२०८२ फाल्गुन १९

बाली प्रजनन् र बीउबिजन क्षेत्रको नीति दिशानिर्देश तय गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न

धनबहादुर मगर
काठमाडौं माघ ९, ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा आयोजना गरिएको बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल (पिबाग्सन) को ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा आयोजना गरिएको माघ ६ देखि ८ सम्म सञ्चालनमा रहेको तीनदिने सम्मेलन नयाँ नेतृत्वको साथ विभिन्न प्रस्तावहरु पारित गरि सम्पन्न भएको छ ।
सम्मेलनका प्रमुख अतिथि माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन परियारले सम्मेलनको उद्घाटन र समापन पनि गरेका थिए । नेपाल तराईदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएका विविध कृषि–पर्यावरणीय क्षेत्र र समृद्ध कृषि जैविक विविधताले सम्पन्न देश भएको बताउनुभयो ।
मन्त्री परियारले “हाम्रा मौलिक बाली, स्थानीय जात (ल्यान्ड्रेस), पशुधन, कृषि कीरा, कृषि सूक्ष्मजीव तथा जलीय आनुवंशिक स्रोतहरू खाद्य, पोषण तथा स्वास्थ्य सुरक्षा, जलवायु अनुकूलन तथा भविष्यका प्रजनन कार्यक्रमका लागि अत्यन्तै महत्वपूर्ण छन् ।” यसर्थ जैविक विविधताको संरक्षण र उपयोगलाई सुदृढ र वैज्ञानिक बनाउनु राष्ट्रिय प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए ।
बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल (पिबाग्सन) र नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको हो ।
र नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन् तथा अनुवंश समाज नेपाल (पिबाग्सन)को आयोजनामा पहिलो राष्ट्रिय बाली प्रजनन्, अनुवंश तथा बीउ विज्ञान सम्मेलन सम्पन्न भएको छ । जिन बैंक, लिवर्ड, अक्सफाम लगायतका विभिन्न
सम्मेलनमा बाली प्रजनन्, अनुवंश र बीउबिजन क्षेत्रसँग सम्बन्धित ३२ वटा कार्यपत्र तथा ३६ वटा पोस्टर प्रस्तुत गरिएका थिए । प्रस्तुत कार्यपत्र तथा छलफलमार्फत यस क्षेत्रमा हालसम्म भएका प्रगतिको समीक्षा गर्नुका साथै भविष्यमा राज्यले अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमबारे स्पष्ट दिशानिर्देश तय गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनले पिबाग्सनको नयाँ कार्यसमिति पनि चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा डा. रेशमबाबु अम्गाइँ उपाध्यक्षमा सुशीलराज सुवेदी, सचिव डा. उज्ज्वलकुमारसिंह कुशबाह र कोषाध्यक्षमा डा. पल्लवी कुमारी सिंह चयन भएका छन् । सदस्यहरूमा डा.शान्ता कार्की, डा.नविन भुसाल, डा. बालकुमारी ओलिया, विष्णुप्रसाद कँडेल र कृष्ण ढकाल रहेका छन् ।
सम्मेलनका अवसरमा उदीयमान प्रतिभा पुरस्कार कृषि तथा वन विश्वविद्यालयका विद्यार्थी प्रशंसा पाण्डेलाई प्रदान गरिएको छ । यसैगरि उत्कृष्ट सेवा पहिचान पुरस्कारबाट डा.उज्ज्वलकुमारसिंह कुशबाह र कृष्ण ढकाल सम्मानित भए । उत्कृष्ट विद्यार्थी मौखिक प्रस्तुति पुरस्कार प्रजिता देवकोटा तथा उत्कृष्ट विद्यार्थी पोस्टर प्रस्तुति पुरस्कार आस्था ढकाललाई प्रदान गरेको छ ।
त्यसैगरी, बाली प्रजनन् क्षेत्रका अग्रज भरत अधिकारी तथा ‘नेपाली लोकगीतमा कृषि (जैविक विविधताका प्रतिबिम्ब)’ विषयमा विशिष्ट अनुसन्धान गरेको योगदानको कदरस्वरूप राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डा.कालिकाप्रसाद उपाध्यायलाई विशेष सम्मान प्रदान गरेको छ ।
पिबाग्सनका निवर्तमान अध्यक्ष डा.बालकृष्ण जोशीले सम्मेलन सफल बनाउन सहयोग पु¥याउने सबै व्यक्ति तथा संस्थालाई धन्यवाद दिँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
पिबाग्सन कृषि आनुवंशिकी, कृषि जैविक विविधता संरक्षण, खाद्य तथा पोषण सुरक्षा, बाली प्रजनन, जैविक प्रविधि, कृषि अनुसन्धानमा डाटा साइन्स र बायोस्टाटिस्टिक्स, बीउ विज्ञानमा नवप्रवर्तन लगायतका क्षेत्रमा काम गर्ने कृषि विज्ञहरुको संस्था हो ।
सम्मेलनमा करिब २३० जना सहभागी रहेको थिए । सम्मेलन अवधिभर ८ वटा विषयगत विशेष कार्यपत्र प्रस्तुत गरेका थिए । ४२ वटा अनुसन्धान लेख र २१ वटा पोस्टर प्रस्तुति रहेका थिए । साथै १० वटा कृषि सम्बन्धी प्रदर्शनी स्टल समेत रहेका थिए ।
सम्मेलनमा कृषि अनुसन्धानकर्ता तथा वैज्ञानिक, नीति निर्माता, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थिए ।
सम्मेलनमा कृषिमा आनुवंशिकीको भूमिका, दिगो कृषिका लागि जैविक विविधताको संरक्षण, खाद्य तथा पोषण सुरक्षाका लागि बाली प्रजनन, स्मार्ट कृषिका लागि जैविक प्रविधि, कृषि अनुसन्धानमा डाटा साइन्स र बायोस्टाटिस्टिक्स, बीउ विज्ञानमा नवप्रवर्तन तथा कृषि नीति र बौद्धिक सम्पत्ति अधिकारजस्ता विषयमा गहन छलफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain