दछन् । मासुको लागि मात्र नभई पश्मिना जस्तो बहुमुल्य वस्तुको लागि पनि यसको उत्तिकै महत्व छ । हाल मुस्ताङ्ग, डोल्पा, मनाङ, सुदुर हुम्ला आदि जिल्लाहरुमा करिव १ लाख १५ हजारको संख्यामा च्याङग्रा रहेको अनुमान छ । पश्मिनाको कुरा गर्दा हाल नेपालमा वार्षिक १०० मे. ट. कच्चा पश्मिनाको आवश्यकता छ ।
तर पश्मिनाका तयार पार्न आवश्यक पश्मिना हाम्रो देशमा पर्याप्त उत्पादन छैन । अधिकांश कृषकहरुले च्याङ्ग्राबाट पश्मिना निकाल्ने अभ्यास अपनाएको पाइदैन । तिब्बतसँगको सिमाना क्षेत्रमा बाहेक अन्य स्थानमा कृषकहरुले दशैं र तिहारलाई लक्षित गरेर मासु उत्पादनको लागि मात्र च्याङ्ग्रापालन गरेको पाइन्छ ।
भौगोलिक विकटताका कारण च्याङ्ग्रामा प्रशस्त लगानी तथा प्रचारप्रसार नहुँदा पश्मिना तथा ड्राई मिट, छाला लगायतका उत्पादनहरु बजारसम्म प्रयाप्तगरि उपयोगमा ल्याउन सकिएको अवस्था छैन ।

बहुमुल्य वस्तु पश्मिना :
जनावरहरुबाट उत्पादित हुने रेशाहरु मध्ये पश्मिना सबै भन्दा मसिनो, नरम र चमकदार प्राकृतिक रेशा हो । स्थानीय भाषामा पश्मिना भन्नाले “नरम सुन’’ बुझिन्छ । एशियाको अत्याधिक सुख्खा न्यून् आद्रता र न्यून् वर्षा हुने ३००० मीटर देखि ५००० मीटरको उचाइका पर्वत तथा हिमाल पछाडिको
क्षेत्रहरुमा पाइने च्याङ्ग्रा या काश्मिरी बाख्रा (ऋबउचब जष्चअगक) को शरीरको भित्री भागमा उत्पादन गर्ने भुषा (म्यधल ाष्दभचक) लाई पश्मिना भनिन्छ । विभिन्न रंग भएका च्याङ्ग्राको शरीरको भित्री भागमा रहेको भुषालाई वर्षमा एक पटक (वसन्त ऋतुको अन्तमा कोरेर झिकिन्छ र यसलाई प्रशोधन गरी धागो बनाईन्छ । पश्मिना धागोबाट उच्च गुणस्तरका पश्मिना तयार गरिन्छ । हाल विश्वमा वार्षिक १० हजार देखि १५ हजार मे.ट. पश्मिना उत्पादन हुने गर्दछ । कुल उत्पादनको ७० प्रतिशत चीनले २० प्रतिशत, मंगोलियाले ७ प्रतिशत, अफगानिस्तान र बाँकी ३ प्रतिशत इरान, पाकिस्तान, भारत, नेपाल र अन्य देशहरुले उत्पादन गर्दछन् । नेपालले वार्षिक करिव १ अर्ब मुल्यको १०० मे.ट. पश्मिना आयात गरि २ अर्ब मूल्यको पश्मिनाजन्य वस्तुहरु निर्यात गरिरहेको अवस्था छ । नेपाली पश्मिना अन्तर्राष्टिूय बजारमा प्रसिद्ध छ । पश्मिनाजन्य कपडाहरु जर्मनी, अमेरिका. फ्रान्स, बेलायत, इटली जस्ता विकसित देशहरुमा निर्यात हुँदै आएको छ ।

सन् २०११ मा नेपाल पश्मिना :
उद्योग संघले नेपाली च्याङ्ग्रा पश्मिनाको ट्रेड मार्क समेत लिईसकेको भएतापनि नेपालमा पश्मिनाको बजारीकरणको अवस्था कम्जोर रहेको छ । यसको उचित बजार व्यवस्थापन हुन सकिरहेको छैन । रौं हटाउने प्रविधि मित्र्याउन नसक्दा नेपाली पश्मिना उद्योगले यसलाई उपयोग गर्न नसकिरहेको अवस्था छ । साथै नगन्य मात्रमा पश्मिना उत्पादन भएकोले पनि यसमा व्यापारीहरुको आकर्षण देखिएको छैन । च्याङ्ग्राबाट पश्मिना निकाल्ने कार्य तिबतियन सिमाना क्षेत्रमा हुँदै आएको भएता पनि यसको परिमाण अत्यन्त न्युन् छ । उत्पादित पश्मिना सस्तो मुल्यमा तिब्बतियन व्यापारीसँग जिन्सी सामानसँग साटासाट गरिदै आएको र नेपालले चर्को मूल्यमा त्यही पश्मिना तिब्बतबाट आयात गरिरहेको अवस्था छ । कृषकहरुमा पश्मिना निकाल्ने प्रविधिको प्रसार र बजार नेटवर्क स्थापना गरि आन्तरिक बजारिकरणलाई सुदृढिकरण गर्नु पर्ने आवश्यकता रहेको छ ।
च्याङ्ग्रापालक किसानहरुले व्यवसाय छोड्दै जानु व्यवसायीहरु दिनानुदिन घट्दै जानु र च्याङ्ग्राको संख्यामा पनि हास हुदै जानुले नेपालको पश्मिना उद्योगमा निराशा छाउँदै गएको मान्यता हुन लागेको छ । नेपालले विश्व व्यापार संगठन  (WTO) को सदस्यता लिईसकेको अवस्थामा नेपाली उत्पादनलाई विश्व बजारमा लैजान कम्तिमा ८ प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेको हुनुपर्ने प्रावधानले गर्दा र उपरोक्त अनुसार च्याङ्ग्राको संख्या तया कच्चा पश्मिना उत्पादनमा पश्मिना उपयोगमा अन्योल र्सिजना हुने देखिन्छ ।

समस्या तथा चुनौतिहरु :
–नीतिगत समस्या हुनाले पशु सेवा विभाग र वन विभाग बीचमा चरन खर्कको प्रयोग सम्बन्धी नीतिगतरुपमा समस्या देखिनु ।
–राज्यका नीतिनिर्माता व्यवसायिक कृषकहरु पश्मिना उधमीहरु बीच समन्वयको कमी हुनु ।
–च्याङ्ग्रापालक कृषक तथा पश्मिना व्यवसायी बिच संगठित मै व्यवसायलाई संगठित बनाउन नीतिगत तहसम्म पुगी यस बारे ठोस कार्यक्रम ल्याउन नसक्नु ।
(तिव्वतको चरन खर्कमा चरीचरन गराउन सम्झौता भए पनि कार्यन्वयन रोक लगाईएको अवस्था
चरनको समस्या हुनु ।
–उच्च पहाडिी क्षेत्रको चरन तथा खर्कको उत्पादन ह्रास हुन् ।
–व्यवस्थित तथा क्षति परिचरन (Over Grering) गरेका विषालु खाएर च्याङ्ग्रा मर्नु ।
–चरनमा गोरेटो बाटो खानेपानी आदिको समस्या हुनु ।
–च्याङ्ग्रा घरमा जाँदा शरीरमा भएको पश्मिनालाई काँडै शुद्रपानीले धुने । वस्तु गोठालामा जनशक्तिमा कमि
–च्याङ्ग्रापालन हिमाली क्षेत्रमा मात्र हुने र यसमा खास गरि युवाहरुको आकर्षण कम हुई जानुले गर्दा गोठाला तथा जनशक्तिको कमि हुनु ।
–च्याङ्ग्रापाल योजना आवश्यक पुर्वाधार तथा भौतिक सुविधाको कमि हुनु ।
–युवा जनशक्तिलाई आकर्षण गर्ने कार्यक्रमहरु नहुनु ।
–युवा जनशक्तिको विदेश पलायनको प्रभाव यो व्यवसायमा प्रत्यक्ष रूपमा पर्नु ।
–विषय विज्ञ खास गरी च्याङ्ग्रा सम्बन्धी विषयको कमि हुनु ।
–सरकारी तथा गैर सरकारी तथा निजीबाट भेटेरिनरी सेवाको प्रयास विस्तार हुन नसक्नु
अन्य समस्या ।
–भौगोलिक विकटताले गर्दा सरकारी सेवा सुविधाहरु वास्तविक सेवाग्राही सम्म पुग्न नसक्नु र प्रभावकारी रुपमा कार्यक्रम सम्पादन हुन नसक्नु ।
–पश्मिना उल प्रशोधनको लागि आवश्यक प्रविधिको प्रविधिको साथै यस किसिमको उन्नत प्रविधि कृषकहरुमा हस्तान्तरण हुन नसक्नु ।
–माग अनुसारको उन्नत नश्लका च्याङ्ग्राहरुको उपलब्धता नहुनु ।

–हाडनाता प्रजनन् (Inbreeding) को समस्या
च्याङ्ग्राहरुमा नश्ल सुधार हुन नसक्नु ।
Migratory System मा राहत तत्लो भेगमा लाँदा सरुवा रोगहरु लिएर जाने तथा पिपिआर जस्ता महामारी रोगको सङ्क्रमण हुनु ।
८ यसको विकास तथा विस्तारको लागि प्रयाप्त बजेट तया कार्यक्रम नल्याईनु ।

च्याङ्ग्रापालनका असल अभ्यासहरु :
१. स्वाग्री खोर तथा घुम्ति गोठ व्यवस्थापन
–खोर तथा घुम्ति गोठ निर्माण सुधार गरी च्याङ्ग्राहरुको लागि व्यवस्थित वासस्थानको प्रबन्ध मिलाउने । खोर निर्माण गर्दा सकेसम्म स्थानीयस्तरमा उपलब्ध हुने सामाग्रीको प्रयोग गर्ने र बोका तथा विभिन्न उमेर समूहका च्याङ्ग्रालाई मल राख्न मिल्ने गरी सम्बन्धित प्राविधिकहरुले सिफारिस गरेअनुसारको मोडेल र नाम(साइनमा गराउनु पर्दछ साथै खोरमा घाँस खानका लागि राम्रो र प्रशस्त पानी दिने प्रबन्ध मिलाउनु पर्दछ ।
–हिँउ चितुवा, भालु जस्ता जंगली हिंस्रक जनावरबाट बचाउन गोठ तथा घुम्ति गोठ वरिपार तारवार गरि तारमा घण्टी झुण्याईदिनु र गोठमा सोलार बतिको व्यवस्था तथा गोठालालाई मोबाइल सेटको व्यवस्था गरिदिनु पर्दछ ।
–पश्मिनाको गुणस्तर र उत्पादनमा च्याङ्ग्रा वथानको व्यवस्थापनले ठूलो महत्व राख्दछ । घम्तिगोठ प्रणालीमा च्याङ्ग्रापालन गर्दा पश्मिनाको गुणस्तर तथा उत्पादन भइ हालसम्म पनि घाँसको खोनी गर्न, जाडो छल्न र भारी बोक्नका लागि यहाँ घुम्ति गोठ प्रणाली चराउने गरिएकोले पश्मिना उत्पादनमा सुधार आउन सकेको छैन । चरनमा बुट्यानले पश्मिना लुछेर लिने र भारी बोकाउँदा पश्मिना खिएर जाने हुने भएकोले यसको उत्पादनमा गिरावट आएको छ । तसर्थ घुम्तिगोठका च्याङ्ग्रालाई स्थिर गोठ प्रणालीमा ल्याउने र भारी बोकाउने काम वन्द गराउन सकेमा पश्मिना उत्पादनमा वृद्धि ल्याउन सकिने कुरा निर्विवाद छ ।
–तर घुम्तिगोठ प्रणाली ल्याउनु पर्ने भएमा चरन घोडेटो बाटोको प्रति विकास चरन खर्क व्यवस्थापन सुधार (गोरेटो घोडेटो बाटो निर्माणका काडेबुट्यान हटाएर उन्नत तथा स्थानीय घाँस खेती विस्तार खर्कमा खानेपानी व्यवस्थापन आदि । घुम्ति चरणको लागि (Over grazing) वाट बचाउन घुम्ति चरनको लागि रुटिन बनाई सोही वमोजिम चरिचरन गराउने ।

२. आहारा व्यवस्थापन :
–कुनैपनि पशुपालन व्यवसाय सञ्चालन गर्दा कुल लगानीको सबैभन्दा बढि पशु आहारमा हुने त्यसैले उत्पादन लागत घटाउन सकेमा घाँसमा आधारित रहेर व्यवसाय सञ्चालन गर्नु राम्रो हुन्छ । त्यसैले सकेसम्म वर्षैभरी पोषिलो हरियो घाँस उपलब्ध हुने गरि आफ्नो जग्गा तथा चरन खर्कमा उन्नत र स्थानीय प्रतिको खेती गर्नु पर्दछ ।
–च्याङ्ग्र्रालाई दैनिक रुपमा अन्न (दाना) हरियो घाँस (कोशे आकाशे दुबै वा है साइंसेज आवश्यक मात्रामा नुन, मिनरल, विटामिन तथा प्रयाप्त सफा पिउने पानीको व्यवस्था मिलाउनु पर्दछ ।
–वर्षादको समयमा बढि भएको कोटे ढिम्ची ह्वाइट क्लोभर, राई ग्रास टल फेस्कु जस्ता स्थानीय तथा उन्नत घाँसहरुलाई हे बनाई संरक्षण गरि राख्ने र हिउँदेको सुख्खा समयमा खुवाउने व्यवस्था मिलाउनु पर्दछ ।
–हिउँदको समयमा च्याङ्ग्रा व्याउने र सोहि बेला अत्यधिक ठण्डी तथा हिउँ पर्ने भएकोले चरनमा लैजान नसकिने र लगे पनि चरनमा हिमपात केहि नहुने हुँदा करिव ३ महिना गोठमै राख्नु पर्ने हुन्छ । त्यसैले त्यतिको लागि विशेष आहाराको व्यवस्था मिलाउन समयमै बाहिरबाट साईलेज टि एम आर तथा मिनरल ब्लक झिकाई राख्नु पर्छ र आवश्यकता अनुसार आफूले तयार गरी राखेको हे सँग मिलाएर खुवाउने तथा मिनरल चटाउने व्यवस्था मिलाउनु पर्ने हुन्छ । च्याङ्ग्र्राले जाडोको बेलामै पश्मिना उत्पादन गर्ने हुँदा सो को लागि पनि थप दाना आहाराको व्यवस्था मिलाउनु पर्दछ । यसो गर्दा गुणस्तरीय पश्मिना लिन सकिन्छ ।

३. च्याङग्राको छनौंट, प्रजनन् व्यवस्थापन तथा नश्ल सुधार :
–नयाँ तथा शुरुवाती च्याङ्ग्रापालन व्यवसाय सञ्चालन गर्नेका लागि च्याङ्ग्र्राहरु छनौंट गर्दा पाठापाठी राम्रोसँग हुँर्काउन सक्ने ठूलो राम्रो दूधको फाँचो, राम्रो थुन प्रयाप्त दूधको उत्पादन भएको जातीय हिसाबले शुद्ध, सपाङ्ग, फुर्तिलो, नउल्टिने, नतुहाउने, राम्रोसँग व्याउने, चाँडो वाली जाने वैतान्तर (एक वेत देखि अर्को वेतको अवधि कम भएको) निरोगी मोटो शरीर आदि जस्ता गुण भएका च्याङ्ग्राहरुलाई प्रजनन्का लागि बोका छनौंट गर्दा उपरोक्त वमोजिम गुण भएका माउ च्याङ्ग्राहरुबाट जन्मेका प्रजनन् सँगहरु राम्रोसँग विकास भएका बोकाहरुलाई छान्नु पर्दछ ।
च्याङ्ग्रापालन व्यवसाय गरिरहेका कृषक आफ्नो वथानमा भएका च्याङ्ग्राहरुमध्ये माथि उल्लेख गरिएका गुण भएका च्याङ्ग्रा तथा बोकाहरुलाई माउ छनांैट गरि पालन गर्ने र कमसल खालका हटाउने ।
अनुत्पादक तथा कमसल खालका च्याङ्ग्राहरुलाई हटाउने ।
–प्रजननुका लागि राखिएका बोका लगाई जन्मेका च्याङ्ग्राका पाठीहरु तथा तिनका सन्तानहरुमा सोहि बोकाबाट प्रजनन् गराउनु हुँदैन । त्यस्तै बथानका माउबाट जन्मेका पाठाहरु तथा त्यसका नाता पर्ने पाठीहरुमा प्रजनन् नगराउने व्यवस्था मिलाउनु पर्दछ ।
–सामान्यतमा ३० देखि ४० च्याङ्ग्राहरुका लागि १ बोका हुने गरी बोकाको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।
–प्रजनन्का लागि उपयुक्त समय नपुगेका पठेङ्ग्री तथा व्याएका बाख्रामा हुने अनियन्त्रित प्रजनन् जोगाउन प्रजनन् बोकालाई बधुवा गरी पाल्ने गर्नुपर्दछ । साथै प्रजनन्का लागि अनुपयुक्त बोकाहरुलाई खसी पार्नु पर्दछ ।
–हाडनाता प्रजनन्बाट जोगाउन प्रजनन् शुरु भएको १ देखी डेड वर्षको अवधिमा प्रजनन्का बोकाहरुलाई हटाई अरु नयाँ बोकाहरुबाट प्रजनन् गराउनु पर्दछ ।
–च्याङ्ग्राहरुको उचित व्यवस्थापन र उत्पादन क्षमता मुल्याङ्कनका लागि तिनीहरुलाई ट्याग लगाई अभिलेख राख्नु गर्नु पर्दछ ।
–च्याङ्ग्राको आफ्नै क्षमताको आधारमा वा सन्ततीको आधारमा सन्ततीको क्षमताको आधारमा उच्च शारीरिक वृद्धिदर पश्मिना उत्पादन क्षमता जातीय गुणको प्रष्टता जस्ता वंशाणुगत उत्पादन गुणहरुको मुल्याङ्कन गरि छनौंट प्रकृयाबाट नै सुधार गर्दै जानु पर्दछ ।
–नेपाली च्याङ्ग्राहरु अनय विदेशी जातका च्याङ्ग्रा भन्दा शारीरिक हिसाबले साना हुने र मासु तथा पश्मिना उत्पादन क्षमता पनि कम हुने भएकाले सकेसम्म तिब्बत तथा अन्य मुलुकबाट ठुला र उच्च उत्पादन क्षमता भएका बोकाहरु झिकाई तिनीहरुबाट नश्ल सुधार गर्दै जानु उपयुक्त हुन्छ ।

४. स्वास्थ्य व्यवस्थापन :
–वथानमा भएका च्याङ्ग्राहरुलाई एक एक गरि छुटै बाहिर जुत्ता ठाउँमा ल्याई नियमित वाह्य रूपमा भएपनि सरसर्ती निरीक्षण गर्नु पर्दछ । यसरी निरीक्षण गर्दा स्वस्थ देखिएमा तिनीहरुलाई वथानबाट घुटाई समयमानै सम्बन्धित प्राविधिकहरुबाट उपचार गराउनु पर्दछ ।
–बाहिरबाट किनेर ल्याइएका च्याङ्ग्राहरुलाई सोझै वथानमा नमिसाई केहि दिन निगरानीमा राखि रोग नलागेको निक्र्यौल भएपछि मात्र वथानमा मिसाउनु उपयुक्त हुन्छ ।
–पि.पि.आर बाख्रा तथा च्याङ्ग्रामा लाग्ने सबैभन्दा खतरनाक सरुवा रोग हो । यस रोगबाट बचाउन ५ महिना उमेर भन्दा माथिका स्वास्थ पाठापाठीलाई पि.पि.आर. रोगविरुद्धको खोप लगाउनु पर्दछ । रोग बारम्बार फैलिरहने क्षेत्रमा प्रत्येक वर्ष खोप दोहो¥याउनु उपयुक्त हुन्छ ।
–सकेसम्म च्याङ्ग्रहरुको बड्कौला परिक्षण गराई प्राविधिकको सल्लाह अनुसार हरेक ४ महिनामा आन्तरिक परजीवि विरुद्ध औषधि खुवाउनु पर्दछ । परीक्षण गराउन नसकेको खण्डमा बजारमा उपलब्ध औषधि मध्ये प्राविधिकको सल्लाह अनुसारका औषधि र मात्रा प्रत्येक ४ महिनामा एक पटक खुवाउने गर्नुपर्दछ ।
–च्याङ्ग्राहरुमा उपियाँ जुम्रा तथा अन्य वाह्य परजीविको क्षतिमा हुने त्यसको नियन्त्रणका लागि सर्वे च्याङ्ग्र्राहरुलाई वर्षको १ पटक –बैशाख देखी असार महिनामा) १ प्रतिशत साईपरमेथ्रिन वा मालाथिएन झोल मिलाइएको पानीमा डिपिङ्ग (डुवाउनु) गराउनु पर्दछ र हिउँदको समयमा प्राविधिकको सल्लाह तथा सहयोगमा माईनरमेक्टिन इंजेक्सन दिनु पर्दछ ।
खोरेत :
–वा घुम्ति गोठमा पुर्ण रुपमा जैविक सुरक्षा –वायो सेक्यूरिटी) को व्यवस्था मिलाउनुपर्दछ
५. अन्य व्यवस्थापन :
(खासगरि जाडो महिनामा जन्मेका पाठापाठीहरुको मृत्युदर बढी हुने गरेको पाइएकोले उक्त समयमा च्याङ्ग्राहरु व्याउने गरि प्रजनन् नगराउनु उपयुक्त हुन्छ । यदि त्यो समयमा पाठापाठी जन्मीहालेमा वर्षा र जाडोबाट बचाउन आवश्यक व्यवस्था मिलाउनु पर्दछ ।
–पाठापाठीहरुमा रोग प्रतिरोधात्मक क्षमता विकास गराउन बिगुती दूध खुवाउनु वा घुसाउनु ज्यादै महत्वपूर्ण हुन्छ । विगौति दूधमा रोगसँग लड्ने क्षमता भएको प्रोटिन हुन्छ । पाठापाठी जन्मेको आधा घण्टा मित्र विगौती दूध खुवाउन शुरु गर्नु पर्दछ । यो दूध दैनिक २–४ पटक गरि २–३ दिनसम्म खुवाउनु पर्दछ ।
–व्याएका च्याङ्ग्रालाई चरनमा पठाउँदा पाठापाठी आवश्यक मात्रामा दूध खान नपाई मृत्यु हुने गरेको पाईन्छ । तसर्थ व्याएको १२ महिनासम्म व्याएका च्याङ्ग्र्रालाई आहाराको व्यवस्था गरी घरमै बँधुवा प्रणालीमा पाली वा खोरको नजिकमा चरनको व्यवस्था मिलाई पाठापाठीलाई दिनको ३–४ पटक दु वाउने व्यवस्था मिलाउनु पर्दछ ।
प्रति च्याङ्ग्रा १०० ग्राम पश्मिना उत्पादन हुने गरेकोले हाल रहेको च्याङ्ग्राको संख्याबाट कुल पश्मिना उत्पादन ८ मे.ट. देखिी १० मेटिूक टनसम्म हुन सक्ने देखिन्छ । पश्मिना उत्पादनका लागि च्याङ्ग्राको संख्या बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको छ भने हाल हुँदै आएको उत्पादनलाई गुणस्तरयुक्त बनाउन आवश्यक कार्यहरु जस्तो प्रजनन् व्यवस्थापन, आहारा व्यवस्थापन, चरन तर्फ व्यवस्थापन स्वास्थ्य तथा बजार व्यवस्थापन कार्यलाई ध्यान दिई च्याङ्ग्रा पालनको लागि उपयुक्त जिल्लाहरु मुस्ताङ, डोल्पा, मनाङ हुम्ला, जस्ता जिल्लाहरुमा च्याङ्ग्रा पालक कृषकहरुलाई यस व्यवसाय प्रति आकर्षण गराउने गरी च्याङ्गा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।
साभार : कृषि त्रैमासिक पत्रिका वर्ष ५९ अंक ४

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain