
धनबहादुर मगर
काठमाडौं असोज २५, राष्ट्रिय खाद्य बैंकको पाँचौँ वार्षिक साधारण सभा शनिवार भक्तपुरको हेरिटेज प्यालेसमा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभाका प्रमुख अतिथि तथा शिक्षाविद् केदारनाथ श्रेष्ठले खाद्य बैंकले रैथाने बालीको संरक्षण गरि देशलाई खाद्यान्नबाट आत्मनिर्भर बनाउन जमर्को गरेको छ । त्यो विषय अत्यन्तै महत्वपूर्ण छ र यसका लागि कृषि विज्ञ, कृषि अर्थशाश्त्री, र आम जनसमुदायको महत्वपूण योगदान रहने बताउनु भयो । खाद्य बैंक जस्ता संस्थाहरु धेरै मात्रामा खोलि देशलाई, किसानको हक हित र अधिकार अझै सुरक्षित हुने बताउनु भयो ।
को प्रमुख अतिथि रहेको उ्दघाटन सत्रमा बोल्दै उप्रेतीले किसान को आली देखि उपभोक्ताको थालीसम्म भन्ने मूल नाराको साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक पब्लिक लिमिटेडको कृषि योग्य जमीनको खण्डीकरणलाई चक्लावन्दी गरी जीवन निर्वाहमूखी खेती प्रणालीलाई नयाँ प्रविधि, प्राङ्गारिक मल तथा उन्नत बिउ बिजन प्रयोग गरी व्यावसायिक खेतीको रूपमा रूपान्तरण गर्दै रैथाने बालीनालीको संरक्षण गरी कृषि फसलको उत्पादकत्व वृद्धि गर्ने बैंकको प्रयास रहँदै आएको बताए ।
सभामा बैंकका संस्थापक अध्यक्ष शंकरनाथ उप्रेतीले आफूहरूको सपनाले मूर्तरूप लिन थालेको बताउँदै हालसम्मको प्रगति र आगामी योजनाबारे जानकारी गराएका थिए ।
उनले बैंकले हालसम्म गरेका कामहरूका बारे पनि लिखित विवरण पेश गरे । हालसम्म १ हजार २० जना शेयर सदस्य रहेको बैंकको पुँजी एक अर्ब पुगेको र आर्थिक वर्ष ०८२÷ ०८३ मा ७० करोडको प्रमोटर र ३० करोडको सर्वसाधारण शेयर वितरण गर्ने गरी ग्लोबल क्यापिटल आइएमइसँग आइपिओमा जाने सम्झौता भएको जानकारी दिए । यस्तै ललितपुर जिल्लाको एकान्तकुना, कुसुुन्तिको साढे चार आनामा बनेको साढे तिन तले घर ५ करोड ५० लाखमा खरिद गरी आफ्नो केन्द्रीय कार्यालयको स्थायी निजी भवन स्थापित गरेको र निजी भवनमा ३ महिना भित्र केन्द्रीय कार्यालय स्थापित गरिने पनि उनले साधारण सभालाई जानकारी दिए ।
कार्यक्रममा विशेष अतिथि पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कतिपय करपोरेट संस्थाहरु साधारण सभ ागर्न नसकेर भागेर हिड्नु परेको अवस्थाम छ । ढिलै भएपनि खाद्य बैंकले साधारण सभा सम्पन्न गरेको छ । अब आइपिओमा जाने कुराले यसको उचाई बढ्ने बताउनु भयो ।
पोषणविद् डा.अरुणा उप्रेतीले शारिरिक रुपमा मात्र नभई मानसिक रुपमा नै स्वास्थ्य रहनु पर्ने बताउनु भयो । उप्रेतीले स्वास्थ्य भोजन विना मानिस स्वास्थ रहन नसक्ने बताउँदै भोजन भनेको पेट भर्ने मात्र होइन, संस्कृति र राजनीतिक सँग पनि सम्बन्धित छ । बुद्धि भ्रष्ट राजनीतिकका कारण कृषि स्वास्थ्यको कुरा कहिल्यै स्वास्थ्य मन्त्रालयमा पुगेन । पोषण राजनैतिक मुद्दा हो । सैनिक, प्रहरी मानसिक रुपमा कमजोर रह्यो भने लड्न सक्दैन । जेन्जी पुस्ता कति स्वास्थ्यकर छ ?
रामपुर विश्व विद्यालयका पूर्व भि.सी कैलाशनाथ प्याकुरेल राष्ट्रिय खाद्य बैंकले गरेको काम सरकारले गर्नु पर्ने बताउँदै खाद्य बैंकको अवधारणालाई सबैले साथ दिनु पर्ने बताउनु भयो ।
एमनेष्टी इन्टरनेशनलका पूर्व अध्यक्ष सूर्यबहादुर अधिकारीले आफ्नो सर्लाहीको २१ कठ्ठा जमीन शेयरको रुपमा खाद्य बैंकलाई उपलब्ध गराउने बताउँदै खाद्य बैंकले परिकल्पना गरेको योजनामा आफू सक्रिय भएर लाग्ने बताउनु भयो ।
साधारण सभामा प्राविधिक विज्ञ सन्तोष प्रसाईँ, संदिप पौडेल, नेप्सेका पूर्व अध्यक्ष प्रा.डा जीवनाथ धिताल र विषयगत प्रस्तुति राखेका थिए ।
साधारण सभाले सञ्चालक समितिको नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले अध्यक्षमा किशोर कुमार प्रधान, सञ्चालक सदस्यहरुमा प्राडा भरत पहरी, प्रा.डा.मोहन प्रसाद पन्थी, दुर्गा कुमार थापा, डा.हरिकृष्ण दहाल, सुर्यबहादुर अधिकारी र पवित्रा कुमारी पोखरेल गरी ७ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ ।सभाले संस्थापक अध्यक्ष डा.शंकरनाथ उप्रेतीलाई सिइओको जिम्मेवारी सुम्पेको छ ।
त्यसैगरी सभाले आइपिओ निष्काशन गर्ने प्रस्ताव समेत सर्बसम्मत पारित गरेको छ । कुल पुँजीको ३० प्रतिशत आइपिओ निष्काशनको लागि खाद्य बैंकले गत महिना नै आइएमइ क्यापिटल लिमिटेडसँग सम्झौता गरिेसकेको छ ।
कार्यक्रम सञ्चालन राष्ट्रिय खाद्य बैंकका सञ्चालक सदस्य हरिकृष्ण दाहालले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्