धनबहादुर मगर
काठमाडौं, मंसीर २२, राष्ट्रिय किसान सञ्जालद्धारा सञ्चालित ५ वर्षे एशिया प्रशान्त किसान र एशियाका लागि किसान संगठनहरु, राष्ट्रिय परियोजना कार्यन्वयन समापन कार्यक्रम सम्पन्न भएको छ ।
Kathmandu, 8 December 2025 (ASIA-Pacific Farmers’ Program and Farmers’ Organizations for Aisa), Project Wrap-up Progarm.
बामदेव गौतम पूर्व उप, गृह मन्त्री, संस्थापक अध्यक्ष राष्ट्रिय किसान सञ्जाल, वरिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी
ललितपुर मंसीर २२, नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले किसान र कृषि क्षेत्रलाई प्राथमिकता दिनसके देशको अर्थतन्त्र बलियो बन्ने हुने बताउनु भएको छ । सोमवार ललितपुरमा राष्ट्रिय किसान सञ्जालद्वारा आयोजित कार्यक्रममा किसानहरुको लामो संघर्षबाट समाजवाद उन्मूख संविधान लेख्न सफल भएको समेत दावि गरेको छ ।
साथै उक्त कार्यक्रममा गौतमले नहेन्द्र खड्का विद्रोही स्वभावको थिए । हामीले निर्माण गरेको किसान सञ्जाललाई खडेकाले सकारात्मक दिशामा अगाडि बढाएको पाएँ । साथै खड्कालाई मैले मेरो उत्तराधिकारीको रुपमा पाएँ । केही सन्दर्भहरु सहित यसको संरचना यति भव्य होला भनेर मैले सोचेको थिएन । धेरै वर्ष अघि नहेन्द्र खड्को पिता मलाई खोज्दै बागलुङबाट आउनु भएको थियो । उहाँले मलाई प्रश्न फरक किसिमले सोध्नु भएको थियो । पहिले, पछि असन्तुष्ती व्यक्त गर्दै नेकपा माओवादीतिर झुकाव बढ्यो ।
मलाई पहिले पार्टी एकताको बेला पार्टीको मुख्य जिम्मेवारी पाइएन । सामाजिक संघ–संस्था किसान संघ दुइमध्ये कुन जिम्मेवारी लिने भन्ने भयो । मैले किसानको जिम्मेवारी लिएर काम गरे । किसान संगठन लाभिया क्याम्पासिनाको सदस्य भइसके पछि संसार भर यसको प्रचार प्रसार भयो । किसान संगठन सोचे भन्दा निकै अगाडि बढ्यो ।
त्यतिबेला लाभिया क्याम्पासिनाले अमेरिका लगायत संसारमा खाद्य सम्प्रभुत्ताको मुद्दालाई संवैधानिक हकको रुपमा उठायो । त्यसै फल स्वरुप संसदमा समेत खाद्य सम्प्रभुत्ताको ऐन पारित गर्न सफल भयो । नेपालमा सबैप्रकारको क्रान्ति सम्पन्न भएको छ तर, सही ढंगले शासन चलाउन नसक्दा आजको समस्या भोग्नु परेको हो । ज्यादै ठूलो उपलब्धि हो ।
नेपालको संविधानले समाजवादको परिकल्पना गरेको छ । दुईवटा पार्टी मिलेर दुइतिहाई वहुमतको सरकार बन्यो ।
१६ वर्ष देखि ८० वर्षको उमेरकाले पनि काम इच्छुक हुनेले काम गर्नु पाउनु पर्छ । सामुहिक उत्पादन नभएको कहिपनि र्छैन । सारा संसार लागेर उत्पादन गरेको छ तर उत्पादनलाई मुठ्ठीभर मानिसहरुले प्रयोग ग¥यो ।
गौतमले सामुहिक उत्पादन जानु पर्ने बताउँदै समाजवाद निर्माण गर्ने भनेको १६ वर्ष पुगेका प्रत्येक व्यक्तिले काममा सहभागी हुने हो । आफ्नो उत्पादनलाई संसारको बजारमा लाने हो ।
संविधानको ३३ वटा मौलिक अधिकार मध्ये, ५ वटा अधिकार मात्र कार्यन्वयन गर्न सकेको भए देशले अनेकखालको समस्या भोग्नु पर्ने थिएन ।
राष्ट्रिय किसान सञ्जालका संस्थापक अध्यक्षसमेत रहेका गौतमले कृषकहरुको हक, हित र
अधिकार प्राप्त गर्न संविधानमा लिपिवद्ध गरिए पनि त्यसलाई व्यवहारमा लागु गर्न नसक्दा थप संघर्ष गर्नु पर्ने जोडदिएका छन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गौतमले आयोजक किसान सञ्जालले गाउँ–गाउँमा गएर कृषिलाई समयानुकुल प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गरेकोमा धन्यवाद दिदै त्यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।
गौतमले नेपाल कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा प्रष्ट बहुमत ल्याए किसान र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँने प्रतिवद्धता व्यक्त गर्दै “हाम्रो पार्टीले कृषि प्रधान देशको नामलाई वास्तविकतामा परिणत गर्ने छ” भने ।
चित्रबहादुर श्रेष्ठ अध्यक्ष अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) तथा संविधान सभा सदस्य, पूर्व अध्यक्ष राष्ट्रिय किसान आयोग
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले राष्ट्रिय किसान सञ्जाललाई एक ढिक्का बनाउँदै किसानका मुद्दाहरु सशक्तरुपमा उठाउदै अघि बढ्ने धारणा व्यक्त गरे ।
किसानलाई अरु नेताले त्यति रुचाउनु चाहनु हुन्न तर किसानलाई मायाँ गर्ने नेता वामदेव गौतम मात्र हुनुहुन्छ । छरिएर रहेका किसान संगठनलाई एक ठाउँमा ल्याउने काम किसान सञ्जाल मार्फत गर्नु भएको छ । कार्यक्रमको लागि राष्ट्रिय किसान सञ्जालका संयोजक खड्काले कार्यक्रम सफल पार्न रात छर्लङै बनाएको अवस्था छ । म इमान्दारिता, गम्भीरताका साथ भन्नु छ । म राष्ट्रिय किसान सञ्जाललाई सुदृढ र सक्षम बनाउन चाहन्छु । परियोजना ५ वर्षको मात्र हो । सञ्जाल २० वर्ष देखिनै सक्रिय छ । वामदेव गौतमले उत्तराधिकारी बनाउनु भएको छ । सञ्जाललाई अविभावकता दिएको छ । तपाईले इतिहासमा गरेको योगदानको नेपाली किसानहरुले कदर गर्ने छ ।
बलराम बास्कोटा इन्चार्ज अखिल नेपाल किसान महासंघ
अखिल नेपाल किसान महासंघका इन्चार्ज बलराम बास्कोटाले सैद्धान्तिक रुपमा पुँजीवादी देशहरुसँग विचार नमिले पनि किसानका साझा कार्यक्रमहरुमा सबैसँग सहकार्य गर्दै आएको र त्यसलाई निरन्तरता दिनपर्ने बताए ।
सैद्धान्तिक रुपमा पुँजीवादी देशहरुद्वारा सञ्चालित कार्यक्रम भएकाले यो संगठन सहभागी हुनुहुन्न भन्ने थियो ।
रोमको मिटिङ्गमा छलफल हुँदा हामी कतै वायस् भएर मिनस्ट्रिमबाट टाढा हुन्छौं कि भन्ने लाग्यो । मैले यो कार्यक्रम लिनु पर्छ । किनकी यो कार्यक्रम प्रत्येक जनताको करबाट चलेको छ भनेपछि लाभिया क्याम्पासिनामा सहभागी सबैले वलरामले भनेको ठीक हो भनेर समर्थन जनाउनु भयो । मेरो संगठन एन्फा लाभिया क्याम्पासिनाको रुपमा स्थापित भएको छ ।
‘विश्वको मजदुर हरु एक हौं ।’ भने जस्तै किसानको कार्यक्रमका लागि सहयोग नआए पनि अब हामी आफै सक्षम छौं । खाद्य सम्प्रभुत्ता, मौलिक हकसँग राख्नु पर्छ । १७ वटा पार्टीका संगठनहरु एउटै मञ्चमा आएपछि झन् यसको विस्तार हुन्छ नै ।
फेरि म भन्छु किसानलाई नजरअन्दाज नगरियोस् । किसान शक्ति अनिवार्य शक्ति हो । किसानलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सरकार लाग्नु पर्छ ।
बलदेव चौधरी अध्यक्ष अखिल नेपाल किसान महासंघ
अखिल नेपाल किसान महासंघका अध्यक्ष बलदेव चौधरीले देशको प्राकृतिक स्रोत र साधनलाई उचित व्यवस्थापन गर्न सके ३ करोड नेपाली जनतालाई सजिलैसित खाद्यान्न खुवाउन सकिने बताए । हिजो जनतालाई राजनीतिक रुपमा अधिकार सम्पन्न बनायौं । अहिले मुख्य प्रश्न कानूनको हो । संविधानले मौलिक हकको अधिकार दिएको छ ।
धनी झन् धनी, गरिब झन् गरिब हुँदै गएको अवस्था छ । पुँजीवादले मान्छे चिन्दैन । आफन्त, छोराछोरी, कसैलाई चिन्दैन, जेनजी आन्दोलनको माग सुशासन, भ्रष्टाचार अन्त्यको थियो उनीहरुको मागलाई सम्वोधन गर्नु पर्छ ।
भैरव रेग्मी अध्यक्ष अखिल नेपाल किसान महासंघ (अप्फा)
अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरव रेग्मीले नेपालको कृषि उत्पादनलाई बजारीकरण गर्नसके किसान आत्मनिर्भर मात्रै नभई देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए ।
रेग्मीले देशको राजनीतिले किसानको एजेण्डा समेत्न सकेन । उत्पादन बजारीकरणको प्रश्नमा छलफल गरिरहेका छौं । नेपालमा व्यवसायिक उत्पादनहरु साना किसान नभईकन सफल पनि हुन सक्दैन । साना किसानहरु एकजुट भएर अगाडि बढ्नु पने बेला आएको छ ।
मिना तामाङ उपाध्यक्ष अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) प्रतिनिधी सभा सदस्य तथा संयोजक महिला किसान सञ्जाल
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का उपाध्यक्ष मिना तामाङले व्यवसायिक कृषिमा महिलाहरुको महत्वपूर्ण सहभागिता रहेको धारणा व्यक्त गरिन् ।
हिमाल, पहाड, तराईमा किसानहरुले गरेको प्रगतिहरुको चर्चा परिचर्चा हुनुको श्रेय राष्ट्रिय किसान सञ्जालको योगदान छ । सञ्जालले किसानहरुको मुद्दा उठाउन केन्द्रीकृत रुपमा सफल भएका छौं ।
नेपालको कृषिमा सहभागी महिलाहरु एशियास्तरमा मात्र नभई यूरोपमा समेत पहिचान दिन सफल भएका छन् । नेपालको कृषिमा सबैभन्दा अगाडि महिलाहरु नै छन् । किसान महिलाले गरेको उत्पादन महिला सञ्जाल मार्फत अगाडि बढाउने छौं । समग्रमा किसान
मध्ये पनि महिला किसानलाई विशेषाकृत गर्नु पर्छ । हामीले दातृनिकायको सहयोगमा मात्र नभई हामी आफै पनि सक्षम हुनु पर्छ ।
शर्मिला पौडेल सचिव अखिल नेपाल किसान महासंघ सह–संयोजक राष्ट्रिय किसान सञ्जाल
अखिल नेपाल किसान महासंघका सचिव तथा सञ्जालका सह–संयोजक शर्मिला पौडेलले सञ्जालको कार्यक्रमले किसानहरुलाई सशक्त मात्र बनाएको छैन । अधिकार प्रति सजगता बनाएको छ । अझ महिला किसानहरुलाई सशक्त बनाएको छ । सञ्जालले गरेका कार्यक्रमहरुले उत्पादन लागत घटाउन समावेशी कृषि प्रणालीमा निरन्तर लाग्नु पर्छ । एशिया प्रशान्त कार्यक्रमले साना किसानहरुको मुद्दलाई अगाडि बढाएको छ । किसान आन्दोलनको नेताको उपस्थितिले किसान आन्दोलनलाई अगाडि बढाउने प्रेरणा मिलेको छ ।
कमल गैरे वरिष्ठ कार्यक्रम अधिकृत अन्तर्राष्ट्रिय कृषि विकास कोष
अन्तर्राष्ट्रिय कृषि विकास कोषका नेपाल प्रतिनिधी कमल गैरेले नेपाली किसानहरुले संविधान प्रद्धत अधिकारलाई कार्यान्वयन गर्न सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताए ।
गैरेले परियोजनामार्फत किसान संगठनहरुको क्षमता अभिवृद्धि गर्ने थियो । अहिले समग्रमा कृषि व्यवसाय फाइदाजनक छैन । किसानहरु संगठित भयो भने उद्देश्य पूरा गर्न सक्छ । परियोजना सकिए पनि सोच सकिएको छैन । कार्यक्रमका अनुभवहरु साटासाट गर्न पाएको छ ।
प्रेम थापा अध्यक्ष पर्माकल्चर समूह
पर्माकल्चर समूहका अध्यक्ष प्रेम थापाले किसानका कार्यक्रमहरु सोचेजसरी अगाडि बढाउन नसक्दा किसानहरु पछाडि परेको बताए ।
पर्माकल्चर समूह पर्यावरणीयमा कृषिमा जोड दिन्छ । परियोजना सञ्जालन गर्ने क्रममा इतिहासले उपलब्धिलाई नयाँ चरणमा लैजाने र सिर्जनशिलतामा लाने बेला हामीमा कमी कमजोरी हुन्छ । परियोजना आओस् वा नओस् विभिन्न संघ–संगठन अगाडि बढीरहेको छ ।
थापाले किसानका कार्यक्रमहरु समाजवादलाई सहयोग पुग्ने खालको आउनु पर्छ । हामीले तराईमा सूर्यमूखी, गाजर, धानको खेती गरेर व्यवसायिक योजनामा लागिरहेका छौं । आगामी दिनमा नयाँ चरणमा जाँदा कसरी सहभागी र सहयोग गर्न सकिन्छ सँगै जाने प्रतिवद्धता व्यक्त गर्दछौं ।
कलम सापकोटा अध्यक्ष साना किसान सहकारी संघ लि.ललितपुर बज्रजराही
साना किसान सहकारी संघ ललितपुर जिल्ला अध्यक्ष कलम सापकोटाले आफ्नो सहकारी मार्फत गरिने उत्पादनहरुमा विचौलियाको अन्त भएको भएको बताए ।
साना किसानहरु विचौलियाहरुको अन्त गर्न सफल भयौं । काम गर्दै जाँदा उन्नत अकवरे खुर्सानीको बीउहरु उत्पादन ग¥यौं । नेपालमा पनि अकवरे खुर्सानीको खेती उत्पादन हुन्छ भनेर बीउ मार्फत सम्भावनाको ढोकाहरु खोल्यौं ।
उक्त बिउहरु रजिष्ट्रेशन गर्न सक्दैनौं । तर बिउ दर्ता गर्न सफल भएका छौं । यसको सफलताको श्रेय किसान सञ्जालको कारण भएको छ । उत्पादन र बजारीकरणमा जोडदिन सक्यौं भने हामी सफल हुने छ ।
सोम आचार्य युवा किसान केन्द्रीय चिया सहकारी संघ लि
केन्द्रीय चिया सहकारी संघका केन्द्रीय सदस्य सोम आचार्यले सञ्जालले गरेका कार्यक्रम अन्तर्राष्ट्रियरुपमा पनि परिचित हुँदै गएको बताए । केन्द्रीय चिया सहकारी संघ नेहाको संस्थागत सदस्य हो । सञ्जालको कार्यक्रमले किसानहरुको एकतामा बल पुगेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यसको पहिचान बन्दा साझा मुद्दाहरुलाई छलफलको माध्यमबाट सुझाउन सक्ने वातावरण बनेको छ । यसरीनै भविष्यमा पनि कार्यक्रमहरुमार्फत किसानको सशक्तिकरणमा जोडदिनु जरुरी छ ।
निर्दोष तिमिल्सिना संयोजक राष्ट्रिय युवा किसान
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का सह–सचिव, युवा किसान सञ्जालका संयोजक निर्दोष तिमिल्सिनाले नेपाली कृषिलाई सार्थकरुपमा अगाडि बढाउन सके खाद्यन्नमा परनिर्भर हुन नपर्ने बताए ।
राष्ट्रिय किसान सञ्जालमार्फत ५ वर्षको अवधिमा धेरै महत्वपूर्ण कार्यक्रमहरु गरेको छ । कार्यक्रमहरुले किसान सशक्तिकरणमा सहयोग पुगेको छ । कृषिलाई व्यवस्थित गरेन भने देश धरासायी बन्न सक्छ । सञ्जालले जलवायू न्यायको पक्षमा धेरै पटक पैरवी गरेको छ । युवा किसानलाई कृषिमा जोड्न सकेन भने कृषि धरासायी बन्न सक्छ । त्यसकारण पनि सञ्जालमार्फत युवा किसानहरुलाई अगाडि बढाउन जरुरी छ ।
ल्यामबहादुर दर्जी अध्यक्ष राष्ट्रिय भूमि अधिकार मञ्च
राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीले किसानले पृथ्वीमा उत्पतीभएको जीवजन्तुलाई समेत पालेको बताए । जो जसले जे भने पनि इन्जिनियर, डाक्टर, वकिल सबै किसानबाटै आएका छौं । सबैभन्दा बढी जलवायूको मारमा किसान नै परेका छन् । हाम्रो उद्देश्य भनेको आत्मनिर्भर किसान बनाउने हो । राष्ट्रिय किसान सञ्जालले वकालत र पैरवी गर्दै सडकसम्म पु¥याउन सफल भएको छ । सञ्जाललाई ग्रामीण तहसम्म पु¥याउनु पर्छ ।
२३ औं पटक विभिन्न आयोगहरु बनिसक्यो तर पनि भूमिहिन तथा अव्यवस्थित बसोवासीहरुका लागि आफ्नो निधारमा लगाउने माटो छैन । चुनावको बेलामा भोटको लागि छ्याप–छ्याप्ती लालपुर्जा बाँड्छ । दलित भूमिहिनहरुको पक्षमा कामहुन सकेको छैन ।
नेपालमा पारिवारिक किसानले देशको कृषिमा ठूलो योगदान गरेको छ ।
महानन्द सापकोटा महासचिव राष्ट्रिय कृषक समूह महासंघ
राष्ट्रिय कृषक समूह महासंघका महासचिव महानन्द सापकोटाले कृषि गर्ने जमीनहरु प्रशस्त मात्रामा बाँझो हुँदै गएको बताए । कृषिको कूल ग्राहस्थ उत्पादन २३ प्रतिशतमा सीमित भएको छ ।
ग्रामीण समुदायहरुको क्षमता अभिवृद्धिमा बढ्दोत्तरी गर्न सके उनीहरुको आयआर्जनका साथै जीवनस्तरमा सुधार गर्न सक्थ्यो । जलवायू परिवर्तनको कारण उत्पादनमा असर पुगेको छ ।
कृषिमा दिइने अनुदान पाउन किसान परिचय पत्रको जरुरी छ । परिचय पत्रको आधारमा अनुदान दिनसके राहतको महुशुश गर्न सक्छ । नेपालको कृषि उत्पादनलाई विविधिकरण गरि बजारसम्म पु¥याउन सके किसानहरुलाई थप सहयोग पुग्ने विश्वास लिएको छु ।
साना किसानको उत्पादनलाई बजारीकरणका लागि जोड दिनुपर्छ । कृषि क्षेत्रको उन्नतिको लागि कृषि नीति, कृषि योजना, उद्देश्य स्पष्ट हुनु पर्छ ।
यी कुराहरुमा ध्यान दिन सक्यौं भने अनेक खालको समस्याबाट मुक्त हुन सहयोग पुग्न सक्छ ।
जमीनको वर्गीकरणको नाममा पाखो र वगरलाई कृषियोग्य जमीनको रुपमा छुट्याएको छ । हिजो कृषि विकास कार्यालयहरु थियो । आज कृषि विकास कार्यालय र विज्ञहरु खोज्दा पाइदैन । सरकारसँग कृषियोग्य जमीन कति छन् भनेर यकीन तथ्याङ्कहरु छैंन ।
उज्ज्वल सापकोटा युवा किसान
युवा किसान उज्ज्वल सापकोटाले फिलिपिन्स्को एग्रिलम्पिकमा सम्पन्न युवा किसानहरुको सम्मेलनले कृषिमा युवाहरुको सहभागीता बढाउनु पर्ने कुरामा जोड दिएको बताए । नेपालबाट ६ जना र विभिन्न देशका युवा किसानहरु गरि १३० जनाको सहभागीता रहेका थिए । उक्त एग्रिलम्पिकको मुख्य उद्देश्य युवा किसानहरुलाई कृषिमा कसरी सहभागी गराउने भन्ने थियो । अर्को उद्देश्य अनुभव साटासाट गर्ने, सैद्धान्तिक उद्देश्य थियो । जसमा जलवायू परिवर्तन, अर्गानिक कृषि, पर्यावरणीय कृषि, बजार व्यवस्थापन, आदिवासी समुदायबाट उत्पादित कृषि वस्तुहरु प्रदर्शनीमा राखिएका थिए । एग्रिलम्पिक्स् खेल मार्फत अनुभवहरु हासिल गर्ने अवसर प्राप्त गरेका थिए । उक्त कार्यक्रम सिकाइको महत्वपूर्ण क्षण बनेको थियो ।
उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम, (नाइट सेलिव्रेटी) र जलवायू अनुकूलन, कृषिमा परेको असर सम्बन्धी भिडियो प्रर्दशनी, फिलिपिन्स्, इण्डोनेशियामा बाढीको कारण खेतबारी डुवान परेको र त्यसको प्रत्यक्ष असर किसानहरुलाई नै पारेको अनुभवहरु हासिल गरेका छौं ।
गोविन्द शर्मा सचिव कृषि, पशुपन्छि विकास मन्त्रालय
कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव गोविन्द शर्माले सञ्जालको कार्यक्रमले किसानलाई जागरुक र सरकारलाई समेत प्रेरित गरेको बताए ।
सचिव शर्माले म व्यक्तिगत र मन्त्रालयको तर्फबाट हार्दिक बधाईदिन्छु । अन्तर्राष्ट्रिय स्तरमा ६ वर्षे कार्यक्रम सम्पन्न गरेको छ ।
शर्माले विगतमा गरेको कार्यक्रमहरुको समीक्षा गर्नु पर्छ । मेरो केही अब्जरभेशनहरु छन् । सञ्जाल मार्फत बजार, युवा, महिला, किसानहरुलाई फड्को मार्ने काम गरेको छ । मेरो पनि कार्यक्रम प्रति समर्थन रहेको छ । यसै सन्दर्भमा क्यारेवियन मुलुकहरुसम्म जोड्ने कार्यक्रम हुन्छ भन्ने विश्वास गरेको छु ।
साना किसानहरु भएको मुलुकमा कार्यक्रमलाई जोडदिनु पर्छ । हाम्रो जस्तो साना किसानहरुले कसरी काम गरिरहेका छन् भन्ने ग्लोवल कन्टेक्सको मिटिङ्गमा साझा मुद्दा उठाउनु पर्छ । हजुरहरुको आवाज फरक हुन्छ । अन्तर्राष्ट्रिय संस्था, सरकारसँग समन्वय गर्न अलिकति जोडदिनु होला । हामी पनि सँगै जाने छौं ।
कोप ३० औं श्रृँखलामा आदिवासी जनजातिका एजेण्डाहरु पारित भएका छन् । सबै नेतृत्व वर्ग किसानहरु जोडिदै आएको छ । मलाई थाहा छ, एशिया प्यासिफिक र क्यारिवियन लिडरहरुले नै किसानका मुद्दाहरु स्थापित गर्दै आएका छन् ।
मिन हमाल यूरोपियन यूनियन वरिष्ठ कार्यक्रम अधिकृत
यूरोपियन यूनियनका वरिष्ठ कार्यक्रम अधिकृत मिन हमालले सञ्जालको ५ वर्षे परियोजना सम्पन्न हुनु सफलताको सूचकको रुपमा लिनुपर्ने बताए ।
यसरी संगठित भएर गरिने कार्यक्रमले किसानहरुको अधिकार प्रति सहयोग पुग्ने विश्वास छ । नेपालको कृषिलाई आफूले नजिकबाट निहालिरहेको बताए ।
रुद्रबहादुर श्रेष्ठ, प्रबन्धक राष्ट्रिय कृषि सहकारी संघ
राष्ट्रिय कृषि सहकारी संघका प्रबन्धक रुद्रबहादुर श्रेष्ठले किसानलाई मुल्य श्रँृखलामा आवद्ध हुन अनुरोध गरेका छन् ।
श्रेष्ठले सञ्जाल मार्फत सम्पन्न परियोजनाबाट प्राप्त गरेका अनुभवहरु भविष्यमा किसानहरु माझ पु¥याउन बाटो खुलेको बताए । यसले किसान, सरकार, सहयोगी निकायहरुको सहयोग निरन्तरता पाउने पनि आशा गरेको छु ।
साथै श्रेष्ठले कृषि उत्पादनलाई बजारीकरणमा देखिएका चुनौंतीहरु साझा रुपमा समाधान गर्न सहयोग पुग्ने पनि बताउनु भयो । राष्ट्रिय किसान सञ्जालद्वारा सञ्चालित नेहाको परियोजना कार्यक्रम समग्रमा सफल भएको छ ।
श्रेष्ठले १६ वटा कार्यक्रम भित्र पर्नेगरि राष्ट्रिय कृषि सहकारी संघको व्यवसायिक परियोजनाले अचार, दुग्ध, धान, चिया, गहुँ लगायत कृषि वस्तुलाई शहरी जनजीवनमा पु¥याई ग्रामीण जनताको आयआर्जनमा सहयोग पु¥याईरहेको बताउनु भयो ।
नहेन्द्र खड्का, राष्ट्रिय किसान सञ्जाल संयोजक
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्काले सन् २०२१ देखि सञ्जालमार्फत सञ्चालित एसिया प्रसान्त किसान कार्यक्रम र एसियाका लागि किसान संगठनहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय किसान सञ्जालका संयोजक समेत रहेका खड्काले सञ्जाललाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
खड्काले म जेनेटिक इन्जिनियरिङ्गका विद्यार्थी, मेरो राजनीतिक धरातल निर्माण आफ्नै छ । बामदेव गौतमसँगै रहेर काम गरेको थिएँ । क्रान्तिकारीको हिसाबले कामगर्ने श्रेय वामदेव गौतमबाटै प्राप्त भएको हो । म अन्तर्राष्ट्रिय किसानको संगठन लाभिया क्याम्पासिना एशिया प्रशान्त समेत हेर्ने नेता नै थिए ।
एशिया प्रशान्त कार्यक्रम अत्यन्तै सफल रह्यो । सच्याउनु पर्ने होला । एकता मूल कुरा हो । राष्ट्रिय किसान सञ्जालको अन्तर्राराष्ट्रिय सम्बन्ध बढेको छ । किसानको लागि संघर्ष गर्ने हो । किसान आन्दोलनको मेरो गुरु चित्रबहादुर श्रेष्ठ र वामदेव गौतम नै हो ।
साथै खड्काले आफ्नो ५ वर्षे परियोजना कसरी र कहिले कार्यक्रम सम्पन्न भए भन्ने विषयमा समेत प्रस्तुत कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्रमा एनपीसीपी–२, सम्पन्न गरिसकेको कार्यक्रम अन्तर्गत नागरिक समाज, किसान संगठन, कृषि उद्यमी, उत्पादक, सहकारी, संघ संस्थाहरुलाई गोवन्द गर्ने काम गरेको । २० वटा किसान संगठनहरुसँग मिलेर साझा अवधारणा तयार गर्ने काम गरेको । खाद्य सम्प्रभुत्ता ऐन, नियमावाली, भूमि ऐन, नियमावाली ल्याउन सन्दर्भमा सरकारलाई सहयोग नै पु¥याएको । कृषि विदेशी लगानी, भूमि बैंक मार्फत जमीन खोस्ने विरुद्धमा कार्यक्रम गरेको ं । एशिया फार्मस फोरम मार्फत हस्तक्षेप गर्ने काम गरेको । सरकारमा रहेर पनि एनपीसीपी–३, परियोजना अन्तर्राष्ट्रिय कृषि विकास कोषको आर्थिक सहयोगमा कार्यक्रम गरेको ।
फण्ड थोरै थियो । प्रशासनिक खर्च ज्यादै बढी हुने, किसानसम्म पु¥याउन नसकिने, कार्यक्रम थोरै हुने । सन् २०२२ देखि ३ वर्षसम्म यूरोपिएन यूनियनले निर्शत रुपमा कार्यक्रमको लागि सहयोग गरेको ।
एशियाका लागि किसान सुदृढिकरण कार्यक्रम गरेको । परियोजना मातहतमा रहेर नेहाको कार्यक्रम २०२५ फरवरीमा समापन गर्नु पर्ने थियो । एनपीसीपी एफ १–२, वामदेव गौतमकै संयोजकत्वमा रहेर काम गरेको थियो । पछिल्लो चरणमा सचिव फेरिए जस्तै आइफाडमा पनि प्रमुखहरु फेरियो ।
पछि कम्पोनेन्ट–१, आर्थिक व्यवस्थापन हेर्ने, सन् २०२२ देखि कार्यक्रमका लागि बजेट महासंघ र राष्ट्रिय कार्यन्वयन समिति र किसान महासंघ दुबैलाई अलग–अलग वजेट ल्याउने सहमति भयो ।
कार्यक्रमको प्रारम्भिक फेजमा सन् २०१९ लाई स्कोप पहिचान गर्ने, सन् २०२० लाई फिल्ड अनुसन्धान गर्ने, कार्यक्रम कार्यन्वयन भएको पहिलो वर्षमा किसान संगठनहरुको म्यापिङ्ग गर्ने । सन् २०२३ मा केन्द्रीय सहकारी संघ र राष्ट्रिय किसान आयोगले एडिएस कार्यन्वयन सन्दर्भमा एफएओ र आइफाडसँग कार्यक्रमको सहकार्य गरियो । कोभिडको समयमा कृषकहरुलाई सहुलियत कृषि ऋणको आवश्यकता थियो । सम्बन्धित निकाय सँग छलफल र अन्तरक्रिया गरेको ।
सोही वर्षमै सहकारी व्यवस्थापन, क्षमता अभिवृद्धि तालिम, यूएन ड्रप सम्बन्धी कार्यक्रमहरु गरेको । सिन्धुली जिल्लाको मरिनमा कृषकहरुको सफलताको कथा सम्बन्धी भिडियो क्लिपहरु निर्माण गरेको ।
त्यही वर्ष खाद्य नियमावाली र जिएमओको विरुद्ध कार्यक्रम गरेको ।
सन् २०२३ मा नीति अनुसन्धान प्रतिष्ठानसँग मिलेर परामर्श र महिला किसानहरुले उत्पादन गरेको कृषि वस्तुलाई मूल्य श्रृँखलामा आधारित छलफल कार्यक्रम गरेको । कृषिमा युवा किसानहरुको सहभागीता, उखुको न्यूनतम् समर्थन मूल्य प्राप्त गर्न उखु किसान समितिले गरेको आमरण अनसनमा ऐक्यवद्धता जनाएको, मेलम्ची, हेलम्बु, पाँच पोखरीमा लगायत स्थानहरुमा स्थलगत अध्ययन गरेको, भूमि खण्डिकरण गर्दा कस्तो असर पर्छ भन्ने विषयमा कार्यक्रम गरेको । इलाममै पुगेर केन्द्रीय चिया सहकारी संघसँग कार्यक्रम गरेको थियो ।
लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भूमि अधिकार सरक्षण र पर्यावरणीय कृषिको सम्भावना माथि छललफल गरेको । वरिष्ठ विज्ञहरु, स्थानीय जनप्रतिनिधीहरु, कृषिका कर्मचारी र नागरिक समाजसँग मिलेर अन्तरक्रिया कार्यक्रम गरेको ।
सोही वर्षमै नौमुलेमा उच्च मूल्य श्रँृखलाका कृषि वस्तु प्रदर्शनीमा कार्यक्रम गरेको र उक्त कार्यक्रममा आदिवासी रैथाने खेती प्रविधि सम्भावनाका विषयमाथि छलफल र प्रर्दशनी गरि महोत्सवको रुपमा कार्यक्रमलाई मनाएको थियो ।
कोप २९मा संयुक्त राष्ट्र संघीय किसान अधिकार घोषणापत्र कार्यन्वयन, महिला किसान सञ्जाल गठन, सिन्धुपाल्चोक जिल्लाको साँगाचोक भान्ज्याङ्मा जनप्रतिनिधि सहित वृद छलफल कार्यक्रम । सिन्धुपाल्चोक सुकुटेमै सामुदायिक बीउ बैंकलाई अन्तर्राष्ट्रिय कृषि विकास कोषको आर्थिक सहयोगमा बीउ सुकाउने ड्रायर मेशिन हस्तान्तरण, राष्ट्रिय भूमि आयोग र राष्ट्रिय किसान सञ्जाल बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको ।
ब्राजिलमा हुन गइरहेको कोप–३०मा यूएनफुड कन्सल्टेशन कार्यक्रम नेपालमा स्टेरिङ कमिटि बाट कार्यक्रम गरेको । कृषि, भूमि, जलवायू, वन, सम्बन्धी कार्यक्रमका विषयमा हरेक वर्ष यूएन एजेन्सीसँग छलफल र समन्वय गरेको छ ।
उक्त कार्यक्रमा एफएओ, आइफाड कन्ट्री डाइरेक्टरहरु उपस्थिति रहेको, । एग्रीफुड सम्बन्धी मार्चपास र प्रदर्शन गरेको ।
कृषिमा रुपान्तरण गर्न किसानको आयआर्जन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको विषयमा छलफल । किसानहरुको सहभागीता मात्र नभई युवाहरुको रणनीति र २०२४ मै युथ एग्रिलम्पिक कार्यक्रम गरेको । सोही वर्षमै राष्ट्रिय सञ्जालबाट ६ जना युवाहरुलाई फिलिपिन्समा पठाई नेपालको सहभागीता जनाएको । सन् २०२४ मै पारिवारिक खेती दशक यूएनफुड ट्रान्स्फरमेशन कार्यक्रम गरेको ।
सन् २०२५ मा जेन्जी आन्दोलन हुनु नै अगाडि नै युथ फोरम गठन गरेको । मिना तामाङको संयोजकतत्वमा २१ सदस्यीय नेशनल वोमेन फोरम गठन गरेको । डेरी र दुग्ध किसानहरु बीच राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक सहभागी रहेको अन्तरक्रियात्मक कार्यक्रम गरेको । भूमि अधिकार, कृषि ऐन र कृषि बजार नीति आउन लागेको सन्दर्भमा संशोधनमा हाल्ने गरि कार्यक्रम गरेको थियो ।
देश संघीयतामा गएपछि कृषि क्षेत्रमा त्यसबाट गरेको फाइदा र असरका विषयमा छलफल अन्तरक्रिया, खाद्य सम्प्रभुत्ताको नियमहरु थप्ने गरि कार्यक्रम सम्पन्न । एग्रिइकोलोजी कार्यक्रम सम्पन्न गरेको र त्यस कार्यक्रममा यूएन एजेन्सीहरुको समेत सहभागीता रहेको थियो ।
राजनीति तहमा प्रतिनिधित्व गराउन गरि प्रदेशस्तरमा किसानलाई कोटा चाहिन्छ भनेर सुझावहरु पठाएको । अन्तर्राष्ट्रिय कृषि विकास कोष, यूरोपिएन यूनियन, एफओ लगायत यूएन एजेन्सीहरुले संगठन सुदृढिकरणका लागि एनएफसीपी परियोजना मार्फत आर्थिक सहयोग गरेको । खड्काले कम्पोनेन्ट–२, पनि राष्ट्रिय किसान परियोजना कार्यन्वयन गर्न सञ्जाल सफल भएको । भिजीविलीटीमा सफल भएको । किसानका मुद्दा उठाउने सवालहरुमा सफल भएको । यस परियोजना मार्फत किसानको कार्यक्रमहरु ऐतिहासिक रुपमा सफलता प्राप्त भएको छ ।
चुनौंतीहरु ः
राष्ट्रिय किसान सञ्जाललाई फुटाउन प्रयास गरिरहेका छन् । फुटाउने प्रयास गरेपनि हामीले कहिल्यै विरोध गरेनन् । कार्यक्रममा बोल्दा समेत मैले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को महासचिव समेत भन्ने गरेको छैन । यूएन एजेन्सीका प्रतिनिधिहरु डिसेम्वर क्लोजिङ्गको कारण आउन सक्नु भएन । जसले यो सञ्जाल फुटाउन खोजिरहेको छ भने पनि त्यसको अर्थ छैन । हामीले यूएन एजेन्सीहरुलाई कहिल्यै पनि विरोध गरेको छैन ।
नेभेम्बर अन्तसम्म परियोजनाको रिपोर्ट बुझाउनु पर्ने थियो । जेन्जी आन्दोलन देशको राजनीतिक उतारचढावका कारण ढिलो भयो । हामी एशियाली किसान परियोजनाको कार्यन्वयन गर्न सफल भएका छौं । समाजवादी किसानको पक्षमा हामी निरन्तर रहने छौं । राजनीतिक ध्रुवीकरण सहित फुट्न छैनौं । फुट्न दिने छैनौं ।
हामी ४० जिल्ला सहजीकरण गर्दे नागरिक संगठनको रुपमा स्थापित भएको छ । नगरपालिका, स्थानीय तहमा सहभागी हुने अवस्था बनाएको छ । १० लाख ५८ हजार किसानहरुको तथ्याङ्क डाटा इन्ट्रीबाट गरिसकेको छ ।
सरकारी निकायले कृषिको बजेट जहाँ पनि प्रयोग गर्ने स्थिति थियो । अहिले त्यस्तो छैन ।
परियोजना–१,
१. आर्थिक सहयोग
२. ऐन कानुन बनाउन सहजीकरण गर्ने ।
३. किसान संघ संगठनहरुको प्रोफाइल बनाउने
४ सञ्जालको आफ्नै फेस बुक पेज बनाएका छन् ।
किसान संगठनको प्रतिनिधित्व ४५३ वटै स्थानीय निकायमा भएको छ । भूमिको सहजीकरण देशैभर प्रतिनिधित्व छ ।
काजल वज्रचार्य परियोजना संयोजक
राष्ट्रिय कृषि सहकारी संघकी कार्यक्रम संयोजक तथा कृषि सञ्जाल राष्ट्रिय कार्यन्वयन समितिका (नेहा)का परियोजना संयोजक काजल बज्राचार्यले परियोजनाको उपलब्धि चुनौंती र अवसरका विषयमा विषयवस्तु प्रस्तुत गरेकी थिइन् ।
प्रस्तुत विषयहरुमा २९ प्रकारका कृषि उत्पादनहरु बजारसम्म पु¥याउन काम गरेको । निजी, सहकारी, पव्लिक पार्टनरशिप कार्यक्रमको अवधारणा अनुसार कार्यक्रम गरेको । किसानको आर्थिक उन्नतिको लागि मूल्य श्रृँखलामा जोडदिएको ।
राष्ट्रिय कृषि सहकारी संघ अन्तर्गत १५ लाख किसानहरु आवद्ध रहेकोमा १२ लाख महिला किसान सहभागी भएको । सही सदुपयोगबाट सानो पुँजीबाट पनि माथि उठ्न सकेको अवसर रहेको । असल कृषि अभ्यास कार्यक्रम अघि बढेको, ८८९ जना किसानलाई क्षमता अभिवृद्धि कार्यक्रम गरेकोमा, जसमा ७७१ जना महिला किसानहरु सहभागीता रहेको । किसानहरुलाई व्यवसायिक योजना बनाउने सहयोग गरेको । १६ वटा व्यवसायिक परियोजना मार्फत व्यवसाय प्रवद्र्धन गरेको छ ।
चिया, तोरीको तेल, अचार, ग्रीन टी, उद्योगहरुको स्थापना गर्न १ करोड ६० लाख पुँजी परिचालन गरेको ।
पहिलो र दोस्रो फेजको कार्यक्रम अन्तर्गत किसानहरुले विना धितो ऋण पाउन सफल भएको । आदि विषयमा प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रम सञ्चालन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का सचिव शिवहरी खनालले गरेका थिए । स्वागत मन्तव्य राष्ट्रिय किसान सञ्जालका सह–संयोजक शर्मिला पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्