परिचय:
रोजमरी (Rosemary) एउटा बहुवर्षीय Mint-Labiaceae परिवारमा पर्ने सदाबहार वनस्पति झार हो । यसको वैज्ञानिक नाम (Rosemarinus Officinalis) हो । यसको उत्पत्ति भू(मध्यरेखामा भएको पाइन्छ तर यो सबै ठाउँमा (विश्वभरि) लगाएको पाइन्छ । प्रायः रोजमरी भुक्षय क्षेत्रमा बढी लगाउने गरेको भएता पनि अहिले कम तापक्रम हुने ठाउँ युरोप र अमेरिकामा पनि लगाएको पाइन्छ । नेपालमा हालसम्म खेती गरेको पाइएको छैन । रोजमेरीको खेती इन्डियामा बढी गरेको पाइन्छ । वर्षभरि पाइने रोजमेरी मसालेदार बालीमा पर्दछ । सदावहार हरियो रहिरहने रोजमेरी २ मिटर अर्थात ६ फिट उचाईसम्म अग्लो हुने गरेको पाइएका छन् । यसको बोट झाडी, बासनादार र सँधै भरी हरियो भइरहने हुन्छ । यसको पात हरियो रङको सानो, लाम्चो र टुप्पामा चुच्चो हुन्छ । यसको फूल निलो, बैजनी रङको हुन्छ । रोजमेरी मुख्य गरी तेल तथा आयुर्वेदिक प्रयोजनको लागि खेती गर्ने गरेको पाइन्छ । रोजमेरीको तेल पहिलो पटक चौधौं शताब्दीमा निकालिएको थियो र त्यस समयमा रोजमेरीलाई Symbol of rememberance, कस्मेटिक सामान बनाउन प्रयोग गरिएको थियो । त्यसपछि सोहौं र सत्रांै शताव्दिमा आएर पाचन कुया प्रयोगको औषधी बनाउनका लागि प्रयोग गरिएको पाइन्छ । पौराणिक समयमा रोजमेरीलाई Symbol of rememberance, पनि भनिन्छ । यो मानव स्वास्थ्यको लागि लाभदायक हुने बिभिन्न किसिमका तत्वहरु पाइन्छ जस्ले गर्दा मानव प्रतिरक्षा क्षमता, रक्त संचार प्रणाली उचित ढङ्गले सञ्चालन हुन मद्दत गर्छ । यसको प्रयोग दमको विरामीहरुका पाचन प्रणाली क्षमता पनि वृद्धि गर्न, स्मरण शक्ति वृद्धि गर्नका लागि पनि औषधी बनाउने गरिन्छ । यो चियाको मसला बनाउन, अत्तर बनाउन, शारिरिक दुखाई कम गर्न पनि प्रयोग गरिन्छ । आजभोलि रोजमेरीलाई कपाल उमार्ने, कपाल बढाउने औषधी बनाउन कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ । रोजमेरी तेलमा कारनोसल र युरीलिक एसिड पानी समावेस भएकोले यसले छालाको ट्युमर वृद्धिको उपचारमा मद्दत पु¥याउँदछ र छाला क्यान्सर विरुद्ध प्राकृतिक Antioxident ले सुरक्षा दिन्छ । रोजमेरी नेपालको कृषकहरुको लागि एक नयाँ वनस्पति तथा बाली हो । यसको माग विदेशबाट आपूर्ति भइरहेको छ । यस वनस्पतिको बारेमा सोध अनुसन्धान र शिक्षा भने नेपालमा आवश्यक मात्रामा हुन सकेको छैन । केहि गैर सरकारी संस्थाले र कृषकहरुले आफ्नो तरिकाले यसको खेतीको शुरुवात गरेको पाइन्छ ।CASTER NEPAL भन्ने गैर सरकारी संस्थाको अग्रसरतामा हालसम्म नेपालका २२ बिभिन्न जिल्लाहरुमा विशेषगरि गोरखा, सिन्धुली, रामेछाप, दोलखा जस्ता ठाउँहरुमा यसको खेती गरेको पाइन्छ । यसको खेती गर्ने क्रममा केही प्राविधिक समस्याहरु पनि आउने गरेकोले केही अनुसन्धानको लागि राष्ट्रिय वागबानी अनुसन्धान केन्द्रले विगतका वर्षहरुमा केही अध्ययन गरी केही जानकारी यसमा उल्लेख गर्न कोशिस गरिएको छ । यसको खेती वृद्धि गराउनको लागि यसको उत्पादन तथा प्रशोधन प्रविधिमा विकास गर्नु जरुरी देखिन्छ । हुन त नेपालमा रोजमेरी बजारको राम्रो सम्भावना छ तर रोजमेरी खेतीबाट कृषकहरुले ठूलो उपलब्धी भने हासिल गर्न सकेका छैनन् । नेपालमा अझै पनि यसको खोज अनुसन्धान र रोजमेरीको बारेमा जनचेतना फैलाउन आवश्यक छ । त्यसैले रोजमेरीको उत्पादन तथा बजार व्यवस्थापनमा टेवा दिनको लागि यसको खेती गर्दा लाग्ने गरेको लागत र यसबाट हुने आम्दानीको विवरण समेत केही हदसम्म संकलन गरेर यसमा दिने कोशिस गरिएको छ ।
हावापानी :
यो एक शितोष्ण क्षेत्रमा हुने वनस्पति हो जसले जाडो सहन सक्दछ । यसलाई लामो समयसम्म कम तापक्रम हुने स्थानमा यसको खेती गर्न सकिदैन । यो वनस्पतिको वृद्धिको लागि २०(२५ड्ढ से उपयुक्त तापक्रम चाहिन्छ । राम्रोसँग पानी निकास हुने जग्गामा खेती राम्रो हुन्छ र अत्याधिक पानी पर्ने र पानी जम्ने जग्गामा यसको खेती सम्भव हुँदैन । यसलाई वार्षिक वर्षा ५५० मि.मि. चाहिने गर्दछ । यसको बिरुवा लगाउने बेलामा प्रशस्त मात्रामा सिँचाई आवश्यक पर्ने भएतापनि जरा राम्रोसँग विकास भएपछि भने मौसम अनुसार सिचाई व्यवस्थापन गर्नुपर्दछ । भारतमा यो खेती हिमाञ्चल प्रदेश, जम्मु कस्मीर उत्तराखण्डमा विस्तार भएको पाइन्छ ।
माटो :
रोजमेरी जुनसुकै माटोमा पनि लगाउन सकिन्छ तर बढी उत्पादन लिनको लागि प्रशस्त प्राङगारिक पदार्थ भएको पानी नजम्ने बलौटे दुमट माटो हुनुपर्छ । माटोको पि.एच ५.५–८.० उपयुक्त पि. एच हो ।
जातहरु (arieties)
अहिले विभिन्न देशहरुमा विभिन्न जातहरु लगाउने गरिएका छन् भने यी निम्न लिखित जातहरु प्रचलनमा छन् ।
१. Pink Majorca (Trailing)
२. Arpa Albilorus Rosemary (Upright)
३. Tusean Blue (Upright)
४. Salem (Upright)
५. Creeping Rosemary (Trailing)
६. Santa Batbara (Semi-Up right)
७. White Rosemary (Upright)
८. Spiu-Islands (Upright)
९. Blue Boy (Dwarf trailing)
१०.Miss Jessup (Upright)
११. Huntington (Arpet trailing)
१२. Collingwood (Semi-Upright)
१३. Berbecue rosemary
१४. Benenden Blue rosemary
१५. Gorizia rosemary
१६. Golden rariegated rosemary
१७. Roman Beauty rosemary
१८. Trailing rosemary
१९. Flora Rosa
जातहरूको उत्पादन परिक्षण :
नेपालमा भने कृषकहरुले लगाउने गरेका जातः
CASTOR NEPAL हुन जुन एक संस्थाले थाइल्याण्डबाट ल्याइ कृषकहरुलाई बिरुवा उपलब्ध गराई उत्पादन गर्नमा आवश्यक सहयोग गरी उत्पादित पात तथा डाँठ किनेर प्रशोधन गर्ने गरेका छन् भने राष्ट्रिय बागवानी अनुसन्धान केन्द्र खुमलटारले विगतमा ५ विभिन्न जातहरु HRDRO००१, HRDRO००२, HRDRO००३. HRDRO००५ विभिन्न स्थानहरु पुष्प विकास केन्द्र गोदावरी, Caster Nepal थानकोट Rosma Herbs Pvt. Ltd.। सूर्यविनायक, भक्तपुर र भ्खयल लगचकभचथ पात्लेखेत काभ्रेबाट बिरुवा ल्याई राष्ट्रिय वागवानी अनुसन्धान केन्द्र, खुमलटारमा प्रशारण गरि प्राङ्गारिक र रासायनिक प्रणालीमा विगतका वर्षहरुमा अनुसन्धान परिक्षण गरिएका थिए ।
प्रशारण :
HRDROS००४
रोजमेरीलाई ३ तरिकाबाट कटिङ, बीउ र लेयरिङ्गबाट प्रशारण गर्न सकिन्छ । यी मध्ये सबैभन्दा उपयुक्त प्रसारण कटिङ्गबाट भएको पाइन्छ । कटिङ्गबाट प्रसारण गर्दा बिरुवा उत्पादन तथा आम्दानी दिने गरेको पाइन्छ । प्लाष्टिकको घरभित्र त वर्षैभरि कटिङ्ग रोपेर बिरुवा तयार गर्न सकिन्छ तर खुल्ला जमिनमा चाहि जाडो शुरु हुनु पुर्व कार्तिक(मङसिरमा वा मनसुन शुरु हुनु पहिले जेठमा काँटछाँट गर्दा निस्केका सिसाकलम साइजका हांगाबिंगाहरुबाट कटिङ्ग तयार पारी विरुवा तयार गर्न उपयुक्त देखिन्छ । कटिङ्ग रोप्दा छिटै जरा पलाओस भनेर Evon nursery पाउडरमा चोपलेर कटिङ्ग रोप्नु पर्दछ । जरा पलाइसकेपछि ३०.४, वा ४.६, को पोलिब्यागमा सारेर हुर्काउनु पर्दछ ।
जमिनको तयारी :
रोजमेरीको लागि ३०-४० से. मी गहिरो २(३ पटक खनजोत गरी राम्ररी डल्लो फोरेर प्राङगारिक मल हाली जमिन तयार पार्नुपर्दछ । पानी नजम्ने गरी निकासको राम्रो व्यवस्था गर्नु पर्दछ । माटोमा भएका बुझ, झारपात हटाई राम्रोसँग जमिनको तयारी गर्नुपर्छ । पूर्व पश्चिम फर्किएको बारी तर भिरालो जग्गामा लामो समय सम्म घाम पर्ने गरी लगाउनु पर्छ । हुनत अहिले कृषकहरुले सिँचाईको रामो सुविधा नभएका र कृषि मजदुर अभावका कारण धान खेती गरिने जग्गामा समेत रोजमेरी खेती गरेको पाइएको छ ।
म्लखाद ः
माटोमा भएको खाद्यतत्व अनुसार मलखाद दिनु पर्दछ तर धेरै नाइटूोजन मल दिनु हुँदैन किनकि यसले तेलको गुणस्तरमा ह्रास ल्याउन्छ । रोजमेरीको लागि २०ः२०ः२० के. जी. नाइटूोजन, फोस्फोरस र पोटास प्रति हेक्टरको दरमा आवश्यक पर्ने अन्य देशमा भएका अध्ययनले देखाउँछ । राष्टिूय बागवानी अनुसन्धान केन्द्रमा गरिएको प्राङ्गारिक खेतिमा प्रति बोट २ के.जी. कम्पोष्ट प्रति वर्ष दिइएको र अप्राङ्गारिक पद्धतिमा ८०ः५०ः६० के.जी. नाइटूोजन फोसफोरस र पोटास प्रति हेक्टरको दरले साथै प्रति बोट १ के. जी. कम्पोष्ट प्रति वर्षका दरले दिइएकोमा उत्पादन र बोटको वृद्धिमा देखिने गरी फरक पाइएन ।
बिरुवा लगाउने समय र रोप्ने तरिका :
रोजमेरी लगाउने समय नेपालमा मनसुन शुरु भएपछि मनसुनको अवधिभर लगाउन उपयुक्त समय हो तर पानीको सुविधा भएको स्थानमा चिसो मौसममा बाहेक अन्य सबै समयमा लगाउन सकिन्छ । यो एक बहुवर्षिय बाली भएको हुनाले पछि गएर नझुमियोस भनेर ठिक्कको दूरीमा लाइनदेखि लाइनको दूरी ५० से.मी. र बोटदेखि बोटको दूरी ३० से. मी. मा लगाउनु पर्दछ । बिरुवा लगाउन लाइन कोर्दा पूर्व–पश्चिमको पति बनाएर लाइनमा रोप्नु पर्दछ ।
गोडमेल तथा झारपात नियन्त्रण :
झारपातले उत्पादन र तेलको गुणस्तरमा असर पार्ने भएकोले वर्षको २–३ पटक गोडमेल गरेर झारपात हटाउनु पर्छ । यसको जरा सम्वेदनशिल हुनाले औजार प्रयोग गर्दा ध्यान दिनु पर्छ । झारपात नियन्त्रणको लागि चौडापाते झारनाशक विषादीको पनि प्रयोग गर्न सकिन्छ ।
विरुवाको वानस्पतिक विवरण :
उत्पादनको लागि तयार भएको रोजमेरी माली रोजमेरी सदावहार तेलको लागि लगाइने बिरुवा हो । रोजमेरीको उचाई १(२ मिटर सम्म अग्लो हुन्छ । यसको खरानी रङ्गको हाँगा हुन्छ । यसको पात टुप्पोमा तिखो चम्किलो र गाढा हरियो रङ्गको हुन्छ । यसको फूल साना हलुका निलो हुन्छ । आवश्यक तेलहरु यसको फूलमा प्रशस्त हुन्छ ।
फूल र फल :
फूल सानो हलुका निलो रङको हुन्छ फल अस्पष्ट हुन्छ । चिसो मौसममा अर्थात जनवरी देखि मार्च सम्म हलुका निलो रङको फुल्छ । गर्मीमा फूल फुल्न गाह्रो हुन्छ ।
महत्वपूर्ण भागहरु रोजमेरी बोटको मुख्य भागहरू हाँगा, पात र फूल हुन् तर तेलको गुणस्तरका लागि उपयुक्त भाग भनेको पात र हाँगा हुन् । हरियो बोटको ०.३ १.३ % तौलको तेल आउँछ । गुणस्तर तेलको लागि नाइटूोजन मल कम दिनुपर्छ ।
रोजमेरी बालीको कटानी :
रोजमेरीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाहरू :
–स्मरण शक्ति बढाउँछ ।
–तनाव घटाउछ ।
–रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।
–स्वास प्रस्वासको प्रभावकारीता बढाउँछ ।
–पीडा र दर्द कम गराउँछ ।
–रगत प्रसारणमा सहयोग पु¥याउछ ।
–छालाको चमकपन बढाउँछ ।
–शरिरमा हुने विकार तत्व हटाउँछ ।
–यसमा एण्टिफन्गल गुण हुन्छ ।
–एण्टिसेप्टिक गार्गलमा पनि प्रयोग गरिन्छ ।
अन्य प्रयोग ः
(खानामा मसला तथा वास्नाको लागि प्रयोग गरिन्छ ।
(तेल निकाल्न प्रयोग हुन्छ ।
(Cosmetic industry मा प्रयोग गरिन्छ ।
(औषधीको रुपमा प्रयोग गरिन्छ ।
(घर सजाउनको लागि प्रयोग गरिन्छ ।
(घरेलु क्लिनर र फ्रेसनरमा प्रयोग गरिन्छ ।
रोजमेरीबाट हुने सम्भावित असरहरु :
१८ वर्ष भन्दा मुनिका बालबालिकाले खान हुदैन । अल्सर, उच्च रक्त चाप भएका मानिसले खान हुदैन ।
काँटछाट (harvesting) तथा उत्पादन :
Production रोजमेरी लगाएको १८ महिना पछि यसले आफ्नो पूर्ण उत्पादन दिन थाल्दछ । यो बहुवर्षिय बाली भएकोले बाली कटानी गर्दा साधारणतया २ मुख्य हाँगा राखेर अन्य मसिना पात समेतका हांगाबिंगाहरु कैंचीले काट्नु पर्दछ । राष्ट्रिय वागवानी अनुसन्धान केन्द्रमा गरिएको परिक्षणका प्लटहरुबाट दिएको नतिजामा ज्च्म्च्इक्००२ जातको रोजमेरीले सुकेको पात वार्षिक उत्पादन प्राङ्गारिक पद्धतिमा प्रति बोट २२० ग्राम अर्थात प्रति हेक्टरमा हिसाब गर्दा १२.२२ टन र अप्राङ्गारिक प्लटमा १६३ ग्राम वार्षिक सुकेको पात प्रति बोट अर्थात प्रति हेक्टरमा हिसाब गर्दा ६.०४ टन उत्पादन दिने गरेको पाइएको छ ।
राष्ट्रिय वागनानी अनुसन्धान केन्द्र, खुमलटारमा ५ विभिन्न जातहरुको उत्पादन परिक्षणको कार्य
रोजमेरी खेती गर्ने छिमेकी देशहरुमा २०(८० के.जी तेल प्रति हेक्टर उत्पादन लिइरहेको पाइन्छ । ताजा पातको ०.३–१.३ % अस्सेन्सिअल् तेल हुन्छ । नेपालमा यसबाट व्यावसायिक स्तरमा तेल निकाल्ने कार्य गरेको पाइएको छैन । यस कार्यलाई अघि बढाउन नितान्त आवश्यक छ ।
प्रशोधन तथा भण्डारण :
उत्पादन लिनको लागि पात सहितको हाँगाबिँगाहरु काटिन्छ र त्यसबाट पातहरु मात्र हटाउनको लागि प्रशोधन तथा सुकाउनु पर्दछ । यसलाई ४०० सेन्टीग्रेड भन्दा कम तापक्रममा वायु सञ्चार भएका स्थानमा सुकाउनु पर्दछ अन्यथा यसको गुणस्तरमा असर पर्दछ । सुकेपछि डाँठहरुबाट पात छुट्याउनु पर्दछ । ताजा रोजमेरीलाई सोझै पसल तथा डिपार्टमेण्ट स्टोरमा सेलोफोनमा प्याक गरेर बेच्ने चलन पनि छ तर यसलाई छिटै उपयोग गरिसक्नु पर्दछ । साधारणतया सुकेका पातहरुलाई एयर टाइट भाँडोमा अध्यारो स्थानमा लामो समय भण्डारण गर्न सकिन्छ । यसमा हुने आद्रता, तापक्रम अक्सिजन तथा प्रकाशले यसको भण्डारण तथा गुणस्तरमा असर पार्दछ । ४०० से. भन्दा कम तापक्रमले यसको भण्डारणको कभािषभ बढाउँछ । तर यसको तेल चैं प्रयोग नगरेसम्म चिसो, सुख्खा क्षेत्रमा अँध्यारो स्थानमा सिसाको बोटलमा राखेर भण्डारण गर्नु पर्दछ ।
किराहरु :
रोजमेरीमा माकुरा र किराले आक्रमण गर्न सक्छ । यसको लागि घुम्ती बाली प्रयोग गर्न सकिन्छ र विषादी पनि अपनाउन सकिन्छ
सेतो झिंगा (White Fly)
यसले बिरुवाको पात तथा हाँगामा सोस्ने गर्छ । यसको लागि बाली लगाएको ठाउँठाउँमा पहेँलो स्टिकर झुण्ड्याउने नीमजन्य विषादी २(३ एम. एल ÷ लिटर वा मालाथियन २ एम. एल ÷ लिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्छ ।
रातो सुलसुले Red Spider Mites
यसले तल्लो हाँगामा सोस्तै माथि तिर आउँछ । धेरै प्रकोप बेलामा माकुराको जाली जस्तो पनि देखा पर्दछ । यसले पात सोस्ने भएकोले पात पहेँलो हुन्छ र झर्छ । यसको नियन्त्रणको लागि ओबेरन २ एम.एल ÷ लिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्छ ।
मिली बग माकुरो Mealy bug
यसको पोथी Mealy bug एकदमै हानीकारक किरा हो । यसले पातबाट सोस्ने गर्दछ । यसको नियन्त्रणको लागि मिनरल तेल १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नुपर्दछ ।
घरेलु तरिकाबाट किरा व्यवस्थापन :
रोगहरु :
एक भाग गाइभैसीको पिसाबलाई ५ भाग पानीमा मिसाएको झोल छर्नाले किरा भगाउन सकिन्छ । साथै मलको काम पनि हुन्छ ।
साबुनपानीको झोलमा थोरै मट्टितेल मिसाई छर्दा पनि लाहीकिरा जस्तै कैयौं किराहरु नियन्त्रण भएको पाइएको छ ।
नीमको पातलाई निचोरेर झोल नीमको गेडाबाट निकालेको तेल तथा निमको पिना आदि बजारमा विभिन्न नामले पाइन्छ र घरमै पनि तयार गर्न सकिन्छ । निमका यस्ता वस्तुलाई प्रयोग गर्न सकिन्छ । निमका यस्ता वस्तुलाई प्रयोग गर्दा किरा भगाउने कुनै कुनै अवस्थामा किरालाई मार्ने र किराको वृद्धि पनि रोकिन गई रोजमेरी बालीमा किराबाट हुने नोक्सानी जोगाउन मद्दत गर्दछ ।
खराने रोग (Powdery mildew)
यो सेतो तुसी चिसो बढी भएको छाँया परेको बेलामा उत्पन्न हुन्छ । यसले रोजमेरीलाई मार्दैन तर कमजोर बनाउँछ ।
रोजमेरीलाई प्लाष्टिक घर भित्र उत्पादन गरेको ठाउँमा यो रोग लाग्दछ तर नेपालमा खुल्ला खेतबारीमा लगाउने हुनाले यसको समस्या छैन । यस रोगले आक्रमण नहोस भनेर चिसो र घाम नलाग्ने ठाउँमा खेती नगर्ने ।
बोट ओइलाउने :
अहिले प्रायः बारीमा भन्दा खेतमा लगाएको रोजमेरी बालीमा बेट ओइलाएर मर्ने समस्या देखिएको छ । रोजमेरीले पानी धेरै सहन सक्दैन । माटोमा चिस्यान धेरै भयो भने राइजोक्टोनिया रोग लागेर जरा कुहिनुको साथै हागाँहरु पातहरु मर्दै गरेको पाइएको छ । यसको रोकथामको लागि माटोमा धेरै चिस्यान हुन नदिने मल बढी मात्रामा प्रयोग नगर्ने झार हटाएर यसको वरिपरि सफा राख्ने । ट्राइकोडर्मा वा कपर अक्सिक्लोराइड २ ग्राम प्रति लिटर पानीमा मिसाइ ड्रेन्चिङ गर्ने । ट्राइकोडर्माले उपचार गरेको कम्पोष्ट मलको प्रयोग गर्ने ।
Rhizoctonia रोग लागेर बेट ओइलाएको पाइन्छ ।
रोजमेरी खेती किन :
नेपालको मध्य पहाडी क्षेत्रमा सिँचित र असिँचित खेतमा धान लगाउने प्रचलन भएता पनि प्रायः यूवाहरु वैदेशिक रोजगारीमा गएका र श्रमशक्तिको अभावमा कृषि योग्य जग्गाहरु पनि बाँझो राख्न बाध्यता भएका छन् । त्यसमा पनि धान लगाउने समयमा यथेष्ठ पानी नहुने धान रोप्न एकैचोटी धेरै श्रमशक्ति चाहिने निश्चित समय भित्रै लगाउने कार्य, कृषि कर्म कटानी तथा अन्य कर्महरु गर्नुपर्ने बाध्यताको साथै आर्थिक लेखाजोख गर्दा पनि त्यति फाइदाजनक देखिन नआएपछि धान खेतीको विकल्पमा कति कृषकहरु सोच्ने गर्दछन । यस्तो परिप्रेक्षमा कति कृषकहरुले कम झन्झटिलो खेतबारीमा फुर्सदमा काम गर्न पनि मिल्ने आर्थिक लेखाजोखामा धान खेती भन्दा बढी फाइदाजनक आदि कारणले रोजमेरी खेती तिर आकर्षित भएका छन् । मध्य पहाडमा एक रोपनी जग्गामा प्राङ्गारिक रोजमेरी खेती गर्दा हुने गरेको आयव्ययको विवरणले सबै खर्च र आम्दानीको हिसाब किताब गर्ने हो भने १ रोपनी जग्गामा धान खेती गर्दा रु ५००। फाइदा हुन आउँछ भने रोजमेरी खेती गर्दा रु ३४५००। फाइदा देखिन आउँछ । अझै पनि रोजमेरीमा आधारित उद्योगधन्दा विकास हुन सकेको छैन र यसलाई विकास गर्न सकेको खण्डमा र यसको फाइदा बारे जानकारी प्रचार प्रसार गर्न सकेमा रोजमेरी खेतीको विस्तार गर्न सक्ने प्रवल सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्