२०८३ बैशाख ९

नेपालमा च्याङग्रापालन र पश्मिना उत्पादनका लागि असल अभ्यासहरू

हुमनाथ अर्याल
१. पृष्ठभूमि एशियाको अत्याधिक सुख्खा, न्यून् आद्रता तथा कम वर्षा हुने ३००० मीटर देखि ५००० मीटरको उचाइका पर्वत तथा हिमाल पारीको क्षेत्रहरुमा पाइने च्याङ्ग्रा पश्मिना तथा अर्गानिक मासु उत्पादनको लागि प्रसिद्ध हिमाली क्षेत्र हो । बढी चिसो ठाउँंमा हुने च्याङ्ग्राले त्यस क्षेत्रमा पाइने काँढे झारमा पलाएको पत फूल, जरा र पातहरु खाएर जीवन निर्वाह गर्दछन् । च्याङ्ग्रा पश्मिना र नरम खालको न्यानो भुवा उत्पादनको लागि प्रसिद्ध छ । च्याङ्ग्राको शरीर बाक्लो लामो रौंले ढाकेको हुन्छ । रौंको भित्रि भागमा मसिनो भुवा रहेको हुन्छ जसलाई पस्मिना भनिन्छ । यसको सानो तर लामो टाउको सीधा नाक साँघुरो थुतुनो र कसिलो शरीर तथा बटारिएको सिङ्ग हुन्छ । तिव्वती तथा कश्मिरी च्याङ्ग्रा ठूलो खालको हुन्छ भने नेपालको उत्तरी भेकमा पाइने च्याङ्ग्रा सानो खालको हुन्छ । यिनीहरु अन्दाजी दुई वर्षको उमेरमा पहिलो पटक व्याउने वर्षमा एक पटक व्याउने र अधिकांशले एक पटकमा एउटा मात्र पाठापाठी पाउने गर्दछन् । वयस्क च्याङ्ग्राबाट वर्षमा ५० देखि २०० ग्रामसम्म पश्मिना उत्पादन हुने गर्दछ । वयस्क च्याङ्ग्राको तौल २५ देखि ३० किलोसम्म हुन्छ । यसको आफ्नो शारिरिक तौलको ३० प्रतिशत बराबर वजनको भारी बोक्न सक्ने क्षमता रहेको हुन्छ । दशैं तिहार चाडपर्वको बेला मुस्ताङ, डोल्पा तथा चीनको तिव्वतबाट ल्याई काठमाडांै तथा पोखरा जस्ता शहरहरुमा हजारौंको संख्यामा च्याङ्ग्राहरु मासुको लागि बिकी हुने गर्दछन् । मासुको लागि मात्र नभई पश्मिना जस्तो बहुमुल्य वस्तुको लागि पनि यसको उतिकै महत्व छ । हाल मुस्ताङ्ग, डोल्पा, मनाङ, मुगु र हुम्ला आदि जिल्लाहरुमा करिव १ लाख १५ हजारको संख्यामा च्याङ्ग्रा रहेको अनुमान छ । पश्मिनाको कुरा गर्दा हाल वार्षिक १०० मे.ट. च्याङ्ग्रा पश्मिनाको आवश्यकता छ ।
तर पश्मिनाका वस्तु तयार पार्न आवश्यक पश्मिना हाम्रो देशमा पर्याप्त उत्पादन अधिकांश कृषकहरुले च्याङ्ग्रा पश्मिना निकाल्ने अभ्यास अपनाएको पाइदैन । तिव्वतसँगको सिमाना क्षेत्रमा बाहेक अन्य स्थानमा कृषकहरुले दशै र तिहारलाई लक्षित गरेर मासु उत्पादनको लागि मात्र च्याङ्ग्रापालन गरेको पाइन्छ ।
भौगोलिक विकटताका कारण तथा व्यवसायमा प्रशस्त लगानी तथा प्रचारप्रसार नहुँदा पश्मिना तथा न चिज, ड्राई मिट छाला लगायतका उत्पादनहरूमा दूवानी गरि उपयोगमा ल्याउन सकिएको अवस्था छैन ।
बहुमूल्य वस्तु पश्मिना
जनावरहरुबाट उत्पादित हुने रेशाहरु मध्ये पश्मिना सबै भन्दा मसिनो, नरम र चमकदार प्राकृतिक रेशा हो । स्थानीय भाषामा पश्मिना “रम सुन’’ बुझिन्छ । एशियामा अत्याधिक हुने ३००० मीटर देखि ५००० मीटरको उचाइका पर्वत तथा हिमाल पछाडिको क्षेहरूमा पाइने तथा काश्मिरी सुख्खा न्यून आद्रता र न्यून् वर्षा वा (ऋबउचब जष्अगक) को शरीरको भित्री भागमा उत्पादन गर्ने भुवा (म्यधल ाष्दभचक) लाई पश्मिना भनिन्छ । विभिन्न रंग भएका च्याङ्ग्राको शरीरको भित्री भागमा रहेको भुवालाई वर्षमा एक पटक (वसन्त ऋतुको अन्तमा कोरेर झिकिन र यसलाई प्रशोधन गरी धागो बनाईन्छ । पश्मिना धागोबाट उच्च गुणस्तरका वस्त्र तयार गरिन्छ । हाल विश्वमा वार्षिक १० देखि १५ हजार मे.ट. पश्मिना उत्पादन हुने गर्दछ । कुल उत्पादनको ७० प्रतिशत चीनले २० प्रतिशत
मंगोलियाले ७ प्रतिशत अफगानिस्तान र बाँकी ३ प्रतिशत इरान, पाकिस्तान, भारत, नेपाल र अन्य देशहरुले उत्पादन गर्दछन् । करिव १ अर्ब मुल्यको १०० मे.ट. कच्चा पश्मिना आयात गरि २ अर्ब मुल्यको पश्मिनाजन्य वस्तुहरु निर्यात गरिरहेको अवस्था छ । नेपाली पश्मिना अन्तर्राष्ट्रिय बजारमा प्रसिद्ध छ । पश्मिनाजन्य कपडाहरु जर्मनी, अमेरिका, फ्रान्स, बेलायत, इटली जस्ता विकसित देशहरुमा निर्यात हुँदै आएको छ । सन् २०११ मा नेपाल पश्मिना उद्योग संघले नेपाली च्याङ्ग्रा पश्मिनाको ट्रेड मार्क समेत लिईसकेको भएतापनि नेपालमा पश्मिनाको बजारीकरणको अवस्था कम्जोर रहेको छ । यसको उचित बजार व्यवस्थापन हुन सकिरहेको छैन । रौं हटाउने प्रविधि भित्रयाउन नसक्दा नेपाली पश्मिना उद्योगले यसलाई उपयोग गर्न नसकिरहेको अवस्था छ । साथै नगन्य मात्रमा पश्मिना उत्पादन भएकोले पनि यसमा व्यापारीहरुको आकर्षण देखिएको छैन । च्याङ्ग्रा पश्मिना निकाल्ने कार्य तिब्बतियन सिमाना क्षेत्रमा हुँदै आएको भएता पनि यसको पश्मिणा अत्यन्त न्यून छ । उत्पादित पश्मिना सस्तो मुल्यमा तिब्बतियन व्यापारीसँग जिन्सी सामानसँग साटासाट गरिदै आएको र नेपालले च्याङ्ग्राको मुल्यमा त्यही पश्मिना तिब्बतबाट आयात गरिरहेको अवस्था छ । कृषकहरुमा पश्मिना निकाल्ने प्रविधिको प्रसार र बजार नेटवर्क स्थापना गरि आन्तरिक बजारिकरणलाई सुद्धिकरण गर्नु पर्ने आवश्यकता रहेको छ ।
च्याङ्ग्रापालक किसानहरुले व्यवसाय छोट्दै जानु व्यवसायीहरु दिनानुदिन घट्दै जानु र च्याङ्ग्राको संख्यामा पनि ह्रास हुँदै जानु नेपालको पश्मिना उद्योगमा निराश छाउँदै गएको अनुभुती हुन लागेको छ । नेपाल विश्व व्यापार संगठनको सदस्यता लिइसकेको अवस्थामा नेपाली उत्पादनलाई विश्वमा लैजान कम्तिमा ८ प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेको हुनुपर्ने प्रावधानले गर्दा र उपरोक्त अनुसार रुपैयाँको संख्या तथा कच्चा पश्मिना उत्पादन घट्दै जानाले पश्मिना उद्योगमा अझ अन्योल सिर्जना हुने देखिन्छ ।
समस्या तथा चुनौतिहरुः
नीतिगत समस्याः
–पशु सेवा विभाग र वन विभाग बीचमा चरन खर्कको प्रयोग सम्बन्धी नीतिगत रुपमा समस्या देखिनु –राज्यका नीति निर्माताहरु च्याङ्ग्रापालक कृषकहरु पश्मिना उद्यमीहरु बीच समन्वयको कमी हुनु ।
तथा पश्मिना व्यवसायी बिच सहित मलाई अगाडी बढाउन नीतिगत तहसम्म पुगि यस बारे ठोस कार्यक्रम ल्याउन नसक्नु ।
–तिब्बतको चरन खर्कमा चरीचरन गराउन सम्झौता भए पनि कार्यन्वयन रोक लगाईएको अवस्था
चरनको समस्याः
उच्च पहाडी क्षेत्रको चरन तथा खर्कको उत्पादन
अव्यवस्थित तथा अति चरिचरन
खाएर च्याङ्ग्र्राहरु मर्नु ।
–चरनमा गोरेटो बाटो खानेपानी आदिको समस्या
–गोठाला तथा जनशक्तिमा कमि
–च्याङ्ग्रा हिमाली क्षेत्रमा मात्र हुने र यसमा खासगरि युवाहरुको आकर्षण कम हुँदै जानुले गर्दा गोठाला तथा जनशक्तिको कमी हुनु ।
–चरन क्षेत्रमा आवश्यक पुर्वाधार तथा भौतिक सुविधाको कमी हुनु ।
–युवा जनशक्तिलाई आकर्षण गर्ने कार्यक्रमहरु नहुनु ।
–युवा जनशक्तिको विदेश पलायनको प्रभाव यो व्यवसायमा प्रत्यक्ष रुपमा पर्नु ।
–विषय विज्ञ खासगरि च्याङ्ग्रा सम्बन्धी विशेषज्ञहरुको कमी हुन् ।
–सरकारी तथा गैर–सरकारी तथा निजी क्षेत्रवाट भेटेरिनरी सेवाको प्रयातः विस्तार हुन नसक्नु ।
अन्य समस्या ः
–भौगोलिक विकटताले गर्दा सरकारी सेवा सुविधाहरु वास्तविक सेवाग्राही समक्ष कुन नसक्नु र प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन हुन नसक्नु ।
–पश्मिना संकलन प्रशोधनको लागि आवश्यक प्रविधिको अभाव साथै यस किसिमको उन्नत प्रविधि कृषकहरुमा हस्तान्तरण हुन नसक्नु ।
–माग अनुसारको जात नलका च्याङ्ग्राहरुको उपलब्धता नहुनु ।
प्रजनन् (क्ष्लदचययमष्लन) को समस्याले च्याङ्ग्र्राहरुमा नश्ल सुधार हुन नसक्नु ।
ःष्नचबतयचथ क्थकतझ मा पशुहरु तल्लो भेगमा आउँदा सरुवा रोगहरु लिएर जाने तथा पि.पि.आर जस्ता महामारी रोगको सङ्क्रमण हुनु ।
–यसको विकास तथा विस्तारको लागि प्रयास बजेट तथा कार्यक्रम नल्याईनु ।
अभ्यासहरुः
१. स्थायी खोर तथा घुम्ति गोठ व्यवस्थापन
खोर तथा घुम्ति गोठहरु निर्माण सुधार गरी च्याङ्ग्राहरुको लागि व्यवस्थित वासस्थानको प्रबन्ध मिलाउने । खोर निर्माण गर्दा सकेसम्म स्थानीयस्तरमा उपलब्ध हुने सामाग्रीको प्रयोग गर्ने र बोका तथा विभिन्न उमेर समूहका व्यायाहरुलाई अलग–अलग राख मिल्ने गरी सम्बन्धित प्राविधिकहरुले सिफारिस गरेअनुसारको मोडल र नाइजमा गराउनुपर्द साथै खोरमा घाँस खानका लागि राम्रो टाट्नो र प्रशस्त पानी दिने प्रबन्ध मिलाउनु पर्दछ ।
हिउँ चितुवा भालु जस्ता जंगली हिंसक जनावरहरुबाट बचाउन गोठ तथा घुम्ति गोठ वरिपरि तारवार गरि तारमा बाधीदिनु पर्दछ र गोठमा सोलार बतिको व्यवस्था तथा गोठालालाई मोवाइल सेटको व्यवस्था गरिदिनु पर्दछ ।
च्याङ्ग्रालाई मौसम अनुसार करिव ३ महिना गोठमै राख्नु पर्ने हुन्छ । त्यसैले त्यतिबेलाको लागि विशेष आहाराको व्यवस्था मिलाउन समयमै वाहिरबाट साईलेज टि एम आर तथा मिनरल क झिकाई राख्नु पर्छ र आवश्यकता अनुसार आफुले तयार गरी राखेका हेसँग मिलाएर खुवाउनु पर्दछ ।
–पश्मिनाको गुणस्तर र उत्पादनमा च्याङ्ग्रा क्यानको व्यवस्थापनले ठूलो महत्व राख्दछ । घुम्तिगोठ प्रणालीमा पालन गर्दा पश्मिनाको गुणस्तर तथा उत्पादन छ । हालसम्म पनि घाँसको खोजी गर्न, जाडो छल्न र भारी बोक्नका लागि घुम्ति गोठ प्रणालीमै चराउने गरिएकोले पश्मिना उत्पादनमा सुधार आउन सकेको छैन । चरनमा सेमिनार लिने र भारी पश्मिना खिएर क्षति हुने भएकोले यसको उत्पादनमा गिरावट आएको छ । तसर्थ घुम्तिगोठ च्याङ्ग्रालाई स्थायी गोठ प्रणालीमा ल्याउने र भारी बोकाउने काम बन्द गराउन सकेमा पश्मिनामा वृद्धि ल्याउन सकिने कुरा निर्विवाद छ ।
तर घुम्तिगोठ प्रणाली चराउनु पर्ने भएमा चरन क्षेत्रमा घाँस विकास, चरन खर्क व्यवस्थापन सुधार
(गोरेटो घोडेटो वाटो निर्माणका बुटान हटाएर उन्नत तथा स्थानीय घाँस खेती विस्तार, खर्कमा खानेपानी व्यवस्थापन आदि) अति चरिचरन इखभच नचबशष्लन बचाउन घुम्ति चरनको लागि रुटिन बनाई सोहि बमोजिम चरिचरन गराउने ।
२. आहारा व्यवस्थापनः
कुनैपनि व्यवसाय सञ्चालन गर्दा कुल लगानीको सबैभन्दा बढि पशु आहारामा खर्च हुने गर्दछ त्यसैले उत्पादन लागत घटाउन सकेमात्र घाँसमा आधारित रहेर व्यवसाय सञ्चालन गर्नु राम्रो हुन्छ । त्यसैले सकेसम्म कसैभरी पोषिलो हरियो घाँस उपलब्ध हुने गरि आफ्नो जग्गा तथा चरन खर्कमा उन्नत तथा स्थानीय घाँसको खेती गर्नु पर्दछ ।
च्याङग्रालाई दैनिक रुपमा अन्न दाना) हरियो स (कोशे अको दुबै वा हे, साईलेज आवश्यक मात्रामा जुन, मिनरल, भिटामिन तथा प्रयाप्त सफा पिउने पानीको व्यवस्था मिलाउनु पर्दछ ।
–वर्षादको समयमा बढि भएका कोते, डिम्बी हाईट क्लोभर, राई ग्रास, टल फेकु जस्ता स्थानीय तथा उन्नत घाँसहरुलाई हे बनाई संरक्षण गरि राखेर हिउँदको सुख्खा समयमा सुकाउने व्यवस्था मिलाउनु पर्दछ ।
–हिउँदको समयमा च्याङग्राहरु व्याउने र सोहि बेला अत्यधिक ठण्डी तथा हिउँ पर्ने भएकोले चरनमा लैजान नसकिने र लगे पनि चरनमा घाँसमा खुवाउने तथा मिनरल चटाउने व्यवस्था मिलाउनु पर्ने हुन्छ ।
–च्याङ्ग्रा ठण्डीको बेला पश्मिना उत्पादन गर्ने हुँदा सो को लागि पनि दाना तथा आहाराको व्यवस्था मिलाउनु पर्दछ । यसो गर्दा बढि मात्रामा गुणस्तरीय पश्मिना लिन सकिन्छ ।
३. व्यायाको छनौंट प्रजनन् व्यवस्थापन तथा नश्ल सुधारः
–नयाँ तथा शुरुवाती व्यायापालन व्यवसाय संचालन गर्नेहरुकालागि च्याङ्ग्र्राहरु छनौंट गर्दा पाठापाठी राम्रोसँग हुर्काउन सक्ने राम्रो दूध उत्पादन भएको जातीय हिसावले शुद्ध सपाङ्ग फुर्तिलो नउिल्टने तुहाउने राम्रोसँग व्याउने चाँडो वाली जाने बेतान्तर (एक त देखि अर्को तो अवधी कम भएका निरोगी, मिलेको शरिर आदि जस्ता गुण भएका च्याङग्राहरुलाई लागि बोका छनौंट गर्दा उपरोक्त वमोजिम गुण भएका गोठ च्याङ्ग्राहरुबाट जन्मेका प्रजनन् अंगहरु राम्रोसँग विकास भएका बोकाहरुलाई पर्दछ ।
व्यवसाय गरिरहेका कृषकहरुले आफ्नो
वठानमा भएका च्याङ्ग्र्राहरुमध्ये माथि उल्लेख गरिएका गुण भएका या तथ्याङ्कहरुलाई मात्र छनौंट गरि ट्यागिङ गर्ने र अन्य अनुत्पादक तथा कमसल खालका छनौंट गरी प्रजनन् लागि राखिएका बोका लगाई जन्मेका च्याङ्ग्रापाठीहरु तथा तिनका सन्ततीहरुमा सोहि बोकाबाट प्रजनन् गराउनु हुँदैन । त्यस्तै बथानका माउबाट जन्मेका पाठाहरुबाट सोहि माउ तथा त्यसका नाता पर्ने पाठीहरुमा प्रजनन् नगराउने व्यवस्था मिलाउनु पर्दछ ।
–सामान्यतयाः ३० देखि ४० च्याङ्ग्रहरुका लागि १ बोका हुने गरी बोकाको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।
–प्रजननका लागि उपयुक्त समय नपुगेका पढेवी तथा व्याएका कम हुने अनियन्त्रित प्रजनन्का जोगाउन प्रजनन् बोकालाई बंधुवा गरी पाल्ने गर्नुपर्दछ । साथैः
प्रजनन्का लागि अनुपयुक्त बोकाहरुलाई खसी पार्नु पर्दछ ।
हाडनाता प्रजनन्बाट जोगाउन प्रजनन् शुरु भएको १ देखी डेढ वर्षको अवधिमा प्रजनन्का बोकाहरुलाई हटाई अरु नयाँ बोकाहरुबाट प्रजनन् गराउनु पर्दछ ।
–च्याङ्ग्र्राहरुको उचित व्यवस्थापन र उत्पादन क्षमता मुल्याङ्कनका लागि तिनीहरुलाई दाग लगाई अभिलेख राख्नु पर्दछ ।
–चौपायाको आफ्नै क्षमताको आधारमा, ऋतु आमा तथा नातेदारको आधारमा वा सन्ततीको क्षमताको आधारमा उच्च शारीरिक वृद्धिदर, पश्मिना उत्पादन क्षमता जातीय गुणको प्रकृति जस्ता वंशाणुगत उत्पादन गुणहरुको मुल्याङ्कन गरि छनौंट प्रक्रियाबाट नश्ल सुधार गर्दै जानु पर्दछ ।
नेपाली च्याङ्ग्राहरु अन्य विदेशी जातका च्याङ्ग्राहरु भन्दा शारीरिक हिसावले साना हुने र मासु तथा पश्मिना उत्पादन क्षमता पनि कम हुने भएकाले सकेसम्म तिब्बत तथा अन्य मुलुकबाट ठूला र उच्च उत्पादन क्षमता भएका बोकाहरु झिकाई तिनीहरुबाट नश्ल सुधार गर्दै जानु उपयुक्त हुन्छ ।
४. स्वास्थ्य व्यवस्था
वठानमा भएकाहरुलाई एक–एक गरि छुट्टै बाहिर सुख्खा ठाउँमा ल्याई नियमित बाह्य रूपमा भएपनि सरसर्ती निरीक्षण गर्नु पर्दछ । यसरी निरीक्षण गर्दा अस्वस्थ देखिएमा तिनीहरुलाई वठानबाट छुटाई समयमानै सम्बन्धित प्राविधिकहरुबाट उपचार गराउनु पर्दछ ।
बाहिरबाट किनेर ल्याइएका च्याङ्ग्राहरुलाई सोझै बयानमा नमिसाई केहि दिन निगरानीमा राखि रोग नलागेको निक्र्यौल भएपछि मात्र वठानमा मिसाउनु उपयुक्त हुन्छ । पि.पि.आर बाखामा सबैभन्दा
खतरनाक सरुवा रोग हो । यस रोगबाट बचाउन ३ महिना उमेर भन्दा माविका स्वास्थ्य पाठापाठी तथा माउहरुलाई पि.पि.आर. रोग विरुद्धको खोप लगाउनु पर्दछ। रोग वारम्बार फैलिरहने क्षेत्रमा प्रत्येक वर्ष खोप दोहोर्याउनु उपयुक्त हुन्छ । सकेसम्म च्याङ्ग्राहरुको बदला परिक्षण गराई
प्राविधिकको सल्लाह अनुसार हरेक ४ महिनामा आन्तरिक परजीवि विरुद्ध औषधि खुवाउनु पर्दछ । परीक्षण गराउन नसकेको खण्डमा बजारमा उपलब्ध औषधिमध्ये प्रविधिकको सल्लाह अनुसारका औषधि र मात्रा प्रत्येक ४ महिनामा एक पटक खुवाउने गर्नुपर्दछ । यादहरुमा उपिया तथा अन्य वाह्य परजीविको यदि आक्रमण हुने हुँदा त्यसको नियन्त्रणका लागि सबै च्याङ्ग्राहरुलाई वर्षको १ पटक वैशाख देखी असार महिनामा)
१ प्रतिशत साईपरमेजिन वा मालवियनको झोल मिसाइएको पानीमा डिपि बनाउनु गराउनु पर्दछ
हिउँदको समयमा प्राविधिकको सल्लाह तथा सहयोगमा आईभरमेक्टिन इंजेक्सन दिनु पर्दछ ।
खोरत
८ या घुम्ति गोठमा पुर्ण रुपमा जैविक सुरक्षा (बायो सेक्यूरिटी) को व्यवस्था मिलाउनु पर्दछ ।
५. अन्य व्यवस्थापन
खास गरि जाडो महिनामा जन्मेका पाठा–पाठीहरुको मृत्युदर बढी हुने गरेको पाइएकोले उक्त समयमा पाठा ब्याउने गरि प्रजनन् नगराउनु उपयुक्त हुन्छ । यदि से समयमा पाठापाठी जन्मिहालेमा वर्षा र जाडोबाट बचाउन आवश्यक व्यवस्था मिलाउनु पर्दछ । पाठापाठीहरूमा रोग प्रतिरोधात्मक क्षमता विकास गराउन बिगौती दूध सुबउनु वा चुसाउनु ज्यादै महत्वपूर्ण छ । कति दूधमा रोगसँग लड्ने क्षमता भएको प्रोटिन हुन्छ । पाठा–पाठी जन्मेको आधा घण्टा चिकिति दूध खुवाउन शुरु गर्नु पर्दछ । यो दूध दैनिक ३–४ पटक गरि २–३ दिनसम्म खुवाउनु पर्दछ । व्याएकालाई चरनमा पठाउँदा पाठा–पाठीले आवश्यक मात्रामा दूध खान नपाई मृत्यु हुने गरेको पाईन्छ । तसर्थ, व्याएको १२ महिनासम्म व्याएका च्याङ्ग्रालाई आहाराको व्यवस्था गरी घरमै वधुवा प्रणालीमा पालि वा खोरको नजिकमा चरनको व्यवस्था मिलाई पाठालाई दिनको ३–४ पटक दूध खुवाउने व्यवस्था मिलाउनु पर्दछ ।
प्रतिच्याङ्ग्रा १०० ग्राम पश्मिना उत्पादन हुने गरेकोले हाल रहेको पाइएको संख्या कूल पश्मिना उत्पादन ८ देखी १० मे.टन मात्र हुन सक्ने देखिन्छ । पश्मिना उत्पादनका लागि व्याडको संख्या बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको छ भने हाल हँुदै आएको उत्पादनलाई गुणस्तरयुक्त बनाउन आवश्यक कार्यहरु जस्तो प्रजनन् आहारा व्यवस्थापन चरन तथा खर्क व्यवस्थापन, स्वास्थ्य तथा बजार व्यवस्थापन आदि कार्यलाई ध्यान दिई च्याङ्ग्र्रा पालनको लागि उपयुक्त जिल्लाहरु मुस्ताङ, डोल्पा, मनाङ, हुम्ला जस्ता जिल्लाहरुमा व्यापारलाई यस व्यवसाय प्रति आकर्षण गराउने गरी च्याङ्ग्रा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain