२०८२ माघ ३

विभिन्न कार्यक्रम गरि मनाए विश्व माटो दिवस २०२५

धनबहादुर मगर
काठमाडौं मंसीर १९, डिसेम्वर ५, ‘‘स्वस्थ माटो, स्वस्थ गाउँघर’’ भन्ने मूल नाराकासाथ कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क) संयुक्त राष्ट्र संघ कृषि संगठन, नेपाली माटो विज्ञान समाज र आइडिई नेपालको संयुक्त आयोजनामा विश्व माटो दिवस २०२५ विभिन्न कार्यक्रम गरि मनाएको छ ।
माटो दिवस कार्यक्रमका प्रमुख अतिथि कृषि, पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री मदन परियारको प्रमुख आतिथ्यमा मनाएको हो ।
उक्त अवसरमा विश्व माटो दिवस कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मदन परियारले माटोको महत्व बढ्दै गएको बताउनु भयो । उक्त अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै माटो नै जीवनको आधार भएकोले माटोको मायाँ गर्नु पर्ने बताए ।
उक्त माटो दिवसको अवसरमा विभिन्न मल बनाउन कम्पनी, माटो विज्ञ, र कृषिसँग सरोकार राख्नेहरुको उल्लेख्य सहभागी रहेका थिए । उक्त कार्यक्रममा माटोको महिमा बढ्दै गएको बताएका छन् ।
माटो सम्बन्धी प्यानल छलफल समेत भएका थिए । कार्यक्रममा इन्टिग्रेटेड, एप्रोजमा जान पर्छ । माटोलाई सेग्रेगेशन गर्नु पर्छ । कम्पोष्ट मल बनाउन पीवीसी मोडल उपयुक्त हुनसक्छ । अर्गानिक र नन अर्गािनिक (मेटल) छुट्याउन सक्नु पर्छ । प्राविधिक क्षमता, डिजीटल म्याप, माटो स्वस्थ बनाउनु पर्छ ।
भक्तपुर नगरपालिकाले आफ्नो ठाउँमा जम्मा भएको फोहोरलाई मल बनाउँदै आएको छ । उनीहरुले प्रयोग गरिएको प्रविधि त्यति गाह्रो छैन । मल पनि गन्हाउँदैन । मल एकै चोटी किन्न पर्छ भन्ने छैन । दैनिक २ सय टन फोहोर काठमाडौं, १ सय टन ललितपुरको फोहोरलाई मल बनाउन सके मलको समस्या हुँदैन । मल बनाउन ईएमई झोल व्याक्टिेरिया प्रयोग गरिन्छ । प्रयोग गरेको ४८ घण्टामा भित्र कम्पोष्ट मल बन्छ । ६५ प्रतिशत मोइस्चर हुनु पर्छ । ७२ घण्टा भित्र अर्गानिक फर्टिलाइजर बनाउन सकिन्छ । हामीले यसको मात्र काम गरेका छौं । फर्टिलाइजरको प्रयोगमा वोनमिल तयारी, टप ड्रेसिङ माटो गोडमेल, माटो खोकुलो बनाउन झोल मल प्रयोग गर्ने । टाउन वेष्ट कम्पोट बनाउने हो भने ५० प्रतिशत ल्याण्डफिल्डको समस्या समाधान हुन्छ । रातोमाटो मिसाउदैमा मलको मोइस्चर बचाउने भन्ने होइन होइन । तपाईहरुको कन्ट्रिव्यूसन के हुन सक्छ ?
डिस्पोज गर्ने नसकेको मलले कृषि घट्न सक्छ । ५ देखि ५० प्रतिशत नाइट्रोजन भनेपनि अब्जर्व गर्ने ह्यूमिडिटी कमी भयो भने उत्पादनमा असर पु¥याउँछ ।
४० वर्षको अध्ययनमा टोकोडाई भन्ने झोल मल कृषिको लागि प्रयोग भएको थियो । अहिले भक्तपुरको १ टुक्रो फोहोर पनि बन्चरे डाँडामा जाँदैन । कुहिने र नकिहिने छुट्याउने हो । आर्मी ब्यारेकको समेत प्रयोगमा ल्याएको छ । न्युट्रिन्ट बचाईराख्न रातोमाटो चाहिन्छ भन्ने छैन । युरिया छर्दा उडेर जान्छ ।
टाउन म्यानरमा ८५ प्रतिशत पानी हुन्छ । फुड वेष्ट म्यानर मिनरल हुन्छ । कच्चा पदार्थ हामीले बनाउने होइन, भक्तपुर नगरपालिकाले हो । आजको दिनमा पनि प्रतिकेजी १० रुपैयाँमा बिक्री गरिन्छ । काठमाडौं उपत्यकाबाट फोहोरबाट २० लाख केजी मल बनाउन सक्ने क्षमता राख्छ ।
अन्तर्राष्ट्रिय रुपमा २ प्रतिशत मोइस्चर हुनु हुँदैन भन्ने छ । ६÷७ प्रतिशत मोइस्चर ठिकै होला तर नेपाल सरकारले मलको प्रकार हेरेर २५ प्रतिशत राखेको छ ।
फोहोरलाई मोहर बनाउने के गर्नु पर्छ । केही रिजर्भेशन पनि छ । यसमा प्राविधिक कच्चा पदार्थमा निश्चित सुक्ष्म पदार्थहरु हुन्छन् । सरकारले तोकेको मापदण्डभित्र गर्न पनि पाइयो तर स्तरियता हुनुप¥यो ।
औषधी बनाउने फ्याक्ट्री हो । मल बनाउने पनि फ्याक्ट्री हो । त्यसमा आर्थिक जोडिएको हुन्छ । मल बनाउने होभने स्तरियता हुनै पर्छ ।
माइक्रो न्यूट्रियन्ट कुरा गर्दा झुक्याउने चलन पनि छ । कुनै जमानामा नेपाल देशमै किसान मल भन्ने आयो । एकजना व्यक्तिको छाला जुत्ता कारखाना थियो । त्यो छाला जुत्ताको त्यो फोहोर उसले लगेर मल बनाउने रहेछ । उनले बनाएको मलमा प्रतिशत नाइट्रोजन छ भनेर भन्यो । हामी पढेको ७ प्रतिशत पनि मोइस्चर हुनु हुँदैन । १.५ प्रतिशत गर्न सक्नु भयो भने मिराकल मल हुन्छ ।
नाइट्रोजनको यो हालत छ भने फोस्फरस र युरियाको झन् के होला !
कृषि विकास कम्पनीले आयत गरेको रासायनिक मल किने वापत त्यो मल पनि प्रयोग गर्नु भनेर दिएको थियो । उक्त मल प्रयोग गर्दा हातभरि खतिरा आयो र रासायनिक मल त लिने, अर्गानिक मल लिने कि नलिने भन्ने रह्यो । म्यानुरबाट मल बनाउने पनि त्यति सजिलो होइन । किसानलाई ठगी गर्न लागि रहेको जस्तो हुन्छ ।
अर्गानिक म्यानरमा ६ प्रतिशत नाइट्रोजन हुन्छ ।
अर्गानिक म्यानर प्रयोग गरेर देशको कृषि बढाउन सक्छ । मललाई स्ट्याण्डर्ड बनाउनै पर्छ ।
प्रत्येक प्लान्टमा नाइट्रोजन कति हुन्छ भनेर हामीलाई थाहा छ । सर्वसाधारणलाई भन्यो भने पत्याउँदछ । तर हामीले पत्याउँदैनौं । जस्ता माटो सम्बन्धी महत्वपूर्ण विषय वस्तुहरु छलफलमा उठाएका थिए । कार्यक्रममा डा.शान्ता कार्कीले ‘स्वस्थ माटो, स्वस्थ गाउँशहर’ सैद्धान्तिक कार्यपत्र, प्रस्तुत गरेका थिए ।
खेर गएको फोहोर सम्बन्धी पेनालिष्टहरु इन्जिनियर ललितपुर महानगरपालिकाका प्रदिप अमात्य, आइडिइ नेपालका ललित शाह, रिकिश कम्पोष्ट प्रा.लिका किरण गिरी, उदय गार्डेन सेन्टरका सुशील खड्का लगायत थिए ।
माटो दिवसको आवश्यकता र औचित्य, हिजो र आज भोली अवस्थामा माटोको संरक्षण त्यस माटोको महत्व माथि सबैले योगदान पु¥याउनु पर्ने विचार व्यक्त गर्दै कार्यक्रमको अध्यक्षता कृषि अनुसन्धान परिषद माटो विज्ञान केन्द्रका प्रमुख श्रीप्रसाद विष्टले गर्नु भएको थियो ।
पोखरा स्थित लिर्वड, काठमडौंमा खाद्यका लागि कृषि अभियानले पनि माटो दिवस मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain