खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलद्वारा विभिन्न उद्योग प्रतिष्ठानमा निरीक्षण अनुगमन
काठमाडौं माघ २९, मिति २०८२ माघ ६ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलद्वारा विभिन्न उद्योग प्रतिष्ठानमा निरीक्षण अनुगमन तथा कारबाही गरिएको व्यहोरा सबैको जानकारीका लागि यो प्रेस नोट जारी जानकारी गरिएको छ ।
उक्त क्रममा एन डिज आइसक्रिम एण्ड फास्टफुड इण्डष्टिज प्रा.लि. काठमाडौँ महानगरपालिका–२७
सरसफाइ सामान्य रहेको, बेकरी उत्पादन कक्ष र बिक्री वितरण कक्षमा डस्टबिन नछोपी राखेको, उपभोग्य मिति नभएको बेकरीजन्य खाद्य पदार्थमा सिन्थेटिक खाद्य रंगको प्रयोग गर्ने गरेको,
खाद्य पदार्थलाई लेवल विवरण (उत्पादन मिति र उपभोग्य मिति) विना भण्डारण गरेको, अस्वाभाविक गन्ध भएको बटर ब्रेड सम्बन्धी उजुरी सम्बन्धमा सोही ब्याचको बटर ब्रेड नपाइएको, नियमित सरसफाइ कायम गरी स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र भण्डारण र बिक्री वितरण गर्ने,
उपभोग्य मिति समाप्त भएका, बासी सडे गलेका खाद्य पदार्थ विक्री वितरण नगर्ने, बटर ब्रेड सम्बन्धी उजुरी सम्बन्धमा प्रयोग हुने बटर र ब्रेड बनाउँदा गुणस्तरीय तरिकाले बनाउन, उत्पादन मिति र उपभोग्य मिति सहित भण्डारण र विक्री वितरण गर्ने, देखिएका कैफियत सुधार गर्ने निर्देशन दिएको, परिक्षणका लागि फ्रुट स्लाइस् केकको सर्भिलेन्स नमूना संकलन गरीएको, युनिभर्सल डि बेकरी क्याफे, काठमाडौं महानगरपालिका–१७, सरसफाइको अवस्था सामान्य रहेको, कीरा नियन्त्रणको लागि पर्याप्त व्यवस्था नभएको, उपभोग्य मिति नभएको बेकरीजन्य खाद्य पदार्थ ५ प्याकेट क्रोसन (क्रोसेन्ट) रहेको, सरसफाइमा ध्यान दिई खाद्य स्वच्छता कायम राख्ने, क्याफेले खरिद गर्ने बेकरीजन्य पदार्थमा स्पष्ट रूपमा लेबल विवरण हेरी उत्पादन मिति र उपभोग्य मिति रहेका बेकरीजन्य खाद्य पदार्थ मात्र बिक्री वितरण गर्ने, कीरा नियन्त्रण र कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन निर्देशन दिएको देखिन्छ ।
टिप टप समोसा पसल, का.म.न.पा.–१७, ठहिटी, सरसफाइ सामान्य रहेको, सोकेस नजिकै डस्टबिन नछोपी राखेको, समोसा बनाउने कक्षमा कीरा नियन्त्रणको पर्याप्त व्यवस्था नभएको, खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने, खाद्य पदार्थ (मिठाईजन्य) मा खाद्य एडीक्टिभको मात्रा नेपाल सरकारले तोकेको मापदण्ड अनुरूप मात्र प्रयोग गर्ने, कीरा नियन्त्रणको लागि व्यवस्था मिलाउने, लेवल विवरण लगाएर मात्र मिठाईजन्य खाद्य पदार्थ सोकेसमा भण्डारण गर्ने र डस्टबिन छोपेर राख्न निर्देशन दिएको,
मिति २०८२ माघ ७ गते शितल जल उद्योग, कागेश्वरी मनोहरा–०९, गोठाटार, सरसफाइ सामान्य रहेको, कामदारको व्यक्तिगत सरसफाइ पर्याप्त नभएको, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिम व्यवस्थित गरी राख्नु पर्ने रेकर्ड अभिलेखमा नभएको, सरसफाई गरी स्वच्छ र गुणस्तरिय पानी मात्र बिक्री वितरण गर्ने, प्रशोधित पिउँने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिम रेकर्डमा राख्नु पर्ने अभिलेख राख्ने, पुराना र कुच्चिएका जार प्रयोग नगर्ने निर्देशन दिएको, श्री कृष्ण बेभरेज, गोठाटार–०९, मनोहरा, सरसफाइ सामान्य रहेको, कामदारको व्यक्तिगत सरसफाई अन्तर्गत पञ्जा नलगाई जार भर्ने गरेको, मोवाईल खाद्य प्रयोगशाला भ्यानमा जारको पानी परिक्षण गर्दा एमोनिया (एमोनिया) पाइएको, प्रशोधित पिउँने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिमका प्रावधानहरू पालना गरी खाद्य स्वच्छता कायम गने, देखिएका कैफियत सुधार गरी प्रशोधित पिउँने पानी नेपाल सरकारले तोके अनुरूपको मापदण्ड अनुसार हुने गरी व्यवस्था मिलाउने निर्देशन दिएका, मोबाईल खाद्य प्रयोगशाला भ्यानको किटमा परिक्षण गर्दा एमोनिया भी भेटिएको जारको पानी थप परिक्षणको लागि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नमुना संकलन गरिएको, घिमिरे डेरी प्रा.लि., कागेश्वरी मनोहरा न.पा.–९, सरसफाई सामान्य रहेको, फ्रिजको सरसफाई र भण्डारण विधि पर्याप्त नभएको, लेबल विवरण नलगाएको खुवा भण्डारण तथा बिक्री वितरण गरिएको, मोबाईल खाद्य प्रयोगशाला भ्यानमा न्युट्रलाइजर (न्यूट्रलाईजर) परिक्षणका लागि दुधको नमूना संकलन गरेको, नियमित सरसफाई र खाद्य स्वच्छता कायम गर्ने निर्देशन दिएको छ ।
दुग्धजन्य पदार्थ भण्डारण गर्दा तापक्रम ५०डिग्री सेन्टी ग्रेडभन्दा तल रहने गरी भण्डारण गर्ने व्यवस्था मिलाउने, फ्रिजको सरसफाइमा ध्यान दिन र उत्पादन मिति र उपभोग्य मिति सहित लेबल विवरण लगाएर मात्र खाद्य पदार्थ भण्डारण र विक्री वितरण गर्ने निर्देशन दिएको, आकृती कोल्ड स्टोर, गोठाटार, कागेश्वरी मनोहरा न.पा.–९, माछा बिक्री वितरण गरिरहेको स्थलको सरसफाई पर्याप्त नभएको, कामदारको सरसफाइ पर्याप्त नभएको, नियमित सरसफाई गरी ताजा, स्वच्छ र गुणस्तरिय माछाजन्य खाद्य पदार्थ मात्र विक्री वितरण गर्ने निर्देशन दिएको, रक्की लाईभ फिस हाउस, गोठाटार, कागेश्वरी मनोहरा न.पा.–९, माछा अव्यवस्थित तरिकाले भण्डारण गरेको, माछा पसलमा कीरा नियन्त्रणको व्यवस्था पर्याप्त नभएको, पसल परिसरको सरसफाई र कीरा नियन्त्रणको लागि व्यवस्था मिलाई स्वच्छता र गुणस्तर कायम गर्ने निर्देशन दिएको छ ।
विभागबाट २०८२ माघ ११ गते चाहना पाउरोटी उद्योग प्रा. लि, कौशलटार, भक्तपुर लेवलमा उत्पादन मिति र उपभोग्य मिति मिस प्रिन्ट भएको, सरसफाई सामान्य रहेको, उत्सव ब्राण्डको मिल्क ब्रेडको लेवलमा उत्पादन उपभोग्य मिति उल्लेख गरी बिक्री गरेको ६२४ प्याकेट ब्रेडमा उद्योगीले भुल बस सो मिति प्रिन्ट भएको स्वीकार गरेको, लेवल मिस प्रिन्ट भएको उत्सव ब्राण्डको ६२४ प्याकेट मिल्क ब्रेड बजार बाट तत्काल फिर्ता गरी सोको प्रमाण सहित यस विभागमा २०८२ माघ १२ गते उपस्थित हुन निर्देशन दिएको छ ।
विभागबाट २०८२ माघ १२ गते गौतम स्विट्स (शाखा) काठमाडौ म.न.पा.–३, महाराजगंज, चक्रपथ सरसफाइ सन्तोषजनक रहेका, फ्राइङ्ग तेलको टि.पि.एम (टीपीएम) ९.५% भई मापदण्ड अनुकुल रहेको, कीरा नियन्त्रणको व्यवस्था रहेको, किचेनको भुइँमा लगाएको टाइलहरू केही ठाउँमा फुटेको पाइयो, फुटेको टाइलहरू मर्मत गर्ने, फोहोर फाल्ने डस्टबिन र पकाउने ठाउँ सँगै तयारी खाद्य बस्तुहरू भण्डारण नगर्ने निर्देशन दिएको, ताजा ट्रीट्स प्रा.लि. काठमाडौं म.न.पा.–३, पानीपोखरी, सरसफाई सन्तोषजनक रहेको, डिस्प्ले बक्समा राखिएको केही खाद्य पदार्थहरूमा पूर्ण लेवल विवरण (टाइम कार्ड) उल्लेख नभएको, अभिलेख व्यवस्थापन सामान्य रहेको पाइयो, तयारी खाद्य वस्तुहरूमा पूर्ण लेवल विवरण (टाइम कार्ड) को व्यवस्था गर्ने, खाद्य स्वच्छता कायम गरी व्यवसाय सञ्चालन गर्ने निर्देशन दिएको, नमो फूड कोड काठमाडौँ म.न.पा.–१४, (शिवपुरी माध्यमिक विद्यालयमा संचालित चमेनागृह), सरसफाइ सामान्य रहेको, फोहोर फाल्ने डस्टबिन खुल्ला अवस्थामा रहेको, फ्राइङ्ग तेलको टि.पि.एम. (टीपीएम) १३.५% भई मापदण्ड अनुकुल रहेको, कीरा नियन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको, खाद्य वस्तुहरूको भण्डारण अव्यवस्थित रहेको, तयारी खाद्य पदार्थहरू नछोपी राखेको पाइयो, नियमित सरसफाइ गर्ने, अभिलेख व्यवस्थापन गर्ने, फोहोर फाल्ने डस्टबिन ढाकेको हुनुपर्ने साथै खाद्य वस्तु तयारी गर्ने ठाउँबाट छुट्टै राख्ने, कीरा नियन्त्रणको व्यवस्था प्रभावकारी बनाउने, भण्डारण कक्षको व्यवस्था गरी भण्डारण व्यवस्थित बनाउँने, तयारी खाद्य वस्तुहरू छोपेर राख्ने, खाद्य स्वच्छता कायम गरी व्यवसाय सञ्चालन गर्ने निर्देशन दिएको छ ।
विभागबाट २०८२ माघ १३ गते मोबाइल खाद्य प्रयोगशाला भ्यान सञ्चालन गरी काठमाडौं उपत्यका भित्र खाद्य पदार्थहरूको उत्पादन तथा बिक्री वितरण हुने स्थलमा मनोहरा फुड एण्ड बेभरेज प्रा.लि., कागेश्वरी मनोहरा न.पा.–७, पानी उद्योग परिसरको सरसफाई पर्याप्त नभएको, खाद्य अनुमति पत्र नवीकरण अवधि २०८३ सम्म रहेको, आफ्नै प्रयोगशाला नभएको, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिमका प्रावधानहरू पालना गरी अभिलेख राख्ने निर्देशन दिएको छ ।
जसमा ओशियन ड्रिङ्किग बाटर ईण्डट्रिज, कागेश्वरी मनोहरा न.पा.–०७ विष्टगाँउ, सरसफाई सन्तोषजनक नरहेको, जार फिलिङ्ग गर्ने कक्षको भुइँमा पानी जमेको, कामदारको व्यक्तिगत सरसफाई सन्तोषजनक नरहेको कुच्चिएको र लेउ लागेको २ थान जार रहेको, उद्योग परिसर र उत्पादन कक्षको दैनिक सरसफाइ गर्ने, फुटेको टायल तत्काल मर्मत गर्ने निर्देशन दिएको, थान कुच्चिएको र लेउ लागेको जार नष्ट गरेको, ऐन बमोजिम प्रयोगशाला परिक्षणका लागि जारको पानीको नमुना संकलन गरेको, शिद्धकाली आक्वा पानी उद्योग, कागेश्वरी मनोहरा–७, रुक्मणीचोक, सरसफाई सामान्य रहेको, कामदारको सरसफाई सन्तोषजनक नरहेको, कुच्चिएको र लेउ लागेको १५ थान जार रहेको, उद्योग परिसर र उत्पादन कक्षको दैनिक सरसफाई गर्ने निर्देशन दिएको, १५ थान कुच्चिएको र लेउ लागेको जार नष्ट गरेको, भद्रकाली पानी उद्योग कागेश्वरी मनोहरा–७, सरसफाइको अवस्था सन्तोषजनक नभएको, कुच्चिएको र लेउ लागेको केही थान जार पाइएको, उद्योग परिसरको सरसफाई पर्याप्त नभएको हुँदा सरसफाई गर्ने निर्देशन दिएको, ५ वटा कुच्चिएको र लेउ लागेको जार नष्ट गरेको, ऐन बमोजिम प्रयोगशाला परिक्षणका लागि जारको पानीको नमुना संकलन गरेको निर्देशन दिएको छ ।
विभागबाट २०८२ माघ २ गते ललितपुर म.न.पा. स्थित लगनखेल तरकारी बजारको तपसिल बमोजिमका खुद्रा तरकारी पसलमा बिक्री वितरणका लागि राखिएका कुल १२ वटा तरकारीहरूको नमुना संकलन गरी मोवाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादीको अवशेष परीक्षण गरेको छ ।
स्टल नं. ११, काउली र करेला धादिङ्ग, भारत अनुकुल, स्टल नं. १६, सुन्तला कालिमाटी तरकारी बजार अनुकुल, स्टल नं. २० काँक्रो र क्याप्सिकम कालिमाटी तरकारी बजार अनुकुल, स्टल नं. ४६ परवर र भिन्डी नौबिसे अनुकुल स्टल नं.४७ खुर्सानी र मटर कोसा, कालिमाटी तरकारी बजार अनुकुल, स्टल नं. ५२ मेवा भारत अनुकुल, स्टल नं. ५७ टमाटर लेले, ललितपुर स्रोत अनुकुल, स्टल नं. ८२ रायोसँग भक्तपुरमा अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्