२०८२ आश्विन २८

खाद्य तथा गुण नियन्त्रण विभागको वार्षिक प्रगति विवरण सार्वजनिक

धनबहादुर मगर
काठमाडौं साउन २९, खाद्य तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।
आम उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा खाद्य नियमावली, २०२७ को प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम संचालन, खाद्य पदार्थको नियमन, खाद्य पदार्थको विश्लेषण परिक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने र स्वच्छ व्यापार तथा व्यवसायमा सहजीकरण गर्ने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयहरुबाट हुँदै आएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयहरुबाट आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक एवं वार्षिक अर्थात् २०८१ श्रावण १ देखि २०८२ असार मसान्तसम्ममा सम्पन्न मुख्य मुख्य कार्यहरु र सोबाट हासिल प्रगति यस प्रकार रहेका छन्।

१.खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन र गुणस्तर नियमन :
–आर्थिक वर्ष २०८१/८२ को वार्षिक अवधिमा ३,३९४ नमूनाहरु संकलन भएको थियो । संकलित नमूनाहरु मध्ये २,७३९ वटा नमूनाहरूको विश्लेषण परिक्षण भएकोमा खाद्यान्न÷दलहनका ८९५ वटा, तेल तथा घ्यूजन्य पदार्थका ३५१ वटा, फल तथा सागपात जन्य पदार्थका ३४० वटा, मसलाका ३२० वटा, प्रशोधित पिउने पानीका १६७ वटा, गुलियो पदार्थ÷कन्फेक्सनरीका १५५ वटा, चिया÷कफीका १५३ वटा, दुध तथा दुग्ध पदार्थका १०८ वटा, नुनका ५९ वटा, मासु तथा मासुजन्य पदार्थका १० वटा, दाना पदार्थका १८ वटा र अन्य खाद्य पदार्थका १६३ वटा नमूनाहरु रहेका थिए। उक्त विश्लेषण परीक्षण प्रतिवेदन अनुसार खाद्यान्न÷दलहनका ६२ वटा, तेल तथा घ्यूजन्य पदार्थका ३८ वटा, प्रशोधित पिउने पानीका १७ वटा, मसलाका १६ वटा, दुध तथा दुग्ध पदार्थका १३ वटा, फल तथा सागपात जन्य पदार्थका ११ वटा, चिया÷कफीका ४ वटा, गुलियो पदार्थ÷कन्फेक्सनरीका ४ वटा, मासु तथा मासुजन्य पदार्थका १ वटा र अन्य खाद्य पदार्थका ७ गरी जम्मा १७३ वटा (६.३२%) नमूनाहरु प्रतिकूल पाईएको थियो ।
–यस वार्षिक अवधिमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा जम्मा १८६ वटा खाद्य तथा दाना व्यवसायीलाई मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। दायर गरिएका १८६ मुद्दा मध्ये तेल तथा घ्यूजन्य पदार्थका ४८ वटा, खाद्यान्न÷दलहनका ४६ वटा, प्रशोधित पिउने पानीका २३ वटा, गुलियो पदार्थ÷कन्फेक्सनरीका १९ वटा, दुध तथा दुग्ध पदार्थका १० वटा, चिया÷कफीका ६ वटा, मसलाका ५ वटा, फल तथा सागपात जन्य पदार्थका ४ वटा, दाना पदार्थका ७ वटा र अन्य खाद्य पदार्थका १८ वटा रहेका थिए। उक्त १८६ मुद्दा मध्ये ११२ वटा मुद्दा न्यून गुणस्तरका खाद्य पदार्थ, २९ वटा मुद्दा दुषितका खाद्य पदार्थ, २६ मुद्दा ऐन नियम निर्देशिका उलंघन सम्बन्धी र १९ वटा मुद्दा लेबल सम्बन्धिका थिए। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम दूषित खाद्य पदार्थका मुद्दा सम्वन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा दायर हुने व्यवस्था रहेको छ।
–आर्थिक वर्ष २०८१÷८२ को वार्षिक अवधिमा ३,९१३ वटा खाद्य स्वच्छता सर्भिलेन्सका नमूना संकलन गरिएको थियो।
–आर्थिक वर्ष २०८१÷८२ को वार्षिक अवधिमा खाद्य ÷ दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल अनुगमन तथा उजूरी उपर तत्काल सम्बोधन टोली (Rapid Response Team) मार्फत कारवाही लगायत जम्मा ११,०५९ पटक निरीक्षण अनुगमन गरिएको थियो ।
–यस वार्षिक अवधिमा ८४८ वटा उद्योगको अनुमतिपत्र जारी, ३,१९५ वटा उद्योगको अनुमतिपत्र नवीकरण तथा १,४३२ वटा खाद्य उद्योगको स्थापना गर्न सिफारिश गरी जम्मा ५,४७५ वटा उद्योगको अनुमतिपत्र जारी नवीकरण तथा उद्योग दर्ता सिफारीको कार्य गरिएको छ ।

२.मोबाइल खाद्य प्रयोगशाला भ्यानद्वारा निरीक्षण अनुगमन :
मिति २०८१÷०६÷१६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री रामनाथ अधिकारी तथा मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माबाट विभागको मोबाइल खाद्य प्रयोगशाला भ्यान अवलोकन भई मोबाइल खाद्य प्रयोगशाला भ्यान बजार अनुगमन तथा निरीक्षणका लागि पुनः सञ्चालनमा आएको थियो । मोवाइल खाद्य प्रयोगशाला भ्यानहरु समेत संचालन ल्याई विभागमा रहेका ४ वटा मोवाइल प्रयोगशाला भ्यान मध्ये २ वटा मोबाइल खाद्य प्रयोगशाला भ्यान एक वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर तथा एक वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीमा हस्तान्तरण गरी सो क्षेत्रमा समेत स्थलगत निरीक्षण परिक्षण कार्य सुचारु गरी खाद्य स्वच्छता तथा गुणस्तर नियमन कार्य थप प्रभावकारी बनाईएको छ । यस अवधिमा मोबाइल खाद्य प्रयोगशाला भ्यान संचालन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ४१ पटकमा १६४ व्यवसाय अनुगमन गरी ७२३ वटा नमूना विश्लेषण गरेको छ । यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले १२ पटकमा ४६ व्यवसाय अनुगमन गरी २४ वटा नमूना विश्लेषण गरेको छ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले १० पटकमा १०० व्यवसाय अनुगमन गरी ९७ वटा नमूना विश्लेषण गरेको छ । कैफियत देखिएका नमूना जफत, नष्ट तथा तत्काल सुधारका लागि निर्देशन दिइएको र कैफियत देखिएको व्यवसायी उपर मुद्दा दायरी गरिएको छ। साथै, खाद्य व्यवसायी तथा उपभोक्तालाई सचेत एवं जागरुक समेत गराईएको छ ।

३.खाद्य प्रयोगशाला स्तरीकरण तथा विश्लेषण सेवा :
क)खाद्य प्रयोगशाला स्तरीकरण तथा सुदृढिकरण :
विगतमा सन् २०२४ सम्म विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला (ल्ँँच्ी) को एक्रिडिटेशन क्षेत्र भित्र कुल २८६ वटा खाद्य विश्लेषण प्यारामिटर मात्र रहेकोमा यस वर्ष सन् २०२५ (वि. सं. २०८२) मा बिभागले सो मा ब्यापक विस्तार गरी ६७२ वटा केमिकल पारामिटर तथा १४२ वटा माइक्रोबायोलोजिकल पारामिटर गरी कुल ८१४ वटा परिक्षण प्यारामिटरको लागि ल्ब्द्यी बाट एक्रिडिटेशन क्षेत्र विस्तार गरी ISO/IEC १७०२५ः २०१७ एकृडिटेशन प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । यसै गरी हालै विभागले ५३८ वटा केमिकल तथा १४२ वटा माइक्रोबायोलोजिकल गरी ६८० वटा प्यारामिटरको लागि FSSAI र NABL बाट एकिकृत प्रयोगशाला मुल्याङ्कन (Integrated Laboratory Assessment) भई FSSAI र NABL बाट मान्यता स्वरुप एकिकृत प्रत्यायन प्रमाणपत्र (Integrated Accreditation Certificate) प्राप्त गरेको छ ।
यसै वर्ष २०८२ मा विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण हुने खाद्य तथा दाना पदार्थको २२ वटा खाद्य तथा दाना पदार्थ समूहहरु (Food Groups) का विभिन्न खाद्य तथा दाना पदार्थको प्रयोगशालामा परीक्षण गरिने सबै प्रकारका केमिकल तथा माइक्रोबायोलोजिकल परिक्षण प्यारामिटरहरुको लागि NABL बाट एक्रिडिटेशन प्रमाणपत्र प्राप्त गरेको छ । एक्रिडिटेशन क्षेत्र विस्तार भएका २२ प्रकारका खाद्य समूहहरु यस प्रकार रहेका छन् । Milk And Dairy Products, Edible Fats and oils, Vegetable And Vegetable Products, Fruit And Fruit Product, Herbs, Spices and Condiment Edible Salts, Honey And Honey Products, Sugar And Sugar ProductsÙ Cereals, Pulses Cereals Products, Bakery And Confectionary Products, Infant Foods, Tea And Tea Products, Coffee and Cocoa Products, Meat And Meat Products, Alcoholic beverage, Nonalcoholic beverage, Others -Gelatin and other gums e.g bubble gum, chewing gum, Water, Nuts and nut products, Fruits and vegetables, Dietary Supplement, Nutraceuticals & Functional Foods, &  Animal foods and feeds
त्यसै गरी बिभागमा परीक्षण हुने सबै प्रकारका खाद्य पदार्थहरुको केमिकल तथा माइक्रोबायोलोजिकल परिक्षण प्यारामिटरहरुको लागिFSSAI / NABL बाट एकिकृत प्रयोगशाला मुल्यांकन (Integrated Laboratory Assessment) भई FSSAI र NABL बाट मान्यता स्वरुप एकिकृत प्रत्यायन प्रमाणपत्र (Integrated Accreditation Certificate) प्राप्त गरी FSSAI बाट समेत एक्रिडिटेशनको क्षेत्र विस्तार भएको छ ।
राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाले फुड एडिटिभ तथा कन्टामिनेण्ट्स परीक्षण तर्फ १२३ वटा जीवनाशक विषादी अवशेषका प्यारामिटर, ११ वटा खाद्य रंगका प्यारामिटर, ३ वटा कृत्रिम गुलियो पदार्थ (Artificial Sweeteners) का प्यारामिटर, ६ वटा खाद्य परिरक्षी (Food Preservatives) का प्यारामिटर, ४ प्रकारका भिटामिनका प्यारामिटर, १९ वटा मेटल्स (Minerals and Heavy Metals) का प्यारामिटर, ८ वटा अफ्लाटक्सिनका प्यारामिटर लगायतका विभिन्न प्यारामिटर एक्रिडिटेशन क्षेत्र विस्तारमा अद्यावधिक भएको व्यहोरा जानकारी गराईन्छ ।
यसका साथै विभाग अन्तर्गतका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बिराटनगरको खाद्य प्रयोगशाला पनि सन् २०२३ देखि विभिन्न ७ वटा खाद्य पदार्थको २३ वटा केमिकल प्यारामिटरमा अन्तर्राष्ट्रय मान्यता प्राप्त हुने गरी ल्ब्द्यी बाट एक्रिडिटेशन भएकोमा यस वर्ष सन् २०२५ मा सो एक्रिडिटेशनमा निरन्तरता तथा प्रत्यायन क्षेत्र विस्तार गर्दै विभिन्न ९ प्रकारका खाद्य पदार्थको ४६ वटा प्यारामिटरमा एक्रिडिटेशन क्षेत्र विस्तारका लागि परीक्षणको कार्य सम्पन्न भएको छ।
यस अवधिमा खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट परिक्षणका लागि प्रयोगशालाको विश्लेषण क्षमता विस्तार गरि परिक्षण शुरुवात गरिएको छ । यसै गरी विभागले पशुजन्य खाद्य पदार्थमा ए एम आर तथा ए एस टी परिक्षण समेत शुरु गरी सकेको छ। साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जको माइक्रोबायोलोजी प्रयोगशाला सुदृढिकरण गरी सुक्ष्म जीवाणु परिक्षण कार्य सुरु भएको छ ।

ख)प्रयोगशाला विश्लेषण सेवा :
आर्थिक वर्ष २०८१÷८२ को वार्षिक अवधिमा विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्रयोगशालाहरुबाट ऐन नियम कार्यान्वयनका क्रममा संकलित नमूना, खाद्य उद्योग अनुमतिपत्रका लागि संकलित नमूना लगायत सेवाग्राहीबाट अनुरोध भई आएका नमूना तथा आयात निर्यात नियमन समेत गरी ७९,२३५ वटा नमूनाहरुको प्रयोगशाला जाँच परिक्षण गरिएको थियो। यस अवधिमा आयात नियमनको क्रममा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले जम्मा ४१ वटा नमूना प्रतिकूल रहेकोले आयातमा रोक लगाइएको थियो ।

ग)आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परिक्षण (RBPR):
नेपालमा आयात हुने ताजा तरकारी तथा फलफूलको नमूना १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरु र ८ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुबाट यस आर्थिक वर्ष २०८१÷८२ मा ६५,८७१ वटा नमुनाको च्द्यएच् विधिबाट जीवनाशक विषादी अवशेष परीक्षण गर्दा २१ वटा नमूना प्रतिकुल पाइएको छ। प्रतिकूल पाईएका तरकारी तथा फलफूलमा आलु, आँप, सुन्तला, कागती, खर्बुजा, मेवा, कटहर, बेसर, गोलभेडा, बदाम, अनार, प्याज, अमला, केरा र फर्सिका नमूना रहेका थिए ।

४.खाद्य पदार्थ आयात नियमन :
–खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रावधान अनुरूप खाद्य पदार्थ पैठारी गर्नु अघि अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था गरिए बमोजिम आर्थिक वर्ष २०८१÷८२ को वार्षिक अवधिमा जम्मा २०,४३७ वटा खाद्य पदार्थको कन्साईन्मेन्टलाई पैठारीको लागि स्वीकृति पत्र दिएको थियो। यस अवधिमा आवश्यक कागजात पूरा नभएका ENO Powder, Spices, Crude Oil, Bakery Shortening, Sesame Oil, Vitamin Premix, Rice, Noodles, Liquid Glucose लगायतका विविध खाद्य पदार्थ गरी जम्मा २३० वटा कन्साइन्मेन्टको अनुमति अस्विकृत गरिएको थियो । खाद्य पदार्थको पैठारी गर्नु अघि स्वीकृति पत्र दिने कार्य नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window) बाट अनलाइन मार्फत भैरहेको छ ।
–आर्थिक वर्ष २०८१÷८२ को वार्षिक अवधिमा ६६७ वटा आहारपूरक खाद्य पदार्थको उत्पादन दर्ता र १,४१७ आहारपूरक खाद्य पदार्थको दर्ता नविकरण गरी जम्मा २,०८४ वटा आहारपूरक खाद्य पदार्थको नियमन गरिएको थियो ।
–यस आर्थिक वर्ष २०८१÷८२ को वार्षिक अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुमा ५२,९९२ वटा प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएकोमा फुड सप्लिमेन्ट, चामल, मासको दाल, भटमास, राजमा दाल, चना दाल, मुंग दाल, दाल मोठ, मसुरोको दाल, फ्लेभोर ड्रिङ्स, रोज वाटर, नमकिन लगायतका गरी ४१ वटा नमूना प्रतिकुल पाइएकोले आयात गर्न नमिल्ने भनी सम्वन्धित भन्सार कार्यालयलाई पत्राचार गरेको थियो ।

५.खाद्य पदार्थ निर्यात सहजीकरण :
४ अप्रिल, २०२५ मा भारत को FSSAI बाट विभिन्न ९ किसिमका निर्यातजन्य खाद्य पदार्थको हकमा विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको परिक्षण प्रतिवेदन (COA) लाई भारतकोFood Safety and Standards Authority of India – FSSAI_   को Order बमोजिम मान्यता प्राप्त भएको छ। विभागमा निर्यात प्रयोजनका लागि प्राप्त नमूनालाई LIMS प्रणालीको माध्यमबाट छिटो विश्लेषण नतिजा प्राप्त हुने गरी प्रयोगशालामा व्यवस्था मिलाइएको र यस आ. व. देखी विभागबाट निर्यात प्रवद्र्धनका लागिFood safety and quality export certificate÷ health certificate, Fit for human consumption certificate र Feed Quality Certificate जारी गर्न सुरुवात गरिएको छ ।

निर्यातका लागि Certificate या  Analysis सम्बन्धि विवरणः
–खाद्य पदार्थ निर्यात प्रयोजनका लागि प्राप्त नमूना संख्याः ८९८ थान
–नमूनाः छुर्पी, फलफूलको पेय, दालचिनी, अलैची लगायतका मसलाजन्य पदार्थ, Dried fish, तयारी चाउचाउ, चिया, कफी, घ्यू, मह, दाल, कन्फेक्सनरी, हाजमोला, Molasses आदि
–निर्यात भएको देशः America, Japan India, Bangladesh, UAE, UK, HK, Austria, Australia, Taiwan, Cyprus आदि

६.विभाग तथा मातहत कार्यालयबाट भएको अनुगमन निरिक्षण तथा कारवाही :
यस आर्थिक वर्ष २०८१/८२ को वार्षिक अवधिमा विभाग लगायत मातहतका कार्यालयबाट निरीक्षणका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका र खाद्य अनुमतिपत्र नलिएका रु. २,३१,५१,२८५ बराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको थियो । जफत नष्ट गरीएका खाद्य पदार्थमा म्याद गुज्रिएका, लेबल नगरिएका, न्यूनस्तरका तथा दूषित खाद्य पदार्थमा मसला, खाद्यन्न, वियर, दालमोट, चिप्स, मिट मसला, चिजवल्स, मैदा, सुजी, जुस, दालमोट, अचार हल्का पेय पदार्थ, तेल, वेसार लगायतका खाद्य पदार्थ रहेका थिए।

७.खाद्य स्तर निर्धारण :
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ प्रावधान बमोजिम गठित खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको प्रथम बैठक श्री कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको अध्यक्षतामा मिति २०८१/०५/३० गते बसेको थियो । यस आर्थिक वर्षमा समितिको बैठक जम्मा ४ पटक बसेको थियो । त्यस्तै खाद्य स्वच्छता तथा गुणस्तर मापदण्डको मस्यौदा तयारी प्रावधिक उपसमिति बैठक ६३ पटक बसेको थियो । रोल्ड ओट्स, मस्यौरा, छुर्पी तथा सोया बरीको स्वीकृत मापदण्डलाई नेपाल राजपत्रमा प्रकाशन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अनुरोध गरी प्रकाशनको प्रक्रियामा रहेको छ ।

८.काठमाडौँ महानगरपालिका लगायत स्थानीय तहसंगको सहकार्य :
मिति २०८१/१२/०४ गते विभाग र काठमाडौँ महानगरपालिका वीच का.म.न.पा. भित्र खाद्य स्वच्छता तथा गुणस्तर नियमनका लागि निरीक्षण अनुगमन सम्बन्धमा सहकार्यको लागि सहमति भएको र सो सहमति पश्चात् संयुक्त रुपमा मोबाइल ल्याब भ्यान परिचालन गरी अनुगमन निरीक्षण कार्य थप प्रभावकारी भएको छ। यसै गरी विभागले अन्य स्थानीय तहहरुसंग समेत समन्वय गरी खाद्य बजार, होटल, रेष्टुरेन्टको अनुगमन निरीक्षण कार्यहरु गरिएको छ ।

९.होटल लोगो स्तरीकरण :
यस आर्थिक वर्ष २०८१/८२ को वार्षिक अवधिमा ३५ पटकमा २१४ वटा होटल रेस्टुरेन्टको स्तरीकरण गरी लोगो वितरण गरिएको थियो । स्तरीकरण कार्यक्रम अन्तर्गत ४१ वटा अति उत्तम, ५९ वटा उत्तम, ६१ वटा सतोषजनक, ३१ वटा सामान्य समूहमा होटल रेस्टुरेन्ट स्तरीकरण भएका र २२ वटा स्तरीकरणमा नपरेका थिए ।

१०.खाद्य प्रविधि विकास तथा पोषण र सचेतना कार्यक्रम :
विभाग तथा मातहतका कार्यालयबाट १५ पटक खाद्य प्रशोधन सम्बन्धि तालिम संचालन गरिएको थियो । खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि सचेतनामूलक कार्यक्रम १०४ पटक सम्पन्न गरिएको, होमस्टे÷होटल रेस्टुरेन्ट÷क्यान्टिन संचालकहरुलाई खाद्य स्वच्छता सम्बन्धि तालिम ३४ पटक सम्पन्न गरिएको र खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया ९० पटक सम्पन्न गरिएको थियो । यस वार्षिक अवधिमा पौष्टिक तत्व स्तरोन्नती गरेको चामल तथा अन्नमा आधारिक पूरक बाल आहारको पौष्टिक तत्वको अध्ययन, स्तर निर्धारण सम्बन्धी अध्ययन अनुसन्धान (परम्परागत तथा स्थानीय खाद्य पदार्थ), खाद्य उद्योग÷व्यवसायीको समस्या समाधानार्थ प्रविधि अध्ययन तथा परामर्श, व्यवसायमुलक कृषि उत्पादन टिमूरमा प्रशोधन प्रविधिमा आधारित प्रविधि विकास प्याकेज, जाती विशेष खाद्य परिकारको प्रोफाइल तयार (मिथिला तथा मैथली खाना) तथा सरल प्रशोधन विधि÷पोषण जानकारी लिफलेट र खाद्य तथा पोषण सम्बन्धी पुस्तक प्रकाशन कार्यहरु गरिएको थियो ।

११.अन्य उपलब्धिः
–खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्था बमोजिम नेपाल राजपत्रमा २३ जना सार्वजनिक खाद्य विश्लेषक तोकिएको,
–पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (उत्पादन तथा विक्री वितरण) सम्बन्धि संहिता., GLP Guideline तथा प्रयोगशाला सूचीकरण सम्बन्धि क्इए, निर्यातजन्य छुर्पिको गुणस्तर सुनिश्चितताका लागि असल उत्पादन अभ्यास तथा क्इए सम्बन्धि संहिता तयार गरिएको,
– ”LIMSÆ Digital Service System लाइ पुर्णरुपमा संचालनमा ल्याइ विभागको प्रयोगशाला सेवा प्रवाह गरिएको,
–”NeFFILSÆ” Digital Service System मार्फत खाद्य अनुमति पत्र सेवा प्रवाहलाइ सरलिकृत गर्न आवश्यक तयारी सम्पन्न,
–गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यका लागि सो स्थानमा कार्यालय स्थापना भएको,

अन्त्यमा, खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धी विभिन्न समाचार सामाग्री महत्वका साथ प्रकाशन तथा प्रसारण गरी आम उपभोक्ताहरुलाई सुसूचित गर्न पत्रकार मित्रहरुले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि आम उपभोक्ता वर्गमा जनचेतना जगाउने कार्यमा सहयोग प्राप्त हुने विभागले आशा एवम् विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain