२०८३ जेष्ठ २०

एण्टिवायोटिक प्रतिरोध (Antibiotic Resistance) नियन्त्रणमा कृषकको भूमिका

धनबहादुर मगर
नेपालमा पशुपालन व्यवसायले व्यवसायीक रुप लिइरहेको छ । केही वर्ष अगाडिसम्म निर्वाहमूखी रहेको पशुपालन व्यवसायले हालैका वर्षहरुमा ठूलो लगानी आकर्षण गर्नुका साथै रोजगारीका अवसरहरु पनि सिर्जना गरिरहेको छ । कुखुरा पालन व्यवसायमा मात्रै करिब १ खर्बको लगानी तथा २ लाख भन्दा बढीले रोजगारी पाइरहेका छन । यस्तै गाईपालन, बाछापालन, बंँगुरपालन र माछापालनमा पनि वर्षेनी कृषक व्यवसायीहरुको आकर्षण बढिरहेको छ ।
नेपालीहरुमा पशुपन्छीजन्य उत्पादन उपभोग गर्ने प्रवृत्ति बढिरहेको छ । नेपालीहरुको खर्च गर्ने क्षमतामा भएको विकास, स्वास्थ्य तथा पोषणको ज्ञानमा वृद्धि, उत्पादनहरुको सहज उपलब्धता तथा उत्पादनहरुको विविधिकरण लगायतका कारण पशुपन्छी तथा मत्स्यजन्य उत्पादनहरुको माग र खपत उत्साहजनक रूपमा बढिरहेको छ । पछिल्लो तथ्याङ्कं अनुसार पशुपन्छी तथा मत्स्यजन्य उत्पादनहरुको माग वार्षिक करिब १० प्रतिशतले बढिरहेको छ । बढ्दो मागलाई पूर्ति गर्न व्यवसायिक रुपमा पशुपालन गर्दा पशुपन्छीहरुमा विभिन्न रोगहरु लाग्ने सम्भावन बढेर जान्छ । यस्ता रोगहरुको उपचार र रोकथामको लागि एण्टिवायोटिकको प्रयोग गर्ने गरिन्छ । सामान्यतया जीवाणुबाट लाग्ने रोगहरुको उपचारमा एण्टिवायोटिक प्रयोग गरिन्छ भने विषाणुका कारण लाग्ने रोगहरुमा जीवाणुको संक्रमण रोक्न एण्टिवायोटिक प्रयोग गरिन्छ । पशुपालन व्यवसायमा विशेषत कुखुरा तथा बँगुरपालन व्यवसायमा एण्टिवायोटिक औषधिको प्रयोग हुने गरेको छ ।
एण्टिवायोटिक के हो र केका लागि प्रयोग हुन्छ ? सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङ्गले पेनिसिलिन नामक एण्टिवायोटिक विश्व मै पहिलो पटक आविष्कार गरेका हुन् । मानिसमा जीवाणुबाट लाग्ने रोगहरुको उपचारमा प्रयोग हुने यो औषधिलाई चमत्कारिक गोली (magic bullet) भन्ने गरिन्थ्यो किनभने जिवाणुबाट लाग्ने धेरै रोगहरु पेनिसिलिन एण्टिवायोटिक प्रयोगका कारण निको हुने गरेका
थिए । यसकारण लाखौं मानिसको जीवन बच्न सकेको थियो । एण्टिवायोटिकको प्रयोग मानिस जस्तै पशुपन्छीमा पनि हुन्छ । विश्वमा मानिसको तुलनामा पशुपन्छी उत्पादनमा अत्याधिक मात्रामा एण्टिवायोटिकको प्रयोग गरेको तथ्याङ्कं पाइन्छ । विश्व पशु स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा १ किलोग्राम मासु उत्पादनको लागि १६८.७ मिलिग्राम एण्टिवायोटिकको प्रयोग हुने गरेको छ । मुख्यतयाः रोगको रोकथामको लागि नियमित प्रयोग र पशुपन्छी (विशेषतः कुखुरा र बंगुरपालनमा छिटो शारिरीक वृद्धि ÷ विकासका (ग्रोथ प्रमोटर लागि दानामा एण्टिवायोटिक मिश्रण गरेर खुवाउने प्रचलन विश्वव्यापी रूपमा रहेको छ । रोग लगाउने जिवाणु अनुसार फरक(फरक एण्टिवायोटिक औषधिको प्रयोग हुन्छ अर्थात रोग उत्पन्न गराउने जीवाणु तथा एन्टिवायोटिकहरु बीच एक प्रकारको तालमेल हुन् आवश्यक रहन्छ । विगतका दशकहरुमा एण्टिवायोटिकको विकास तिव्र रुपमा हुने गरेको भएता पनि हालका दशकहरुमा नयाँ एण्टिबायोटिकको विकास हुन सकेको छैन् । नयाँ एण्टिवायोटिकहरु विकास हुन नसकेको अवस्थामा सबै सरोकारवालाहरुको चिन्ता बढेको छ ।
नेपालमा एण्टिवायोटिक प्रयोगको अवस्था कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गतको भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले नेपालमा पशुपन्छीका औषधिहरुको प्रयोग सम्बन्धमा अध्ययन गरेको छ । अध्ययन अनुसार पशुपन्छी तथा मत्स्य क्षेत्रमा ३३ प्रकारका एण्टिवायोटिकहरु प्रयोग भइरहेको तथा वार्षिक रुपमा करिव ५० हजार किलो एण्टिवायोटिकको सक्रिय पदार्थ (Active Pharmacastical Ingredient) आयात भएको देखिन्छ । बजारमा उपलब्ध भएका सबै औषधि उपचार प्रयोजनको लागि प्रयोग भइरहेका छन् । यो तथ्याङ्कले नेपालमा पशुपालन क्षेत्रमा एण्टिवायोटिकको प्रयोग उच्च रहेको देखाउँछ । पशुपालनमा भएको व्यवसायिक विकास यसको मुख्य कारण हुन सक्दछ ।
नेपालका सबै स्थानहरुमा पशुपन्छीको उपचारको लागि एण्टिवायोटिकहरुको प्रयोग हुने गरेको छ । सहज रुपमा औषधि तथा प्राविधिक सहायताको उपलब्धताको कारण तराई तथा शहरी क्षेत्रहरुमा यसको प्रयोग उच्च रहेको छ ।

एण्टिवायोटिक प्रतिरोध भनेको के हो र कति संवेदनशिल छ ?
एण्टिवायोटिकको अनुपयुक्त प्रयोग एण्टिवायोटिक विरुद्धको प्रतिरोध क्षमता विकास हुने जोखिम बन्छ कुनै जीवाणु विरुद्ध पहिला प्रभावकारी रहेको एण्टिवायोटिकले त्यो जीवाणुलाई नष्ट गर्न सक्दैन । अर्थात जीवाणु प्रतिरोधात्मक क्षमता विकास गर्दछ । यो प्रक्रियालाई एण्टिवायोटिक प्रतिरोध भनिन्छ । एक पटक जीवाणुहरूले प्रतिरोधात्मक क्षमता विकास गरेपछि एण्टिवायोटिकहरूले काम गर्न छोड्छन् जसका कारण विरामी मानिस वा पशुपन्छीको सफल उपचार हुन सक्दैन् ।
जीवाणुमा विकास हुने एण्टिवायोटिक प्रतिरोध विधामान रुपमा मानव र पशु स्वास्थ्यको लागि बढ्दो खतरा र ठूलो चुनौंती बनेको छ । विभिन्न अध्ययनहरुको निचोडको आधारमा सन् २०५० सम्ममा एण्टिवायोटिक प्रतिरोधका कारण विधमान एक करोड भन्दा बढी मानिसको मृत्यु हुनसक्ने प्रक्षेपण गरिएको छ । साथै प्रतिरोधी जीवाणुका कारण पशुपन्छीजन्य उत्पादनमा ठूलो गिरावट हुनसक्ने अनुमान गरिएको छ । यस्तै एण्टिवायोटिक प्रतिरोधलाई नियन्त्रण गर्नका लागि खर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नेपालजस्ता विकसित राष्टूहरुमा एण्टिवायोटिक प्रतिरोधका कारण ठूलो क्षति हुनगई राष्ट्रिय गार्हस्थ उत्पादनमा नकारात्मक असर पर्न जान्छ ।
एण्टिवायोटिक प्रतिरोधी जीवाणु पशुपन्छीबाट मानिस र मानिसबाट पशुपनीमा समेत सर्न सक्दछन् । प्रतिरोधी पशुबाट मानिसमा विभिन्न माध्यमबाट सर्न सक्दछन् ।
(ख) पशुपन्छीजन्य उत्पादन जस्तै मासु तथा अण्डा मार्फत ः
प्रत्यक्ष सम्पर्क र पन्छीजन्य उत्पादनहरु मार्फत यस माध्यमलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । पशुपन्छीसँग सिधा सम्पर्कमा रहने किसानहरु संक्रमणको सबैभन्दा जोखिममा हुन्छन् । तसर्थ कृषकहरु एण्टिवायोटिक प्रयोग सम्बन्धमा सचेत रहनुपर्दछ ।
एण्टिवायोटिक प्रतिरोध किन बढीरहेको परजीवाहरुमा एण्टिवायोटिक प्रतिरोध बढ्नुमा विविध कारणहरु रहेका छन् । ती मध्ये केही निम्न रहेका छन् ।
(मानिस तथा पशुपन्छीमा एण्टिवायोटिकको अधिक प्रयोग न्यून् प्रयोग तथा दुरुपयोग हुनु ।
–फार्मेसी÷ एनेटबाट डाक्टरको सिफारिस विनै सजिलै एण्टिवायोटिक किन्न पाइनु,
हस्पिटलमा संक्रमण नियन्त्रणका योजना कमजोर हुनु, रोगको निदान विना नै औषधिको प्रयोग गरिनु, रोगनिदान सेवा उपलब्ध नहुनु ।
फार्ममा जैविक सुरक्षाको व्यवस्था ः
–सुरक्षाका उपायहरु अवलम्बन नगरिनु, रोगहरुको प्रकोप धेरै हुनु, एण्टिवायोटिक प्रतिरोध तथा एण्टिवायोटिकको बारेमा मानिसहरुमा जनचेतनाको कमी हुनु, सरकारको अनुगमनमा कमी हुनु,
–नयाँ एण्टिवायोटिकको आविष्कारमा सुस्तता आउनु कमजोर फोहोर व्यवस्थापन, गुणस्तरीय भेटेरिनरी सेवाको उपलब्धता नहुनु आदी ।

एण्टिवायोटिक प्रतिरोधको प्रक्रियालाई रोक्न कृषकले के गर्न सक्छन् ?
रोग रोकथामको लागि अवलम्बन गरिने असल अभ्यास, जैविक सुरक्षा र खोपले वयानमा एण्टिवायोटिकको आवश्यकता कम गर्दछन् । रोग विरुद्धको लडाईमा एण्टिवायोटिकलाई अन्तिम अवस्थाको रुपमा प्रयोग गर्नुपर्दछ ।
केही देशहरुले पशुपन्छीमा रोग रोकथामको लागि नियमित रुपमा एण्टिवायोटिकको प्रयोगमा समेत प्रतिवन्ध लगाएको र यस्ता प्रतिवन्धहरुले पशुपन्छीको उत्पादकत्वमा कुनै कम नल्याएको कारण नेपाली व्यवसायीहरुले पनि एण्टिवायोटिक रहित उत्पादनमा जोड दिनुपर्दछ । यसो गर्दा एण्टिवायोटिक विरुद्ध विकास हुने प्रतिरोधलाई न्यूनीकरण गर्न सकिन्छ । यसका साथै तल उल्लेख गरिएका शर्तहरुको पालना गरिएमा पशुपन्छीमा एण्टिवायोटिकको न्यून् प्रयोग तथा प्रभावकारितालाई कायमै राख सकिन्छ ।

पशुपालक कृषक तथा व्यवसायीहरूले जानकारी गर्नुपर्ने कुराहरू ः
भेटेरिनरी डाक्टर मेटेरिनरी एण्टिवायोटिक सिफारिस गर्ने अधिकार प्राप्त अन्य तालिम प्राप्त व्यक्तिको सिफारिसमा मात्र एण्टिवायोटिकको प्रयोग गर्नुपर्दछ । सबै संक्रमणको उपचारका लागि एण्टिवायोटिकको प्रयोग जरुरी हुँदैन ।
एण्टिवायोटिकको आवश्यकतालाई न्यून् गराउनु पर्दछ । एण्टिवायोटिकको आवश्यकतालाई न्यून् गराउन रोग नियन्त्रणका प्रमुख तीन उपायहरु अवलम्बन गर्नुपर्दछ ।
असल पशुचलन अभ्यास जस्तैः गुणस्तरिय दाना तथा पानी, पर्याप्त हावाको सञ्चार प्रभावकारी स्वास्थ्य जाँच प्रभावकारी जैविक सुरक्षा आवश्यकता पर्दछ ।

फार्मबाट मात्रै पशु खरिद गर्ने, फार्ममा स्वस्थ व्यवहार अवलम्बन गर्ने ः
खोप नियमित रुपमा खोप लगाउनाले पशुलाई विभिन्न संक्रामक रोगहरुबाट बचाउँछ र औषधि प्रयोग गर्नु पर्दैन (जस्तैः सारे पि पि आर रानिखेत) भेटेरिनरी डाक्टरको सल्लाह अनुसार नै औषधिको उचित मात्र प्रयोग गर्नुपर्दछ ।
पशुवस्तु निको भएको जस्तो देखिए पनि भेटेरिनरी डाक्टरको सिफारिस बमोजिम नै उपचार पूरा अवधि गर्नुपर्दछ । आम नेपालीहरूमा औषधिको उचित प्रयोग सम्बन्धमा न्यून् ज्ञान रहेको छ र यसमा कृषक व्यवसायीहरुमा अनभुति छैनन् । जुनसुकै प्रयोग गर्ने निश्चित मात्रा हुन्छ । जस्तैः एण्टिवायोटिकहरु ५ देखि ७ दिनसम्म प्रयोग गर्नुपर्ने हुन्छ । तोकिएको समय भन्दा बढी वा घटी एण्टिवायोटिकको प्रयोग भएमा एण्टिवायोटिक प्रतिरोधको सम्भावना उच्च हुने गर्दछ ।
गुणस्तरको सुनिश्चितताका लागि आधिकारिक स्रोतबाट मात्रै एण्टिवायोटिक प्राप्त गर्नुपर्दछ । औषधिको गुणस्तरले त्यसको प्रभावकारित निर्धारण गर्ने हुँदा कृषकले आफूले कस्तो औषधि प्रयोग गर्दै छु भनेर स्वयम जिज्ञासु हुनु आवश्यक छ ।
पशुवस्तुहरुलाई संक्रमणबाट जोगाउन भेटेरिनरी डाक्टर वा पशु स्वास्थ्यकर्मीको सल्लाहमा पशुधनीहरूले स्वास्थ्य योजना, व्यवस्थापन योजना बनाउनु पर्दछ । एण्टिवायोटिकको प्रयोग तथा प्रयोगशाला रिपोर्टको अभिलेख अद्यावधिक राख्नुपर्दछ ।
(रोगको रोकथामको लागि एण्टिवायोटिकको प्रयोग (जस्तै पानामा) गर्नुहुदैन् ।
(प्रयोग नभएका एण्टिवायोटिकको उचित व्यवस्थापन गर्नुपर्दछ । जथाभावी रुपमा एण्टिवायोटिक फाल्दा यसले वातावरणमा रहेका जीवहरुमा प्रतिरोधको विकास गर्दछ ।
सारांशः
एण्टिवायोटिक आवश्यकता पठाउन सक्ने तत्व जस्तै प्रोवायोटिकको प्रयोग गर्नु पर्दछ ।
उपचार भन्दा रोकथामका उपायहरुमा जोड दिनु पर्दछ ।
मानव तथा पशु स्वास्थ्य र कल्याणको सम्वद्र्धनका लागि एण्टिवायोटिकहरूको उपलब्धता तथा प्रभावकारिता संरक्षण गर्न हामी सबैको प्रयास अत्यावश्यक छ । नयाँ समूहका एण्टिवायोटिकको अधिकार हुन नसकेको अवस्थामा हाल उपलब्ध एण्टिवायोटिकहरू निरन्तर उपलब्धता प्रभावकारिता कायम राखी भावी पुस्ता समेतका लागि सुरक्षित राख आवश्यक छ । विश्व स्वास्थ्य संगठनले एण्टिवायोटिक प्रतिरोधलाई निकट भविष्यमा आउने सबैभन्दा ठूलो संकट घोषणा गरिसकेको अवस्थामा यस प्रति सबै सरोकारवालाहरु सचेत र जिम्मेवार हुन आवश्यक छ ।

यस्तै, पशुपंक्षी (मानव समेत)को स्वास्थ्य तथा कल्याणका लागि एण्टिवायोटिक प्रतिरोध चुनौंतीको रूपमा रहने निचित छ । राष्टिूय तथा अन्तराष्टिूय मापदण्डहरु अनुरूप जिम्मेवारी पूर्वक तथा विवेकसम्मत रूपले यी अमूल्य औषधिहरूको उपयोग गरी यिनीहरूको प्रभावकारिता तथा उपलब्धता कायम राख्नुपर्नेछ । एण्टिवायोटिक प्रयोगकर्ताको हैसियतले कृषक व्यवसायीहरुले एण्टिवायोटिक प्रतिरोध नियन्त्रणका कार्यहरुमा
जैविक सुरक्षा, फार्मलाई रोगको संक्रमणबाट बचाउने वा रोक्ने हो ।

जैविक सुरक्षाका उपायहरुले फार्ममा संक्रमण ः
तपाई जैविक सुरक्षा भनिन्छ र यो रोग निको सस्तो र प्रभावकारी ल्याउँछ र यस विना कुनै पनि रोग नियन्त्रणका कार्यक्रम सफल हुन सक्दैन । विभिन्न फार्महरु बनाउन र उपचारले निकै महत्वपूर्ण भूमिका खेल्दछन् । आफ्न पशुपन्छीलाई रोगबाट मुक्त राख्न सकेमा एण्टिवायोटिकको प्रयोगमा कमी ल्याउन सकिन्छ । हरेक कृषक आफ्नो फार्ममा जैविक सुरक्षाका उपर अनिवार्य रुपले अभ्यास गर्नुपर्दछ ।
(छरछिमेक, पशु स्वस्थ्यकर्मी वा खाने व्यक्ति आदिको भएमा जुत्ता कपडा फेरेर तथा बाँकी २१ पृष्ठ
एण्टिवायोटिक सुरक्षित कपडा लगाएर तथा जनावर बोक्ने गाडीेमा समेत संक्रमण हुनसक्ने भएकाले प्रवेशमा रोक लगाउनु पर्दछ । यदि प्रवेश गराउन पर्ने भए सबै अपनाउनु पर्ने प्रक्रिया पूरा गरि प्रवेश गर्नुपर्दछ । फार्मको एउटा कम्प्यूटरमा एउटा उमेर समूहका पशुपन्छीहरुमा दैनिक रूपमा फार्ममा काम गर्दा सबैभन्दा कम उमेर समूहका बाच्छाबाच्छी पाठापाठीबाट शुरू गर्दै सबैभन्दा बढी उमेर समूहका पशुपन्छीमा जानु पर्छ ।
एउटा बाटोमा प्रवेश गर्दा अनिवार्य रूपमा कपडा र सामग्री तथा उपकरण बदल्नु धुनुपर्दछ । प्रजनन्को लागि अरु कृषकको फार्ममा रहेको सँग केमीकललाई मिसाउनु (प्राकृतिक गर्भाधान भन्दा कृत्रिम गर्भाधन गराउँदा रोगको संक्रमण रोक्न सकिन्छ ।
खरिद गरिने नयाँ पशुपन्छीलाई नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐनमा तोकेको समयसम्म पशुपन्छीबाट छुट्टै राखि नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नु पर्दछ ।
पशुपन्छी खरीद गर्ने फार्मको संख्या न्यून् छ र सकेसम्म एउटै फार्मबाट खरीद गर्नु पर्छ । धेरै ठाउँबाट पशुपन्छी खरीद गर्नुहँुदैन् ।
निर्जलीकरण गरी कुखुरापालनमा व्यवसायमा एकैपटक ल्याउने र एकैपटक हटाउने व्यवस्थापन पद्धति रोगको जोखिम न्यूनीकरणका लागि निकै महत्वपूर्ण र प्रभावकारी हुन्छ । एकैपटक व्याउने र एकैपटक व्यवस्थापन पद्धतिको मुख्य उद्देश्य भनेको सम्पूर्ण फार्म खोर एकैपटक खाली गरी फार्म वा खोरको सम्पूर्ण भित्री भाग तथा उपकरणहरूको केही दिनका लागि खाली रहन दिनु रोक्न सकिन्छ ।
। यसो गर्दा एउटा समूहको पन्छीबाट अर्को समूहमा रोग सर्नबाट प्रभावकारी रुपमा अमूल्य सहयोग गर्न सक्ने हुँदा सबै यस प्रति जिम्मेवार रहनु पर्दछ ।
सन्दर्भ सामाग्रीः
मानव तथा पशु स्वास्थ्यको लागि पन्छीपालन व्यवसायमा प्रभावकारी र जिम्मेवारीका साथ एण्टिवायोटिकको प्रयोग कसरी गर्ने ? २०२१. संयुक्त राष्टूसंघीय खाद्य तथा कृषि संगठनले Status of antimicrobial use in livestock sector in NepaL, Nabin Upadhyaya, Surendra Karki, Mandi Oli Ram Nandan Tiwari, Veterinary Standards and Drug Regulatory Laboratory, Kathmandu.

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain