काठमाडौं चैत्र चैत्र २३–२५, लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीमा आगामी यही २३ देखि २५, २०८२ मा गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन आयोजना सम्पन्न भएको छ । सम्मेलनमा नेपाल, भारत र भुटानबाट करिब १२० जना अनुसन्धानकर्ता तथा विज्ञहरू सहभागीता रहेका थिए ।
सम्मेलन लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल जीन बैंक (NARC_, WWN / WWF नेपालको संयुक्त आयोजनामा तथा रकफेलर फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालन भएको थियो । आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य कृषि प्रणालीमा रूपान्तरणकारी परिवर्तन सम्बन्धी प्राज्ञिक विमर्शलाई सशक्त बनाउनु थियो ।
सम्मेलनमा स्वदेशी ज्ञान, कृषि–पर्यावरणीय दृष्टिकोण र पुनरुत्थानात्मक अभ्यासहरूको एकीकरणमार्फत दिगो, पुनरुत्थानशील र प्रकृतिमैत्री कृषिप्रणालीको विकाससम्बन्धी विषयलाई विशेष प्राथमिकता दिइएको थियो । यसले नेपाल, भारत र भुटानका सरोकारवालाबीच ज्ञान आदान–प्रदान, क्षेत्रीय सहकार्य र नीतिगत प्रगतिलाई थप बल पु¥याउने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार सम्मेलनले स्थानीय तथा रैथाने कृषि आनुवंशिक स्रोतहरूको संरक्षण, समुदायको क्षमता अभिवृद्धि, तथा जलवायु अनुकूल खाद्य प्रणाली विकासका लागि कार्यान्वयनयोग्य रणनीति निर्माणमा समेत योगदान पु¥याउने अनुमान गरिएको छ । साथै, पर्या–आध्यात्मिक परम्परालाई नवप्रवर्तनशील कृषि मार्गका रूपमा उजागर गर्ने लक्ष्य पनि राखिएको छ ।
CRAFTSWALS रूपरेखामा केन्द्रित छलफल
सम्मेलनले परस्पर अन्तरसम्बन्धित दस प्रमुख घटकहरू समेटिएको CRAFTSWALS रूपरेखालाई अंगीकार गरेको छ । यस अन्तर्गत संस्कृति, धार्मिक मूल्य, कृषि जैविक विविधता, वन जैविक विविधता, परम्परा, आध्यात्मिकता तथा ज्योतिष, पानी तथा नवीकरणीय ऊर्जा, वायु तथा वातावरण, भूमि र सामाजिक प्रणालीलाई एकीकृत रूपमा हेरिएको छ ।
यो रूपरेखाले कृषि केवल खाद्य उत्पादन प्रणाली मात्र नभई स्वास्थ्य, पोषण, जैविक विविधता, वातावरण, संस्कृति र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको व्यापक प्रणाली भएको दृष्टिकोणलाई स्थापित गर्छ। यही सन्दर्भमा किसान, अनुसन्धानकर्ता, नीतिनिर्माता, शिक्षाविद्, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूले कृषि क्षेत्रमा आवश्यक paradigm shift अर्थात् विचार र अभ्यासको रूपान्तरणकारी परिवर्तनबारे गहन छलफल गरेका थिए ।
सात विषयगत सत्रमा केन्द्रित हुनेछ सम्मेलन
æRegenerating FuturesM Integrating Agrobiodiversity, Eco–Spirituality, and Climate–Resilient AgricultureÆ शीर्षकमा हुने मुख्य विमर्शले सम्मेलनलाई सात प्रमुख विषयमा केन्द्रित रहेका थिए । ती विषयहरू यसप्रकार छन्ः
१. गहन पुनरुत्थानशील कृषि :
२. दिगोपनभन्दा परकृषि जैविक विविधताको संरक्षण तथा दिगो उपयोग पर्वतीय कृषि ः
३. सहनशील भविष्यका लागि प्रकृति, जलवायु र साझा विश्वासको एकीकरण
४. उच्च हिमाली क्षेत्रमा जलवायु अनुकूल कृषि अभ्यासहरू
५. कृषि क्षेत्रमा पर्या–आध्यात्मिक तथा नव–मठीय अभ्यासहरू
६. खाद्य, पोषण र स्वास्थ्यका लागि मूल्य शृङ्खला तथा बजार
७. रिगाग्री ः नीतिगत प्रावधान, अन्तराल र अवसरहरू
आधुनिक कृषि प्रणालीमाथि गम्भीर बहस
सम्मेलनका प्रमुख बहसहरू आधुनिक कृषि प्रणालीका चुनौतीहरू वरिपरि केन्द्रित रहेको थिए । उत्पादन वृद्धिमा भूमिका खेले पनि आधुनिक कृषि पद्धतिले माटोको क्षय, जैविक विविधताको ह्रास, पारिस्थितिक असन्तुलन, तथा परम्परागत ज्ञान प्रणालीहरूको क्षरण निम्त्याएको विषयमा सहभागीहरूले गम्भीर बहस गरेका थिए ।
सहभागीहरूले गहन पुनरुत्थानशील कृषिलाई केवल दिगोपन sustainability को सीमाभन्दा परको अवधारणा मानेर माटो, पानी, हावा र जैविक विविधताको पुनस्र्थापनामा केन्द्रित कृषि प्रणालीको आवश्यकतामा जोड दिने अपेक्षा गरिएको छ । यसले जलवायु सहनशील कृषि र सामाजिक प्रणालीहरूको पुनर्निर्माणतर्फ नयाँ सोच र नीति निर्माणको बाटो खोल्ने विश्वास लिइएको छ ।
स्वदेशी ज्ञान र कृषि जैविक विविधतामा विशेष जोड
सम्मेलनमा कृषि जैविक विविधतालाई जलवायु अनुकूल, पोषण–संवेदनशील र दीर्घकालीन रूपमा सहनशील कृषि प्रणालीको आधारका रूपमा विशेष प्राथमिकताका साथ उठाएका थिए । यससँगै स्वदेशी ज्ञान, संस्कृति र पर्या–आध्यात्मिक मूल्यहरूलाई कृषि पुनरुत्थानको केन्द्रमा राखेर बहस अघि बढाएका थिए ।
आयोजकहरूले यस सम्मेलनलाई क्षेत्रीय ज्ञान–मञ्चका रूपमा परिकल्पना गरेका छन्, जसले वैज्ञानिक अनुसन्धान, नीतिगत संवाद, स्थानीय अभ्यास, र आध्यात्मिक–पर्यावरणीय दृष्टिकोणबीचको दूरी घटाउँदै कृषि क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।
नीति, अनुसन्धान र समुदायबीच सेतु बन्ने अपेक्षा
सम्मेलनले अनुसन्धान, नीतिनिर्माण, र समुदायस्तरीय अभ्यासबीच प्रभावकारी सेतु निर्माण गर्ने विश्वास लिइएको छ । विशेषगरी नेपाल, भारत र भुटान जस्ता हिमाली तथा पर्वतीय भूगोल भएका देशहरूका लागि जलवायु परिवर्तन, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण र किसानको जीविकोपार्जनसँग सम्बन्धित साझा चुनौतीहरूको समाधान खोज्न यो सम्मेलन उपयोगी हुने अपेक्षा गरिएको छ ।
लुम्बिनीमा हुन लागेको यो सम्मेलनलाई दक्षिण एसियामा कृषि पुनरुत्थान, जैविक विविधता संरक्षण र पर्या–आध्यात्मिक कृषि सोचलाई मुख्यधारमा ल्याउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्