२०८२ मंसिर १७

घिमिरेले भने कफीको विकास गर्ने हो भने राजनीतिकरण नगर्नु

धनबहादुर मगर
काठमाडौं मंसीर १ ‘कफी खेती गरौं, स्वरोजगार बनौं’ भन्ने मूल नाराका साथ २१ औं राष्ट्रिय कफी दिवस राष्ट्रिय वागवानी केन्द्र कीर्तिपुरमा सम्पन्न भएको छ ।
कफी व्यवसाय संघका पूर्व संस्थापक अध्यक्ष ढकेस्वर घिमिरेले २०३५ सालबाट कफी खेती शुरु गर्दा तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेल कृषि तथा पशुपन्छी विकास मन्त्री हुनुहुन्थ्यो । बजार भएको कुरा गरेँ, नीति नभएको कुरा अवगत गराएका थिएँ । परिवारको ख्याल नगरी गुल्मीका किसानहरुले २०४९ ताका कफी खेती गरेका थिए ।
प्रविधि थिएन, गूल्मी, पाल्पा, स्याङ्जा गएर कफी विस्तार गर्ने काममा लाग्यौं । एलसाल्भाडोरबाट कफी प्राविधिक ल्याएर कफीको सम्भावना र तालिमहरु ग¥यौं । कफी खेती गरेपछि र गुणस्तर परिक्षण गर्दाे नेपालको कफी संसारमा ७ औं स्थानमा पर्न सफल भयो । त्यतिबेला नै नेपालको कफी गुणस्तरीय भएको थियो । मैले लामो समयसम्म कफी व्यवसायी संघको नेतृत्व गरेँ । कफी कल्चरलाई प्रवद्र्धन गर्न माइक ब्रेक फास्टले २०४८ सालमानै सहयोग गरेका थिए ।
घिमिरेले भने कफीको विकास गर्ने हो भने राजनीतिकरण नगर्नु, इमान्दारीपूर्वक लाग्नु होला ।
नेपालको कफी लोकप्रिय हुनेछ । अर्गानिक र अरविका कफी रोप्नु होला भनेर भनेको थिएँ । त्यो काम हाल पनि निरन्तर जारी छ । नेपालमा कफीको ५० वटा उद्योग स्थापना भईसकेको छ । १० हजार भन्दा बढी हेक्टर जमीनमा कफी रोपन भएको छ । सबैले इमान्दरीपूर्वक कार्य गर्नु होला । अहिले गाउँघरमा बुढाबुढीले मात्र घर कुर्ने अवस्था आएको छ ।
राज्यले कफी खेतीको लागि अनुसन्धान र लगानी गरेको छ जस्तो लाग्दैन । मलाई दुःख लागेको छ । ५० वर्षको योजना बनाएर कफी खेती गर्नसके युवाहरुको विदेश पलायन रोक्न सकिन्थ्यो ।
कफी बोर्डले आफूले सोचेको काम गर्न नपाएको मलाई पनि महसुस भएको छ । नेतृत्वले सही जिम्मेवारी सम्हालेर सम्बन्धित निकायसँग समन्वय गरि अगाडि बढ्नु होला । पुस्ता हस्तान्तरण चानुचुनै कुरा होइन । प्रतिस्पर्धा र इमान्दार भएर जानु पर्छ । गाउँबाट शहर र शहरबाट गाउँ जानु पर्ने अवस्था आएको छ ।
कफी दिवसको अवसरमा कार्यक्रम अधिकृत तथा कार्यपत्र प्रस्तोता गौरव लुइटेलले २८ प्रतिशत कफी नेपाल बाहिरबाट आयत गर्ने गरेको बताए । लुइटेलले हामीले सस्तो कफी ल्याउँछौं, महँगो कफी विदेशमा निर्यात गछौं । कफी आयत् बढेको छ । उत्पादन बढाउने र आयत घटाउने कार्यक्रम गर्नुपर्ने कुरामा जोडदिएको छ ।
२१ औं राष्ट्रिय कफी दिवसमा कफी व्यवसायी संघका पूर्व संस्थापक अध्यक्ष ढकेश्वर घिमिरेलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
ललितपुर, कफी सहकारी संघ कास्की, इको फ्रेण्डली एग्रो अर्गानिक गोर्खा पालिुङ्गटार, अन्तर्राष्ट्रिय बजारमा निर्यातकर्ता शान्ति–शान्ति कफी स्याङ्जालाई सम्मान गरेको छ ।
कार्यक्रममा शान्ति शान्ति कफी निर्यातकर्ता उद्यमी बोधराज आचार्यले धेरै कफी उत्पादन हुँदा बजार नपाई कफीको बोट बारीमै काट्नु परेको बताउँनु भयो । कफी काटे पनि पुनः विस्तारै कफीको माग बढ्दै जाँदा उत्पादन पनि बढेको बताए । विदेशमा पनि बेच्न सकिने र देशमा पनि उपभोग बढ्दै गरेको अवस्था छ । बाँदरले पनि नखाने कफी खेती प्रविधि भएकाले यसको व्यवसायिक सम्भावना बढ्दै गएको छ ।
प्यानल छलफलः
‘नेपाली कफी अबको बाटो’ साना किसान मिठाराम जमकट्र्टेल मकवानपुर, युवा किसान युवराज दर्नाल धनकुटा, आनन्द सुवेदी जिल्ला कफी सहकारी संघ कास्की, मञ्जुल थापा, राजकुमार वन्जरा, कफी विज्ञ तुलसीराम धिताल, कफी व्यवसायी संघका अध्यक्ष ओमनाथ अधिकारी, कफी व्यवसायी परशुराम जकर्मकड्ढेलले मन्तव्य राखेका थिए ।
कफीको विकास र प्रवद्र्धनका लागि विभिन्न संघ–संस्थाले सहयोग गर्दै आएको छ । दाताहरुको सहयोग लामो समयसम्म नहुने रहेछ ।
सहयोगी संस्थाले हात झिकेको अवस्था छ । कफी किसानको लागि प्रोत्साहन गर्ने नमूना नगदेबाली भएको छ ।
कोशी प्रदेश धनकुटाका कफी व्यवसायी संघका अध्यक्ष युवराज दर्नालका अनुसार कोशी प्रदेशमा कफी खेती १२ जिल्लामा फैलिएको छ । कफी विकास बोर्डको सहयोगमा पुर्वमा कफी कफी रोपन भएको १ दशक मात्र भएको छ ।
कोशी प्र्रदेशले १ करोड ९२ लाख वजेट छुट्याएको छ । जुन जिल्लाको मन्त्री भयो सबै बजेट त्यही ठाउँमा लगेको छ ।
कफी खेती गर्ने ७० रोपनी जमीनको मापदण्ड तोकिएको छ । चियाको जस्तो कफी होइन । कृषि कर्जा व्यापक रुपमा दिने भने पनि कस्तो किसानलाई दिने हो ? १२ जिल्लामा कफी खेती विस्तार गरि हामीले युवाहरुलाई विदेश जान रोकेका छौंं । राज्यले सहयोग गर्ने खालको बनाउनु पर्छ ।
आलु खेतीलाई ३ महिनामै अनुदान दिन्छ । लगानीमैत्री कृषि गर्ने हो भने देशलाई धनी बनाउन सकिन्छ । कोशी प्रदेशमा कफी खेती गर्ने किसानहरुको व्यवसायिक संगठन विस्तार भएको छ । हामी अहिले कफी खेतीको लागि व्यवसायिक ढंगले लागि रहेका छौं ।
यही आर्थिक वर्षको लागि पालिकाले २५७ वटा नीति तथा कार्यक्रम पारित ग¥यो तर कफीको लागि गरेन । सरकारको सहयोग पाउने हो भने पूर्वले कफी खेतीमा उत्कृष्ठ नतिजा दिन्छ ।
जिल्ला सहकारी संघका अध्यक्ष आनन्दा सुव्ेदीले सहकारी उत्पादनको क्षेत्रमा आवश्यक रहेछ । सहकारी स्थापना भएपछि कफीको मूल्य वृद्धि भएको छ । सहकारीमा पनि केही समस्या छन् । पर्पलमेन्ट कफी उत्पादनमा बजारीकरण गर्दा किसानहरुलाई नगद भुक्तानी उपलब्ध गर्न सहज भएको छैन ।
सहकारीलाई थुप्रै वजेट छुट्याएको छ । वास्तविक किसानकहाँ पुगेको छैन । राज्यको वजेट झोले किसानहरुले लिइरहेको छ । किसान र सहकारी कफीबाट लाग्ने को छन् ?
सहकारी कफी उद्योग संघ स्याङ्जाका अध्यक्ष मञ्जु थापाले चुनौंती भोग्नु परेका छन् भन्ने प्रश्नमा, गण्डकी प्रदेशमा कफी जिल्ला सहकारी संस्थाहरु १५ वटै जिल्लामै विस्तार भएको बताईन् । १३ वर्ष भयो त्यहाँको उत्पादन जापान, कोरिया निर्यात गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा कफीको माग बढेको छ । अर्गानिक शर्टिफाइड गरेपछि विदेशमा पठाउन सकिन्छ । अर्गानिक सर्टिफाइड गर्न सकिएको छैन । त्यसका लागि राज्यले सोच्नु पर्छ ।
कफीको दाना सानो हुँदै गएको छ । १६ एम एम भन्दा माथिको कफीको दाना विदेशी बजारमा माग उच्च छ । उद्योगलाई दिने एक्जिम सहकारीले पाएको छैन । खाद्य तथा गुण नियन्त्रण विभागले उद्योगलाई मात्र एक्जिम दिन्छ ।
रोष्टेड कफी उद्यमी तथा निर्यातकर्ता इन्दिरा लामाले नेपालको कफी कृषि वस्तुमा पहिलो कारोवारको वस्तु बनेको छ । किसानस्तरबाट उत्पादन भएन । निर्यातको कुरा आउँदैन ? उपभोक्ताको माग ३ हजार टन छ तर ६ सय टन मात्र उत्पादन हुन्छ । उत्पादन र ढुवानीमा भ्याट विल माग्छ । कफी बिक्री वितरण गर्दा किसानसँग भ्याट विल हुँदैन ।
कफी निर्यात गरेर रेमिटेन्स भित्र्याउने कृषि उपज भएको छ । कफी खेतीको व्यवस्थापन गर्न सके युवा जनशक्तिलाई देशमै अडाउन सक्छौं । कफी निर्यात गरेर डलर त यहीबाट प्राप्त गर्न सक्छौं ।
हिमालाय जाभाका सञ्चालक दिवाकर ओझाले सन् २०१७ बाट कफीले राम्रो मुल्य पाएको छ । कफी राम्रो बनाउनु पर्छ । २०१७ देखि कफीलाई फ्रेन्चाइजका कन्सेप्ट लगेपछि त्यसको व्यवसायिकता बढेको छ ।
अहिले पनि कफीमा प्रमुख चुनांैतीहरुबाट पार पाउन सकेको छैन । कफीमा काम गर्ने जनशक्ति केही समय पछि विदेश जाने हुनाले श्रम शक्तिको अभाव छ । अहिलेको कफी उत्पादनले नेपालकै उपभोक्तालाई पुगेको छैन । र नेपालमा समेत कफी उपभोक्ताहरु बढ्दै गएको छ ।
सामाजिक सञ्जालमा कफीको प्रचार प्रसार भएको छ ।
कफी व्यवसायी राजकुमार बन्जराले नेपालको कफी संसारको उत्कृष्ठ कफी हो भनेर आएको छ । कफी राम्रो हुनुमा ८० प्रतिशत वरदान प्रकृतिको वरदान हो । बाँकी लगानी, मिहिनेत हो ।
नेपालको कफी हिरा हो भनिन्छ । कफी विकास र विस्तारमा नेपालमा थुप्रै चुनौंतीहरु छ । हाइव्रिड कफी चाहियो भनेर हाईग्रेडको कफीको माग छ । अहिलेको अहिलै चाहियो भनेर खोज्दा बजारमा तुरुन्तै उपलब्ध गराउन सक्दैन ।
किसानहरुका लागि विरुवा कहाँ पाइन्छ ? उत्पादन गरेको कफीको फार्मिङ्ग पोर्टाल चाहिने भएको छ । बिरुवा कहाँ पाइन्छ भनेर सोध्दा सजिलै प्राप्त गर्न सकोस् । उत्पादन, प्रसार प्रसारको कार्य सम्पादन हुनु पर्छ । ब्राण्डिङ्ग चाहिन्छ, बजारमा परम्परागत कफी उत्कृष्ठ हुन्छ । बाहिर मात्र भनेर हुँदैन । टास्क फोर्स चाहिन्छ ।
कफी व्यवसायी संघका अध्यक्ष तुलसी राज धितालले नेपालमा कफी खेती गर्दा भूमिको समस्या कस्तो छ ? भन्ने प्रश्नमा भूमि ऐन, भू–उपयोग नीति छ तर ऐन, बढी भूमिहिन सुकुम्वासीमा केन्द्रीत गरेको छ । कफी खेती गर्ने ७० रोपनी जमीन नभएका किसानहरु धेरै छन् । संघीय सरकारको भूमि बैंक कार्यविधि छ, कार्यन्वयनमा छैन । नेपालको कफी जापान, कोरिया, अमेरिका लगायत धेरै देशहरुमा जान्छ । जग्गा बाँझो छ । खेती गर्न देउ भन्दा दिँदैन । देशभर भूमि ओगटेर राखेको अवस्था छ । खेती गर्न चाहनेलाई स्थानीय निकायले कर लिएर कार्यविधि बनाएर उपयोगमा ल्याउनु पर्छ । जनशक्ति कम छ । सामुहिक खेती पद्धतिको रुपमा विकास गरौं ।
कफी विकास महासंघका अध्यक्ष ओमनाथ अधिकारीले नीतिमा सुधार गर्नु पर्छ । भूमि ऐन संशोधन जरुरी छ । खाद्यान्न बाहेक कफी उत्पादन गर्न १२ लाख हेक्टरमा कफी खेती गर्न सक्छ । वन ऐनले जंगल भित्र जडीबुटी खेती गर्न पाइदैन । १० भाग मध्ये कृषि खाद्यको लागि छोडौं । वनमा खेती गर्न कफी खेतीले जंगलको विनाश गर्दैन । १० रोपनीलाई पनि चक्लावन्दी गरौं । वन र भूमि ऐनलाई परिमार्जन गर्दा राम्रो हुन्छ । केन्द्र, प्रदेशसँग भूमि छ । स्थानीय सरकारको जिम्मामा जमीन वितरण गर्नु पर्छ ।
छलफल गर्ने, वातावरण बनाउनुहोस् । १० औं गुणा उत्पादन गर्न सक्छौं । कफी नीति २०६० कहाँ पुग्यो ?
कफी व्यवसायी पर्शुराम आचार्यका अनुसार नेपालको कफी ८० प्रतिशत निर्यात, २० प्रतिशत आन्तरिक खपत हुने गरेको छ । कफी उत्पादन बढ्नु नसक्नुको कारण के हो ?
कफी विकासमा प्राविधिक छैन । संसारमा सुन बेच्न सजिलो भएजस्तै नेपालको कफीलाई पनि प्रचार प्रसार गरि राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार बेच्नु सक्नुपर्छ ।
वन नीति र कफी विकास नीति २०६० परिमार्जन गर्नुपर्छ । नीति नबनेसम्म कार्यक्रम हुँदैन । कफीको विमा कार्यन्वयन गर्न सकेको छैन । ठूला किसानको फार्ममा कफी खेतीको अनुसन्धान गर्न सकिन्छ । अनुसन्धान गर्न हामीसँग पैसा छैन । उत्पादनमा ध्यान दिनेगरि सुझाव दिनुहोला ।
रोगकिरा नियन्त्रण ः
–ह्वाइट स्टिम बोरर
–रातो सिन्दुरे रोग लगायत रोगकीराहरु कफीका प्रमुख दुस्मन हुन् ।
रोपन गरेको कफी ३ वर्ष पछि फल्न थाल्छ । बगैँचामा काँट छाँट पुगेको छैन ।
कफी व्यवसायी विनोद गिरीले कफीको विरुवा निर्यात गर्न सक्छ कि सक्दैनौं ? नेपालमा कफी खेती गर्दै आएको ५० वर्ष भयो । तर नामाङ्करण नहुँदा कफी विरुवा निर्यात गर्न सकेको छैन । नामाङ्करण गर्न के गर्नु पर्ला ?
कफी व्यवसायी बासुदेव तिमिल्सिनाले भने विदेश जाने रोकथाम गर्न हामी आफै कृषि गर्नुपर्छ । सरकारी अनुदान चाहिन्छ, प्राविधिक सल्लाह चाहिन्छ । कफी खेतीले नेपालमा व्यापार घाटा कम गर्न सहयोग पु¥याउँछ । एक्जिम एक्सपोर्ट अनुमति पत्र सहकारीले पनि पाउँछ । म्याण्डेटरीमा नभएको कुरा सुधार गर्नुपर्छ ।
कफी निर्यात ः
ट्रेड एक्सपोर्ट प्रवद्र्धन नियन्त्रणमा समस्या आए नीतिगत रुपमा सहजीकरण गर्ने पक्षमा छौं ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद तिमिल्सिनाले कफीको नामाङ्करण र कफीको जात उन्मोचनका लागि ३ वटा जात रजिष्ट्रेशनमा लाने प्रक्रियामा अघि बढेको बताए । भारतबाट ३ वटा कफीको जात ल्याउन लागेको छ । कफी खेती अहिले २५ सय हेक्टरबाट २० हजार हेक्टरमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा निर्यात भएका कफीले प्रतिस्पर्धात्मक रुपमा जाँदा उच्च मूल्य श्रँृखला पाएको देखिन्छ । १५ हजार किसानहरु कफी खेतीमा सहभागीता छन् । कफी खेतीमा चियामा भ्याटा लाग्दैन कफीमा किन भ्यान लगाउने ? भन्ने विषयमा सम्बन्धित निकार्यसँग छलफल गर्ने छौं ।
चिया तथा कफी विकास कोर्डका कार्यकारी निर्देशक फाइद्रा भट्टराईले भारतबाट जर्मप्लाजमा ल्याएको बताउँदै चिया र कफीलाई सँगै लानु पर्ने बताए ।
वाणिज्य तथा उद्योग मन्त्रालयका स–सचिव भुपेन्द्र थापाले नेपालमा उत्पादन भएको कफी तुलनात्मक रुपमा ब्राण्ड भेरिफिकेशनमा उत्कृष्ठ रहेको बताए । उत्पादन र बजारीकरणमा राम्रो छ । फार्मिङ्गको लागि किसानहरुले गुणस्तरमा ध्यान दिनु होला । निर्यात गर्न केही सिण्डिकेट छ सर्टिफिकेशन प्राप्त गरेर मात्र अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सक्छौं ।
ठूलो स्तरमा अन्तर्राष्ट्रिय बजारमा लान एनटीएसएआई आएपछि सहज भएको छ ।
रणनीति ः
निर्यात सर्टिफिकेशनमा सुविधा दिन सके बजारको अवसर छ । नीति नियम हेर्दा बढ्ने अवस्था छ जस्तो लाग्दैन । कृषि मन्त्रालय र वाणिज्य मन्त्रालयको समन्वयमा व्यापार व्यवसायको विकासमा सँगै बसेर काम गरौं ।
कार्यक्रम सञ्चालन बोर्डका कृषि विकास अधिकृत सञ्जु घिमिरे र पवित्रा अधिकारीले गरेका थिए ।
स्वागत मन्तव्य, प्यानल छलफलको कार्यक्रम चिया तथा कफी विकास बोर्डका कार्यक्रम तथा अनुसन्धान अधिकृत गौरव लुइटेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain